Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोही मान्छेले कोरोना सार्दैनन्, कसैले धेरैलाई सार्छन्, किन?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार १८, २०७७
- कोभिड–१९, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एक महिनाअघि अमेरिकाको टेक्सासमा एउटा जन्मोत्सव समारोह भएको थियो। त्यहाँ एक जना मानिसले १८ जनालाई कोरोना भाइरस सारिदिए।यस्तो समाचार पढिरहँदा यो भाइरस जंगलको डढेलोजस्तो फैलिरहेको छ भन्ने भान पर्छ। यस्तो लाग्छ संक्रमित जता पुग्छ, उसले तुरून्तै महामारी फैलाउँछ।

    यसको अर्को पाटो पनि छ। इटालीका वैज्ञानिकहरूले कोरोना भाइरस कहिलेदेखि देखियो भन्ने पत्ता लाउन फोहोर पानीमा भेटिएका नमूना परीक्षण गरेका थिए। गत साता प्रकाशित रिपोर्टअनुसार तुरिन र मिलान सहरमा डिसेम्बर १८ देखि नै भाइरस देखिएको फेला पर्‍यो। जबकि, त्यसको दुई महिनापछि मात्र उत्तरी इटालीका अस्पतालमा कोरोना संक्रमितको घुइँचो सुरू भएको थियो।

    यी दुइटा रिपोर्टले के बुझाउँछ भने, कोरोना भाइरस सबै ठाउँमा देखिनेबित्तिकै ह्वारह्वार्ती सल्किने होइन। धेरै व्यक्तिले आफू कोरोना संक्रमित भए पनि अरूलाई सार्दैन वा कमलाई मात्र सार्छ, जसरी इटालीमा डिसेम्बरमै देखिएको भाइरस निस्प्रभावी वा निस्तेज बसेको थियो।

    कतिपय व्यक्तिले भने आफ्नो सम्पर्कमा आएजतिलाई भाइरस सल्काउँछन्, जसरी टेक्सासको एउटै समाराेहबाट १८ जनामा सल्केको थियो।’मानौं, तपाईंले सलाइको काँटी कोरेर हुत्याउनुभयो। त्यसले आगो नसल्काउन सक्छ। अर्को बालेर हुत्याउनुस्, त्यसले पनि नसल्काउला। तर, कुनै एउटा काँटीले जब ठ्याक्क ठाउँमै भेट्छ, ह्वारह्वारी आगो बल्न थाल्छ,’ वासिङ्टनस्थित इन्स्टिच्युट फर डिजिज मोडलिङ इन बेलभ्युका प्रमुख अध्येता वैज्ञानिक बेन अल्टहाउसले भने, ‘कोरोना भाइरस पनि यस्तै हो।’

    चीनमा पहिलोपटक भाइरस फेला पर्नेबित्तिकै विज्ञहरूले यो एकबाट अर्कोमा कसरी सर्दो रहेछ भन्ने पत्ता लाउन धुन्धान खोजी गरेका थिए। उनीहरूको पहिलो काम नै प्रत्येक संक्रमितले औसत कति जनालाई सार्छन् भनेर पत्ता लगाउनु थियो। त्यति बेला एक जना संक्रमितले औसत दुईदेखि तीन जनालाई सार्ने देखिएको थियो। यो दर मानिसको व्यवहार र आनीबानीअनुसार फरक पर्छ।

    उदाहरणका लागि, म्यासाचुसेट्समा लकडाउन सुरू हुनुअघि एक जनाबाट अरूमा फैलिने दर २:२ थियो। यो मार्चको सुरूदेखि अन्त्यसम्मको कुरा हो। अहिले त्यही दर ०.७४ मा झरेको छ।यो औसत दरले पनि मानिसलाई झुक्याउन सक्छ। किनकि, भाइरस कुन अवस्था र परिस्थितिमा एकबाट अर्कोमा सरेको हो भन्नेले यसमा फरक पार्छ।

    मानौं, दस जना संक्रमितमध्ये नौ जनाले कसैलाई सारेनन्। बाँकी एक जनाले भने अरू २० जनालाई संक्रमित पारिदिए। यसो हुँदा पनि औसत दर २ नै हुन्छ।रुघामर्की (इन्फ्ल्युएन्जा) र बिफरजस्ता केही रोगमा धेरै संक्रमितले अरूलाई पनि सारिरहन्छन्। यी विस्तारै विस्तारै तर लगातार बढ्ने खालका हुन्छन्।

