Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » कोभिड-१९ उत्पत्तिबारे अमेरिकाको राजनीति भन्दा वैज्ञानिक खोजमा विश्वास गरौँ

कोभिड-१९ उत्पत्तिबारे अमेरिकाको राजनीति भन्दा वैज्ञानिक खोजमा विश्वास गरौँ

वैज्ञानिकलाई एचआईभी मध्य अफ्रिकामा पाइने चिम्पान्जीबाट आएको पुष्टि गर्न ४० बर्ष लाग्यो। कोभिडको भाइरसको स्रोत पत्ता लाउन कति लाग्ने हो भन्न सकिदैंन।

सहयोगीबाट by सहयोगीबाट
October 18, 2021
in कोभिड–१९, यो हप्ता, स्वास्थ्य /शिक्षा
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

कोभिड –१९ कहाँबाट आयो? यो प्रश्न अहिले सबैभन्दा ठूलो रहस्य भएको छ, किनकि यसको उत्पत्ति अझै पनि अनुत्तरित छ। यो महामारीबाट संसार धेरै प्रभावित भएको छ। विश्वव्यापी रुपमा लगभग २१४० लाख मानिसहरु संक्रमित छन्। ४० लाख भन्दा बढी मानिसहरुले आफ्नो ज्यान, परिवार र प्रियजनहरु गुमाएका छन् त्यतिमात्र होइन विश्व अर्थव्यवस्थालाई समेत निकै ठूलो असर गरेको छ।

वैज्ञानिक खोज नै एउटा शसक्त माध्यम हो, जसले भाइरसको उत्पत्तिबारे तथ्यसहित सहि उत्तर दिन्छ। त्यसैले गर्दा मानिस दुई बर्षसम्म भाइरस बिरुद्ध लडिरहँदा विज्ञानमाथि अपेक्षा राखेका छन्। दुर्भाग्यवश, केहि शक्तिशाली देशहरु भाइरसको उत्पत्तिको सम्बन्धमा झूट र गलत सूचना प्रचार गर्दै आएका छन्। पहिलो पटक चीनको वुहान शहरमा कोभिड–१९ देखा परेको हुनाले अमेरिका जस्ता आफूलाई शक्तिशाली ठान्ने देशहरु वैज्ञानिकको निष्कर्षको प्रतिक्षा नगरी कोभिडको मुद्दालाई राजनीतिकरण गर्दै चीनको बिरुद्ध षड्यन्त्र रच्दैछन्।

अमेरिकी राष्ट्रपति जो बिडेनले मे २०२१ मा अमेरिकी गुप्तचर एजेन्सीहरुलाई भाइरसको उत्पत्ति पत्ता लगाउन ९० दिनको समयसीमा दिएका थिए। धेरैजसो विशेषज्ञहरुले अमेरिका यस्तो क्रियाकलापबाट चीनको छवि बिगार्ने इरादा रहेको दाबी गरे। यी दुई विश्वव्यापी महाशक्तिहरु बिचको शीत युद्ध सारा संसारलाई स्पष्ट छ। यो भन्दा पहिले नै दुबै पक्षहरुद्वारा धेरै पटक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एक अर्कालाई आरोप लगाउदै आएका छन्। जब अमेरिकामा कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण अनियन्त्रित रुपले बढे सँगै चीनमा अनुसन्धानको लागि निर्देशन दिएको थियो।

ठ्याक्कै तीन महिनापछिको प्रयासमा अमेरिकी गुप्तचर एजेन्सीहरुद्वारा अगस्त २७ मा कोभिड–१९ उत्पत्तिबारे एक रिपोर्ट जारी गरियो। सारा संसारले यस रिपोर्टलाई नजिकबाट गहिरो चासोका साथमा अवलोकन गरेका थिए। तर प्रतिवेदनमा खासै गतिलो नतिजा आएको थिएन। एक रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समुदाय भित्र सम्झौता भएको थिएन। जसको कारणले गर्दा दुई फरक एजेन्सीहरुले फरक निष्कर्ष निकालेका थिए। अन्त्यमा ह्वाइट हाउसको चीनलाई फसाउने अथक चाहानालाई पूरा गर्न असफल भयो।

यस झुटो रिपोर्टले अमेरिकाको लुकेको कुरूप पक्ष विश्वसामु उजागर गर्‍यो। साथै पश्चिमी मुलुक विशेषगरी अमेरिकाले प्रायजसो चीनलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपममा क्षति पुर्‍याउने कार्य गर्दै आएको छ। पछिल्लो उदाहरण यस घटनालाई लिन सक्छौं। आजको वैज्ञानिक युगमा प्रतिषोधको भावनाले कुनै विशेष देश वा संस्थालाई दोष लगाउनुको सट्टा ठोस परिणाम प्राप्त गर्न संसारभरका वैज्ञानिकहरुले भाइरस उत्पतिको सोधमा जुट्नु पर्दछ।

