Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

‘पदक पाएकोमा आत्मग्लानि छैन, तर निर्धक्क भएर लिन गाह्रो छ’

by पत्रपत्रिकाबाट
September 21, 2020
- समाचार
‘पदक पाएकोमा आत्मग्लानि छैन, तर निर्धक्क भएर लिन गाह्रो छ’
Share on FacebookShare on TwitterEmail

विभिन्न माध्यमबाट विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई संविधान दिवसको अवसरमा राज्यले दिने विभूषणको सूचीमा यो वर्ष केही नाम विवादित भए।

विभिन्न क्षेत्रका मानिसहरूले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् पदक वितरण प्रणालीबारे टिप्पणी गरिरहेका छन्।यो वर्ष पदक पाउने ५९४ जनामध्ये डा. सन्दुक रुइत, वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ र सीमाविद् तीर्थनारायण श्रेष्ठजस्ता व्यक्तित्वहरू पनि छन्।

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइत सुप्रसिद्धलाई प्रबल जनसेवा श्री (प्रथम) दिइएको छ भने वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ र सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप तृतीय दिइएको छ।जनमानसले सम्मानपूर्वक हेर्ने उनीहरूलाई राष्ट्रले विभूषित गरेकोमा प्रशंसा पनि भएको छ।निर्विवाद र राम्रो छवि भएका व्यक्तिलाई ‘विवादित’ बन्दै गएको पदक पाउँदा कस्तो अनुभव भयो त?

“मन खिसिक्क”
बुद्धिनारायाण श्रेष्ठका अनुसार “नामै नसुनिएका” वा उनीहरूले “के काम गरेका हुन् भन्ने थाहै नभएका” मानिसले आफूसरह वा त्योभन्दा उच्च श्रेणीको पदक पाएको सुन्दा “मन खिसिक्क” हुन्छ।

“पदक पाएकोमा आत्मग्लानि छैन। तर लाइनमा बस्दा योगदानै नपुर्‍याएकाले पनि पाए भने आफ्नो पनि इज्जत खस्कियो जस्तो त लागिहाल्छ। यो ठूलो सम्मान हो, तर पाएँ भन्नेमा उस्तो गर्व छैन,” उनी भन्छन्।विभूषण उत्कृष्ट काम गर्नेलाई दिने सम्मान भए पनि सबै अवस्थामा त्यस्तो नदेखिएको भन्दै विगतमा पनि सामाजिक प्रतिष्ठा भएका केही व्यक्तिले सरकारले दिने पदक अस्वीकार गरेका थिए।

“आलोचनालाई सकारात्मक मान्नुपर्छ”
वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ सरकारले प्रदान गरेको सम्मान विवादित भए पनि आफूले पाएकोप्रति खुसी लागेको बताउँछन्।”सरकारको कुनै पदमा नरहेको र गुप्तवास जस्तो गरी बसेको मलाई पनि सरकारले सम्झिँदो रहेछ। मेरो कुनै राजनीतिक भनसुन वा त्यस्तो केही त होइन, तर सरकारले कामको मूल्याङ्कन गरेको रहेछ,” उनले भने।

तर पदकबारे विरोध भइरहेको र सरकारले आलोचनालाई सकारात्मक मान्नुपर्ने वनस्पतिविद् श्रेष्ठको धारणा छ। त्यसो गरे आउँदा दिनमा निर्णय लिए पदक थाप्नेहरूको पनि “सान बढ्ने” उनी बताउँछन्।राम्रालाई भन्दा ‘हाम्रा’लाई मात्रै छानेको भनेर आलोचना हुने गरेको भन्दै सरकारले केही निर्विवाद व्यक्तिलाई सूचीमा राखेर चोखिन खोजेको कतिपयको तर्क छ।

त्यसमा सही थाप्दै सीमाविद् श्रेष्ठ भन्छन्, “योगदान नपुर्‍याएका धेरैलाई राख्दा विवादित भइन्छ भनेर तल्लो श्रेणीकालाई चोख्याउन पनि सरकारले केही विवादरहित व्यक्तिको नाम सूचीमा राखेको हुनसक्छ।”पदक वितरण गरिँदा प्रशासनिक क्षेत्रका मानिसहरू हाबी हुनुभन्दा विभिन्न क्षेत्रका उत्कृष्ट मानिसहरूलाई लामो गृहकार्य र विज्ञको सुझावलाई जोड दिएर चयन गर्नुपर्ने उनको धारणा छ।

सामाजिक सञ्जालमा विरोध
सरकारले आफ्नो सत्तानिकट रहेको र ‘चाकडी’ गर्नेलाई पदक दिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।पत्रकार हरिबहादुर थापाले ट्विटरमा लेखेका छन्, “…यो सूची ‘सत्ता र हाकिमका चाकडीदार-चुक्ली-चाप्लुसआवाज’ चिन्न प्रयोग गरौँ। २०१७ देखि २०४६ सम्मका निरङ्कुश पञ्चायती व्यवस्थाका मतियारहरू पनि विभूषणमै सूचीकृत छन्।”

केहीले उत्तरदायित्व वहन गरेर परिणाम देखाएका व्यक्तिलाई भन्दा काम गर्न नसकी आलोचित बनेकालाई सरकारले विभूषित गरेको भन्दै सरकारको आलोचना पनि गरेका छन्।डा. देवेन्द्रराज पाण्डेले लेखेका छन्, “रोकिन्न भने हामीले वास्ता बहस नगर्ने हो। जागिर कालमा नै म यस्ता तक्मालाई ‘चाचा’ भन्ने गर्थेँ। चाचाको पछाडि केटाकेटी दौडन्छन्। पाका मानिस टाढा नै बसौँ।”

ट्विटरमा केही प्रयोगकर्ताले पदक विजेताहरूलाई पनि गौरवभन्दा पराजय र हीनताबोध हुने स्थिति आएको टिप्पणी गरेका छन्।केहीले भर्खरै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको सेवावधि पूरा गरेका कुलमान घिसिङलाई पदक नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

“कुलमान घिसिङ र अख्तियारका पूर्वप्रमुखले एकैदिन कार्यकाल पूरा गरेका थिए। एकले पदक पाए अर्काले पाएनन्। यो सरकारमा बसेकाको सोच र स्वार्थको परिणाम थियो। तर जसले पदक पाएनन्, उनी आम नागरिकको मनमनमा बसेका छन्। यो सबैभन्दा ठूलो उपलब्धि हो,” लुना भट्ट शर्माले लेखेकी छन्। बीबीसी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

जनवादी केन्द्रियता कि सर्वसम्मति?

5 months ago
के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.