    ‘यो मामिलामा रुघा वास्तवमै अगाडि हुन्छ,’ इमोरी विश्वविद्यालयका सह-प्राध्यापक क्रिस्टिन नेल्सन भन्छिन्।तर, दादुरा र सार्सजस्ता रोग थोरै संक्रमितले फैलाए पनि तुरुन्तै सारिदिने खालका हुन्छन्। महामारीविदहरूले फैलावटको यो फरकपनलाई ‘डिस्पर्सन प्यारामिटर’ का रूपमा लिएका छन्। यसले एकबाट अर्कोमा हुने संक्रमणबीच कति फरक हुन्छ भन्ने कुरा नाप्छ।

    युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसका रोग विशेषज्ञ जेम्स लोयड स्मिथले १५ वर्षअघि यस्तो ‘डिस्पर्सन प्यारामिटर’ विकास गरेका थिए। वैज्ञानिकहरूले भने यही आधारमा कोरोना संक्रमणबारे धेरै कुरा जान्यौं भनेर नठान्न चेतावनी दिएका छन्।

    ‘हामीले सीमित कुरा मात्र बुझिरहेका हुन्छौं,’ स्मिथ भन्छन्।कोरोना फैलिएपछि डा. कुचारस्की र उनका सहयोगीले विभिन्न देशमा भाइरसको प्रभाव नाप्ने कोशिस गरेका थिए। कोरोना रुघाजस्तो मात्र भइदिएको भए फरक-फरक स्थानमा पनि यसको प्रभाव उस्तै र उत्तिकै देखिनेछ भन्ने आशा हुन्थ्यो।

    तर, डा. कुचारस्कीको टोलीले त्यसमा एकदमै विविधता फेला पारे। यो भनेको, अहिलेका कुल संक्रमितमध्ये ८० प्रतिशतलाई जम्मा १० प्रतिशतले कोरोना सल्काएका थिए।डा. कुचारस्की र उनको टोलीको यो रिपोर्ट गत अप्रिलमै प्रकाशित थियो। उनीहरूको रिपोर्ट अन्य वैज्ञानिकले समीक्षा नगरेका भए पनि अरू महामारीविज्ञले गरेको अध्ययनको परिणाम लगभग उस्तै आएको थियो।

    उदाहरणका लागि, जर्जियामा डा. नेल्सनले मार्चदेखि मेसम्म ९ हजार ५ सय जना कोरोना संक्रमितको विश्लेषण गरेकी थिइन्। पाँच फरक काउन्टीमा उनले एक जनाबाट थप कति जनामा संक्रमण फैलियो भनेर अध्ययन गरेकी थिइन्।गत साता प्रकाशित उनको रिपोर्टअनुसार धेरै मानिसलाई एकैपटक संक्रमित पार्ने थुप्रै अवस्था थिए। २० प्रतिशतमा संक्रमण फैलाउनुका पछाडि जम्मा दुई प्रतिशत संक्रमित जिम्मेवार देखिए।

    त्यति थोरै संक्रमितले त्यति धेरै संक्रमण कसरी फैलाइरहेका छन् भन्ने बुझ्न अध्येताहरू लागि परेका छन्।उनीहरू मुख्य तीनवटा प्रश्नको उत्तर खोजिरहेका छन्- यी ‘सुपर स्प्रेडर’ को हुन्? एकसाथ धेरैमा फैलाउने घटना कहिले भएको थियो? र, कहाँ भएको थियो?

    पहिलो प्रश्नका हकमा, चिकित्सहरूले केही संक्रमितका शरीरमा अरूभन्दा धेरै भाइरस वृद्धि हुने र उनीहरूबाट धेरै मानिसमा फैलिन सक्ने स्थिति फेला पारिसकेका छन्। अर्थात्, केही मानिस भाइरसको कारखाना बन्न सक्छन् जसले प्रत्येकपटक सास फेर्दा धेरै भाइरस फ्याँकिरहेका हुन्छन्।

