Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सङ्कटमा मिडियाको नैतिक दायित्व

सहयोगीबाट सहयोगीबाट
जेष्ठ २३, २०७८
- कोभिड–१९, विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसारमा दिनहुँ हुने हरेक घटना वा गतिविधि समाचार बन्दैनन् । छानिएका केही विषयमा वा घटनाले मिडियामा ठाउँ पाउँछन् । यस सम्बन्धमा मिडियाका आफ्नै तर्कहरू हुन्छ, जसअनुसार न्यूज भ्यालु वा समाचारीय मूल्य तय गरिन्छन् । तर वितेको एक वर्षको अनुभवका आधारमा नेपाली मिडियामा कोभिड–१९ सम्बन्धी सामग्रीका छनोटका मापदण्डसम्बन्धी छलफल गर्न जरुरी देखिएको छ । कागज, स्क्रीन वा आवाज र छविमा आइरहेका पठन सामग्री वा श्रव्य दृश्य सामग्री सारभूत रूपमा कोभिड–१९ विरुद्धको लडाइँमा कतिसम्म प्रभावकारी भइरहेका छन् ? यो विषयमा सर्वप्रथम मिडियासँग सम्बन्धित सङ्घ–संस्था वा पत्रकारहरूले नै समीक्षा गर्नु पर्छ ।

    पहिलो, कोभिड–१९ का विरुद्ध जनतादेखि सरकारसम्मलाई मिडियाले कति सजग बनाउँदै आएका छन् ? दोस्रो, खासगरी सामाजिक सञ्जाल वा अव्यावसायिकद्वारा सञ्चालित अफवाहहरू चिरेर सुसूचनाको प्रवाह गर्ने मामिलामा व्यावसायिक मिडिया कतिसम्म प्रभावकारी ठहरिएका छन् ? तेस्रो, विश्वभरका मानव समुदायका सामु अकल्पनीय चुनौतीका रूपमा आएको महामारीको समाचार मूल्यको निर्धारण नीति सरदरभन्दा माथि किन उठ्न सकेको देखिंँदैन ? आम रूपमा आएका मिडियाका सामग्रीहरूका आधारमा यस्ता केही प्रश्नहरूमा विमर्श अघि बढाउनु पर्ने देखिन्छ । यस वर्षको लोकतन्त्र दिवसका दिनसम्म नेपालगञ्जमा महामारी निकै फैलिइसकेको थियो ।अस्पतालको क्षमताभन्दा बढी सङ्क्रमित उपचारको आशामा थिए । तर त्यसताका वा त्यसपछिको मिडियाका विषयवस्तुलाई मात्र सर्सर्ति हेर्ने हो भने पनि सारभूत रूपमा गम्भीरता उजागर हुन बाँकी नै रहेको देखिन्छ ।

    विश्व स्वास्थ्य सङ्गठनको ०७६ साल पुस १८ गतेदेखि विश्वव्यापी महामारी कोभिड–१९ ले मानव स्वास्थ्यमा पुर्‍याएको क्षतिका सम्बन्धमा समग्र अभिलेख तयार गरेको छ । जसअनुसार यस महामारीले नेपालमा साढे सात हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । नेपालमा यसको असर केही ढिलो देखा परेको थियो । त्यसैले यसका कारण नेपालमा ०७७ साल वैशाख २९ गते मात्र पहिलो मृत्यु भएको थियो । तर त्यसबेलासम्म हाम्रो छिमेकी चीनलगायत संसारका कैयौँ देशले यस महामारीको कठोर रूप देखिसकेका थिए । त्यसरी हेर्ने हो भने, नेपालले विश्वका अन्य देशबाट पाठ सिक्न सक्ने त्यो पहिलो अवसर थियो । त्यसपछि नेपालमा पनि महामारी फैलंँदै गयो । गएको वर्ष कात्तिक सुरुमै जतिबेला नेपालमा दशैँ मनाइँदै थियो, त्यो बेला सन्त्रास फैलिएको थियो । जुन दिन टीका परेको थियो, त्यो साता मात्रै ९५ जनाको जीवन कोरोना भाइरसले हरण गरेको थियो । पोहोर धेरै मानिसले दशैँ अत्यन्त खुम्चिएर मनाएका थिए । तर त्यसपछिको समयमा क्रमशः महामारी ओरालो लाग्न थाल्यो । त्यसबेलासम्मको अनुभवहरूबाट सिक्दै आउने दिनका सम्भावित सङ्कटको समाना गर्नका लागि तयारी गर्ने त्यो दोस्रो अवसर थियो ।

