Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रतिगमन विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा ‘स्रष्टा आन्दोलन-२०७७’ घोषणा(विज्ञप्तिसहित)

nepal_readers nepal_readers
माघ २०, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रतिनिधिसभा विघटनविरुद्ध स्रष्टाहरुले ‘स्रष्टा आन्दोलन–२०७७’को घोषणा गरेका छन् । साहित्यकार, रंगकर्मी, चलचित्रकर्मी र संस्कृतिकर्मीहरूले संयुक्त रूपमा सडक आन्दोलनको घोषणा गरेका हुन् ।

    ८५ जना स्रष्टाहरूद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबाट जनआन्दोलन ०६२/०६३ का उपलब्धिहरूसमेत खोस्ने, संकुचित पार्ने र मुलुकलाई अझै अन्धकारतर्फ लैजान खोजेकोले आन्दोलनको घोषणा गरेको उल्लेख छ । ‘आजको राजनीतिक प्रतिगमन एवं राज्यको बढ्दो निरंकुश व्यवहारले सम्पूर्ण स्रष्टाहरूलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकताबद्ध हुन उत्प्रेरित गरेको छ’, सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘विद्यमान सामाजिक संरचना, राजनीतिक प्रणाली र सत्ता–अभ्यासका कारण उत्पन्न संकटहरूको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ ।’

    सबैखाले प्रतिगमनका विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा ‘स्रष्टा आन्दोलन–२०७७’ घोषणा गर्दै आन्दोलनका कार्यक्रमहरू तय गर्न संयोजन टिम र सचिवालय टिम निर्माण गरेको वक्तव्यमा जनाइएको छ ।

    प्रेस विज्ञप्तिको पूर्णपाठ:

    नेपालको राजनीतिक परिर्वतन तथा सामाजिक–सांस्कृतिक रुपान्तरणको आन्दोलनमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील स्रष्टाहरुले सिर्जना र सङ्घर्षमार्फत् निरन्तर भूमिका निर्वाह गर्दै आएको विदितै छ । राणाकाल, पञ्चायतकाल र निरङ्कुश राजतन्त्रकालमा परिवर्तनकामी स्रष्टाहरुले सिर्जना र कर्मका माध्यमबाट जनचेतना, जनजागरण र जनसङ्घर्षमा समेत प्रत्यक्ष सहभागिता जनाउँदै आएका हुन् । अभिव्यक्ति स्वतन्त्रता, सामाजिक रुपान्तरण र नागरिक हक–अधिकारको स्थापनाका लागि स्रष्टाहरु बेग्लाबेग्लै वैचारिक धारामा रहेर र आवश्यक पर्दा संयुक्त रुपमा सडक–सङ्घर्षमा ओर्लेर पनि आन्दोलित भएको गौरवपूर्ण इतिहास हाम्रासामु साक्षी नै छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते चालेको असंवैधानिक र प्रतिगमनकारी कदमपछि मुलुक थप राजनीतिक सङ्कट र थप पश्चगमनको सिकार भएको छ । पटक–पटकका जनसङ्घर्ष तथा जनआन्दोलन २०६२/०६३ का कतिपय उपलब्धिहरुसमेत खोस्न, सङ्कुचित पार्न र मुलुकलाई अझै निरङ्कुशतातिर लैजान चालिएको संसद् विघटन गर्ने प्रतिगमनकारी कदमको हामी घोर भत्र्सना गर्दछौं । आजको राजनीतिक प्रतिगमन एवम् राज्यको बढ्दो निरङ्कुश व्यवहारले सम्पूर्ण स्रष्टाहरुलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकताबद्ध हुन उत्प्रेरित गरेको छ ।

