Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘पदक पाएकोमा आत्मग्लानि छैन, तर निर्धक्क भएर लिन गाह्रो छ’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ५, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विभिन्न माध्यमबाट विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई संविधान दिवसको अवसरमा राज्यले दिने विभूषणको सूचीमा यो वर्ष केही नाम विवादित भए।

    विभिन्न क्षेत्रका मानिसहरूले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् पदक वितरण प्रणालीबारे टिप्पणी गरिरहेका छन्।यो वर्ष पदक पाउने ५९४ जनामध्ये डा. सन्दुक रुइत, वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ र सीमाविद् तीर्थनारायण श्रेष्ठजस्ता व्यक्तित्वहरू पनि छन्।

    वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइत सुप्रसिद्धलाई प्रबल जनसेवा श्री (प्रथम) दिइएको छ भने वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ र सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप तृतीय दिइएको छ।जनमानसले सम्मानपूर्वक हेर्ने उनीहरूलाई राष्ट्रले विभूषित गरेकोमा प्रशंसा पनि भएको छ।निर्विवाद र राम्रो छवि भएका व्यक्तिलाई ‘विवादित’ बन्दै गएको पदक पाउँदा कस्तो अनुभव भयो त?

    “मन खिसिक्क”
    बुद्धिनारायाण श्रेष्ठका अनुसार “नामै नसुनिएका” वा उनीहरूले “के काम गरेका हुन् भन्ने थाहै नभएका” मानिसले आफूसरह वा त्योभन्दा उच्च श्रेणीको पदक पाएको सुन्दा “मन खिसिक्क” हुन्छ।

    “पदक पाएकोमा आत्मग्लानि छैन। तर लाइनमा बस्दा योगदानै नपुर्‍याएकाले पनि पाए भने आफ्नो पनि इज्जत खस्कियो जस्तो त लागिहाल्छ। यो ठूलो सम्मान हो, तर पाएँ भन्नेमा उस्तो गर्व छैन,” उनी भन्छन्।विभूषण उत्कृष्ट काम गर्नेलाई दिने सम्मान भए पनि सबै अवस्थामा त्यस्तो नदेखिएको भन्दै विगतमा पनि सामाजिक प्रतिष्ठा भएका केही व्यक्तिले सरकारले दिने पदक अस्वीकार गरेका थिए।

    “आलोचनालाई सकारात्मक मान्नुपर्छ”
    वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ सरकारले प्रदान गरेको सम्मान विवादित भए पनि आफूले पाएकोप्रति खुसी लागेको बताउँछन्।”सरकारको कुनै पदमा नरहेको र गुप्तवास जस्तो गरी बसेको मलाई पनि सरकारले सम्झिँदो रहेछ। मेरो कुनै राजनीतिक भनसुन वा त्यस्तो केही त होइन, तर सरकारले कामको मूल्याङ्कन गरेको रहेछ,” उनले भने।

    तर पदकबारे विरोध भइरहेको र सरकारले आलोचनालाई सकारात्मक मान्नुपर्ने वनस्पतिविद् श्रेष्ठको धारणा छ। त्यसो गरे आउँदा दिनमा निर्णय लिए पदक थाप्नेहरूको पनि “सान बढ्ने” उनी बताउँछन्।राम्रालाई भन्दा ‘हाम्रा’लाई मात्रै छानेको भनेर आलोचना हुने गरेको भन्दै सरकारले केही निर्विवाद व्यक्तिलाई सूचीमा राखेर चोखिन खोजेको कतिपयको तर्क छ।

    त्यसमा सही थाप्दै सीमाविद् श्रेष्ठ भन्छन्, “योगदान नपुर्‍याएका धेरैलाई राख्दा विवादित भइन्छ भनेर तल्लो श्रेणीकालाई चोख्याउन पनि सरकारले केही विवादरहित व्यक्तिको नाम सूचीमा राखेको हुनसक्छ।”पदक वितरण गरिँदा प्रशासनिक क्षेत्रका मानिसहरू हाबी हुनुभन्दा विभिन्न क्षेत्रका उत्कृष्ट मानिसहरूलाई लामो गृहकार्य र विज्ञको सुझावलाई जोड दिएर चयन गर्नुपर्ने उनको धारणा छ।

    सामाजिक सञ्जालमा विरोध
    सरकारले आफ्नो सत्तानिकट रहेको र ‘चाकडी’ गर्नेलाई पदक दिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।पत्रकार हरिबहादुर थापाले ट्विटरमा लेखेका छन्, “…यो सूची ‘सत्ता र हाकिमका चाकडीदार-चुक्ली-चाप्लुसआवाज’ चिन्न प्रयोग गरौँ। २०१७ देखि २०४६ सम्मका निरङ्कुश पञ्चायती व्यवस्थाका मतियारहरू पनि विभूषणमै सूचीकृत छन्।”

    केहीले उत्तरदायित्व वहन गरेर परिणाम देखाएका व्यक्तिलाई भन्दा काम गर्न नसकी आलोचित बनेकालाई सरकारले विभूषित गरेको भन्दै सरकारको आलोचना पनि गरेका छन्।डा. देवेन्द्रराज पाण्डेले लेखेका छन्, “रोकिन्न भने हामीले वास्ता बहस नगर्ने हो। जागिर कालमा नै म यस्ता तक्मालाई ‘चाचा’ भन्ने गर्थेँ। चाचाको पछाडि केटाकेटी दौडन्छन्। पाका मानिस टाढा नै बसौँ।”

    ट्विटरमा केही प्रयोगकर्ताले पदक विजेताहरूलाई पनि गौरवभन्दा पराजय र हीनताबोध हुने स्थिति आएको टिप्पणी गरेका छन्।केहीले भर्खरै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको सेवावधि पूरा गरेका कुलमान घिसिङलाई पदक नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    “कुलमान घिसिङ र अख्तियारका पूर्वप्रमुखले एकैदिन कार्यकाल पूरा गरेका थिए। एकले पदक पाए अर्काले पाएनन्। यो सरकारमा बसेकाको सोच र स्वार्थको परिणाम थियो। तर जसले पदक पाएनन्, उनी आम नागरिकको मनमनमा बसेका छन्। यो सबैभन्दा ठूलो उपलब्धि हो,” लुना भट्ट शर्माले लेखेकी छन्। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.