Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भ्याक्सिन लगाएकै मानिस संक्रमित भए पनि आश्चर्य नमान्नुस्

nepal_readers nepal_readers
चैत्र १४, २०७७
- कोभिड–१९
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    -क्याथरिन जे वु-
    पहिलोपटक कसमा र कहिले देखियो भनेर ठ्याक्कै भन्न त मुस्किल नै पर्छ। तर, जनवरीको अन्तिम सातादेखि अमेरिकामा भने भ्याक्सिन लगाइसकेका मानिसहरु संक्रमित भएको फेलै पर्न थाले। त्यस्तो घटनाको उभार पश्चिमी भेगबाट भएको थियो। तर, त्यहिँ सीमित रहेन।

    ओरेगन राज्यका अखबारमा भ्याक्सिन लगाइएका मानिस संक्रमित भएको समाचारले प्राथमिकता पाउन थाले। यो क्रम मध्यपश्चिमी राज्य हुँदै दक्षिणवर्ती राज्यहरुमा पनि फैलियो। अहिले भने यो बिडम्बनापूर्ण घटनाको ताजा समाचारहरु फ्लोरिडा, टेक्सास र हवाईजस्ता राज्यहरुबाट आइरहेका छन्।

    कोभिड १९ विरुद्ध खोपको अन्तिम मात्रासमेत लगाइसकेको दुई साता नाघिसकेपछि यस प्रकार फेरि संक्रमण देखिएका ‘ब्रेक थ्रु केस’हरु आगामी दिनहरुमा जताततै देखिँदै जानेछन्। यो पक्का छ।

    तर, पख्नुस्। यस्तो भयो भन्दैमा आत्तिने काम चाहिँ नगरिहाल्नुस्।

    कोरोना भाइरस विरुद्धको भ्याक्सिनमा मात्रै होइन, यस जगतमा आजसम्म जे जति भ्याक्सिनहरु बनेका छन्, ती सबैमा भ्याक्सिन लगाइसकेपछि पनि सम्बन्धित भाइरसको संक्रमण हुनसक्ने सम्भावना रहेकै हुन्छन्।

    भाइरसबाट मानिसलाई जोगाउन भ्याक्सिन बनाउने क्रममै भाइरसकै (प्याथोजन) प्रयोग गरिएको हुन्छ। त्यस्तो अवस्थामा भ्याक्सिन लगाउँदा त्यसले बोकेको त्यसै प्याथोजनले रक्षा गर्नुको साटो उल्टो आक्रमण गरिदिँदा यस्तो बिडम्बनापूर्ण अवस्था उत्पन्न भइदिने हो।

    हामीले भ्याक्सिनका समाचारहरु हिजोअस्तिदेखि पढ्दै आइरहेका छौं। त्यसमा कुनै पनि भ्याक्सिन शत प्रतिशत सुरक्षा गर्ने तवरले बनेको छैन भन्ने तथ्य पनि प्रकाशित हुँदै आइरहेकै छन्। यो त सबैले जानेबुझेकै कुरा हो। हो, त्यो शतप्रतिशत सुरक्षित बनाउन नदिने ‘डाटा प्वाइन्ट’हरुले नै फेरि उल्टो भ्याक्सिन लगाउनेहरुलाई नै संक्रमित बनाउने सम्भावना बोकेका हुन्छन्।

    कोभिड १९ विरोधी मात्र होइन, आजसम्मका कुनै पनि भ्याक्सिन शतप्रतिशत सुरक्षा प्रदान गर्ने हुँदैनन् भन्ने कुराको कारणमा यो नै सोझो उत्तर हो। त्यसैले कोभिड १९ को भ्याक्सिन लगाएकाहरु फेरि संक्रमित देखिनु कुनै ठूलै आश्चर्यचकित पार्ने कुरा होइन।

