Friday, March 5, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

प्रतिगमन विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा ‘स्रष्टा आन्दोलन-२०७७’ घोषणा(विज्ञप्तिसहित)

by nepal_readers
February 2, 2021
- समाचार
प्रतिगमन विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा ‘स्रष्टा आन्दोलन-२०७७’ घोषणा(विज्ञप्तिसहित)
Share on FacebookShare on TwitterEmail

प्रतिनिधिसभा विघटनविरुद्ध स्रष्टाहरुले ‘स्रष्टा आन्दोलन–२०७७’को घोषणा गरेका छन् । साहित्यकार, रंगकर्मी, चलचित्रकर्मी र संस्कृतिकर्मीहरूले संयुक्त रूपमा सडक आन्दोलनको घोषणा गरेका हुन् ।

८५ जना स्रष्टाहरूद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबाट जनआन्दोलन ०६२/०६३ का उपलब्धिहरूसमेत खोस्ने, संकुचित पार्ने र मुलुकलाई अझै अन्धकारतर्फ लैजान खोजेकोले आन्दोलनको घोषणा गरेको उल्लेख छ । ‘आजको राजनीतिक प्रतिगमन एवं राज्यको बढ्दो निरंकुश व्यवहारले सम्पूर्ण स्रष्टाहरूलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकताबद्ध हुन उत्प्रेरित गरेको छ’, सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘विद्यमान सामाजिक संरचना, राजनीतिक प्रणाली र सत्ता–अभ्यासका कारण उत्पन्न संकटहरूको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ ।’

सबैखाले प्रतिगमनका विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा ‘स्रष्टा आन्दोलन–२०७७’ घोषणा गर्दै आन्दोलनका कार्यक्रमहरू तय गर्न संयोजन टिम र सचिवालय टिम निर्माण गरेको वक्तव्यमा जनाइएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ:

नेपालको राजनीतिक परिर्वतन तथा सामाजिक–सांस्कृतिक रुपान्तरणको आन्दोलनमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील स्रष्टाहरुले सिर्जना र सङ्घर्षमार्फत् निरन्तर भूमिका निर्वाह गर्दै आएको विदितै छ । राणाकाल, पञ्चायतकाल र निरङ्कुश राजतन्त्रकालमा परिवर्तनकामी स्रष्टाहरुले सिर्जना र कर्मका माध्यमबाट जनचेतना, जनजागरण र जनसङ्घर्षमा समेत प्रत्यक्ष सहभागिता जनाउँदै आएका हुन् । अभिव्यक्ति स्वतन्त्रता, सामाजिक रुपान्तरण र नागरिक हक–अधिकारको स्थापनाका लागि स्रष्टाहरु बेग्लाबेग्लै वैचारिक धारामा रहेर र आवश्यक पर्दा संयुक्त रुपमा सडक–सङ्घर्षमा ओर्लेर पनि आन्दोलित भएको गौरवपूर्ण इतिहास हाम्रासामु साक्षी नै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते चालेको असंवैधानिक र प्रतिगमनकारी कदमपछि मुलुक थप राजनीतिक सङ्कट र थप पश्चगमनको सिकार भएको छ । पटक–पटकका जनसङ्घर्ष तथा जनआन्दोलन २०६२/०६३ का कतिपय उपलब्धिहरुसमेत खोस्न, सङ्कुचित पार्न र मुलुकलाई अझै निरङ्कुशतातिर लैजान चालिएको संसद् विघटन गर्ने प्रतिगमनकारी कदमको हामी घोर भत्र्सना गर्दछौं । आजको राजनीतिक प्रतिगमन एवम् राज्यको बढ्दो निरङ्कुश व्यवहारले सम्पूर्ण स्रष्टाहरुलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकताबद्ध हुन उत्प्रेरित गरेको छ ।

