Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

काेराेना महामारीले फेरिएको नरैनापुरको मुहार

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन ३, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भेषराज बस्नेत। गाउँमा एकाएक पक्की सडक र बिजुली बत्ती आएपछि नरैनापुर गाउँपालिका– ५ मटेहिया निवासी केशवराम यादव यतिबेला दङ्ग हुनुहुन्छ । उहाँजस्तै अरु धेरै स्थानीय पनि यो विकास देखेर आश्चर्य र खुशी छन् । “सधैँ निर्वाचनका बेला पक्की सडक र बिजुलीको कुरा हुन्थ्यो, अलिअलि पोल पनि गाडिन्थे तर निर्वाचन सकिएपछि चर्चा हराउँथ्यो पोलमात्र ठडाइएका हुन्थे तर बिजुली बल्दैनथ्यो”, यादवले भन्नुभयो, “यति सजिलैसँग गाउँमा पक्की सडक र बिजुली बत्ती आउला भन्ने मैले सोचेको थिइनँ, कोरोना महामारी चलेका बेला बिजुली र बाटो बनेपछि हामीलाई धेरै खुशी लागेको छ ।”

    वर्षा शुरु हुनासाथ सदरमुकाम नेपालगञ्ज आवतजावत बन्द हुने समस्याको अब अन्त्य भएको छ । गाउँमा सडक र बिजुली बत्ती पुगेपछि नरैनापुरवासीले कोरोना महामारीको त्रास बिर्सिंदै गएको उहाँको भनाइ छ । एक जनाको ज्यान जानेगरी ११८ जनामा कोरोना सङ्क्रमण फैलिएपछि चर्चामा आएको नरैनापुर कोरोना महामारीकै बीचमा सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क हुने पक्की सडक र विद्युत् सेवा पुगेसँगै विकासको पथमा अघि बढेको महसुस भएको छ ।

    जिल्ला सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिका तत्कालीन छ वटा गाविस कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गङ्गापुर मिलेर बनेको हो । गाउँपालिकाको तथ्याङ्कअनुसार कूल १७२.३४ वर्ग किमी क्षेत्रफलमा फैलिएको नरैनापुर गाउँपालिका उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना जोडिएको छ । यहाँको जनसङ्ख्या जम्मा ३४ हजार ९४२ रहेको छ ।

    मुस्लिम र मधेशी समुदायको बसोबास रहेको नरैनापुरका अधिकांश युवा रोजगारका लागि भारतको महाराष्ट्रलगायतका विभिन्न शहरमा जाने गर्दछन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले भारतमा रोजगारीका लागि गएका व्यक्ति धमाधम फर्किएसँगै नरैनापुरमा कोरोनाको महामारी फैलिएको थियो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि बन्दाबन्दी जारी गरिएपछि अधिकांश विकास आयोजना ठप्प भए, तर सुगम जिल्ला बाँकेको दुर्गम क्षेत्रका रुपमा चिनिँदै आएको नरैनापुर गाउँपालिकामा भने वर्षौंदेखि अलपत्र हुलाकी सडक र विद्युतीकरण कार्यले बन्दाबन्दीमै पूर्णता पाएको छ ।

    “विद्युत्का पोलमात्र गाडिएको थियो तर तार तानिएको थिएन । सडक त थियो तर नाम मात्रको । वर्षामा हिलाम्मे भएर हिँड्नै नसकिने र हिउँदमा धुलाम्मे हुन्थ्यो । अस्पताल भवन थियो चिकित्सक थिएनन्”, नरैनापुरको विगतबारे सम्झँदै गाउँपालिका अध्यक्ष इस्तियाह अहमद शाहले भन्नुभयो, “टेलिफोनको टावर थियो तर नेटवर्क थिएन, भारतीय रुपैयाँ बढी चल्थ्यो तर अहिले नरैनापुर फेरिएको छ–सडक, विद्युत्, डाक्टर, बैंक, टेलिफोन, इन्टरनेट सेवा पुगेको छ ।” अध्यक्ष शाहले सडक र विद्युत् पुगेपछि नरैनापुरको मुहार फेरिएको बताउँदै अब स्वास्थ्य, शिक्षा, बैंकिङ सेवा प्रवाहसँगै जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    महामारीसँगै आएको विकास
    नरैनापुरमा ११८ जनामा कोरोना महामारी सङ्क्रमण देखिएपछि र त्यसलगत्तै यही महामारीबाट एक जनाको ज्यान नै गएपछि जेठको दोस्रो सातासम्म बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रबिन्दु बन्न पुग्यो । नरैनापुर गाउँपालिका वडा नं ३ लक्ष्मणपुरमा प्राथमिक स्वास्थ्य संस्थाको सुविधायुक्त भवन भए पनि विद्युत् अभावले कोरोना सङ्क्रमितलाई राख्ने आइसोलेशन केन्द्र बनाउन सकिएन । अस्थायीरुपमा जेनेरेटरमार्फत आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रयास पनि विफल भएपछि वर्षौंदेखिको विद्युत् आयोजनाको काम तत्कालै शुरु गराउनेतर्फ सबैको ध्यान गएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बताउनुभयो ।

