Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ उत्पत्तिबारे अमेरिकाको राजनीति भन्दा वैज्ञानिक खोजमा विश्वास गरौँ

वैज्ञानिकलाई एचआईभी मध्य अफ्रिकामा पाइने चिम्पान्जीबाट आएको पुष्टि गर्न ४० बर्ष लाग्यो। कोभिडको भाइरसको स्रोत पत्ता लाउन कति लाग्ने हो भन्न सकिदैंन।

सहयोगीबाट सहयोगीबाट
कार्तिक १, २०७८
- कोभिड–१९, यो हप्ता, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोभिड –१९ कहाँबाट आयो? यो प्रश्न अहिले सबैभन्दा ठूलो रहस्य भएको छ, किनकि यसको उत्पत्ति अझै पनि अनुत्तरित छ। यो महामारीबाट संसार धेरै प्रभावित भएको छ। विश्वव्यापी रुपमा लगभग २१४० लाख मानिसहरु संक्रमित छन्। ४० लाख भन्दा बढी मानिसहरुले आफ्नो ज्यान, परिवार र प्रियजनहरु गुमाएका छन् त्यतिमात्र होइन विश्व अर्थव्यवस्थालाई समेत निकै ठूलो असर गरेको छ।

    वैज्ञानिक खोज नै एउटा शसक्त माध्यम हो, जसले भाइरसको उत्पत्तिबारे तथ्यसहित सहि उत्तर दिन्छ। त्यसैले गर्दा मानिस दुई बर्षसम्म भाइरस बिरुद्ध लडिरहँदा विज्ञानमाथि अपेक्षा राखेका छन्। दुर्भाग्यवश, केहि शक्तिशाली देशहरु भाइरसको उत्पत्तिको सम्बन्धमा झूट र गलत सूचना प्रचार गर्दै आएका छन्। पहिलो पटक चीनको वुहान शहरमा कोभिड–१९ देखा परेको हुनाले अमेरिका जस्ता आफूलाई शक्तिशाली ठान्ने देशहरु वैज्ञानिकको निष्कर्षको प्रतिक्षा नगरी कोभिडको मुद्दालाई राजनीतिकरण गर्दै चीनको बिरुद्ध षड्यन्त्र रच्दैछन्।

    अमेरिकी राष्ट्रपति जो बिडेनले मे २०२१ मा अमेरिकी गुप्तचर एजेन्सीहरुलाई भाइरसको उत्पत्ति पत्ता लगाउन ९० दिनको समयसीमा दिएका थिए। धेरैजसो विशेषज्ञहरुले अमेरिका यस्तो क्रियाकलापबाट चीनको छवि बिगार्ने इरादा रहेको दाबी गरे। यी दुई विश्वव्यापी महाशक्तिहरु बिचको शीत युद्ध सारा संसारलाई स्पष्ट छ। यो भन्दा पहिले नै दुबै पक्षहरुद्वारा धेरै पटक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एक अर्कालाई आरोप लगाउदै आएका छन्। जब अमेरिकामा कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण अनियन्त्रित रुपले बढे सँगै चीनमा अनुसन्धानको लागि निर्देशन दिएको थियो।

    ठ्याक्कै तीन महिनापछिको प्रयासमा अमेरिकी गुप्तचर एजेन्सीहरुद्वारा अगस्त २७ मा कोभिड–१९ उत्पत्तिबारे एक रिपोर्ट जारी गरियो। सारा संसारले यस रिपोर्टलाई नजिकबाट गहिरो चासोका साथमा अवलोकन गरेका थिए। तर प्रतिवेदनमा खासै गतिलो नतिजा आएको थिएन। एक रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समुदाय भित्र सम्झौता भएको थिएन। जसको कारणले गर्दा दुई फरक एजेन्सीहरुले फरक निष्कर्ष निकालेका थिए। अन्त्यमा ह्वाइट हाउसको चीनलाई फसाउने अथक चाहानालाई पूरा गर्न असफल भयो।

    यस झुटो रिपोर्टले अमेरिकाको लुकेको कुरूप पक्ष विश्वसामु उजागर गर्‍यो। साथै पश्चिमी मुलुक विशेषगरी अमेरिकाले प्रायजसो चीनलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपममा क्षति पुर्‍याउने कार्य गर्दै आएको छ। पछिल्लो उदाहरण यस घटनालाई लिन सक्छौं। आजको वैज्ञानिक युगमा प्रतिषोधको भावनाले कुनै विशेष देश वा संस्थालाई दोष लगाउनुको सट्टा ठोस परिणाम प्राप्त गर्न संसारभरका वैज्ञानिकहरुले भाइरस उत्पतिको सोधमा जुट्नु पर्दछ।

    भाइरस उत्पत्तिको विषयलाई लिएर धेरै राजनीतिकरण भएका कारण अहिलेसम्म ठोस प्रमाण जुटाउन कठिन भएको छ। त्यसैले यसमा राजनीति नमिसाई वैज्ञानिक हिसाबले यसको उद्‍गम कहाँबाट भयो भने कुरामा बढी जोड दिनुपर्ने हुन्छ। वैज्ञानिकहरुले काल्पनिक परिदृश्यहरुमा आधारित भएर ब्यक्तिहरु वा संस्थाहरुलाई दोष देखाउनु सट्टा तथ्य र प्रमाणको पालन गर्नुपर्छ।

    विश्वव्यापी वैज्ञानिकहरुको साझा आवाजलाई बेवास्ता गर्दै अमेरिकी सरकार र धेरै मिडियाले वैज्ञानिक प्रमाण र कोभिड–१९ को उत्पत्तिबारे जारी अनुसन्धानलाई नजरअन्दाज गरेका छन्। संचार माध्यमले पहिले देखि नै एक निश्चित देश वा व्यक्तिको बिरुद्ध काल्पनिक प्रचार गर्दै आएका छन्।

    एक रिपोर्टका अनुसार कोभिड –१९ उत्पत्तिको बारेमा खटिएका केहि प्रमुख अमेरिकी वैज्ञानिकहरुले राजनैतिक दबाबको सामना गरिरहेका छन् भने कोहि वैज्ञानिकहरुले राजनीतिक विषय नजोडेर अनुसन्धान गर्न अस्विकार गरेका कारण कामबाट हात धुनु पर्‍यो। तर यो महत्वपूर्ण मुद्दामाथि कुनै पनि चर्चा भएको छैन।

    केही अध्ययनका अनुसार ‘२०१९ नोभेम्वर – डिसेम्बर २०१९ मा वुहानमा देखिनुभन्दा केहि हप्ताअघि वा महिना अघि फैलिएको देखाएको थियो। एक अनुसन्धान रिपोर्टले त अमेरिकामा सेप्टेम्बर २०१९ मा गुपचुप रुपमा कोरोनाभाइरस फैलिएको हुन सक्ने बताएको थियो। यस बाहेक धेरैजसो वैज्ञानिकले केहि तथ्य तथा प्रमाणलाई उद्धृत गर्दै अमेरिकाबाट भाइरसको उदय हुनसक्ने भन्दै अमेरिकामा एकपटक जाँच गर्न डब्ल्यूएचओलाई सुझाव दिएका छन्।

    यो विज्ञानमा आधारित भई मूल उत्पत्तिको ट्रेसिंग र महामारी नियन्त्रणमा सहयोग गर्ने प्रक्रियामा फर्कनु पर्छ। चीनलाई आरोप लगाउनु पुर्व यो विचार गर्नुपर्छ अमेरिकाद्वारा अन्तर्राष्ट्रिय समुदायको फोर्ट डेट्रिक बायोलाब र २०० भन्दा बढी देशको जैविक अनुसन्धानमाथि गरिएको सान्दर्भिक तर्कलाई पनि अस्वीकार गरेको छ। विश्वले यस सम्बन्धमा अमेरिकासँग उचित तर्कको अपेक्षा गरेको छ।

    मानव सभ्यताले यस्तो महामारी सामना गरेको यो पहिलो पटक भने होइन। यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ। कोरोनाभाइरसको बारेमा कुरा गर्दा विगतका अन्य भाइरसको विकासक्रम बारेमा चर्चा गरौं। इबोला १९७६ मा दक्षिण सुडान र डेमोक्र्याटिक रिपब्लिक कंगोमा देखा पर्‍यो। यसको उत्पति जुनोटिक (मानव र पशुपन्छीबीच एक आपसमा सर्ने) भने पनि अहिलेसम्म यसको प्राकृत स्रोत अज्ञात छन्। यसभन्दा पहिला सन २००२ मा ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम–कोरोनाभाइरस’ (SARs–COv) तथा सन् २०१२ मा ‘मिडिल इस्टर्न रेस्पिरेटरी सिन्ड्रोम’ (MERs –Cov)  देखापरेका थिए। तर यसको उत्पतिबारे अहिले पनि अनविज्ञ छ। त्यस्तै वैज्ञानिकलाई एचआईभी मध्य अफ्रिकामा पाइने चिम्पान्जीबाट आएको पुष्टि गर्न ४० बर्ष लाग्यो।

