Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Thursday, May 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

माटोलाई हामी देवता मान्छौं, जिउने आधार नै माटो हो : रामचन्द्र झा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कृषिमा आत्मनिर्भर हुनका लागि आधुनिक कृषि तथा कृषक र कृषि मजदुरलाई सम्मान गर्नुपर्ने सरोकारबालाहरुको सुझाव आएको छ ।तराई मधेश अन्नको भण्डार थियो तर अहिले विदेशबाट खाद्यान्न आयात गर्न बाध्य भएको बताउँदै उहाँहरुले कृषि नीतिमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

    साताव्यापी रुपमा मनाइ रहेका ४० औं अन्तराष्ट्रिय खाद्य दिवसको चौथो दिन बुधावार आफ्नो धारणा राख्ने क्रममा नेपाली काँग्रेसका नेता प्रदीप गिरी प्रदेश २ को अवस्था, त्यहाँको कृषिको अवस्था पूर्वदेखि पश्चिमसम्मको अवस्था कसरी सुधार गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । कृषिलाई यसरी नै हेप्ने हो भने यो भन्दा ठूलो भयावह अवस्था आउन सक्ने बताउँदै उहाँले कोरोनालाई चुनौतीको रुपमा होइन, अवसरको रुपमा लिनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘कृषिको अवस्था किन खराब भएको छ, त्यसको एउटा कारण यो हो कि किसानले आफ्नो प्रतिनिधि सरकार समक्ष पुर्याउन सकेको छैन । कृषिको सम्भयता हराउँदै गएको छ, एक प्रकारल हलो हराई सकेको छ । कृषिलाई आधुनिकीकरण गर्नुपर्छ तर त्यसको सभ्याता पनि बचाउनुपर्छ ।’योजना आयोग प्रदेश २ का उपाध्यक्ष भोगेन्द्र झाले प्रदेश २ कृषिमा निर्भर छ तर दुर्भाग्य निर्यातको केन्द्र बन्न बाध्य भएको बताउनु भएको छ ।

    प्रथम पञ्चवर्षीय योजनाले कृषिलाई विकास गर्ने योजना लिएको छ । हालसम्म त्यस क्षेत्रमा निकै काम भएको देखाइएको छ तर देखिएका छैन, उहाँले भन्नुभयो, समग्र कृषि क्षेत्रको विकासकका लागि पद्धतीमै रुपान्तरण गर्नुपर्छ ।’ कमला नदीको १४–१५ हजार बगर जमिन रहेको छ त्यसमा सामूहिक खेती गर्ने योजना बनिरहेको छ, त्यसमा संघीय र प्रदेश सरकार पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले कृषिलाई सहकारीताको आधारमा अगाडि बढाउनुपर्ने सुझाव उहाँले दिनुभयो।

    सहकारिताका माध्यमद्धरा सामूहिक तथा चकलाबन्दीको आधारमा कृषिलाई अगाडि बढाउन सकिने बताउँदै उहाँले किसानले उत्पादन गर्दछन् तर त्यसले उचित मूल्य पाएको छैन उता उपभोक्ताले चर्को मूल्यमा खाद्यान खान बाध्य हुन्छ तर बीचमा व्यपारीहरुले फाइदा हुने गरेको बताउनुभयो । माछा र आँपको उत्पादन कलस्टरको रुपमा रहेको तराई मधेशलाई कसरी अझ विकसित गर्न सकिन्छ यसमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । तराई मधेशका आँप र माछा रैथाने वस्तु हो त्यसको उत्पादनमा कसरी जोड दिने त्यसको बारेमा पनि सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

    कृषि अभियन्ता डा।कृष्ण पौडेलले कृषि उत्पादनको मुलथलोको रुपमा तराई मधेशलाई लिन गरेको उल्लेख गर्दै जनक नै यस्तो राजा हुनुहुन्थ्यो जसले हलो जोत्नु भएको थियो जो जनकपुरमा रहेको बताउनुभयो । तराईका कृषि विषाक्त हुँदै र खाने अयोग्य हुँदै गइरहेको बताउँदै उहाँले यसमा तराई मधेशका जिम्मेवार व्यक्ति दोषी रहेको बताउनुभयो ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा।विमलकुमार निर्मलले खाद्यान्न भण्डारको रुपमा तराई मधेशलाई लिएका छ तर पछिल्लो समय यो पहिचान हराउँदै गएको बताउनुभयो । तराई मधेशको विकासको मुख्य स्रोत हुलाकी सकड हो त्यसलाई नीतिगत रुपमा कृषिले लिएको बताउँदै माछा तथा दुधको उत्पादन हुलाकी राजमार्ग क्षेत्रमा गर्ने नीति प्रदेश २ सरकारले लिएको उहाँले बताउनुभयो ।

