Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘एउटा ट्याक्टरले कोरोनाभाइरस निको पार्नेछ – राष्ट्रपति लुकासिन्क

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र १९, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    त्रास र पागलपन भाइरसभन्दा निकै खतरनाक

    युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रमा छ तर सोही महादेशको एउटा राष्ट्रमा भने अधिकारीहरूले दैनिक जीवनमा फेरबदल ल्याउने कुनै कडा कदमहरू चालेका छैनन्।

    थुप्रै पक्षमा मौलिक रहेको एउटा देश बेलारुसले बाँकी युरोप र आफ्नै छिमेकी रूस र युक्रेनभन्दा फरक बाटो समातिरहेको छ।vयुक्रेनमा आपत्कालीन अवस्था लगाउन खोजिँदैछ भने रूसले स्कुलहरू बन्द गर्ने, ठूला जमघटका कार्यक्रमहरू रद्द गर्ने र देशमा आउजाउ गर्ने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

    बेलारुसमा भने दैनिकी सामान्य छ। सीमाहरू खुला छन्। मानिसहरू काममा गइरहेका छन्। र ट्वाइलेटपेपर किन्न जाँदा कोही अत्तालिएका भेटिन्नन्।

    ‘नआत्तिनुस्!’
    बेलारुसका राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले भाइरसको सङ्क्रमण फैलन नदिनका लागि कुनै सावधानीका कदमहरू चाल्न आवश्यक नरहेको बताए।

    ‘यस्ता कुराहरू भइरहन्छन्। महत्त्वपूर्ण कुरा नआत्तिनु हो!’ मङ्गलवार चिनियाँ राजदूतलाई राजधानी मिन्स्कमा भेटेपछि उनले भने।बेलारुसले फिल्महल वा नाट्यघर बन्द गरेको छैन। उसले मानिसहरूको जमघट हुने कुनै सार्वजनिक कार्यक्रम समेत रोकेको छैन।

    फुटबल प्रतियोगिता रद्द नगर्ने यो अन्तिम देशहरूमध्ये पर्छ। बेलारुसियन प्रिमियरसिप छिमेकी रुसमा समेत फुटबलप्रेमीको लागि टेलिभिजनमार्फत् देखाइनेछ।

    राष्ट्रपति लुकासिन्कले जनाएको ‘एउटा ट्याक्टरले कोरोनाभाइरस निको पार्नेछ’ प्रतिक्रिया बेलारुसको सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो। धेरैले त्यसलाई ठट्टाको विषय समेत बताए।

    राष्ट्रपतिले खेतमा दत्तचित्त भएर काम गर्ने कुरालाई इङ्गित गरेका थिए।उनी आफैँले रक्सी नखाने भएपनि रोग फैलाउन नदिने प्रयासका लागि अलिकति भोड्का पिउनु अनुचित नहुने बताएका थिए।

    आम बेलारुसका जनताहरू भने मौनताबीचमै भाइरसको सङ्क्रमणबारे चिन्तित छन्।किनकि आफ्नो देशबाहिर के भइरहेको छ भन्ने उनीहरूलाई थाहा छ।

    जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म भाइरसकै कारण त्यहाँ मृत्यु भएको पुष्टि भएको छैन।

    राजधानी शहरमा भिडभाडयुक्त कक्षाकोठा छल्नका लागि केही युवा एवं स्कुले विद्यार्थीहरूले सञ्चो नभएको बहाना बनाउने गरेका छन्। उनीहरूको चासोलाई बुझेरै केही विश्वविद्यालय एवं क्याम्पसहरूले आफ्ना कक्षाहरू केही घन्टा ढिलो सुरु गर्न थालेका छन्।

    जसले गर्दा विद्यार्थीहरू भिडभाड हुने समय छल्न सकुन् भन्ने उनीहरूको उद्देश्य छ। सडकमा थोरै मानिसहरु मात्र देखिन्छन्। र जेष्ठ नागरिकहरू बढि जोखिममा छन् भन्ने पनि धेरैलाई थाहा छ। तर अधिकारीहरूका तहबाट ती कुनै सचेतना फैलिएको छैन। राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले चिन्ता नमान्नुपर्नाको कारण देश छिर्ने सबैको कोरोनाभाइरस जाँच गरिनु रहेको बताउँछन्। उनको दाबी छन्ः ‘दैनिक दुईदेखि तीनजना व्यक्तिमा  कोरोनाभाइरसको सङ्क्रमण देखिन्छ। त्यस्तोबेला उनीहरूलाई क्वारन्टीनमा राखिन्छ र डेढदेखि दुई साताबीचमा छाडिन्छ।’

    ‘त्रास फैलाउनेलाई खोज’
    राष्ट्रपति लुकासिन्क त्रास र पागलपन भाइरसभन्दा निकै खतरनाक हुने दाबी गर्छन्। र उनले देशको गुप्तचर सेवा ‘द बेलारुसियन केजिबी’लाई त्रास फैलाउनेको खोजी गर्न आदेश दिएका छन्। मङ्गलवारसम्म बेलारुसमा १५२ वटा कोरोनाभाइरसका घटना देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको विवरणअनुसार अहिलेसम्म भाइरसकै कारण त्यहाँ मृत्यु भएको पुष्टि भएको छैन।

    बरु ३२ जना सङ्क्रमणमुक्त भएको देखिन्छ। बेलारुस थुप्रै कुरामा मौलिक छ। अझै मृत्युदण्डको व्यवस्था भएको यो युरोपको अन्तिम देश हो। र यो युरोपको एकमात्र देश हो जहाँ अधिकारीहरूले कोरोनाभाइरसलाई हलुका रूपमा लिएका छन्।

    अस्वाभाविक देखिएपनि अरूबेला सरकारको निकै आलोचना गर्ने बेलारुसका विपक्षी अधिकारकर्मी आन्द्रे किम समेत राष्ट्रपतिसँग सहमत छन्। किमले फेसबुकमा लेखेका छन्- लुकासिन्क ठीक छन् किनभने देशव्यापी क्वारन्टीनले ‘बेलारुसको अर्थतन्त्रलाई मार्नेछ’।

    उनी थप्छन्- ‘सबैतिर उथलपुथल हुँदा पनि बेलारुस विश्वमै त्यस्तो एउटामात्र देश हो जहाँ अधिकारीहरूले लोकप्रिय हुने बाटो नसमातेर नागरिकको भलो हुने बाटो समातेका छन्।’ ‘मलाई थाहा छ मैले यसो भन्दा मलाई काँचै खान्छन् तर यो आम पागलपनको अवस्थाबीच म मौन रहन सकिनँ। ”पागलपन’ भनेर उनले कोरोनाभाइरसबारे बाँकी विश्वले ‘केही नगरिकन लिएका कदम’लाई इङ्गित गरेका छन्। उनी ठान्छन्- ‘बेलारुस समझदार भइरहेको छ।’
    – बीबीसीबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.