    विद्यमान सामाजिक संरचना,राजनीतिक प्रणाली र सत्ता–अभ्यासका कारण उत्पन्न सङ्कटहरुको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ । यसैबीच गत सोमबार (माघ १२ गते) नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण बालुवाटार मार्चमा सरकारद्वारा भएको दमनको हामी कडा विरोध तथा भत्र्सना गर्दछौं । नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता, भेला हुने र विरोध गर्ने अधिकार कुञ्ठित गर्दैमा निरङ्कुशता र तानाशाही शासन टिक्न सक्दैन । नेपाली जनताको सङ्घर्षबाट स्थापित सापेक्षित उपलब्धिहरुको हरण हुन नदिन र सामाजिक न्याय, जनपक्षधरता एवम् सबैखाले विभेदको अन्त्यका लागि अग्रगामी परिवर्तनका नयाँ कार्यसूचीहरु समेत निर्माण गर्न प्रतिगमनविरोधी सम्पूर्ण स्रष्टाहरु संयुक्त आन्दोलनमा सहभागी हुनु आजको आवश्यकता बनेको छ । सिर्जनाका आ–आफ्ना माध्यमबाट र प्रत्यक्ष सडकमा उभिएर प्रतिगमनको प्रतिवाद गर्नका लागि हामी सम्पूर्ण लेखक, कवि, कलाकार, रङ्गकर्मी, चलचित्रकर्मी र सबै विधा–क्षेत्रका बौद्धिक–सांस्कृतिक अभियन्ताहरुमा आह्वान गर्दछौं ।विद्यमान राजनीतिक परिपाटी एवम् वर्तमान नेतृत्वमा रहेको सत्ता–स्वार्थ, भ्रष्ट–आचरण र अवसरवादका कारण तत्कालै संसद् पुनस्र्थापना भए पनि आजको राजनीतिक सङ्कट समाधान नहुने भएकाले आलोचनात्मक विवेकसहित निरन्तर आन्दोलनको मोर्चामा रहनु स्रष्टा र बौद्धिक–संस्कृतिकर्मीहरुको दायित्व हुनेछ । तसर्थ, सबैखाले प्रतिगमनका विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा हामी ‘स्रष्टान्दोलन–२०७७’ घोषणा गर्दछौं । स्रष्टान्दोलन–२०७७ का सिर्जनात्मक कार्यक्रमहरु एवम् नीतिहरु तय गर्नका लागि २०७७ माघ १७ गतेको स्रष्टा–भेलाले दुई वटा बेग्लाबेग्लै संयोजन टिम र सचिवालय टिम निर्माण गरेको छ । दुवै टिमले छिटै आन्दोलनका कार्यक्रमहरु तय गर्ने पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछौं ।
    आह्वानकर्ता स्रष्टाहरुः
    १. अञ्जान बाबु
    २. अनिल सुब्बा
    ३. अनुजा अधिकारी
    ४. अनुप बराल
    ५. अभय श्रेष्ठ
    ६. अंशु खनाल
    ७. अर्चना पन्थी
    ८. आकांक्षा कार्की
    ९. इस्माली
    १०. कला अनुरागी
    ११. काङ्साङ लावती
    १२. केदार श्रेष्ठ
    १३. केनिपा सिंह
    १४. केशव सिलवाल
    १५. गीता कार्की
    १६. गुरुङ सुशान्त
    १७. घिमिरे युवराज
    १८. चन्द्रवीर तुम्बापो
    १९. चेतनाथ धमला
    २०.छम गुरुङ
    २१.जगदीशचन्द्र भण्डारी
    २२. झुमा लिम्बू
    २३. टंक सेलिङ
    २४. ताराकान्त पाण्डेय
    २५. तारामणि राई
    २६. दयाहाङ राई
    २७. दिया मास्के
    २८. दुरण राई
    २९. दुर्लभ काइँला
    ३०.धनकुमारी सुनार
    ३१.नवीन तिवारी
    ३२. नवीन प्यासी
    ३३. नाजिर हुसेन
    ३४. नारायण ढकाल
    ३५. नारायण सापकोटा
    ३६. निनु चापागाईं
    ३७. प्रकाश आङ्देम्बे
    ३८. प्रकाश गुरागाईं
    ३९. प्रकाश कोइराला
    ४०.प्रशन्न पराजुली
    ४१.प्रेमिला राई
    ४२. बच्चु हिमांशु
    ४३. बलराम तिमल्सिना
    ४४. बिना थिङ
    ४५. बुद्धि तामाङ
    ४६. ब्रबिम शेर्मा
    ४७. भूपाल राई
    ४८. मनोज न्यौपाने
    ४९. महेश प्रसाईं
    ५०.महेश राई
    ५१.मातृका पोखरेल
    ५२. मित्रलाल पंज्ञानी
    ५३. रत्नमणि नेपाल
    ५४. राजन खतिवडा
    ५५. राजन मुकारुङ
    ५६. राजु स्याङ्तान
    ५७. रेणुका सोलु
    ५८. रोशन जनकपुरी
    ५९.रोहेज खतिवडा
    ६०.विजय बराल
    ६१.विनोद राई
    ६२. विनोदविक्रम केसी
    ६३. विमल निभा
    ६४. विमल सुवेदी
    ६५. विमला तुम्खेवा
    ६६. वियोगी बुढाथोकी
    ६७. विष्णुकुमार सिङ्जाली
    ६८. विष्णु भण्डारी
    ६९. शकुन्तला जोशी
    ७०. शीतल कादम्बिनी
    ७१.शैलज पौडेल
    ७२.श्रवण मुकारुङ
    ७३. सङ्गीत
    ७४. समर्पण श्री
    ७५. सिर्जना सुब्बा
    ७६. सीता विश्वकर्मा
    ७७. सुदाम सिके
    ७८. सुनील आङ्बो
    ७९. सुमन लम्साल
    ८०. सुलभ पहारी
    ८१.सोझो गाउँले
    ८२.सोमनाथ खनाल
    ८३. सौरभ कार्की
    ८४. स्वप्निल स्मृति
    ८५. हिमांशु
    ८६. हीरा बिजुली नेपाली

    ( २०७७ माघ १९)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.