    देशको कुल उत्पादनमध्ये ६८ प्रतिशत प्रदेश २ बाट हुने गरेको बताउँदै उहाँले देशमा जम्मा १७ वटा चीन मिल छन् त्यसमध्ये ८ वटा मिल प्रदेश २ मा रहेको जानकारी दिनुभयो । देशमै सबभन्दा उखु उत्पादन हुने प्रदेश नै प्रदेश २ रहेको बताउँदै उहाँले देशको कुल उत्पादनमध्ये फलफूल २१ प्रतिशत, २६ प्रतिशत तरकारी त्यही उत्पादन भइरहेको बताउनुभयो।

    राजनीतिकर्मी एवं पत्रकार रामरिझन यादवले प्रदेश २ मात्र मधेश होइन, झापादेखि कञ्चनपुरसम्मको समतल भूभाग मधेश रहेको बताउँदै प्रदेश २ मा मात्र अल्झियो भने मधेशका अन्य जनतामाथि अन्याय हुने धारणा राख्नुभयो । तराई मधेशको कृषि क्षेत्रमाथि २०१३ सालदेखि बक्रदृष्टि रहेको बताउँदै उहाँले सबभन्दा बढी धान, मकै, गहुँ तराई मधेशमा उतपादन हुन्छ तर बजारमा लग्ने अवस्था नरहेको बताउनुभयो । किसानले उत्पादन गरेको अधिकाँशको उत्पादन घरमै रहने गरेको बताउँदै नेता यादवले किसानले उत्पादन गरेको वस्तु बजारसम्म लग्न नसक्नु दुर्भाग्य रहेको बताउनुभयो।

    तराई मधेशको लाइफ लाइन हुलाकी सडक अहिलेसम्म निर्माण नहुनुले किसानलाई निकै सिमस्या भएको बताउँदै उहाँले हुलाकी सडक बन्न नदिनुमा खस आर्य सामन्ती सोचका शासकका कारण रहेको बताउनुभयो । एक समय अन्नयहरु विभिन्न देशमा निर्यात गरिन्थ्यो तर अहिले निर्यात गरिन्छ, यस्तो किन भयो कसको कारणले हो त्यो कुराको समिक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । तराईको कृषिमा विकास नहोस् भनेर राज्यले जानी जानी हुलाकी सडक बनाएको गुनासो उहाँले गर्नुभयो ।
    मधेश मामिलाका जानकार एवं पत्रकार चन्द्रकिशोरले कृषिमा जुन समस्या आएको छ, त्यसका लागि प्रदेश २ लाई चियाएर हेर्दा सबै तस्विर सबै स्पष्ट हुने बताउनुभयो ।