भाइरस उत्पत्तिको विषयलाई लिएर धेरै राजनीतिकरण भएका कारण अहिलेसम्म ठोस प्रमाण जुटाउन कठिन भएको छ। त्यसैले यसमा राजनीति नमिसाई वैज्ञानिक हिसाबले यसको उद्‍गम कहाँबाट भयो भने कुरामा बढी जोड दिनुपर्ने हुन्छ। वैज्ञानिकहरुले काल्पनिक परिदृश्यहरुमा आधारित भएर ब्यक्तिहरु वा संस्थाहरुलाई दोष देखाउनु सट्टा तथ्य र प्रमाणको पालन गर्नुपर्छ।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

May 29, 2023
सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

May 12, 2023
के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

April 18, 2023
दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

April 6, 2023

विश्वव्यापी वैज्ञानिकहरुको साझा आवाजलाई बेवास्ता गर्दै अमेरिकी सरकार र धेरै मिडियाले वैज्ञानिक प्रमाण र कोभिड–१९ को उत्पत्तिबारे जारी अनुसन्धानलाई नजरअन्दाज गरेका छन्। संचार माध्यमले पहिले देखि नै एक निश्चित देश वा व्यक्तिको बिरुद्ध काल्पनिक प्रचार गर्दै आएका छन्।

एक रिपोर्टका अनुसार कोभिड –१९ उत्पत्तिको बारेमा खटिएका केहि प्रमुख अमेरिकी वैज्ञानिकहरुले राजनैतिक दबाबको सामना गरिरहेका छन् भने कोहि वैज्ञानिकहरुले राजनीतिक विषय नजोडेर अनुसन्धान गर्न अस्विकार गरेका कारण कामबाट हात धुनु पर्‍यो। तर यो महत्वपूर्ण मुद्दामाथि कुनै पनि चर्चा भएको छैन।

केही अध्ययनका अनुसार ‘२०१९ नोभेम्वर – डिसेम्बर २०१९ मा वुहानमा देखिनुभन्दा केहि हप्ताअघि वा महिना अघि फैलिएको देखाएको थियो। एक अनुसन्धान रिपोर्टले त अमेरिकामा सेप्टेम्बर २०१९ मा गुपचुप रुपमा कोरोनाभाइरस फैलिएको हुन सक्ने बताएको थियो। यस बाहेक धेरैजसो वैज्ञानिकले केहि तथ्य तथा प्रमाणलाई उद्धृत गर्दै अमेरिकाबाट भाइरसको उदय हुनसक्ने भन्दै अमेरिकामा एकपटक जाँच गर्न डब्ल्यूएचओलाई सुझाव दिएका छन्।

यो विज्ञानमा आधारित भई मूल उत्पत्तिको ट्रेसिंग र महामारी नियन्त्रणमा सहयोग गर्ने प्रक्रियामा फर्कनु पर्छ। चीनलाई आरोप लगाउनु पुर्व यो विचार गर्नुपर्छ अमेरिकाद्वारा अन्तर्राष्ट्रिय समुदायको फोर्ट डेट्रिक बायोलाब र २०० भन्दा बढी देशको जैविक अनुसन्धानमाथि गरिएको सान्दर्भिक तर्कलाई पनि अस्वीकार गरेको छ। विश्वले यस सम्बन्धमा अमेरिकासँग उचित तर्कको अपेक्षा गरेको छ।

मानव सभ्यताले यस्तो महामारी सामना गरेको यो पहिलो पटक भने होइन। यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ। कोरोनाभाइरसको बारेमा कुरा गर्दा विगतका अन्य भाइरसको विकासक्रम बारेमा चर्चा गरौं। इबोला १९७६ मा दक्षिण सुडान र डेमोक्र्याटिक रिपब्लिक कंगोमा देखा पर्‍यो। यसको उत्पति जुनोटिक (मानव र पशुपन्छीबीच एक आपसमा सर्ने) भने पनि अहिलेसम्म यसको प्राकृत स्रोत अज्ञात छन्। यसभन्दा पहिला सन २००२ मा ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम–कोरोनाभाइरस’ (SARs–COv) तथा सन् २०१२ मा ‘मिडिल इस्टर्न रेस्पिरेटरी सिन्ड्रोम’ (MERs –Cov)  देखापरेका थिए। तर यसको उत्पतिबारे अहिले पनि अनविज्ञ छ। त्यस्तै वैज्ञानिकलाई एचआईभी मध्य अफ्रिकामा पाइने चिम्पान्जीबाट आएको पुष्टि गर्न ४० बर्ष लाग्यो।

