Friday, August 12, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » ‘डेल्टा भेरियन्ट’ – युरोपेली सिमा प्रतिबन्ध गर्ने विषयमा युरोपेलीहरु बिभाजित

‘डेल्टा भेरियन्ट’ – युरोपेली सिमा प्रतिबन्ध गर्ने विषयमा युरोपेलीहरु बिभाजित

सहयोगीबाट by सहयोगीबाट
July 1, 2021
- कोभिड–१९, यो हप्ता
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

बेलायतमा भारतीय स्वरुपको कोरोना भाईरस(डेल्टा भरियन्ट) फैलिँदै गएका बेला बेलायतीहरुलाई युरोपेली युनियन ९ईयु० का सदस्य राष्ट्रमा प्रतिबन्ध गर्ने विषयमा ईयु राष्ट्रहरु बिभाजित भएका छन् ।

बेलायतमा डेल्टा भेरियन्टको संक्रमण बढ्दै जाँदा दक्षिणी युरोपमा बेलायती पर्यटकको आगमनबारे खास गरि फ्रान्स र जर्मनी चिन्तित छन् । किनभने बेलायती पर्यटकको सबैभन्दा बढि चाप हुने देश मध्येमा पर्छन् जर्मनी र फ्रान्स । त्यसैले जर्मनीले त बेलायती पर्यटकहरुमाथि सम्पूर्ण युरोपेली युनियनका राष्ट्रहरुमै प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरिसकेको छ ।

खासगरि यि दुई देश बेलायती नागरिकहरुको धेरै आगमनले युरोप महादेशभरिनै फैलिएला भन्ने त्रासमा छन् ।

डेल्टा भेरियन्टले युरोपेली युनियन (ईयु) को सिमानालाई कसरि व्यवस्थापन गर्ने भन्ने विषयलाई लिएर तनाव उत्पन्न गराएको छ । यी मतभेदहरुमाथि महामारीको सुरुमा धेरै टिप्पणी गरिएको थियो । ब्रसेल्समा पछिल्लो यूरोपेली शिखर सम्मेलनमा गत हप्ता पुनः देखापर्‍यो । एकतर्फ जर्मनी र फ्रान्स उभिएका छन् । यि दुई देश सम्भवतः डेल्टा भेरियन्ट (पहिले “भारतीय उत्परिवर्तित वा संस्करण’ भनिएको) बोक्ने बेलायती पर्यटकहरूको आगमनलाई नियन्त्रण गर्न सावधानीको कार्ड खेल्न चाहन्छन् ।

अर्कोतर्फ, स्पेन, पोर्चुगल र ग्रीस जस्ता दक्षिणी देशहरू उनीहरूको पर्यटन मौसम बचाउन उत्सुक छन् । किनभने ति देशमा बेलायती पर्यटकहरु धेरैनै जाने गर्छन् ।

जर्मन चान्सलर मार्केला एन्जेलले पोर्चुगलले बेलायती पर्यटककालागि आफ्नो देशको ढोका धेरै चौडा र धेरै छिटो खोलेकोमा आलोचना गरेकि छन् । मेको मध्यसम्ममा पोर्चुगल यूरोपियन युनियनमा एक मात्र त्यस्तो देश बन्यो जुन संयुक्त राज्य भरका नागरिकहरूलाई स्वागत गर्ने थियो ।

RelatedPosts

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

August 7, 2022
के युरोप जीवित रहला ?

के युरोप जीवित रहला ?

August 3, 2022
नाग : जाति कि सर्प ?

नाग : जाति कि सर्प ?

August 2, 2022
धर्म र धार्मिक चेतना: एक ऐतिहासिक/भौतिकवादी विवेचना

धर्म र धार्मिक चेतना: एक ऐतिहासिक/भौतिकवादी विवेचना

July 30, 2022

डेल्टा भरियन्टको संक्रमण बढ्दै गएपछि शुक्रबार लिस्बनलाई ईयुद्वारा आफ्ना गतिबिधी वा खुलापन कस्न बाध्य पारियो र नयाँ स्वास्थ्य प्रतिबन्धहरू पेश गरियो । विशेष गरी अधिकारीहरूले खोपको पूर्ण मात्रा पुरा नगरेका बेलायतीहरूलाई युरोपेली युनियन प्रवेश गर्दा १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने नियम थप्ने निर्णय गरे ।

स्पेनपनि यो निर्णयमै फर्किएर बेलायतीहरुलाई नेगेटिभ पिसिआर परिक्षणको प्रमाणपत्र देखाउनुपर्ने निर्णयमा पुग्यो । तर मेको अन्त्यदेखि स्पेनले केहिपनि नचाहिने बनाइसकेको थियो ।

पोर्चुगलले जस्तै स्पेनले बेलायती पर्यटकहरूको लागि रातो कार्पेट ओछ्याइदिएको थियो जसले युरोपियन नागरिकहरू जस्तै पीसीआर परीक्षणसमेत गर्नुपर्दैनथ्यो । तर गत शुक्रवार स्पेन त्यो निर्णयबाट पछि हटेको हो ।

अल्फा भेरियन्ट (जुन पहिले ‘अंग्रेज उत्परिवर्तित’ भनेर चिनिन्थ्यो) भन्दा धेरै संक्रामक डेल्टा भेरियन्टको प्रशारलाई रोक्न एन्जेला मार्केल अझै कडा हुन चाहन्छिन् । उनी सम्पूर्ण शेन्जेन क्षेत्रमा बेलायती पहुँचका लागि सर्तहरू कडा पार्न चाहन्छिन् । दैनिक अखबार द टाइम्सका अनुसार ईयूको सीमाना बन्द गर्ने सम्भावनाबारे वरिष्ठ यूरोपीय प्रतिनिधिहरूले संकट समितिको बैठकमा छिटै छलफल गर्ने छन्।

“यो युरोपेली समन्वयमा सफल हुने सम्भावना थोरै छ । जनस्वास्थ्य जोगाउन चाहने देशहरूबीच यस्तो भिन्नता छ । केहि देशले आफ्नो पर्यटन मौसम बचाउन चाहन्छन्” साइन्स-पो पेरिसका शिक्षक प्याट्रिक मार्टिन-जेनिरले फ्रंस २४ सित भविष्यवाणी गरे ।

आइरिसका अनुसन्धान निर्देशक एडवर्ड सिमोन थप्छन् “दक्षिणी युरोपका देशहरू महामारीको प्रभावबाट सबैभन्दा बढी आर्थिकरुपमा ग्रस्त भएका छन् । उनीहरूको आर्थिक मोडेलको राम्रो हिस्सा पर्यटनमा आधारित छ।”

स्वास्थ्य पासपोर्टको प्रभावकारितामाथि प्रश्न
युरोपियनहरूबीच झगडाको अर्को विषय ग्रीसको हो जुन सेराम खोप लगाएको पर्यटकलाई स्वीकार्छ जसलाई यूरोपियन मेडिसिन एजेन्सी (ईएम) द्वारा मान्यता दिईएको छैन । यो देश पर्यटनमा धेरै निर्भर भएकाले वास्तवमा रूसी वा चिनियाँ खोपको डोज प्राप्त गरेका विदेशी आगन्तुकहरुलाई स्वागत गर्न स्वीकार गरेको छ ।

“सर्वप्रथम त हामी सबैले ईमएद्वारा स्विक्रित गरिएको र डेल्टासहित पछिल्ला भेरियन्टबिरुद्द काम गर्ने एकै खाले खोपलाई मान्यता दिनुपर्छ । यो समन्वय पनि आवश्यक छ ताकि हाम्रो नियम तेस्रो देशहरूमा खुलापनका लागि मिल्दो होस् । युरोपेलीले दिने हरियो पास (ग्रिन पास) पूर्णरुपमा प्रभावकारि हुन यो आवश्यक छ” युरोपेली कोभिड प्रमाणपत्रको विषय शिखर सम्मेलनमा प्रवेश हुनु अघि फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले शुक्रवार जोड दिएका थिए । भोली बिहिवारदेखि यो प्रमाणपत्र सबै ईयु राष्ट्रका नागरिक बिच बितरण भएर आवतजावतमा ईयु देशबिच सहज हुनुपर्ने हो ।

युरोपेली युनियनले स्विक्रित गरेका चार खोप बाहेक अन्य खोप लिने देशका नागरिकलाई आफ्नो देशमा प्रवेश दिने वा नदिने भन्ने बारेमा इयुका प्रत्येक देश स्वतन्त्र छन् । यसलाई केहि देशले समस्याको रुपमा लिएका छन् ।

“फ्रान्स र जर्मनीकै बिचमा सिमापार गर्ने कामदारहरुको विषयमा राम्रो समन्वय भएको हामीले देखेनौं । यस्तो अवस्थाले हामीलाई स्वास्थ्य एक युरोपेली योग्यता र प्राथमिकता हो भन्ने विश्वास गर्न उत्प्रेरित गर्नुपर्छ । तर सन्धीहरुलाई परिमार्जन गरेर मात्रै त्यो संभव हुने छैन” पाट्रिक मार्तिन गेनिय फ्रँस २४ न्युजसित भन्छन् ।

ग्रीसले सोमबार ईयुलाई दबाब दियो । रुसी पर्यटकले तिनको देशमा बनेको स्पुत्निक भि खोप लगाएपनि पिसिआर परिक्षण हुनुपर्ने शर्त राखेको छ ।

९० प्रतिशत डेल्टा भेरियन्टले ओगट्ने
ईयु राष्ट्रहरुबिच बिवाद भएपनि मुख्यगरि डेल्टा भेरियन्टलाई यो ग्रीष्म ऋतुमा नियन्त्रण गर्नुपर्छ भन्नेमा चाहिं इयु राष्ट्रहरुले समन्वय गर्न खोजिरहेका छन् । युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोल (रोग रोकथाम र नियन्त्रणकालागि युरोपेली केन्द्र) का अनुसार अगस्टको अन्त्यसम्म ईयूमा संक्रमित हुने मध्ये ९० प्रतिशत डेल्टा भेरियन्टले ओगट्ने अनुमान गरिएको छ।

यदि डेल्टा भेरियन्ट प्रमुख हुने हो भने किन केही देशहरू नयाँ यात्रा प्रतिबन्धहरू पेश गर्न चाहन्छन्? “यो बिचार भनेको समय लम्ब्याउन खोज्नु हो” ईयु रोग नियन्त्रण शाखाका एडुवार्ड सिमोन बताउँछन् “हामीले खोप अभियानहरू सहज बनाउन जारी राख्नै पर्छ । यति गर्दापनि हामी देख्न सक्छौं कि यूरोपमा जताततै यो अभियानले जित्दैन।”

वास्तवमा, धेरै सदस्य राष्ट्रहरूको खोप अभियानमा सुस्तता देखिएको छ । फ्रान्समा चार लाख भन्दा केहि बढी व्यक्तिहरूले जूनको सुरूमा हरेक दिन पहिलो खोप लगाउँथे । तर गत हप्ता जम्मा प्रति दिन दुई लाखले लगाए ।

डेल्टालाई रोक्न दुई मात्रा आवस्यक
यस डेल्टा भेरियन्ट विरूद्ध खोपहरूको प्रभावकारिता जाँच्दा पहिलो वैज्ञानिक तथ्यांकले सुरक्षाको धेरै उच्च स्तरलाई संकेत गरेको छ । जुन १० मा जर्नल नेचरमा प्रकाशित गरिएको एउटा अध्ययन अनुसार फाइजरको खोपको दुई खुराकको अनुमानित प्रभावकारिता ८७ थोप्लो नौ प्रतिशत छ । यद्यपि वैज्ञानिकहरू एउटा बुँदामा भने सहमत छन् स् खोपको एक मात्रा मात्रै प्राप्त गर्दा डेल्टा भेरियन्ट विरूद्ध सीमित सुरक्षा मात्र प्रदान गर्दछ ।

आजको दिनसम्मको तथ्यांक हेर्दा तीन युरोपेलीहरु मध्ये एक मात्र पूर्ण प्रतिरोधात्मक भएको छ । जुलाईको अन्त्यसम्म ७० प्रतिशत वयस्कहरूलाई खोप दिने युरोपेली आयोगको लक्ष्य छ । तर अहिलेको खोप लगाउने सुस्तता हेर्दा त्यो लक्ष्य पुरा हुनेमा शंका देखिन्छ । -नेपालप्लस

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सहयोगीबाट

सहयोगीबाट

Related Posts

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

by nepal_readers
August 7, 2022

आउँदो मंसीर ४ गतेका लागि सरकारले संघ तथा प्रदेशको चुनाव घोषणा गरेको छ। चुनावी सरगर्मी बढ्दै गर्दा आउँदो संघीय सरकार...

के युरोप जीवित रहला ?

के युरोप जीवित रहला ?

by nepal_readers
August 3, 2022

-पाओलो गेर्बाउडो- आजका दिनमा आइपरेको संकटका कारण, विगत केही दशकका मान्यताहरूलाई तोड्दै राज्य पुनर्जीवित भएको छ। यो अझै जागा हुँदै...

नाग : जाति कि सर्प ?

नाग : जाति कि सर्प ?

by nepal_readers
August 2, 2022

मनुष्यको आदिकालमा सर्पको महत्त्व देखिन्छ । बाइबलमा होस् वा आर्य–पुराणमा, सर्पसित जेलिएका धेरै कथा छन् । मिश्र (इजिप्ट) प्राचीन राजा...

धर्म र धार्मिक चेतना: एक ऐतिहासिक/भौतिकवादी विवेचना

धर्म र धार्मिक चेतना: एक ऐतिहासिक/भौतिकवादी विवेचना

by nepal_readers
July 30, 2022

-परि थापा- सामाजिक सत्ता र सामाजिक चेतना धर्म र धार्मिक चेतनाका बारेमा चर्चा गर्नुभन्दा अगाडि सामाजिक सत्ता/अस्तित्व (Social Being) र...

नेपालमा वर्ग र जात/जाति

नेपालमा वर्ग र जात/जाति

by पीताम्बर शर्मा
July 29, 2022

वर्ग र जात/जाति समाजका बृहत् समूह वा तप्कालाई बुझाउन वर्ग शब्दको प्रयोग गरिने भए पनि यसको विशेष प्रयोग मार्क्सवादीहरूले गर्ने...

आदिवासी महिला राष्ट्रपति भएपछि भारतीय आदिवासीमाथिका अत्याचार अन्त्य होलान् ?

आदिवासी महिला राष्ट्रपति भएपछि भारतीय आदिवासीमाथिका अत्याचार अन्त्य होलान् ?

by nepal_readers
July 27, 2022

-शैलेश- एक आदिवासी महिला राष्ट्रपति निर्वाचित हुनुलाई भारतमा एउटा गर्विलो इतिहासको रुपमा मानिएको छ। तर के द्रौपदी मुर्मू राष्ट्रपतिमा चुनिनु...

Leave Comment

Recommended

कोही मान्छेले कोरोना सार्दैनन्, कसैले धेरैलाई सार्छन्, किन?

कोही मान्छेले कोरोना सार्दैनन्, कसैले धेरैलाई सार्छन्, किन?

2 years ago
छोरीको आफ्नो घर कहाँ छ ?

छोरीको आफ्नो घर कहाँ छ ?

1 year ago

Connect with us

Popular Post

  • नेपाली समाजका ७ अन्तरविरोध

    नेपाली समाजका ७ अन्तरविरोध

    0 shares
    Share 0 Tweet 0
  • भौतिकशास्त्रले कसरी समृद्धि ल्याउँछ?

    0 shares
    Share 0 Tweet 0
  • गीतामा के छ ? गीता कस्तो छ ? 

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा वर्ग र जात/जाति

    0 shares
    Share 0 Tweet 0
  • पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In