    कृषिका सबै समस्याको जवाफ तराई मधेशको कृषिले दिइरहेको बताउँदै उहाँले तराई मधेशको कृषिमा माटोलाई त्यति महत्व नदिएको जस्तो देखिएको बताउनुभयो । कृषिका लागि रसायनिक तथा विषादीको प्रयोग अत्याधिक रुपमा भइरहेको छ, त्यसले मोटोहरु विग्रि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माटो बिग्रिने अवस्थामा पुगि सकेको छ । अहिले माटोले उब्जाउ दिइरहेका छैन । रसायनिक मल र विषादीले दिइरहेको छ ।’जसले जमिन जोतपोत गरिहेका छन्, यदि भोली लगेर जमिन खोसियो भने भुमी विहिन अवस्था धेरैको रहेको बताउँदे उहाँले खेतीपाती तथा किसानले अपमान सहने अवस्था रहेको बताउनुभयो । कसैले आफू खेतीपाती गर्छु भन्यो भने उसल अपमान सहनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । प्रदेश २ खानाको संग्राहलय थियो र ब्यञ्जनको विश्व विद्यालय थियो तर अहिले ती सबै कुरा समाप्त भइसकेको उहाँले बताउनुभयो ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झाले तराई मधेशमा राजा जनकले समेत हलो जोतेर श्रमप्रतिको आस्थालाई प्रष्ट पारिएको छ, त्यस ठाउँको आफू नागरिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माटोलाई हामी देवता मान्छौं, जिउने आधार नै माटो हो । प्रदेश २ को मुख्य आधार नै कृषि हो तर कृषिमा केही बेथिती छ ।’कृषिमा मुख्य समस्या भनेको जमिनका खण्डीकरण रहेको र त्यसले कृषिमा ठूलो असर पारेको उल्लेख गर्दै उहाँले मोटो परिक्षणको अवस्था दुई नम्बर प्रदेशमा नरहेको बताउनुभयो । कमला नदीको १२ विघाको बगरमा सामूहिक खेती गर्ने तयारी भइरहेको बताउँदै उहाँले यसमा संघीय मन्त्री पनि उत्साहित रहेको र किसान पनि सामूहिक खेती गर्नका लागि उत्साहित रहेको धारणा राख्नुभयो । नेकपाका नेता गणेश साहले पनि अन्नको भण्डार तराई मधेशलाई भनिन्थ्यो तर अहिलेको अवस्था त्यस्तो नरहेको धारणा राख्नुभयो ।

    तराईको भूमीमा क्षयीकरण भएको बताउँदै उहाँले तराई मधेशका किसानले उत्पादनमा जति ध्यान दिएपनि माटोमा त्यति ध्यान नदिएको बताउनुभयो । उहाँले किसानलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो । खाना खानुभन्दा पहिले किसानलाई किसानलाई सम्झनु पर्ने बताउँदै उहाँले किसानलाई सम्मान नदिएसम्म कृषि अगाडि बढ्न नसक्ने जिकिर गर्नुभयो ।

    राष्ट्रिय योजना आयोगका सदस्य केवल प्रसाद भण्डारी कृषिमा सबैभन्दा क्रान्ती आवश्यक रहेको बताउनुभयो । कृषिका नीतिले आम कृषकलाई फाइदा नपुगेको बताउँदै उहाँले कृषिमा पत्रकारित गर्ने र अनुसन्धान गर्ने व्यक्तिलाई पनि धान कसरी उत्पादन हुन्छ त्यो कुरा थाह छैन त्यसैले कृषि नीति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

    सरकारले कृषकलाई उपलब्ध गराउने अनुदानहरु, सहयोगको असली कृषि समक्ष नपुगेको छैन, बरु समूह–समूहमा पुगेका छन् तर आम कृषकसक्षम नपुगेको धारणा राख्नुभयो । आमजनालाई कृषिप्रति कसरी आकर्षित गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्ने कुरा उल्लेख गर्दै उहाँले कृषिको यन्त्र किसानको शरिर अनुसार छैन, मानवको शरिस अनुसार कृषि यन्त्र बनाउनुपर्ने कुुरामा जोड दिनुभयो ।

    कार्यक्रमका अध्यक्षता गर्नुभएका खाद्याका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले किसानको स्वाभिमानलाई ख्याल गर्नुपर्ने कुरामा जोड दिनुभयो । कृषि पेसामा लागेकालाई सम्मान नगरेको कारणले पनि यो क्षेत्रबाट पलायन भइरहको बताउँदै उहाँले कृषिको विविधिकरणम पनि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । भूमीको खण्डिकरण रोकेर सामूहिक खेती र चकलाबन्दीमा जानुपर्ने कुरामा जोड दिँदै उहाँले गरिबीको रेखामुनी रहेको मधेशलाई कृषिबाट नै उठाउन सकिने बताउनुभयो ।

    कृषि नीतिका कारण कृषि क्षेत्र अलमलिएको छ, उहाँले भन्नुभयो, सरकारले बनाएको नीति कृषि मैत्री छैन, अहिले पनि केही विग्रेको छैन, थुप्रै नीतिहरु बनिरहेको छ, त्यसलाई सुधार गर्न सकिन्छ ।’ नेपालमा मलको समस्या निकै लामो समयदेखि आइरहेको छ, समस्या स्थायी रुप लिएको छ, त्यसलाई कसरी समाधान गर्न सकिन्छ त्यसमा पनि सरकारका नीति केन्द्रीत हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । दियोपाेष्ट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.