    गएको डिसेम्बरको मध्यदेखि अमेरिकामा कोरोनाविरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको हो। राज्य स्तरबाटै आधिकारिकता प्राप्त गरेको त्यस्ता भ्याक्सिनहरु अहिलेसम्म चार करोड अमेरिकीहरुमा पूर्ण मात्रामा लगाइसकिएको छ। त्यसमध्ये नगण्य मात्राको थोरै प्रतिशत मानिसहरुमा चाहिँ यसरी भ्याक्सिन लगाइसकेपछि पनि कोभिड परीक्षणमा पोजेटिभ देखिन पुगेको हो।

    भ्याक्सिन लगाइसकेपछि बिरामी परेकाहरुमा पनि अधिकांशका हकमा सामान्यखाले विरामी भएको मात्र भेटिएका छन्। यसका आधारमै पनि भ्याक्सिन लगाउनु भनेको अहिलेको परिस्थितिमा कुनै पनि गम्भीर रोगको शिकार हुनु, अस्पतालमा भर्ना हुनु वा मृत्युकै मुखमा पुग्नुबाट जोगिनु हो भन्ने प्रमाण हो।

    हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने अब हामी फेरि कोरोना भाइरस देखिनुभन्दा अगाडिको विश्वमा पुग्न सक्दैनौं। हाम्रो भविष्य अब यससँग जोडिएरै अघि बढ्नेछ। जतिसुकै भ्याक्सिन लगाउने क्रमले तीब्रता पाए पनि यो संक्रमण देखिने क्रम पनि जारी नै रहनेछ। भ्याक्सिन लगाउनुको अर्थ रोग निर्मूल पार्नु कदापि होइन। बरु भ्याक्सिन लगाउँदा त्यसले भाइरस र हामी मानवलाई सहअस्तित्वमै राख्दाराख्दै पनि सुरक्षित पार्ने प्रयाससम्म गर्ने हो।

    भ्याक्सिन लगाउँदा लगाउँदै पनि मानिस फेरि संक्रमित अर्थात् ‘ब्रेक थ्रु’ किन हुनपुग्छ भन्ने प्रष्ट कारण सदैव खुलिरहेको हुँदैन। अमेरिकामा यतिबेला जुन तीन प्रकारका भ्याक्सिनहरु प्रचलनमा छन्, ती सबै कोरोना भाइरसको उत्पत्ति अवधिका जातलाई आधार बनाएर तयार पारिएका हुन्। यसरी उत्पत्ति हुँदाको जुन गुण बोकेका भाइरस थिए, त्योभन्दा नयाँ प्रकारमा विकास भएका भाइरसहरुका मामलामा भने यो कम प्रभावी पनि देखिएको छ। यी हैरान पार्ने नयाँ जातका भाइरसहरुले अहिलेसम्म विकास भएका भ्याक्सिनहरुलाई निष्प्रभावी पार्ने कामै त गरिसकेका छैनन्।

    ‘तर, भाइरसका जति नयाँ प्रकारहरु विकास हुँदै जान्छन् त्यसले यस्ता ब्रेक थ्रु हुने सम्भावनाहरुलाई त्यति नै मात्रामा बढाउँदै भने लैजान्छ,’ येल विश्वविद्यालयमा भ्याक्सिन विज्ञ साद ओमर भन्छन्।

    त्यसैगरी भ्याक्सिनै लगाएको छ भने पनि कुनै पनि प्रकारका कोरोना भाइरसको फैलावट भइरहेको ठाउँमा पुगेपछि त्यसले प्रभाव पार्छ नै। भ्याक्सिन नलगाएको मानिसहरुका माझमा कुनै भ्याक्सिन लगाएको मानिस बसेको छ भने त्यसबाटै पनि भ्याक्सिन लगाएकै मानिसलाई विरामी पारिदिनसक्ने सम्भावना रहन्छ। रोग प्रतिरोधी क्षमता जुन मात्रामा शरीरमा विकास भएको छ त्यसले थेग्न नसक्नेगरी धेरै नै मात्रामा भाइरस फैलिरहेको छ भने प्रतिरोध गर्न नसक्ने स्थिति भइदिन्छ।

