Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘डेल्टा भेरियन्ट’ – युरोपेली सिमा प्रतिबन्ध गर्ने विषयमा युरोपेलीहरु बिभाजित

सहयोगीबाट सहयोगीबाट
असार १७, २०७८
- कोभिड–१९, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बेलायतमा भारतीय स्वरुपको कोरोना भाईरस(डेल्टा भरियन्ट) फैलिँदै गएका बेला बेलायतीहरुलाई युरोपेली युनियन ९ईयु० का सदस्य राष्ट्रमा प्रतिबन्ध गर्ने विषयमा ईयु राष्ट्रहरु बिभाजित भएका छन् ।

    बेलायतमा डेल्टा भेरियन्टको संक्रमण बढ्दै जाँदा दक्षिणी युरोपमा बेलायती पर्यटकको आगमनबारे खास गरि फ्रान्स र जर्मनी चिन्तित छन् । किनभने बेलायती पर्यटकको सबैभन्दा बढि चाप हुने देश मध्येमा पर्छन् जर्मनी र फ्रान्स । त्यसैले जर्मनीले त बेलायती पर्यटकहरुमाथि सम्पूर्ण युरोपेली युनियनका राष्ट्रहरुमै प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरिसकेको छ ।

    खासगरि यि दुई देश बेलायती नागरिकहरुको धेरै आगमनले युरोप महादेशभरिनै फैलिएला भन्ने त्रासमा छन् ।

    डेल्टा भेरियन्टले युरोपेली युनियन (ईयु) को सिमानालाई कसरि व्यवस्थापन गर्ने भन्ने विषयलाई लिएर तनाव उत्पन्न गराएको छ । यी मतभेदहरुमाथि महामारीको सुरुमा धेरै टिप्पणी गरिएको थियो । ब्रसेल्समा पछिल्लो यूरोपेली शिखर सम्मेलनमा गत हप्ता पुनः देखापर्‍यो । एकतर्फ जर्मनी र फ्रान्स उभिएका छन् । यि दुई देश सम्भवतः डेल्टा भेरियन्ट (पहिले “भारतीय उत्परिवर्तित वा संस्करण’ भनिएको) बोक्ने बेलायती पर्यटकहरूको आगमनलाई नियन्त्रण गर्न सावधानीको कार्ड खेल्न चाहन्छन् ।

    अर्कोतर्फ, स्पेन, पोर्चुगल र ग्रीस जस्ता दक्षिणी देशहरू उनीहरूको पर्यटन मौसम बचाउन उत्सुक छन् । किनभने ति देशमा बेलायती पर्यटकहरु धेरैनै जाने गर्छन् ।

    जर्मन चान्सलर मार्केला एन्जेलले पोर्चुगलले बेलायती पर्यटककालागि आफ्नो देशको ढोका धेरै चौडा र धेरै छिटो खोलेकोमा आलोचना गरेकि छन् । मेको मध्यसम्ममा पोर्चुगल यूरोपियन युनियनमा एक मात्र त्यस्तो देश बन्यो जुन संयुक्त राज्य भरका नागरिकहरूलाई स्वागत गर्ने थियो ।

    डेल्टा भरियन्टको संक्रमण बढ्दै गएपछि शुक्रबार लिस्बनलाई ईयुद्वारा आफ्ना गतिबिधी वा खुलापन कस्न बाध्य पारियो र नयाँ स्वास्थ्य प्रतिबन्धहरू पेश गरियो । विशेष गरी अधिकारीहरूले खोपको पूर्ण मात्रा पुरा नगरेका बेलायतीहरूलाई युरोपेली युनियन प्रवेश गर्दा १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने नियम थप्ने निर्णय गरे ।

    स्पेनपनि यो निर्णयमै फर्किएर बेलायतीहरुलाई नेगेटिभ पिसिआर परिक्षणको प्रमाणपत्र देखाउनुपर्ने निर्णयमा पुग्यो । तर मेको अन्त्यदेखि स्पेनले केहिपनि नचाहिने बनाइसकेको थियो ।