विद्यमान सामाजिक संरचना,राजनीतिक प्रणाली र सत्ता–अभ्यासका कारण उत्पन्न सङ्कटहरुको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ । यसैबीच गत सोमबार (माघ १२ गते) नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण बालुवाटार मार्चमा सरकारद्वारा भएको दमनको हामी कडा विरोध तथा भत्र्सना गर्दछौं । नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता, भेला हुने र विरोध गर्ने अधिकार कुञ्ठित गर्दैमा निरङ्कुशता र तानाशाही शासन टिक्न सक्दैन । नेपाली जनताको सङ्घर्षबाट स्थापित सापेक्षित उपलब्धिहरुको हरण हुन नदिन र सामाजिक न्याय, जनपक्षधरता एवम् सबैखाले विभेदको अन्त्यका लागि अग्रगामी परिवर्तनका नयाँ कार्यसूचीहरु समेत निर्माण गर्न प्रतिगमनविरोधी सम्पूर्ण स्रष्टाहरु संयुक्त आन्दोलनमा सहभागी हुनु आजको आवश्यकता बनेको छ । सिर्जनाका आ–आफ्ना माध्यमबाट र प्रत्यक्ष सडकमा उभिएर प्रतिगमनको प्रतिवाद गर्नका लागि हामी सम्पूर्ण लेखक, कवि, कलाकार, रङ्गकर्मी, चलचित्रकर्मी र सबै विधा–क्षेत्रका बौद्धिक–सांस्कृतिक अभियन्ताहरुमा आह्वान गर्दछौं ।विद्यमान राजनीतिक परिपाटी एवम् वर्तमान नेतृत्वमा रहेको सत्ता–स्वार्थ, भ्रष्ट–आचरण र अवसरवादका कारण तत्कालै संसद् पुनस्र्थापना भए पनि आजको राजनीतिक सङ्कट समाधान नहुने भएकाले आलोचनात्मक विवेकसहित निरन्तर आन्दोलनको मोर्चामा रहनु स्रष्टा र बौद्धिक–संस्कृतिकर्मीहरुको दायित्व हुनेछ । तसर्थ, सबैखाले प्रतिगमनका विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा हामी ‘स्रष्टान्दोलन–२०७७’ घोषणा गर्दछौं । स्रष्टान्दोलन–२०७७ का सिर्जनात्मक कार्यक्रमहरु एवम् नीतिहरु तय गर्नका लागि २०७७ माघ १७ गतेको स्रष्टा–भेलाले दुई वटा बेग्लाबेग्लै संयोजन टिम र सचिवालय टिम निर्माण गरेको छ । दुवै टिमले छिटै आन्दोलनका कार्यक्रमहरु तय गर्ने पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछौं ।
आह्वानकर्ता स्रष्टाहरुः
१. अञ्जान बाबु
२. अनिल सुब्बा
३. अनुजा अधिकारी
४. अनुप बराल
५. अभय श्रेष्ठ
६. अंशु खनाल
७. अर्चना पन्थी
८. आकांक्षा कार्की
९. इस्माली
१०. कला अनुरागी
११. काङ्साङ लावती
१२. केदार श्रेष्ठ
१३. केनिपा सिंह
१४. केशव सिलवाल
१५. गीता कार्की
१६. गुरुङ सुशान्त
१७. घिमिरे युवराज
१८. चन्द्रवीर तुम्बापो
१९. चेतनाथ धमला
२०.छम गुरुङ
२१.जगदीशचन्द्र भण्डारी
२२. झुमा लिम्बू
२३. टंक सेलिङ
२४. ताराकान्त पाण्डेय
२५. तारामणि राई
२६. दयाहाङ राई
२७. दिया मास्के
२८. दुरण राई
२९. दुर्लभ काइँला
३०.धनकुमारी सुनार
३१.नवीन तिवारी
३२. नवीन प्यासी
३३. नाजिर हुसेन
३४. नारायण ढकाल
३५. नारायण सापकोटा
३६. निनु चापागाईं
३७. प्रकाश आङ्देम्बे
३८. प्रकाश गुरागाईं
३९. प्रकाश कोइराला
४०.प्रशन्न पराजुली
४१.प्रेमिला राई
४२. बच्चु हिमांशु
४३. बलराम तिमल्सिना
४४. बिना थिङ
४५. बुद्धि तामाङ
४६. ब्रबिम शेर्मा
४७. भूपाल राई
४८. मनोज न्यौपाने
४९. महेश प्रसाईं
५०.महेश राई
५१.मातृका पोखरेल
५२. मित्रलाल पंज्ञानी
५३. रत्नमणि नेपाल
५४. राजन खतिवडा
५५. राजन मुकारुङ
५६. राजु स्याङ्तान
५७. रेणुका सोलु
५८. रोशन जनकपुरी
५९.रोहेज खतिवडा
६०.विजय बराल
६१.विनोद राई
६२. विनोदविक्रम केसी
६३. विमल निभा
६४. विमल सुवेदी
६५. विमला तुम्खेवा
६६. वियोगी बुढाथोकी
६७. विष्णुकुमार सिङ्जाली
६८. विष्णु भण्डारी
६९. शकुन्तला जोशी
७०. शीतल कादम्बिनी
७१.शैलज पौडेल
७२.श्रवण मुकारुङ
७३. सङ्गीत
७४. समर्पण श्री
७५. सिर्जना सुब्बा
७६. सीता विश्वकर्मा
७७. सुदाम सिके
७८. सुनील आङ्बो
७९. सुमन लम्साल
८०. सुलभ पहारी
८१.सोझो गाउँले
८२.सोमनाथ खनाल
८३. सौरभ कार्की
८४. स्वप्निल स्मृति
८५. हिमांशु
८६. हीरा बिजुली नेपाली

( २०७७ माघ १९)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

3 months ago
संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.