    “तत्कालका लागि प्राथमिक स्वास्थ्य केन्द्रसम्म आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युत् तार जडान गर्न माग गरिएको थियो तर पछि नेपाल भारत–सीमा कटकुइँयासम्मै बिजुलीको लाइन तानिएको छ”, स्थानीयवासीसमेत रहनुभएका श्रीवास्तवले भन्नुभयो, “वर्षौंदेखि चर्चा भए पनि हुन नसकेको काम कोरोना महामारी र लकडाउनका बीचमा सम्पन्न भएको छ, यो नरैनापुरवासीका लागि असाध्यै खुशीको कुरा हो ।”

    एकजनाको ज्यान जानेगरी नरैनापुर गाउँपालिकामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएपछि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालन गर्नका लागि विद्युतीकरणमा सबै तहबाट पहल भएपछि अहिले धमाधम विद्युतीकरणको काम सम्भव भएको श्रीवास्तवले बताउनुभयो । नेपालगञ्जबाट राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्युत् लाइन पुगे पनि नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँयामा विद्युत् पुग्न सकेको थिएन ।

    विद्युत् नभएकै कारण अत्यावश्यक स्वास्थ्य सेवा, सञ्चारका साधन प्रयोग गर्नसमेत अनेकन समस्या झेल्नु परिरहेको थियो । प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर विद्युतीकरण विस्तार गरिएपनि स्थानीयको माग र सबैको साथले अन्ततः नेपाल–भारत सीमा सुइयासम्म विद्युत् परीक्षण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पछिल्लो चरणमा राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा दुई हजार ५०० विद्युत् खम्बा गाडेर विद्युतीकरण विस्तार गरिएको होे । हुलाकी सडकमा मात्र नभई अब नरैनापुरका गाउँ गाउँसम्म विद्युत् सेवा पुग्दैछ । विशेषगरी अस्पताललगायतका स्वास्थ्य संस्था, क्वारेन्टिन, सुरक्षा निकाय र बैंक क्षेत्रमा विद्युत् सेवा शुरु गरिसकिएको छ । बन्दाबन्दीको अवधिमा नरैनापुर गाउँपालिका वडा नं ५ मटेहिया चोकदेखि वडा नं १ नेपाल–भारत सीमाक्षेत्र सुइयासम्म १६ किलोमिटरमा ४७० वटा खम्बा गाडिएको ठेकेदार कम्पनी त्रिलोक रेणु कन्सट्रक्सनका प्रतिनिधि त्रिलोक धितालले जानकारी दिनुभयो ।

    नरैनापुर गाउँपालिकाभर विद्युत् वितरणका लागि प्राधिकरणले नरैनापुरमा र कन्सट्रक्सनले मोतिपुर, लक्ष्मणपुर र सुइयामा ५० केभीको ट्रान्सफर्मर जडान गरिएको उहाँले बताउनुभयो । कोरोनाको महामारी र बन्दाबन्दीमा पनि विद्युत् लाइन विस्तारका लागि जोखिम लिएर २१ जना कर्मचारी र मजदूर निरन्तर परिचालन गरिएका हो । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित नरैनापुर गाउँपालिका वडा नं ३ लक्ष्मणपुरका स्थानीय बासिन्दा एवं पूर्व संविधानसभा सदस्य दिनेशचन्द्र यादवले विगतमा ग्रामीण विद्युतीकरण समितिका नाममा काम अल्झिदै आएकाले त्यसलाई स्थगित गरी विद्युत् प्राधिकरणलाई जिम्मा दिएसँगै विद्युतीकरणको कामले सार्थकता पाएको बताउनुभयो ।

    नेकपा केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्रीसमेत रहनुभएका यादवले आफू उक्त क्षेत्रको सांसद हुँदा शुरु गरेको विद्युतीकरणको कामले अहिले पूर्णता पाएकोमा गर्वको अनुभूति भएको बताउँदै अब नरैनापुरवासीले अँध्यारोमा बस्न नपर्ने दाबी गर्नुभयो । नरैनापुरमा कोरोना महामारी फैलिएपछि आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युतीकरण गर्न उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण केसीले पनि निरन्तर चासो देखाउँदै आउनुभएको छ ।

    नेपालगञ्जसँग जोडियो नरैनापुर
    लामो समयदेखि प्रतिक्षामा रहेको नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा शुरु भएको दुईदशक बढी समयपछि निर्माण कार्यसम्पन्न भएसँगै नरैनापुर गाउँपालिका सदरमुकाम नेपालगञ्जसँग जोडिएको छ । करिब २३ वर्षअघिदेखि सडक निर्माणको चर्चा हुँदै आए पनि पटकपटकको अवरोध र अनिश्चितताकाबीच बाँकेकै दुर्गम राप्तीपारि बघौडा क्षेत्रमा अवस्थित नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण कार्य कोरोना महामारीकैबीचमा पूरा भएको छ ।

    राप्ती नदीको बगर र फत्तेपुरमा निर्माणाधीन पुलबाहेक नेपालगञ्ज बसपार्कदेखि नरैनापुरको भारतीय सीमाक्षेत्र कटकुइयाको सुइयासम्म नै कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । राप्ती नदीको बगर र फत्तेपुरमा निर्माणाधीन पुलमा पनि धमाधम काम भइरहेको छ । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा पनि मजदूरको सामाजिक दूरी कायम गर्दै निरन्तर काम गरेका कारण समयमै सम्पन्न भएको सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक तुल्सीराम भण्डारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपालगञ्ज–बघौडा ४४ किलोमिटर सडकमध्ये ३६ किलोमिटर निर्माणसँगै बन्दाबन्दीले काम रोकिएको थियो । रोकिएको कामलाई बन्दाबन्दीको अवधिमा पनि कामलाई सुचारु गरी बाँकी रहेको आठ किलोमिटर सडक पनि मर्मत कार्य सकिएको छ । कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्य अवस्थामा प्रभाव नपर्ने गरी कामको ब्यवस्था मिलाइएको बताउनुभयो । “सामाजिक सुरक्षा र स्वास्थ्यको ख्याल गरी हुलाकी सडक निर्माण गर्ने काम भइइरहेको छ”, केसीले भन्नुभयो, “हाम्रो टिपर, मेसिन, सीमित मजदूर र कर्मचारीबाट सञ्चालन हुने भएकाले लकडाउनको नियमअनुसार अस्थायी क्याम्पमा बसेर काम गर्ने व्यवस्था गरेका हौँ ।”

    बाँकेको नरैनापुर तथा राप्ती सोनारी गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगञ्जसँग जोड्ने यो सडक निर्माण सम्पन्न भएसँगै त्यस क्षेत्रका करिब एक लाख बासिन्दाले वर्षौंदेखि खेप्दै आएको हिलो र धुलोको सास्ती अन्त्य भएको छ । यो सडक निर्माण सम्पन्न भएसँगै बघौडामा सडक पुर्याउने आफ्नो एउटा सपना पनि पूरा भएको यादवले बताउनुभयो ।

    भारत सरकारको सहयोगमा सो सडकको निर्माण कार्य १९ मार्च २०१४ मा सक्नेगरी भारतको जिभिआर इन्फ्र प्रोजेक्ट चेन्नाईले २० सेप्टेम्बर २०११ मा ठेक्का सम्झौता गरेको थियो । करिब तीन प्रतिशत काम गरेर निर्माण कम्पनी भागेका कारण सो सडकको निर्माण कार्य लामो समयदेखि अवरुद्ध बनेको थियो । उक्त सडक २०७२ सालमा तत्कालीन सरकारले सडकको निर्माण नेपालले आफ्नै लगानीमा गर्ने निर्णय गरेर बजेटसमेत विनियोजन गरेपछि सडक निर्माणको काम अगाडि बढेको थियो । पप्पु लुम्बिनी जेभीले रु ६६ करोड छ लाख ३६ हजार ८९० को लागतमा दोब्बर लेनको कालोपत्र सडक निर्माण कार्य शुरु गरेको थियो ।

    उक्त कम्पनीले पनि काममा ढिलासुस्ती गरेपछि पछिल्लोपटक गणपति कन्स्ट्रक्सनले कामको जिम्मेवारी पाएको थियो । निरन्तरको प्रयासले बन्दाबन्दीका समयमा पनि सडक र विद्युत् विस्तारको कामले पूर्णता पाउन सम्भव भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

    उहाँले कोरोना महामारीसँगै नरैनापुरले विकासको गति लिएको बताउँदै अव नरैनापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सहज र सरलरुपमा प्रवाहको लागि पहल थालिएको बताउनुभयो ।

    कोरोनामुक्त नरैनापुर
    कोरोना भाइरसको सङ्क्रमण फैलिएको नरैनापुर गाउँपालिका अहिले कोरोनामुक्त रहेको छ । सङ्क्रमित सबै कोरोनालाई जितेर घरमा सामान्य अवस्थामा दिनचर्या बिताउन थालेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार जेठ १४ गतेयता नरैनापुरमा नयाँ सङ्क्रमित थपिएका छैनन् । जेठ ३१ गतेदेखि सबै सङ्क्रमित आइसोलेशनबाट घर फर्किसकेका छन् । महामारी फैलिएपछि देशकै आकर्षणको केन्द्र बनेर तर्सिएका नरैनापुरवासी अहिले भने ढुक्क छन् । उनीहरुमा अहिले यस सङ्क्रमणबाट कसरी बच्ने भन्ने सामान्य जानकारी पनि भएको पाइएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.