कुनै पनि देशलाई आफ्नो राजनीतिक स्वार्थ मानव जिन्दगीभन्दा माथि राख्ने अधिकार छैन, न त अरु देशहरुमा निन्दा गर्ने र आक्रमण गर्ने प्रयोजनको लागि विज्ञानको विषयलाई राजनीतिकरण गर्नु छ। अमेरिकाले सबै प्रभाव र शक्तिहरु, तथा खुफिया समुदायलाई पनि आफ्नो पक्षमा प्रयोग गरि रोग उत्पतिका लागि बाहिरी देशहरुलाई दोष लगाउने पुरानो चाल खेल्दैछ। यो भूराजनीतिक प्रतिस्पर्धा नभई मानव जीवनको बारेमा हो, जुन अमेरिकाले राम्रो सँग बुझ्नुपर्छ। विगतमा धेरै अन्य भाइरसहरु जस्तै, यो भाइरसको उद्गम पनि एक प्रयोगशालाबाट नभई प्रकृतिरुपमा हुन सक्छ। भाइरसले न त सिमाना देख्छ, न त जाति वा राष्ट्रियता, देश, ठुलो वा सानो, धनी वा गरीब, पूर्व वा पश्चिम, अमेरिका वा चीन। न त यसले भेदभाव गर्छ न पक्षपात नै। यसलाई राजनीतिकरण नगरी वैज्ञानिक अनुसन्धान रुपमा यसको उत्पत्ति पत्ता लगाउनु पर्दछ।

यस प्रकार सम्पूर्ण मानव सभ्यताको रक्षाको लागि कुनै पनि राजनैतिक वा सांस्कृतिक मतभेदलाई अलग राख्नु पर्दछ। यो संसार र मानव जातिको मुद्दा भएको हुनाले सबै देशहरु विभाजित वा पक्षपाती हुनु भन्दा पारदर्शी, जिम्मेवार र सहयोगी हुनुपर्छ। यसका लागि सबै देशले सकारात्मक वातावरण सिर्जना गर्न सक्नुपर्छ। नेपाल सहित अन्य दक्षिण एसियाली देशहरु पनि वैज्ञानिक अनुसन्धानमा योगदान गर्नको लागि भाग लिनु पर्छ।

विश्वव्यापी शक्तिको रुपममा चिनिने अमेरिकाले अरुमा औला उठाउनु भन्दा महामारी नियन्त्रण र सहकार्यमा उत्तरदायी हुनुपर्ने देखिन्छ। विश्वव्यापी जनस्वास्थ्यको प्रकोप जस्तो संवेदनशील वैज्ञानिक मामिलालाई राजनीतिकरण गरी शक्तिआर्जन गर्ने स्रोत बनाउनु कुनै पनि हिसाबले उचित हैन।

चीनको तर्फबाट पनि कोभिडको उत्पत्ति सम्बन्धित रहस्य सुल्झाउन सहयोगी भावनास्वरुप अरु राष्ट्रसँग सहकार्य गर्नुपर्दछ। त्यस्तै चीनले भाइरसको शोधमा जुटेका संसारभरका वैज्ञानिकलाई आवश्यक मद्दत, जानकारी र प्रमाण प्रदान गर्नुपर्छ।

आजको संवेदनशील र अनिश्चित समयमा संसारका सबै मुलकले चीनसँग सहकार्य गरी भाइरसको उत्पत्ति पत्ता लगाउन र पारदर्शी ढंगले तथ्यसंगत अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग गर्नुपर्छ। अबको प्रमुख जिम्मेवारी भनेको एकजुट भई जीवन रक्षा तथा प्रकोपलाई कसरी नियन्त्रण तथा रोकथाम गर्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ। – युरोपनेपाली खबर

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सहयोगीबाट

सहयोगीबाट

Related Posts

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

by nepal_readers
May 29, 2023

मे, २०२० मा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरीले यातनापूर्वक हत्या गरे। प्रहरीले आफ्नो घुँडाले थिचेर फ्लोएडको हत्या...

सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

by याङ नान
May 12, 2023

१७ अप्रिल, १९६१ को सबेरै  १४०० भन्दा बढी सशस्त्र समूह (क्युवाबाट निर्वासितहरूको समूह) क्युवाको दक्षिणी क्षेत्रमा पर्ने बे अफ पिगको...

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

by पत्रपत्रिकाबाट
April 18, 2023

गत साता इन्टरनेटमा झन्डै एक सय वटा गोप्य अमेरिकी दस्तावेज चुहियो । अमेरिकी सरकारले ती दस्तावेजहरू नक्कली नभई आधिकारिक दस्तावेज...

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

by डा. प्रकाशचन्द्र लोहनी
April 6, 2023

हाम्रो विकासको महत्वपूर्ण विन्दू नै नेपालमा स्थायित्व र लगानीमैत्री वातावरण सिर्जना गर्नु हो। हाम्रा पुर्खाले विशेषतः राणाकालीन सामन्ती व्यवस्थामा त्यसबेलाका...

गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

by डा. अर्जुन कार्की
March 28, 2023

विश्व श्रम बजारमा स्थापित हुने खालका विद्यार्थी उत्पादन गर्न हाम्रा विश्वविद्यालयहरू कमजोर देखिएका छन्। यसलाई गोलमटोल रुपमा पनि नबुझौं, यसभित्र...

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

by शशि ढकाल
February 2, 2023

‘रवी लामिछानेबारे सर्बोच्च अदालतको फैसलाले लाखौं गैर आवासीय नेपालीलाइ झस्काएको छ ।’ ‘सर्वोच्चको फैसलाले एनआरएनए निरास ।’ यी दुइ भनाइ...

Leave Comment

सिफारिस

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

2 weeks ago
हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

3 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist