Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

‘एउटा ट्याक्टरले कोरोनाभाइरस निको पार्नेछ – राष्ट्रपति लुकासिन्क

by पत्रपत्रिकाबाट
April 1, 2020
- समाचार
‘एउटा ट्याक्टरले कोरोनाभाइरस निको पार्नेछ – राष्ट्रपति लुकासिन्क
Share on FacebookShare on TwitterEmail

त्रास र पागलपन भाइरसभन्दा निकै खतरनाक

युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रमा छ तर सोही महादेशको एउटा राष्ट्रमा भने अधिकारीहरूले दैनिक जीवनमा फेरबदल ल्याउने कुनै कडा कदमहरू चालेका छैनन्।

थुप्रै पक्षमा मौलिक रहेको एउटा देश बेलारुसले बाँकी युरोप र आफ्नै छिमेकी रूस र युक्रेनभन्दा फरक बाटो समातिरहेको छ।vयुक्रेनमा आपत्कालीन अवस्था लगाउन खोजिँदैछ भने रूसले स्कुलहरू बन्द गर्ने, ठूला जमघटका कार्यक्रमहरू रद्द गर्ने र देशमा आउजाउ गर्ने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

बेलारुसमा भने दैनिकी सामान्य छ। सीमाहरू खुला छन्। मानिसहरू काममा गइरहेका छन्। र ट्वाइलेटपेपर किन्न जाँदा कोही अत्तालिएका भेटिन्नन्।

‘नआत्तिनुस्!’
बेलारुसका राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले भाइरसको सङ्क्रमण फैलन नदिनका लागि कुनै सावधानीका कदमहरू चाल्न आवश्यक नरहेको बताए।

‘यस्ता कुराहरू भइरहन्छन्। महत्त्वपूर्ण कुरा नआत्तिनु हो!’ मङ्गलवार चिनियाँ राजदूतलाई राजधानी मिन्स्कमा भेटेपछि उनले भने।बेलारुसले फिल्महल वा नाट्यघर बन्द गरेको छैन। उसले मानिसहरूको जमघट हुने कुनै सार्वजनिक कार्यक्रम समेत रोकेको छैन।

फुटबल प्रतियोगिता रद्द नगर्ने यो अन्तिम देशहरूमध्ये पर्छ। बेलारुसियन प्रिमियरसिप छिमेकी रुसमा समेत फुटबलप्रेमीको लागि टेलिभिजनमार्फत् देखाइनेछ।

राष्ट्रपति लुकासिन्कले जनाएको ‘एउटा ट्याक्टरले कोरोनाभाइरस निको पार्नेछ’ प्रतिक्रिया बेलारुसको सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो। धेरैले त्यसलाई ठट्टाको विषय समेत बताए।

राष्ट्रपतिले खेतमा दत्तचित्त भएर काम गर्ने कुरालाई इङ्गित गरेका थिए।उनी आफैँले रक्सी नखाने भएपनि रोग फैलाउन नदिने प्रयासका लागि अलिकति भोड्का पिउनु अनुचित नहुने बताएका थिए।

आम बेलारुसका जनताहरू भने मौनताबीचमै भाइरसको सङ्क्रमणबारे चिन्तित छन्।किनकि आफ्नो देशबाहिर के भइरहेको छ भन्ने उनीहरूलाई थाहा छ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म भाइरसकै कारण त्यहाँ मृत्यु भएको पुष्टि भएको छैन।

राजधानी शहरमा भिडभाडयुक्त कक्षाकोठा छल्नका लागि केही युवा एवं स्कुले विद्यार्थीहरूले सञ्चो नभएको बहाना बनाउने गरेका छन्। उनीहरूको चासोलाई बुझेरै केही विश्वविद्यालय एवं क्याम्पसहरूले आफ्ना कक्षाहरू केही घन्टा ढिलो सुरु गर्न थालेका छन्।

जसले गर्दा विद्यार्थीहरू भिडभाड हुने समय छल्न सकुन् भन्ने उनीहरूको उद्देश्य छ। सडकमा थोरै मानिसहरु मात्र देखिन्छन्। र जेष्ठ नागरिकहरू बढि जोखिममा छन् भन्ने पनि धेरैलाई थाहा छ। तर अधिकारीहरूका तहबाट ती कुनै सचेतना फैलिएको छैन। राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले चिन्ता नमान्नुपर्नाको कारण देश छिर्ने सबैको कोरोनाभाइरस जाँच गरिनु रहेको बताउँछन्। उनको दाबी छन्ः ‘दैनिक दुईदेखि तीनजना व्यक्तिमा  कोरोनाभाइरसको सङ्क्रमण देखिन्छ। त्यस्तोबेला उनीहरूलाई क्वारन्टीनमा राखिन्छ र डेढदेखि दुई साताबीचमा छाडिन्छ।’

‘त्रास फैलाउनेलाई खोज’
राष्ट्रपति लुकासिन्क त्रास र पागलपन भाइरसभन्दा निकै खतरनाक हुने दाबी गर्छन्। र उनले देशको गुप्तचर सेवा ‘द बेलारुसियन केजिबी’लाई त्रास फैलाउनेको खोजी गर्न आदेश दिएका छन्। मङ्गलवारसम्म बेलारुसमा १५२ वटा कोरोनाभाइरसका घटना देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको विवरणअनुसार अहिलेसम्म भाइरसकै कारण त्यहाँ मृत्यु भएको पुष्टि भएको छैन।

बरु ३२ जना सङ्क्रमणमुक्त भएको देखिन्छ। बेलारुस थुप्रै कुरामा मौलिक छ। अझै मृत्युदण्डको व्यवस्था भएको यो युरोपको अन्तिम देश हो। र यो युरोपको एकमात्र देश हो जहाँ अधिकारीहरूले कोरोनाभाइरसलाई हलुका रूपमा लिएका छन्।

अस्वाभाविक देखिएपनि अरूबेला सरकारको निकै आलोचना गर्ने बेलारुसका विपक्षी अधिकारकर्मी आन्द्रे किम समेत राष्ट्रपतिसँग सहमत छन्। किमले फेसबुकमा लेखेका छन्- लुकासिन्क ठीक छन् किनभने देशव्यापी क्वारन्टीनले ‘बेलारुसको अर्थतन्त्रलाई मार्नेछ’।

उनी थप्छन्- ‘सबैतिर उथलपुथल हुँदा पनि बेलारुस विश्वमै त्यस्तो एउटामात्र देश हो जहाँ अधिकारीहरूले लोकप्रिय हुने बाटो नसमातेर नागरिकको भलो हुने बाटो समातेका छन्।’ ‘मलाई थाहा छ मैले यसो भन्दा मलाई काँचै खान्छन् तर यो आम पागलपनको अवस्थाबीच म मौन रहन सकिनँ। ”पागलपन’ भनेर उनले कोरोनाभाइरसबारे बाँकी विश्वले ‘केही नगरिकन लिएका कदम’लाई इङ्गित गरेका छन्। उनी ठान्छन्- ‘बेलारुस समझदार भइरहेको छ।’
– बीबीसीबाट

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago
कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.