Wednesday, January 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    समताको कथाः मिस पिंक र मिस्टर ब्लुको कथा

    समताको कथाः मिस पिंक र मिस्टर ब्लुको कथा

    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

  • विचार
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

  • कोभिड–१९
  • हाम्रोबारे

Home कोभिड–१९

काेराेना महामारीले फेरिएको नरैनापुरको मुहार

by पत्रपत्रिकाबाट
July 18, 2020
in कोभिड–१९, समाचार
0 0
0
काेराेना महामारीले फेरिएको नरैनापुरको मुहार
0
VIEWS
Share on FacebookShare on TwitterEmail

भेषराज बस्नेत। गाउँमा एकाएक पक्की सडक र बिजुली बत्ती आएपछि नरैनापुर गाउँपालिका– ५ मटेहिया निवासी केशवराम यादव यतिबेला दङ्ग हुनुहुन्छ । उहाँजस्तै अरु धेरै स्थानीय पनि यो विकास देखेर आश्चर्य र खुशी छन् । “सधैँ निर्वाचनका बेला पक्की सडक र बिजुलीको कुरा हुन्थ्यो, अलिअलि पोल पनि गाडिन्थे तर निर्वाचन सकिएपछि चर्चा हराउँथ्यो पोलमात्र ठडाइएका हुन्थे तर बिजुली बल्दैनथ्यो”, यादवले भन्नुभयो, “यति सजिलैसँग गाउँमा पक्की सडक र बिजुली बत्ती आउला भन्ने मैले सोचेको थिइनँ, कोरोना महामारी चलेका बेला बिजुली र बाटो बनेपछि हामीलाई धेरै खुशी लागेको छ ।”

वर्षा शुरु हुनासाथ सदरमुकाम नेपालगञ्ज आवतजावत बन्द हुने समस्याको अब अन्त्य भएको छ । गाउँमा सडक र बिजुली बत्ती पुगेपछि नरैनापुरवासीले कोरोना महामारीको त्रास बिर्सिंदै गएको उहाँको भनाइ छ । एक जनाको ज्यान जानेगरी ११८ जनामा कोरोना सङ्क्रमण फैलिएपछि चर्चामा आएको नरैनापुर कोरोना महामारीकै बीचमा सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क हुने पक्की सडक र विद्युत् सेवा पुगेसँगै विकासको पथमा अघि बढेको महसुस भएको छ ।

जिल्ला सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिका तत्कालीन छ वटा गाविस कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गङ्गापुर मिलेर बनेको हो । गाउँपालिकाको तथ्याङ्कअनुसार कूल १७२.३४ वर्ग किमी क्षेत्रफलमा फैलिएको नरैनापुर गाउँपालिका उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना जोडिएको छ । यहाँको जनसङ्ख्या जम्मा ३४ हजार ९४२ रहेको छ ।

मुस्लिम र मधेशी समुदायको बसोबास रहेको नरैनापुरका अधिकांश युवा रोजगारका लागि भारतको महाराष्ट्रलगायतका विभिन्न शहरमा जाने गर्दछन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले भारतमा रोजगारीका लागि गएका व्यक्ति धमाधम फर्किएसँगै नरैनापुरमा कोरोनाको महामारी फैलिएको थियो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि बन्दाबन्दी जारी गरिएपछि अधिकांश विकास आयोजना ठप्प भए, तर सुगम जिल्ला बाँकेको दुर्गम क्षेत्रका रुपमा चिनिँदै आएको नरैनापुर गाउँपालिकामा भने वर्षौंदेखि अलपत्र हुलाकी सडक र विद्युतीकरण कार्यले बन्दाबन्दीमै पूर्णता पाएको छ ।

“विद्युत्का पोलमात्र गाडिएको थियो तर तार तानिएको थिएन । सडक त थियो तर नाम मात्रको । वर्षामा हिलाम्मे भएर हिँड्नै नसकिने र हिउँदमा धुलाम्मे हुन्थ्यो । अस्पताल भवन थियो चिकित्सक थिएनन्”, नरैनापुरको विगतबारे सम्झँदै गाउँपालिका अध्यक्ष इस्तियाह अहमद शाहले भन्नुभयो, “टेलिफोनको टावर थियो तर नेटवर्क थिएन, भारतीय रुपैयाँ बढी चल्थ्यो तर अहिले नरैनापुर फेरिएको छ–सडक, विद्युत्, डाक्टर, बैंक, टेलिफोन, इन्टरनेट सेवा पुगेको छ ।” अध्यक्ष शाहले सडक र विद्युत् पुगेपछि नरैनापुरको मुहार फेरिएको बताउँदै अब स्वास्थ्य, शिक्षा, बैंकिङ सेवा प्रवाहसँगै जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महामारीसँगै आएको विकास
नरैनापुरमा ११८ जनामा कोरोना महामारी सङ्क्रमण देखिएपछि र त्यसलगत्तै यही महामारीबाट एक जनाको ज्यान नै गएपछि जेठको दोस्रो सातासम्म बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रबिन्दु बन्न पुग्यो । नरैनापुर गाउँपालिका वडा नं ३ लक्ष्मणपुरमा प्राथमिक स्वास्थ्य संस्थाको सुविधायुक्त भवन भए पनि विद्युत् अभावले कोरोना सङ्क्रमितलाई राख्ने आइसोलेशन केन्द्र बनाउन सकिएन । अस्थायीरुपमा जेनेरेटरमार्फत आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रयास पनि विफल भएपछि वर्षौंदेखिको विद्युत् आयोजनाको काम तत्कालै शुरु गराउनेतर्फ सबैको ध्यान गएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बताउनुभयो ।

“तत्कालका लागि प्राथमिक स्वास्थ्य केन्द्रसम्म आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युत् तार जडान गर्न माग गरिएको थियो तर पछि नेपाल भारत–सीमा कटकुइँयासम्मै बिजुलीको लाइन तानिएको छ”, स्थानीयवासीसमेत रहनुभएका श्रीवास्तवले भन्नुभयो, “वर्षौंदेखि चर्चा भए पनि हुन नसकेको काम कोरोना महामारी र लकडाउनका बीचमा सम्पन्न भएको छ, यो नरैनापुरवासीका लागि असाध्यै खुशीको कुरा हो ।”

RelatedPosts

पार्टी एकताको बाधक ओली हुन् – वामदेव गौतम

पार्टी एकताको बाधक ओली हुन् – वामदेव गौतम

January 27, 2021
51
मंगलबारः दमनको आलोचनादेखि ‘व्यवस्थासँग बदला लिन संसद विघटन’सम्म

मंगलबारः दमनको आलोचनादेखि ‘व्यवस्थासँग बदला लिन संसद विघटन’सम्म

January 27, 2021
15
डा. चन्द्र लक्सम्वाप्रति हार्दिक श्रद्धाञ्जलि

डा. चन्द्र लक्सम्वाप्रति हार्दिक श्रद्धाञ्जलि

January 27, 2021
13
आयोगको निर्णय : ४४१ केन्द्रीय सदस्य सत्य, अरु सबै हल्ला

आयोगको निर्णय : ४४१ केन्द्रीय सदस्य सत्य, अरु सबै हल्ला

January 27, 2021
105

एकजनाको ज्यान जानेगरी नरैनापुर गाउँपालिकामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएपछि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालन गर्नका लागि विद्युतीकरणमा सबै तहबाट पहल भएपछि अहिले धमाधम विद्युतीकरणको काम सम्भव भएको श्रीवास्तवले बताउनुभयो । नेपालगञ्जबाट राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्युत् लाइन पुगे पनि नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँयामा विद्युत् पुग्न सकेको थिएन ।

विद्युत् नभएकै कारण अत्यावश्यक स्वास्थ्य सेवा, सञ्चारका साधन प्रयोग गर्नसमेत अनेकन समस्या झेल्नु परिरहेको थियो । प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर विद्युतीकरण विस्तार गरिएपनि स्थानीयको माग र सबैको साथले अन्ततः नेपाल–भारत सीमा सुइयासम्म विद्युत् परीक्षण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो चरणमा राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा दुई हजार ५०० विद्युत् खम्बा गाडेर विद्युतीकरण विस्तार गरिएको होे । हुलाकी सडकमा मात्र नभई अब नरैनापुरका गाउँ गाउँसम्म विद्युत् सेवा पुग्दैछ । विशेषगरी अस्पताललगायतका स्वास्थ्य संस्था, क्वारेन्टिन, सुरक्षा निकाय र बैंक क्षेत्रमा विद्युत् सेवा शुरु गरिसकिएको छ । बन्दाबन्दीको अवधिमा नरैनापुर गाउँपालिका वडा नं ५ मटेहिया चोकदेखि वडा नं १ नेपाल–भारत सीमाक्षेत्र सुइयासम्म १६ किलोमिटरमा ४७० वटा खम्बा गाडिएको ठेकेदार कम्पनी त्रिलोक रेणु कन्सट्रक्सनका प्रतिनिधि त्रिलोक धितालले जानकारी दिनुभयो ।

नरैनापुर गाउँपालिकाभर विद्युत् वितरणका लागि प्राधिकरणले नरैनापुरमा र कन्सट्रक्सनले मोतिपुर, लक्ष्मणपुर र सुइयामा ५० केभीको ट्रान्सफर्मर जडान गरिएको उहाँले बताउनुभयो । कोरोनाको महामारी र बन्दाबन्दीमा पनि विद्युत् लाइन विस्तारका लागि जोखिम लिएर २१ जना कर्मचारी र मजदूर निरन्तर परिचालन गरिएका हो । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित नरैनापुर गाउँपालिका वडा नं ३ लक्ष्मणपुरका स्थानीय बासिन्दा एवं पूर्व संविधानसभा सदस्य दिनेशचन्द्र यादवले विगतमा ग्रामीण विद्युतीकरण समितिका नाममा काम अल्झिदै आएकाले त्यसलाई स्थगित गरी विद्युत् प्राधिकरणलाई जिम्मा दिएसँगै विद्युतीकरणको कामले सार्थकता पाएको बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्रीसमेत रहनुभएका यादवले आफू उक्त क्षेत्रको सांसद हुँदा शुरु गरेको विद्युतीकरणको कामले अहिले पूर्णता पाएकोमा गर्वको अनुभूति भएको बताउँदै अब नरैनापुरवासीले अँध्यारोमा बस्न नपर्ने दाबी गर्नुभयो । नरैनापुरमा कोरोना महामारी फैलिएपछि आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युतीकरण गर्न उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण केसीले पनि निरन्तर चासो देखाउँदै आउनुभएको छ ।

नेपालगञ्जसँग जोडियो नरैनापुर
लामो समयदेखि प्रतिक्षामा रहेको नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा शुरु भएको दुईदशक बढी समयपछि निर्माण कार्यसम्पन्न भएसँगै नरैनापुर गाउँपालिका सदरमुकाम नेपालगञ्जसँग जोडिएको छ । करिब २३ वर्षअघिदेखि सडक निर्माणको चर्चा हुँदै आए पनि पटकपटकको अवरोध र अनिश्चितताकाबीच बाँकेकै दुर्गम राप्तीपारि बघौडा क्षेत्रमा अवस्थित नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण कार्य कोरोना महामारीकैबीचमा पूरा भएको छ ।

राप्ती नदीको बगर र फत्तेपुरमा निर्माणाधीन पुलबाहेक नेपालगञ्ज बसपार्कदेखि नरैनापुरको भारतीय सीमाक्षेत्र कटकुइयाको सुइयासम्म नै कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । राप्ती नदीको बगर र फत्तेपुरमा निर्माणाधीन पुलमा पनि धमाधम काम भइरहेको छ । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा पनि मजदूरको सामाजिक दूरी कायम गर्दै निरन्तर काम गरेका कारण समयमै सम्पन्न भएको सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक तुल्सीराम भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज–बघौडा ४४ किलोमिटर सडकमध्ये ३६ किलोमिटर निर्माणसँगै बन्दाबन्दीले काम रोकिएको थियो । रोकिएको कामलाई बन्दाबन्दीको अवधिमा पनि कामलाई सुचारु गरी बाँकी रहेको आठ किलोमिटर सडक पनि मर्मत कार्य सकिएको छ । कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्य अवस्थामा प्रभाव नपर्ने गरी कामको ब्यवस्था मिलाइएको बताउनुभयो । “सामाजिक सुरक्षा र स्वास्थ्यको ख्याल गरी हुलाकी सडक निर्माण गर्ने काम भइइरहेको छ”, केसीले भन्नुभयो, “हाम्रो टिपर, मेसिन, सीमित मजदूर र कर्मचारीबाट सञ्चालन हुने भएकाले लकडाउनको नियमअनुसार अस्थायी क्याम्पमा बसेर काम गर्ने व्यवस्था गरेका हौँ ।”

बाँकेको नरैनापुर तथा राप्ती सोनारी गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगञ्जसँग जोड्ने यो सडक निर्माण सम्पन्न भएसँगै त्यस क्षेत्रका करिब एक लाख बासिन्दाले वर्षौंदेखि खेप्दै आएको हिलो र धुलोको सास्ती अन्त्य भएको छ । यो सडक निर्माण सम्पन्न भएसँगै बघौडामा सडक पुर्याउने आफ्नो एउटा सपना पनि पूरा भएको यादवले बताउनुभयो ।

भारत सरकारको सहयोगमा सो सडकको निर्माण कार्य १९ मार्च २०१४ मा सक्नेगरी भारतको जिभिआर इन्फ्र प्रोजेक्ट चेन्नाईले २० सेप्टेम्बर २०११ मा ठेक्का सम्झौता गरेको थियो । करिब तीन प्रतिशत काम गरेर निर्माण कम्पनी भागेका कारण सो सडकको निर्माण कार्य लामो समयदेखि अवरुद्ध बनेको थियो । उक्त सडक २०७२ सालमा तत्कालीन सरकारले सडकको निर्माण नेपालले आफ्नै लगानीमा गर्ने निर्णय गरेर बजेटसमेत विनियोजन गरेपछि सडक निर्माणको काम अगाडि बढेको थियो । पप्पु लुम्बिनी जेभीले रु ६६ करोड छ लाख ३६ हजार ८९० को लागतमा दोब्बर लेनको कालोपत्र सडक निर्माण कार्य शुरु गरेको थियो ।

उक्त कम्पनीले पनि काममा ढिलासुस्ती गरेपछि पछिल्लोपटक गणपति कन्स्ट्रक्सनले कामको जिम्मेवारी पाएको थियो । निरन्तरको प्रयासले बन्दाबन्दीका समयमा पनि सडक र विद्युत् विस्तारको कामले पूर्णता पाउन सम्भव भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

उहाँले कोरोना महामारीसँगै नरैनापुरले विकासको गति लिएको बताउँदै अव नरैनापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सहज र सरलरुपमा प्रवाहको लागि पहल थालिएको बताउनुभयो ।

कोरोनामुक्त नरैनापुर
कोरोना भाइरसको सङ्क्रमण फैलिएको नरैनापुर गाउँपालिका अहिले कोरोनामुक्त रहेको छ । सङ्क्रमित सबै कोरोनालाई जितेर घरमा सामान्य अवस्थामा दिनचर्या बिताउन थालेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ १४ गतेयता नरैनापुरमा नयाँ सङ्क्रमित थपिएका छैनन् । जेठ ३१ गतेदेखि सबै सङ्क्रमित आइसोलेशनबाट घर फर्किसकेका छन् । महामारी फैलिएपछि देशकै आकर्षणको केन्द्र बनेर तर्सिएका नरैनापुरवासी अहिले भने ढुक्क छन् । उनीहरुमा अहिले यस सङ्क्रमणबाट कसरी बच्ने भन्ने सामान्य जानकारी पनि भएको पाइएको छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago
5
प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago
0

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.