Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बाजुराको बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ५, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा अवस्थित भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ। नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले नगरपालिका क्षेत्रको ऐतिहासिक तथा पुरातत्वका रुपमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन तथा संरक्षण गरिने बताए। शुक्रबार बार्जुकोट दरबारमा सुदूर साहित्य प्रतिष्ठान बाजुरा शाखाले आयोजना गरिएको गलज गुञ्जन कार्यक्रममा नगर प्रमुख शाहले दरबार क्षेत्रमा विभिन्न अलौकिक वस्तुको जगेर्ना गर्दै उक्त सङ्ग्रहालय बनाउन आवश्यक रहेको आँैल्याए।

    नगर क्षेत्रभित्रका दशवटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि सङ्ग्रहालयका रुपमा स्थापना गर्न जरुरी रहेको नगर प्रमुख शाहको भनाइ छ। नगरपालिकाका बाजुकोट दरबार र कुँडीकोट दरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गर्दै ती क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने उनको जोड थियो। पुरातात्विक सम्पदाका रुपमा दरबार रहेकाले संरक्षणको जिम्मेवारी नगरपालिकाको रहेको शाह बताउँछन्।

    बार्जुकोट दरबार राज्यको भन्दा पनि कुनै एक व्यक्तिका नाममा रहेकाले सो क्षेत्रमा संरचना बनाउनका लागि व्यक्तिसँग अनुमति लिएर मात्र निर्माण गर्नुपर्ने बाध्यता छ। बाइसे चौबिसे राज्य हुँदा बार्जुकोट दरबारका राजाले राज्य सञ्चालन गरेको किंवदन्ती रहेकाले सो जग्गा राज्यको नाममा नरहेको पाइएको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेका सम्पदाको उजागर गर्न नगरपालिका तयार रहेको प्रमुख प्रशासकीय अधिकृत तिलक थापाको भनाइ छ।

    कला साहित्यको संरक्षण तथा सम्वद्र्धन गर्न नगरपालिकाले साहित्य सङ्ग्रह प्रकाशन गर्ने भएको छ। नगर क्षेत्रका साहित्यकारका रचनालाई परिस्कृत गरेर उनीहरुका गजल, मुक्तकलगायतका प्रकाशन गर्ने र सङ्ग्रहका रुपमा राखिने भएको छ। हरेक वर्ष हुने प्रयण दिवसका अवसरमा वा प्रत्येक महिनामा नगर क्षेत्रभित्र कथा, कविता, गजल, मुक्तकलगायतका साहित्य कार्यक्रम गरिँदै आएको छ।

    बार्जुकोटमा गजल गुञ्जन

    बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबारमा गजल गुञ्जन कार्यक्रम सञ्चालन गरिएको छ। दरबारको ऐतिहासिक प्रचारप्रसार गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने गरी सुदूर साहित्य प्रतिष्ठान बाजुराले उक्त ठाउँमा गजल गुञ्जनको आयोजना गरेको सुदूर साहित्य प्रतिष्ठान बाजुराका अध्यक्ष हर्कबहादुर खडायतले बताए।

    स्रष्टाको सम्मान बार्जुकोट दरबारको पहिचानसहित उक्त कार्यक्रम गरिएको अध्यक्ष खडायतले बताए। नगरपालिकाको संयोजन र प्रतिष्ठानको आयोजनामा जिल्लाका एक दर्जन साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए। अधिकांश गजलकारले देशमा भएका व्यथितिको अन्त्य र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचारप्रसार गर्नुपर्ने सन्देशसहितका गजल प्रस्तुत गरेको प्रतिष्ठान बाजुराका सचिव कृष्ण ओलीले बताए।

    उनका अनुसार बार्जुकोट दरबारमा महेश जोशी, प्रमिला थापा, नरेन्द्र थापा, मीनप्रसाद जैशीलगायतका स्रष्टाले गजल वाचन गरेको बताए। गजल गुञ्जन कार्यक्रममा सोही नगरपालिकाको थुमा माध्यमिक विद्यालयका विद्यार्थीले समेत गजल वाचनमा सहभागी भएको आयोजकले जनाएको छ। रासस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.