    समय बित्दै गयो, ०७७ सालको उत्तराद्र्धसम्म पुग्दा नपुग्दै फेरि कोरोनाको लहर सुरु भयो । त्यो वर्ष फागुन १० गतेको एउटा उदाहरण लिउँ, कोभिड–१९ ले एक सातामा ७०५ जनाको ज्यान लिएको तथ्याङ्क प्रकाशित भइरहेको थियो । त्यसपछि महामारी फेरि अलि ओरालो लागेजस्तो देखियो र फागुन २४ गते सातामा चार जनाको ज्यान गएको तथ्याङ्क प्रकाशित भयो । तर क्रमशः कम हुँदै गएको महामारीलाई सारा देशले नै भुलेजस्तो भयो । हो, त्यही बेला पनि सरकार, जनता वा सम्बन्धित निकाय वा अनुसन्धान केन्द्रहरूलाई नेपाली मिडियाले कति झक्झक्याइरहे ? मिडियाले अहिले आत्मसमीक्षा गर्नुपर्ने विषय यो हो । एकै वर्षको अवधिमा पनि कोरोनाको स्मृति जनमानसमा कामय राख्दै सम्भावित खतराबाट बच्न र बचाउन मिडियाले आफ्नै पहल कति गर्‍यो ? नेपाली मिडिया समुदायले आफैंँ समीक्षा गर्नुपर्ने विषय यो पनि हो ।

    एउटा मान्यता छ, जसले मिडियालाई ‘कन्वेयर’ र ‘प्रोसेस बेल्ट’ जस्तो मात्र देख्छ । जसरी एयरपोर्टमा घुमिरहने बेल्टमा यात्रुले आफ्ना सामान सङ्कलन गर्छन्, त्यसरी नै मिडियामा आउने म्यासेजलाई प्रयोगकर्ताले प्राप्त गर्छन् । गन्तव्यमा पुगेको जहाजबाट ओरालिएको समान जहाजबाटै ओर्लिएर सामानको प्रतीक्षा गरिरहेका यात्रुसम्म पुर्‍याउने यान्त्रिक कर्तव्यबाहेक त्यो बेल्टको कुनै भूमिका हुँदैन । कोभिड–१९ का सन्दर्भमा मिडियाको भूमिका यस दृष्टिले मात्र मूल्याङ्कन गर्ने हो भने स्वास्थ्य मन्त्रालयका पत्रकार सम्मेलनसम्बन्धी समाचार आएकै छन्, सङ्क्रमित, जटिल अवस्थामा रहेको सङ्क्रमित वा मृतकसम्बन्धी तथ्याङ्क पनि आएकै छन् । विश्व स्वास्थ्य सङ्गठनले जोखिम–सञ्चार अन्तर्गत तयार पारेका सामग्री वा प्रेस विज्ञप्ति पनि आएकै छन् । तर नेपाली मिडियाले महामारी विरुद्धको लडाइँंका रोकथाम, उपचार वा सम्बन्धित निकाय र हरेक नागरिकलाई दायित्व सम्झाउँदै सजग गराउने सामग्री कति पस्किएका छन् ? सबैभन्दा पहिले पत्रकारहरूले नै आत्मसमीक्षा गर्न जरुरी छ ।