    यसमा समीकरणको मानवीय पक्षले पनि माने राख्छ। प्रतिरोधी क्षमता भनेको भेदन गर्नै नसकिने पर्खाल पक्कै होइन। मानिस र उसको अवस्था पिच्छे संक्रमण रोक्ने बेग्लाबेग्लै क्षमता हुन्छ। त्यसैगरि भ्याक्सिनले कति काम गर्छ भन्ने कुरा पनि व्यक्तिपिच्छे फरक हुन्छ। यो कतिसम्म हुन्छ भने, एकै बाबुआमाबाट जन्मेका जुम्ल्याहा सन्तानमा पनि यस्तो प्रतिरोधी र भ्याक्सिनले कामगर्ने क्षमता बेग्लाबेग्लै हुनेगर्छ।

    केही मानिसहरुमा उनीहरुको भित्री शारिरिक अवस्थाहरुले गर्दा भ्याक्सिन लगाइए पनि पर्याप्त मात्रामा उनीहरुमा रोग प्रतिरोधी क्षमता जागृत हुन सक्दैन। त्यसैगरि अर्काथरि मानिस यस्ता पनि हुनसक्छ्न् जसमा एन्टीबडीहरु र टी सेल्सहरु कमै सक्रिय हुन्छन् जसको कामै हाम्रा कोशिकाहरुमा कोरोना भाइरस प्रवेश गर्नबाटै रोकिदिनु हो।

    ‘भ्याक्सिनको प्रभाव वर्गीकृत हिसाबले हुन्छ,’ सेन्ट लुइसस्थित वासिंगटन विश्वविद्यालयका रोग प्रतिरोधी विज्ञ अली एलेबेडी भन्छन्, ‘भ्याक्सिन लगाएपछि सामान्यतया प्रतिरक्षामा जुट्ने अणु र कोषहरु यति व्यापक मात्रामा पैदा हुन्छ जसले भाइरसलाई फेरि देखै नपर्ने गरी तत्कालै परास्त गरिदिन्छ। तर, सदैव त्यस्तै हुन्छ भन्ने जरुरी छैन। कहिलेकाहिँ ती लडाकाहरुअलि क्षीण पनि हुनसक्छन्। त्यस्तो बेला दुवै पक्षबीच लडाइँ चल्न थाल्छ। त्यो बेलामा प्याथोजनले आफ्नै प्रतिरुप तयार पार्न थाल्छ भने अर्कोतर्फ रोग प्रतिरोधी क्षमताले पनि अझ बढी प्रतिरोधक तयार पार्न थाल्छ। यो लडाइँ जति लामो अवधिसम्म लम्बिन्छ त्यस मानिसभित्र रोग देखापर्ने सम्भावना उति नै बढ्न पुग्छ।’

    भ्याक्सिन भन्नु व्यापक खेलकूद चलिरहेको गतिशील मैदानको एउटा मात्रै पाटोजस्तै हो। सुरक्षाको एउटा पत्र भनौं न। पानी परेको बेला छाताजस्तो। छाताको काम भिज्नबाट रोक्ने हो, तर छाता ओढेको मानिस भिज्दै भिज्दैन भन्न सकिन्न। हो, सिमसिमे पानी परिरहेको बेला भाग्यमानी मानिसले यो ओढेको छ भने चाहिँ पक्कै भिज्नबाट रोक्छ। तर, बेतोडको आँधिबेहरीसहित वर्षा भइरहेको छ भने त्यो बबुरो छाताले कतिसम्म जोगाउँछ भन्ने कुरो मुख्य हो।

    एलेबेडीका अनुसार भ्याक्सिनले प्रकट गर्ने प्रतिक्रिया दुईतीन प्रकारले मात्रै नभएर हजारौं किसिमका हुन्छन्। ‘त्यसैले भ्याक्सिन लगाउनु भनेको तपाइलाई पूर्णतया सुरक्षित पार्नु होइन,’ एलेबेडी भन्छन्, ‘त्यसले तपाइलाई सुरक्षित रहने संभावना अत्यधिक बढाइदिने मात्र हो।’