    पोर्चुगलले जस्तै स्पेनले बेलायती पर्यटकहरूको लागि रातो कार्पेट ओछ्याइदिएको थियो जसले युरोपियन नागरिकहरू जस्तै पीसीआर परीक्षणसमेत गर्नुपर्दैनथ्यो । तर गत शुक्रवार स्पेन त्यो निर्णयबाट पछि हटेको हो ।

    अल्फा भेरियन्ट (जुन पहिले ‘अंग्रेज उत्परिवर्तित’ भनेर चिनिन्थ्यो) भन्दा धेरै संक्रामक डेल्टा भेरियन्टको प्रशारलाई रोक्न एन्जेला मार्केल अझै कडा हुन चाहन्छिन् । उनी सम्पूर्ण शेन्जेन क्षेत्रमा बेलायती पहुँचका लागि सर्तहरू कडा पार्न चाहन्छिन् । दैनिक अखबार द टाइम्सका अनुसार ईयूको सीमाना बन्द गर्ने सम्भावनाबारे वरिष्ठ यूरोपीय प्रतिनिधिहरूले संकट समितिको बैठकमा छिटै छलफल गर्ने छन्।

    “यो युरोपेली समन्वयमा सफल हुने सम्भावना थोरै छ । जनस्वास्थ्य जोगाउन चाहने देशहरूबीच यस्तो भिन्नता छ । केहि देशले आफ्नो पर्यटन मौसम बचाउन चाहन्छन्” साइन्स-पो पेरिसका शिक्षक प्याट्रिक मार्टिन-जेनिरले फ्रंस २४ सित भविष्यवाणी गरे ।

    आइरिसका अनुसन्धान निर्देशक एडवर्ड सिमोन थप्छन् “दक्षिणी युरोपका देशहरू महामारीको प्रभावबाट सबैभन्दा बढी आर्थिकरुपमा ग्रस्त भएका छन् । उनीहरूको आर्थिक मोडेलको राम्रो हिस्सा पर्यटनमा आधारित छ।”

    स्वास्थ्य पासपोर्टको प्रभावकारितामाथि प्रश्न
    युरोपियनहरूबीच झगडाको अर्को विषय ग्रीसको हो जुन सेराम खोप लगाएको पर्यटकलाई स्वीकार्छ जसलाई यूरोपियन मेडिसिन एजेन्सी (ईएम) द्वारा मान्यता दिईएको छैन । यो देश पर्यटनमा धेरै निर्भर भएकाले वास्तवमा रूसी वा चिनियाँ खोपको डोज प्राप्त गरेका विदेशी आगन्तुकहरुलाई स्वागत गर्न स्वीकार गरेको छ ।

    “सर्वप्रथम त हामी सबैले ईमएद्वारा स्विक्रित गरिएको र डेल्टासहित पछिल्ला भेरियन्टबिरुद्द काम गर्ने एकै खाले खोपलाई मान्यता दिनुपर्छ । यो समन्वय पनि आवश्यक छ ताकि हाम्रो नियम तेस्रो देशहरूमा खुलापनका लागि मिल्दो होस् । युरोपेलीले दिने हरियो पास (ग्रिन पास) पूर्णरुपमा प्रभावकारि हुन यो आवश्यक छ” युरोपेली कोभिड प्रमाणपत्रको विषय शिखर सम्मेलनमा प्रवेश हुनु अघि फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले शुक्रवार जोड दिएका थिए । भोली बिहिवारदेखि यो प्रमाणपत्र सबै ईयु राष्ट्रका नागरिक बिच बितरण भएर आवतजावतमा ईयु देशबिच सहज हुनुपर्ने हो ।

    युरोपेली युनियनले स्विक्रित गरेका चार खोप बाहेक अन्य खोप लिने देशका नागरिकलाई आफ्नो देशमा प्रवेश दिने वा नदिने भन्ने बारेमा इयुका प्रत्येक देश स्वतन्त्र छन् । यसलाई केहि देशले समस्याको रुपमा लिएका छन् ।