    ०७७ साल चैत ३१ गते अखबारहरूले नै छापे, जोखिम फेरि बढ्यो । तर नयाँ वर्षको अवसरमा भएका विशाल जमघटका तस्वीर सामान्य बेलामा छापेजस्तै गरी कुनै टिप्पणी वा चेतावनी विना नै छापिए । त्यति मात्र होइन, त्यही सेरोफेरोमा रिसोर्ट र होम सेल्टरहरूमा चहल पहल बढे भन्ने शीर्षक र भीडभाडका तस्बीर पनि छापिए । असर कम गर्न महामारीको समयमा वा यसबाट बच्न कहाँ–कहाँबाट अपेक्षित प्रयास भएनन् ? कोरोना भाइरसले पुर्‍याएको अकल्पनीय क्षति केही न केही कम गर्ने वा यसको नियन्त्रण गर्ने कुरा कसैको पनि बुताभन्दा बाहिर थियो ? यस्ता प्रश्नहरूमा अब धेरै अल्मलिइरहनु पर्ने देखिंँदैन । किनकि, एक वर्षको अवधिमा विश्वव्यापी अनुभवले प्रष्ट पारिसकेको छ, जतिसुकै अकल्पनीय भए पनि कोभिड–१९ विरुद्धको लडाइँं व्यवस्थित भएको खण्डमा क्षति कम गर्न सकिने रहेछ । यो कुराको सबैभन्दा टड्कारो दृष्टान्त चीन वा यो महामारीको उद्गमस्थल वुहानले नै प्रस्तुत गरिरहेको छ । त्यसैले व्यक्ति, समाजका विभिन्न क्षेत्र वा सरकार जहाँ–जहाँबाट कमजोरी भएका छन्, त्यसको लाभ कोरोना भाइरसलाई भएको छ ।

    महामारीको समयमा मानिसको जीवन जोगाउन सामाजिक जीवनका विभिन्न क्षेत्रबाट आवश्यक भूमिकाको अपेक्षा गरिन्छ । झट्ट हेर्दा वा सहजै भन्न सकिने सबैभन्दा महत्वपूर्ण भूमिका त चिकित्साकर्मी, औषधि र उपचार केन्द्र वा अस्पताहरूकै हुन्छन् । तर महामारीसँगको लडाइँं केवल चिकित्सा शास्त्रको विषय होइन, त्यसैले सामाजिक परिचालनका अनेक क्षेत्र पनि उत्तिकै क्रियाशील हुनै पर्छ । त्यसैले महामारीविरुद्धको विश्वव्यापी लडाइँंमा सामाजिक जागरण र पहलको दृष्टिकोणका आधारमा आमसञ्चार माध्यम वा सार्वजनिक सञ्चारको क्षेत्रबाट ठूलो अपेक्षा गर्नै पर्छ ।

    सुरुदेखि अहिलेसम्मको परिस्थिति हेर्दाहेर्दै भयानक हुँदै गएको हो । यो वर्ष वैशाख २७ गते एकै साता ८९० जनाको मृत्यु कोरोना भाइरसका कारणले भएको गणना गरिएपछि पनि झन् झन् डरलाग्दो अवस्था बन्दै गयो । तर यो दोस्रो लहर अगाडि सबैले के–कसरी आ–आफ्नो कर्तव्य निर्वाह गरेको भए केही न केही परिमाणमा यसको असर कम हुन सक्थ्यो होला ? यस सन्दर्भमा नेपाली मिडियाको भूमिका कतिसम्म प्रभावकारी हुन सक्थ्यो होला ? यस्ता प्रश्नहरूमा घोत्लिँदा नै आउँदा दिनमा कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टसँगको लडाइँमा मानव समुदायको जीत हुन सक्नेछ । विश्व स्वास्थ्य सङ्गठनले जनाऊ दिँदै नै आएको छ, अझ पछिका सम्भावित महामारीबाट बच्न पनि हामीले यसबीच आर्जन गरेका अनुभवका आधारमा अघि बढ्नुपर्छ । अनुभवको आदान प्रदान गराउने मामिलामा आमसञ्चार सबैभन्दा प्रभावकारी हुन सक्दछ । महामारीको द्रूत पहिचान र प्रतिकारको कदम चाल्ने मामिलामा सरकारहरू के गरिरहेका छन् भन्ने निगरानी गरेर मात्र पुग्दैन । जनताको तहमा सजगता बढाउन पनि आमसञ्चार माध्यमहरू नै प्रभावकारी ठहरिनुपर्छ ।