    कुनै पनि देशलाई आफ्नो राजनीतिक स्वार्थ मानव जिन्दगीभन्दा माथि राख्ने अधिकार छैन, न त अरु देशहरुमा निन्दा गर्ने र आक्रमण गर्ने प्रयोजनको लागि विज्ञानको विषयलाई राजनीतिकरण गर्नु छ। अमेरिकाले सबै प्रभाव र शक्तिहरु, तथा खुफिया समुदायलाई पनि आफ्नो पक्षमा प्रयोग गरि रोग उत्पतिका लागि बाहिरी देशहरुलाई दोष लगाउने पुरानो चाल खेल्दैछ। यो भूराजनीतिक प्रतिस्पर्धा नभई मानव जीवनको बारेमा हो, जुन अमेरिकाले राम्रो सँग बुझ्नुपर्छ। विगतमा धेरै अन्य भाइरसहरु जस्तै, यो भाइरसको उद्गम पनि एक प्रयोगशालाबाट नभई प्रकृतिरुपमा हुन सक्छ। भाइरसले न त सिमाना देख्छ, न त जाति वा राष्ट्रियता, देश, ठुलो वा सानो, धनी वा गरीब, पूर्व वा पश्चिम, अमेरिका वा चीन। न त यसले भेदभाव गर्छ न पक्षपात नै। यसलाई राजनीतिकरण नगरी वैज्ञानिक अनुसन्धान रुपमा यसको उत्पत्ति पत्ता लगाउनु पर्दछ।

    यस प्रकार सम्पूर्ण मानव सभ्यताको रक्षाको लागि कुनै पनि राजनैतिक वा सांस्कृतिक मतभेदलाई अलग राख्नु पर्दछ। यो संसार र मानव जातिको मुद्दा भएको हुनाले सबै देशहरु विभाजित वा पक्षपाती हुनु भन्दा पारदर्शी, जिम्मेवार र सहयोगी हुनुपर्छ। यसका लागि सबै देशले सकारात्मक वातावरण सिर्जना गर्न सक्नुपर्छ। नेपाल सहित अन्य दक्षिण एसियाली देशहरु पनि वैज्ञानिक अनुसन्धानमा योगदान गर्नको लागि भाग लिनु पर्छ।

    विश्वव्यापी शक्तिको रुपममा चिनिने अमेरिकाले अरुमा औला उठाउनु भन्दा महामारी नियन्त्रण र सहकार्यमा उत्तरदायी हुनुपर्ने देखिन्छ। विश्वव्यापी जनस्वास्थ्यको प्रकोप जस्तो संवेदनशील वैज्ञानिक मामिलालाई राजनीतिकरण गरी शक्तिआर्जन गर्ने स्रोत बनाउनु कुनै पनि हिसाबले उचित हैन।

    चीनको तर्फबाट पनि कोभिडको उत्पत्ति सम्बन्धित रहस्य सुल्झाउन सहयोगी भावनास्वरुप अरु राष्ट्रसँग सहकार्य गर्नुपर्दछ। त्यस्तै चीनले भाइरसको शोधमा जुटेका संसारभरका वैज्ञानिकलाई आवश्यक मद्दत, जानकारी र प्रमाण प्रदान गर्नुपर्छ।

    आजको संवेदनशील र अनिश्चित समयमा संसारका सबै मुलकले चीनसँग सहकार्य गरी भाइरसको उत्पत्ति पत्ता लगाउन र पारदर्शी ढंगले तथ्यसंगत अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग गर्नुपर्छ। अबको प्रमुख जिम्मेवारी भनेको एकजुट भई जीवन रक्षा तथा प्रकोपलाई कसरी नियन्त्रण तथा रोकथाम गर्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ। – युरोपनेपाली खबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.