Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली समूहमा पूर्वलडाकुलाई तान्न १२ वर्षदेखि फरार अभियुक्त परिचालन

सहयोगीबाट सहयोगीबाट
पुस २४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    काठमाडौंमै रहेर पनि तत्कालीन माओवादीको संरक्षणमा १२ वर्षदेखि प्रहरीले पक्राउ गर्न नसकेका फरार अभियुक्त हुन्, कालीबहादुर खाम । माओवादी सशस्त्र विद्रोहमा उनको नाम एउटा सफल र साहसी सैन्य कमाण्डरका रूपमा परिचित थियो । तर, शान्ति प्रक्रियामा आएपछि उनी शृंखलावद्ध अपराधका अभियुक्त बने ।

    नेकपा विभाजनमा तत्कालीन माओवादीका पूर्वलडाकुलाई आफ्नो पक्षमा ल्याउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विवादास्पद छविका पूर्वकमाण्डर उनै कालीबहादुर खामलाई अघि सारेका छन् । खामलाई साथ लिएर नेकपा ओली समूहले पूर्वमाओवादी लडाकुभित्र आफ्नो पकड कायम गर्न खोजेको स्रोत बताउँछ ।

    गृहमन्त्री थापाले देशभरका पूर्वलडाकुलाई आफ्नो समूहमा ल्याउन खामलाई परिचालन गरेका छन् । ‘खामसहित पूर्वकमाण्डरहरूको एउटा टोली अहिले देश दौडाहामा छ’, थापानिकट स्रोतले भन्यो, ‘उनी अहिले शान्तिकालपछि दुःख पाएका, पार्टीले बेवास्ता गरेका, घाइते र अपाङ्ग पूर्वलडाकुलाई भेट्दै हिँडेका छन् ।’

    बादलको समर्थनमा लाग्न आग्रह गर्दै हिँडेको टोलीमा अर्का विवादास्पद पूर्वकमाण्डर राजेश मास्के पनि छन् । मास्के उनै हुन्, जो डिभिजन कमाण्डर हुँदा शक्तिखोर शिविरको ३ करोड गिटीबालुवा कारोबारमा लगानी गरेको आरोपमा पार्टी कारबाहीमा परेका थिए । २०६९ साल साउनको पहिलो साता काठमाडौंमा बसेको सातौँ बिस्तारित बैठकले २ करोड फिर्ता गराउने निर्णयसमेत गरेको थियो । अहिले उनी सक्रिय राजनीति छाडेर ठेक्कापट्टामा संलग्न छन् ।

    गृहमन्त्री बादल र पूर्वी रुकुमका पूर्वमाओवादी नेताहरूको सहयोगमा खामले प्रधानमन्त्री केपी ओलीनिकट पुगिसकेको बालुवाटारस्रोत बताउँछ । पूर्वी रुकुमको मगरबस्तीमा अहिले पनि खामको बलियो पकड छ । त्यहाँको संगठन जोगाउन पनि खामलाई हात लिने रणनीति ओली समूहले लिएको छ ।

    पूर्वलडाकुको एउटा समूहले खामलाई मन्त्री बनाउनसमेत प्रस्ताव गरेको थियो । अदालतबाट मुद्दा किनारा नलागेको भन्दै ओलीले मानेनन् । तर, खामले ओलीलाई प्रभावित पारिसकेको बुझ्न १५ पुसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उनको मन्तव्य सुने पुग्छ ।

    ओलीले नेकपाको अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कटाक्ष गर्ने क्रममा भनेका थिए, ‘युवाहरूलाई भड्काएर आन्दोलनमा लगायो, घाइते अपाङहरू बिस्तरा परेका छन् । अंगभंग भएका छन्, शरीर चल्दैन । त्यस्तो पीडा के थाहा उहाँलाई ? हिजो साथ दिएका कालीबहादुर खामहरू कहाँ छन्?’

    खाम डिभिजन कमाण्डर रहेको चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरिएको थियो । डिभिजनको सर्म्र्पक कार्यालय उनै श्रेष्ठको घरमा राखिएको थियो । सो कार्यालयबाट पेस्तोल र पैसा चोरी गरेको आरोपमा अपहरण गरिएका श्रेष्ठ २८ २०६५ साल वैशाखमा मारिएका थिए ।

    मुख्य अभियुक्त बनाएर परेको मुद्दामा उनी अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् । जिल्ला अदालत चितवनले उनीसहित हत्यामा जोडिएका केशव अधिकारी र गंगाराम थापाको मुद्दालाई मुल्तबीमा राखेको छ । फरार सूचीमा राखेर प्रहरीले उनको खोजी गरिरहे पनि भेटाउन नसकेको दाबी गर्दै आएको छ । उनीमाथि सरकारी छाप दस्तखत किर्ते, चोरी डकैती र हातहतियार खरखजनासम्बन्धी मुद्दासमेत छन् ।

    पूर्वलडाकुलाई आ-आफ्नो समूहमा तान्न तत्कालीन जनमुक्ति सेनाका सुप्रिमो प्रचण्ड र सैन्य योजनाकार बादल तँछाडमछाड गरिरहेका छन् । पूर्वजनमुक्ति सेना नेपालका अध्यक्ष वीरु तामाङ ‘सुदीप’ र महासचिव देवी पराजुली ओली समूहमा छन् ।

    तामाङ गृहमन्त्री थापाको स्वकीय सचिवालयमै छन् । माओवादी ‘जनयुद्ध’का घाइते तथा अपाङ्गका लागि उपचार खर्च र नियमित भत्ताको व्यवस्था गर्न पूर्वलडाकुले माग गरेका छन् । पूर्वलडाकुलाई आफूतर्फ आकर्षित गर्ने योजनाका साथ गृहमन्त्री थापा कार्यविधिको तयारीमा रहेको पनि गृह मन्त्रालयस्रोतले बतायो ।

    तामाङसहित पदाधिकारीहरू ओली समूहमा लागेपछि प्रचण्ड–माधव नेपाल समूहले अर्जुन थापाको अध्यक्षतामा संगठन पुनर्गठन गरेको छ । प्रचण्ड–नेपाल समूहले २७ पुसमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा पूर्वजनमुक्ति सेनाको भेलासमेत राखेको छ ।

    भेलालाई अध्यक्ष प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने उपाध्यक्ष लेनिन विष्टले बताए । ‘भेलाको तयारी भइसकेको छ । पूर्वजनमुक्ति सेनाको ठूलो पंक्ति हामीसँगै रहने विश्वास छ’, उनले भने । जनक नेपाल/शिलापत्रमा प्रकाशित

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.