    पहिलो लहरपछि र दोस्रो लहर अघि महामारीविरुद्धको लडाइँमा उपचारभन्दा पहिले सङ्क्रमणलाई रोक्ने वा सङ्क्रमणको शृङ्खलालाई तोड्ने रणनीति नै प्रभावकारी हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि हेलचक्य्राइँंका प्रशस्त उदाहरण देखिए । यसविरुद्धको लडाइँंमा सुरुदेखि नै सामाजिक दूरी र प्रत्यक्ष स्पर्शलाई सबैभन्दा बढी प्रचार गरिएकै थियो । अब त अहिलेसम्मको अनुभवले पनि सिद्ध गरिसकेको छ, यिनै उपायहरूबाट यसलाई पराजित गर्न सकिने रहेछ । पहिलो लहर त सबैलाई झुक्याएर आयो भन्न सकिन्छ । तर दोस्रो लहर आउन सक्ने पूर्वानुमान हुँदाहुँदै बच्ने प्रमुख उपाय सामाजिक दूरीको उपायप्रति सम्पूर्ण समाज र सम्बन्धित निकायहरूको निस्क्रियता र निस्पृहता किन देखियो ? अनि सङ्क्रमणको उपचारका लागि आवश्यक पर्ने व्यवस्थाका सम्बन्धमा पनि किन लापरबाही देखियो ? दुवै तहको सतर्कता, पहिलो, सङ्क्रमण रोक्न र दोस्रो सङ्क्रमितको जीवन जोगाउन किन पूर्व तयारी पर्याप्त हुन सकेन ? यस सन्दर्भमा नेपाली आमसञ्चार माध्यमको समाजलाई झक्झक्याउन सक्ने पूर्ण क्षमता प्रदर्शन गर्न बाँकी नै छ ।

    विज्ञान, अझ लोकप्रिय विज्ञान, कृषि वा कुनै पनि प्राविधिक विषयमा अध्ययन–अनुसन्धानदेखि आमजनतालाई सुसूचित तुल्याउने चरणसम्म मूलतः दुई तहको सार्वजनिक संवाद हुन्छ । वैज्ञानिक, प्राविधिक वा विज्ञहरूले तयार गर्ने अध्ययन प्रतिवेदन वा प्रकाशन गर्ने निष्कर्ष पहिलो चरणको संवाद हो । तर त्यसमा निहित विषयवस्तु वा निष्कर्ष सर्वसाधारणको बोधगम्यताभन्दा पर हुन सक्छ । यहीँनेर मिडियाको महत्वपूर्ण भूमिका हुने गर्छ । वैज्ञानिक जानकारी, सूचना र निष्कर्ष आम रूपमा दोस्रो तहको संवादबाटै फैलिन्छ । यो अपेक्षित भूमिका नेपाली मिडियाले कतिसम्म पूरा गरेका छन् ? अतः नेपालका आमसञ्चार माध्यमहरूले बितेको एक वर्षको वस्तुनिष्ठ समीक्षा गर्न ढिलो हुन लागिसकेको छ । किनकि, महामारीविरुद्धको साझा लडाइँं अगाडि बढाउन आउँदा दिनका अन्तरवस्तुमा महामारी र यसका आर्थिक, सामाजिक र राजनीतिक असरहरूबाट आम जनतालाई बचाउने ध्येय सारभूत रूपमै समेटिनु पर्नेछ । सङ्कटका समयमा आम सञ्चारको नैतिक दायित्व पनि यही हो । – डा. कुन्दन अर्याल/गोरखापत्रमा जेष्ठ २२, २०७८ शनिबार प्रकाशित ।

    (लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.