    “फ्रान्स र जर्मनीकै बिचमा सिमापार गर्ने कामदारहरुको विषयमा राम्रो समन्वय भएको हामीले देखेनौं । यस्तो अवस्थाले हामीलाई स्वास्थ्य एक युरोपेली योग्यता र प्राथमिकता हो भन्ने विश्वास गर्न उत्प्रेरित गर्नुपर्छ । तर सन्धीहरुलाई परिमार्जन गरेर मात्रै त्यो संभव हुने छैन” पाट्रिक मार्तिन गेनिय फ्रँस २४ न्युजसित भन्छन् ।

    ग्रीसले सोमबार ईयुलाई दबाब दियो । रुसी पर्यटकले तिनको देशमा बनेको स्पुत्निक भि खोप लगाएपनि पिसिआर परिक्षण हुनुपर्ने शर्त राखेको छ ।

    ९० प्रतिशत डेल्टा भेरियन्टले ओगट्ने
    ईयु राष्ट्रहरुबिच बिवाद भएपनि मुख्यगरि डेल्टा भेरियन्टलाई यो ग्रीष्म ऋतुमा नियन्त्रण गर्नुपर्छ भन्नेमा चाहिं इयु राष्ट्रहरुले समन्वय गर्न खोजिरहेका छन् । युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोल (रोग रोकथाम र नियन्त्रणकालागि युरोपेली केन्द्र) का अनुसार अगस्टको अन्त्यसम्म ईयूमा संक्रमित हुने मध्ये ९० प्रतिशत डेल्टा भेरियन्टले ओगट्ने अनुमान गरिएको छ।

    यदि डेल्टा भेरियन्ट प्रमुख हुने हो भने किन केही देशहरू नयाँ यात्रा प्रतिबन्धहरू पेश गर्न चाहन्छन्? “यो बिचार भनेको समय लम्ब्याउन खोज्नु हो” ईयु रोग नियन्त्रण शाखाका एडुवार्ड सिमोन बताउँछन् “हामीले खोप अभियानहरू सहज बनाउन जारी राख्नै पर्छ । यति गर्दापनि हामी देख्न सक्छौं कि यूरोपमा जताततै यो अभियानले जित्दैन।”

    वास्तवमा, धेरै सदस्य राष्ट्रहरूको खोप अभियानमा सुस्तता देखिएको छ । फ्रान्समा चार लाख भन्दा केहि बढी व्यक्तिहरूले जूनको सुरूमा हरेक दिन पहिलो खोप लगाउँथे । तर गत हप्ता जम्मा प्रति दिन दुई लाखले लगाए ।

    डेल्टालाई रोक्न दुई मात्रा आवस्यक
    यस डेल्टा भेरियन्ट विरूद्ध खोपहरूको प्रभावकारिता जाँच्दा पहिलो वैज्ञानिक तथ्यांकले सुरक्षाको धेरै उच्च स्तरलाई संकेत गरेको छ । जुन १० मा जर्नल नेचरमा प्रकाशित गरिएको एउटा अध्ययन अनुसार फाइजरको खोपको दुई खुराकको अनुमानित प्रभावकारिता ८७ थोप्लो नौ प्रतिशत छ । यद्यपि वैज्ञानिकहरू एउटा बुँदामा भने सहमत छन् स् खोपको एक मात्रा मात्रै प्राप्त गर्दा डेल्टा भेरियन्ट विरूद्ध सीमित सुरक्षा मात्र प्रदान गर्दछ ।

    आजको दिनसम्मको तथ्यांक हेर्दा तीन युरोपेलीहरु मध्ये एक मात्र पूर्ण प्रतिरोधात्मक भएको छ । जुलाईको अन्त्यसम्म ७० प्रतिशत वयस्कहरूलाई खोप दिने युरोपेली आयोगको लक्ष्य छ । तर अहिलेको खोप लगाउने सुस्तता हेर्दा त्यो लक्ष्य पुरा हुनेमा शंका देखिन्छ । -नेपालप्लस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.