Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बादल समूहको गोप्य भेला : दुर्घटना टार्न ओलीतिर, बिग्रह भइहाले प्रचण्डलाई साथ !

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन १७, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्तिसंघर्ष चर्किएपछि विभिन्न समूहहरू आ(आफ्नो भेलामा जुटेर रणनीति तय गर्न थालेका छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटार, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार, वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर, उपाध्यक्ष वामदेव गौतम निवास भैँसेपाटी मात्र नभएर गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’को सरकारी क्वार्टर पुल्चोक पनि गुटगत भेलाका अड्डा बनिरहेका छन् ।

    बिहीवार बादलले आफूपक्षीय २६ जना नेता बोलाएर नेकपाभित्र देखिएको संकट र समाधानका उपायहरू बारे चर्चा गरे । गोप्य भनिएको भेलाका बारेमा धेरैजसो सञ्चारमाध्यमहरूले शुक्रवार मात्र थाहा पाएका थिए ।

    भेलामा सहभागी नेकपाका एक केन्द्रीय सदस्यले भेलामा बादलले आफ्नो पोजिसन प्रस्ट पार्न खोजेको जानकारी दिए । उनले लोकान्तरसँग भने, ‘नेकपाभित्रको आन्तरिक समीकरणका बारेमा हाम्रो पोजिसन के हो भन्ने बारेमा बादल कमरेडले ब्रिफिङ गर्नुभएको थियो ।’

    भेलामा बादलले ओलीलाई बहुमतले निर्णय गरेर हटाउन सकिने तर त्यो उपयुक्त निकास नभएको चर्चा गरेका थिए ।

    ‘ओलीलाई बहुमतबाट निकाल्न सकिन्छ,’ बादलको भनाइ उद्धृत गर्दै ती केन्द्रीय कमिटी सदस्यले भने, ‘बहुमतले हटाउन खोजे संसद विघटन गर्ने, मध्यावधि निर्वाचन गर्ने, राष्ट्रपति शासन लगाउने जस्ता कामहरू हुन सक्छन्, त्यो झन् प्रत्युत्पादक हुन्छ ।’

    राजनीतिक वृत्तमा यतिबेला बादल ओली समूहमा कि प्रचण्ड समूहमा भनेर प्रश्न उठिरहेको छ ।ती नेताले लोकान्तरसँग भने, ‘पार्टीभित्रै पनि बादलको समूह एकातिर भइदिएहुन्थ्यो भनेर धेरै नेता कार्यकर्ताहरूले भनेका छन् । हामीलाई ढुलमुले भन्न शुरू गरेका छन्, तर यथार्थ के हो भने हामीसँग भएको शक्तिले पार्टी फुटाउन पनि सकिन्न, फुट्न लाग्यो भने जोड्न पनि सकिन्न, पार्टीलाई एक बनाइराख्न हामी सकारात्मक प्रयत्न गरिरहने छौं ।’

    बादलले आफूसँग भएको शक्ति एकता र फुट दुवैका लागि पर्याप्त नभएपनि निर्णायक हुन सक्ने बताएका थिए । उनले भेलामा एमसीसीको पनि प्रसंग उठाए ।’प्रधानमन्त्रीले एमसीसी जसरी पनि पास गर्नुपर्छ भनेर लागेका छन्, त्यो बेठीक छ । अन्य कतिपय कुराहरू प्रधानमन्त्रीका प्रतिगमनकारी देखिन्छन्, यी विषयमा हामीले ओलीलाई साथ दिन सकिन्न,’ उनले भेलामा भनेका थिए ।

    बादलले पार्टी एक भएर अघि बढ्ने शर्तमा प्रधानमन्त्रीको राजीनामा नमाग्ने, तर फुटेर जाने स्थितिमा प्रतिगमनकारीको पछि नलाग्ने बताएका थिए ।’अहिलेको अवस्थामा ओलीको सोचलाई प्रतिगमनकारी र प्रचण्ड-माधवको सोचलाई यथास्थितिवादी भनेर भन्न मिल्छ,’ बादलको भनाइको थप व्याख्या गर्दै अर्का एक नेताले भने, ‘पार्टी फुटेर अलग हुने स्थितिमा हामी प्रतिगमनकारी सोच बोकेर हिँड्नेहरूसँग जान सक्दैनौं ।’

    बादलले भेलामा आफ्नो समूहलाई नेकपाभित्रको अग्रगमनकारी समूह भएको दाबी गरेका थिए ।मोहन वैद्यको पार्टी छाडेर प्रचण्डले नेतृत्व गरेको तत्कालीन माओवादी केन्द्रमा फर्किएका अधिकांश नेता भेलामा सहभागी थिए ।

    बादलको ब्रिफिङ सुनिसकेपछि अधिकांश नेताहरूले निर्णायक अवस्थामा पूर्व माओवादी धारमै रहनुपर्ने सुझाव दिएको स्रोतको दाबी छ । लोकान्तर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.