    संक्रमणका मामिलामा मानिसको शारीरिक अवस्थाभन्दा पनि सामाजिक परिस्थितिको भूमिका धेरै हुने डा. नेल्सन बताउँछिन्। डा. लोयड स्मिथ उनका कुरामा सहमति जनाउँछन्, ‘यो भेला र समारोहहरूमा बढी केन्द्रित छ भन्ने लाग्छ।’

    संक्रमित कुन बेला अरू मान्छेको सम्पर्कमा पुगेको छ भन्नेले पनि महत्व राख्छ। कुनै मानिसलाई भाइरस सरेको एक-दुई दिन मात्र भएको छ भने उसमा लक्षण देखिएको हुँदैन। लक्षण नदेखिएका यी दिनमा संक्रमितले अरूसँग सम्पर्क नगरे भाइरस सार्दैन। सम्पर्कमा आएमा अरू धेरैलाई सार्न सक्छ।

    त्यसैगरी धेरै मात्रामा संक्रमण फैलिनुमा ठाउँको भूमिका उत्तिकै हुन्छ। धेरै मान्छे भेला भएका बन्द हल वा कोठामा यो जोखिम बढी पाइएको छ। हल्ला भएका ठाउँमा मान्छे ठूलो स्वरमा कराइरहेका हुन्छन्। यो भिडमा संक्रमित छ भने उसले नखोकी पनि ‘सुपर स्प्रेडर’ बन्न सक्छ। यस्ता कोठामा ताजा हावा निरन्तर प्रवाह हुँदैन भने त्यहाँको वायुमा भाइरस घन्टौं रहिरहन्छ।

    हालै जापानमा भएको अध्ययनअनुसार सबभन्दा धेरै कोरोना भाइरस फैलाउने क्षेत्रहरू स्वास्थ्य सेवाका स्थान, नर्सिङ होम, दिवा स्याहार केन्द्र, रेस्टुरेन्ट, बार र लाइभ कन्सर्टहरू हुन्।

    एकसाथ धेरैमा सर्ने (सुपर स्प्रेडिङ) प्रवृत्तिले नै सायद इटालीमा पहिलोपटक भाइरस देखिएर महामारी भइसक्दाका बीचमा धेरै समय रहेको हुनसक्छ। विज्ञहरूले अन्य मुलुकमा पनि इटालीकै जस्तो प्रवृत्ति देखिएको बताएका छन्। अर्थात्, कुनै ठाउँमा भाइरस पहिल्यै देखा परे पनि हप्तौंपछि मात्र महामारीको रुप लिएको छ।

    धेरै देश तथा राज्यले कोरोना भाइरससँग लड्न ‘लकडाउन’ गरेका छन्। यसले संक्रमण नियन्त्रणमा राख्न सघाएको देखिन्छ। तर, धेरै देश लकडाउन खोल्न तम्सिएका छन्। उनीहरूले सुपर स्प्रेडिङको सम्भावना बिर्सन खोजेजस्तो देखिन्छ, जुन उचित होइन।

    ‘एक साताभित्रै संक्रमण धेरै फैलिएर नियन्त्रणै गर्न नसकिने स्थितिमा पुग्ने सम्भावना छ भन्ने बिर्सनु हुँदैन,’ डा. लोयड स्मिथ भन्छन्।सिंगापुरमा बेलैमा संक्रमित पत्ता लगाएर महामारी सम्भावना टारेको भनेर निकै वाहवाही भएको थियो। तर, वैदेशिक रोजगारीअन्तर्गत आएका धेरै कामदार विशाल हलभित्रै अटाएर बसेका छन् भन्ने उनीहरूले ध्यान दिएनन्। जबकि ती ठाउँ नै ठूलो मात्रामा संक्रमण फैलाउने मुख्य केन्द्र थिए। अब अहिले फेरि चर्किएको भाइरस आतंकबाट मुक्त हुन सिंगापुरले संघर्ष गर्नुपरिरहेको छ।

    सुपर स्प्रेडिङका घटना हुन नदिन ठूला भेला र समारोह रोक्नु नै बुद्धिमानी हुन्छ।’सार्वजनिक गतिविधि नियन्त्रण गर्न सके खतरा पनि कम गर्न सक्नेछौं,’ डा. कुचारस्की भन्छन्।

    (द न्यूयोर्क टाइम्सका लागि कार्ल जिम्मरले लेखेको स्टोरीको भावानुवाद सेतोपाटीबाट साभार)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.