    त्यसैले भ्याक्सिन लगाइसक्दा पनि कुनै मानिसमा फेरि संक्रमण देखियो भने त्यसलाई ‘ब्रेक थ्रु केस’ भनिएकोमा भिभियना सिमोनलाई चित्त बुझिरहेको छैन। सिमोन न्यूयोर्कको माउन्ट सिनाइस्थित आइकान स्कुल अफ मेडिसिनकी संक्रामकरोग विशेषज्ञ हुन्। ‘यो शब्द झट्ट सुन्दा कुनै रोगविरुद्ध लगाइएको पर्खाल तोडेको भनिएजस्तो सुनिन्छ,’ उनी भन्छिन्, ‘मानौं हाम्रो प्रतिरक्षा प्रणालीमा भाइरसले मुक्का हिर्काउने गरेको होस्।’

    उनका अनुसार भ्याक्सिन भन्नु व्यापक खेलकूद चलिरहेको गतिशील मैदानको एउटा मात्रै पाटोजस्तै हो। सुरक्षाको एउटा पत्र भनौं न। पानी परेको बेला छाताजस्तो। छाताको काम भिज्नबाट रोक्ने हो, तर छाता ओढेको मानिस भिज्दै भिज्दैन भन्न सकिन्न। हो, सिमसिमे पानी परिरहेको बेला भाग्यमानी मानिसले यो ओढेको छ भने चाहिँ पक्कै भिज्नबाट रोक्छ। तर, बेतोडको आँधिबेहरीसहित वर्षा भइरहेको छ भने त्यो बबुरो छाताले कतिसम्म जोगाउँछ भन्ने कुरो मुख्य हो।

    त्यसैगरी तपाइँले छाता ओढ्दा ओढ्दै पनि खुट्टामा गमबुट लगाउनुभएको छ र ज्याकेट पनि लगाउनुभएको छ भने जसरी अलिक तेज वर्षात्मा पनि तपाइलाई बढी सुरक्षा मिल्छ त्यहि हिसाबले भ्याक्सिन लगाउँदा लगाउँदै पनि तपाइले मास्क प्रयोग गर्नुहुन्छ, सामाजिक दुरी कायम गर्नुहुन्छ र स्यानिटाइजरको प्रयोग गरिरहनुहुन्छ भने तपाइ कोरोना भाइरसबाट सुरक्षित रहने संभावना झनै बढ्न पुग्छ।

    ‘भ्याक्सिनले मानिसहरुमा अलिक बढ्दै अपेक्षा पनि पैदागरेको थियो,’ अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीओका पूर्व चिफ साइन्टिस्ट लुसिआना बोरियो भन्छिन्, ‘भ्याक्सिनबारे हाम्रो सोचाइको त्यो मधुमास कालबाट बाहिर निस्केर अब गुण र दोषका आधारमा यसको विश्लेषण र विवेचना गर्ने बेला भइसकेको छ।’

    बोरियोका अनुसार जतिसुकै उत्कृष्ठ भनिएको भ्याक्सिन पनि सर्वगुण सम्पन्न छैन। र, जुनकुरा कदापि सर्वगुणसम्पन्न पाइँदैन त्यसको धेरै कुरा काट्नुको पनि अर्थ रहँदैन।

    ‘कुनै पनि कुराको विस्तारै विकास हुँदै जाने हो,’ उनी भन्छिन्, ‘पहिलो दिनमै उत्कृष्ठ बनेर त केहि पनि आएको हुँदैन।’ भ्याक्सिन लगाएपछि पनि संक्रमितहुने विषयमा एउटा प्रतिवादी दृष्टिकोण पनि मननीय छ।

