Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

बाजुराको बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने

by पत्रपत्रिकाबाट
February 17, 2020
- समाचार
बाजुराको बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने
Share on FacebookShare on TwitterEmail

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा अवस्थित भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ। नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले नगरपालिका क्षेत्रको ऐतिहासिक तथा पुरातत्वका रुपमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन तथा संरक्षण गरिने बताए। शुक्रबार बार्जुकोट दरबारमा सुदूर साहित्य प्रतिष्ठान बाजुरा शाखाले आयोजना गरिएको गलज गुञ्जन कार्यक्रममा नगर प्रमुख शाहले दरबार क्षेत्रमा विभिन्न अलौकिक वस्तुको जगेर्ना गर्दै उक्त सङ्ग्रहालय बनाउन आवश्यक रहेको आँैल्याए।

नगर क्षेत्रभित्रका दशवटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि सङ्ग्रहालयका रुपमा स्थापना गर्न जरुरी रहेको नगर प्रमुख शाहको भनाइ छ। नगरपालिकाका बाजुकोट दरबार र कुँडीकोट दरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गर्दै ती क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने उनको जोड थियो। पुरातात्विक सम्पदाका रुपमा दरबार रहेकाले संरक्षणको जिम्मेवारी नगरपालिकाको रहेको शाह बताउँछन्।

बार्जुकोट दरबार राज्यको भन्दा पनि कुनै एक व्यक्तिका नाममा रहेकाले सो क्षेत्रमा संरचना बनाउनका लागि व्यक्तिसँग अनुमति लिएर मात्र निर्माण गर्नुपर्ने बाध्यता छ। बाइसे चौबिसे राज्य हुँदा बार्जुकोट दरबारका राजाले राज्य सञ्चालन गरेको किंवदन्ती रहेकाले सो जग्गा राज्यको नाममा नरहेको पाइएको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेका सम्पदाको उजागर गर्न नगरपालिका तयार रहेको प्रमुख प्रशासकीय अधिकृत तिलक थापाको भनाइ छ।

कला साहित्यको संरक्षण तथा सम्वद्र्धन गर्न नगरपालिकाले साहित्य सङ्ग्रह प्रकाशन गर्ने भएको छ। नगर क्षेत्रका साहित्यकारका रचनालाई परिस्कृत गरेर उनीहरुका गजल, मुक्तकलगायतका प्रकाशन गर्ने र सङ्ग्रहका रुपमा राखिने भएको छ। हरेक वर्ष हुने प्रयण दिवसका अवसरमा वा प्रत्येक महिनामा नगर क्षेत्रभित्र कथा, कविता, गजल, मुक्तकलगायतका साहित्य कार्यक्रम गरिँदै आएको छ।

बार्जुकोटमा गजल गुञ्जन

बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबारमा गजल गुञ्जन कार्यक्रम सञ्चालन गरिएको छ। दरबारको ऐतिहासिक प्रचारप्रसार गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने गरी सुदूर साहित्य प्रतिष्ठान बाजुराले उक्त ठाउँमा गजल गुञ्जनको आयोजना गरेको सुदूर साहित्य प्रतिष्ठान बाजुराका अध्यक्ष हर्कबहादुर खडायतले बताए।

स्रष्टाको सम्मान बार्जुकोट दरबारको पहिचानसहित उक्त कार्यक्रम गरिएको अध्यक्ष खडायतले बताए। नगरपालिकाको संयोजन र प्रतिष्ठानको आयोजनामा जिल्लाका एक दर्जन साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए। अधिकांश गजलकारले देशमा भएका व्यथितिको अन्त्य र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचारप्रसार गर्नुपर्ने सन्देशसहितका गजल प्रस्तुत गरेको प्रतिष्ठान बाजुराका सचिव कृष्ण ओलीले बताए।

उनका अनुसार बार्जुकोट दरबारमा महेश जोशी, प्रमिला थापा, नरेन्द्र थापा, मीनप्रसाद जैशीलगायतका स्रष्टाले गजल वाचन गरेको बताए। गजल गुञ्जन कार्यक्रममा सोही नगरपालिकाको थुमा माध्यमिक विद्यालयका विद्यार्थीले समेत गजल वाचनमा सहभागी भएको आयोजकले जनाएको छ। रासस

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

3 years ago
बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.