    आगामी दिनमा जति बढी मानिसलाई भ्याक्सिन लगाइनेछ उत्तिकै बढी मात्रामा ब्रेक थ्रु केसहरु देखापर्ने निश्चित छ। तर, सँगसँगै भ्याक्सिनको दायरा बढ्दै गएपछि जब कोरोना भाइरस एकबाट अर्कोमा विस्तार हुने क्रममै नियन्त्रण आउँछ त्यसपछि यी सबै कुरामा नियन्त्रण स्वतः देखापर्दै जानेछन्। त्यसैगरि नगण्य मात्रामा त्यस्ता ब्रेक थ्रुलाई हिसाब नगर्ने हो भने ठूलो मात्रामा भ्याक्सिनले गर्दा संक्रमण ग्रहण गर्न र फैलाउनबाट सुरक्षित भएका मानिसहरुको संख्या बढ्दै जाँदा भ्याक्सिन नलगाउनेहरु पनि त्यसबाट लाभान्वित हुने पक्का छ।

    जस्तो किः पानी परिरहेको बेला भीडमा अधिकांशले छाता ओढेका छन् भने नओढेका थोरै पनि रुझ्नबाट छेकिन पुग्छन्।

    (‘दी एटलान्टिक’मा छापिएको यो लेखको अनसवाद देशसंचारडटकमबाट लिइएको हो।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      कोभिड-१९ उत्पत्तिबारे अमेरिकाको राजनीति भन्दा वैज्ञानिक खोजमा विश्वास गरौँ

      कोभिड-१९ उत्पत्तिबारे अमेरिकाको राजनीति भन्दा वैज्ञानिक खोजमा विश्वास गरौँ

      सहयोगीबाट
      कार्तिक १, २०७८

      कोभिड –१९ कहाँबाट आयो? यो प्रश्न अहिले सबैभन्दा ठूलो रहस्य भएको छ, किनकि यसको उत्पत्ति अझै पनि अनुत्तरित छ। यो...

      ‘डेल्टा भेरियन्ट’ – युरोपेली सिमा प्रतिबन्ध गर्ने विषयमा युरोपेलीहरु बिभाजित

      ‘डेल्टा भेरियन्ट’ – युरोपेली सिमा प्रतिबन्ध गर्ने विषयमा युरोपेलीहरु बिभाजित

      सहयोगीबाट
      असार १७, २०७८

      बेलायतमा भारतीय स्वरुपको कोरोना भाईरस(डेल्टा भरियन्ट) फैलिँदै गएका बेला बेलायतीहरुलाई युरोपेली युनियन ९ईयु० का सदस्य राष्ट्रमा प्रतिबन्ध गर्ने विषयमा ईयु...

      बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

      बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

      उमाईर हाक
      असार ७, २०७८

      केहि अन्धकार । मूर्ख शासक र खतरनाक बेलायत डुब्दै छ । यस्तो सँधै हुँदैन । यी दिनहरू सधैं आउँदैनन् ?...

      भ्याक्सिन लगाएकै मानिस संक्रमित भए पनि आश्चर्य नमान्नुस्

      महामारी नियन्त्रणको बाधक ‘खोप विभेद’, यस्तो छ नालीबेली

      सहयोगीबाट
      असार ३, २०७८

      विश्व स्वास्थ्य संगठनले धेरै अगाडिदेखि नै भन्दै आएको छ कि कोरोना भाइरस महामारी नियन्त्रणका लागि सबैलाई खोप दिनु अनिवार्य छ...

      भाइरस शास्त्रीहरुले कुनै नयाँ संक्रमणको उद्भव कसरी पत्ता लगाउँछन्

      भाइरस शास्त्रीहरुले कुनै नयाँ संक्रमणको उद्भव कसरी पत्ता लगाउँछन्

      मेरलि जे रोगिनिक
      असार ३, २०७८

      हरेक समय जब कुनै ठूलो विनासकारी रोग देखा पर्छ तब वैज्ञानिकहरु तथा आम जनसमुदायको एउटै जिज्ञासा हुन्छ – ‘कहाँबाट आयो...

      सङ्कटमा मिडियाको नैतिक दायित्व

      सङ्कटमा मिडियाको नैतिक दायित्व

      सहयोगीबाट
      जेष्ठ २३, २०७८

      संसारमा दिनहुँ हुने हरेक घटना वा गतिविधि समाचार बन्दैनन् । छानिएका केही विषयमा वा घटनाले मिडियामा ठाउँ पाउँछन् । यस सम्बन्धमा मिडियाका...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.