Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड १९ बारे भ्रामक सूचना प्रवाह गर्ने विश्वका सबैभन्दा अगुवा डोनाल्ड ट्रम्प हुन् – कर्नेल युनिभर्सिटी

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज १६, २०७७
- कोभिड–१९, मुख्य समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    डोनाल्ड ट्रम्प महामारीको क्रममा कोभिड १९ बारे भ्रामक सूचना प्रवाह गर्ने विश्वका सबैभन्दा अगुवा थिए, कर्नेल युनिभर्सिटीले गरेको एक अध्ययनले बिहीबार बताएको छ।

    यस अध्ययनलाई शुक्रबार बिहान ट्रम्पले ‘आफैं र प्रथम महिला मेलानिया ट्रम्पसमेत पोजिटिभ देखिएको’ बारे ट्वीट गर्नु अघि प्रसारित गरिएको थियो। समाचारमा भनिएको छ- यो अक्टोबर महिनाको पहिलो आश्चर्यजनक समाचार हो। तर यो नवम्वर ३ महिनाको चुनावी रणनीतिलाई ओझेल पार्न नभनेका हुनसक्छन्।

    भ्रामक समाचार प्रवाहित गर्नेमा को को छन् भन्ने पत्ता लाउन कर्नेल एलायन्स फर साइन्सको एक टोलीले यस वर्षको जनवरी १ देखि मइ २६ बीचमा अङ्ग्रेजी भाषामा प्रकासित ३ करोड ८० लाख लेखहरुको अध्ययन गरेको थियो।

    त्यो टोलीको डाटाबेसले संयुक्त राज्य अमेरिका, ब्रिटेन, भारत, आयरल्याण्ड, अष्ट्रेलिया, न्यूजील्याण्ड र अन्य अफ्रिकी र एशियाली राष्ट्रहरू जस्ता देशहरूबाट प्रकासित सबै सूचनालाई भण्डारण गरेको थियो।

    उनीहरूले ५,२२,४७२ समाचार लेखहरू पहिचान गरेका थिए। जुन लेखहरु कोरोनाभाइरस महामारीसम्बन्धी गलत सूचना पुनप्रसारण वा बढाइचढाइ गरिएका, वा विश्व स्वास्थ्य संगठनले “इन्फोडेमिक” भनिएका थिए।

    यिनीहरूलाई ११ मुख्य उप-विषयहरूमा वर्गीकृत गरिएको थियो जसमा षडयन्त्र सिद्धान्तदेखि लिएर शीर्ष वैज्ञानिक एन्थोनी फौसीमाथि आक्रमण गरिएका र चीनले भाइरसलाई जैविक हतियार बनाएका कुरा समेत थिए।

    तर सबभन्दा लोकप्रिय विषय “रामवाण उपचारहरू” बारे थिए। यस्ता वाहियात कुरा २,९५,३५१ लेखमा देखा परेका थिए। यति संख्या त अन्य १० वटा शीर्षकहरूका लेखहरु जोड्दा पनि पुगेन।

    अनुसन्धाताको ठम्याइ छ कि राष्ट्रपति ट्रम्पले दिएका टिप्पणीहरूमा “रामवाण उपचार” को विषयले प्रमुख स्थान ओगटेको थियो। उनको अप्रिल २ मा गरिएको प्रेस भेटघाटमा भनेका कुराले त विश्व नै चकित परेको थियो। त्यसबेला उनले भनेका थिए– कोरोनाभाइरसलाई निको पार्न शरीरभित्र कीटाणुनाशकहरूको प्रयोग गर्न सकिन्छ।

    त्यस्तै सनसनीखेज भनाइ आएका थिए जब उनले हाइड्रोक्सीक्लोरोक्वाइन जस्तो अप्रमाणित उपचारलाई प्रबर्द्धन गरे।

    “त्यसकारण संयुक्त राज्यका राष्ट्रपति सम्भवतः कोभिड १९ को भ्रामक सूचना प्रवाह गर्ने वा ‘इन्फोडेमिक’ को सबैभन्दा अगुवा हुन्–हामी निष्कर्षमा पुगेका छौं”  कर्नेल विश्वविद्यालयका अनुसान्धाता टोलीले भनेको छ।

    विभिन्न एजेन्सीको सहयोगमा।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

      विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

      nepal_readers
      पुस २६, २०७९

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २...

      कोभिड-१९ उत्पत्तिबारे अमेरिकाको राजनीति भन्दा वैज्ञानिक खोजमा विश्वास गरौँ

      कोभिड-१९ उत्पत्तिबारे अमेरिकाको राजनीति भन्दा वैज्ञानिक खोजमा विश्वास गरौँ

      सहयोगीबाट
      कार्तिक १, २०७८

      कोभिड –१९ कहाँबाट आयो? यो प्रश्न अहिले सबैभन्दा ठूलो रहस्य भएको छ, किनकि यसको उत्पत्ति अझै पनि अनुत्तरित छ। यो...

      ‘डेल्टा भेरियन्ट’ – युरोपेली सिमा प्रतिबन्ध गर्ने विषयमा युरोपेलीहरु बिभाजित

      ‘डेल्टा भेरियन्ट’ – युरोपेली सिमा प्रतिबन्ध गर्ने विषयमा युरोपेलीहरु बिभाजित

      सहयोगीबाट
      असार १७, २०७८

      बेलायतमा भारतीय स्वरुपको कोरोना भाईरस(डेल्टा भरियन्ट) फैलिँदै गएका बेला बेलायतीहरुलाई युरोपेली युनियन ९ईयु० का सदस्य राष्ट्रमा प्रतिबन्ध गर्ने विषयमा ईयु...

      बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

      बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

      उमाईर हाक
      असार ७, २०७८

      केहि अन्धकार । मूर्ख शासक र खतरनाक बेलायत डुब्दै छ । यस्तो सँधै हुँदैन । यी दिनहरू सधैं आउँदैनन् ?...

      भ्याक्सिन लगाएकै मानिस संक्रमित भए पनि आश्चर्य नमान्नुस्

      महामारी नियन्त्रणको बाधक ‘खोप विभेद’, यस्तो छ नालीबेली

      सहयोगीबाट
      असार ३, २०७८

      विश्व स्वास्थ्य संगठनले धेरै अगाडिदेखि नै भन्दै आएको छ कि कोरोना भाइरस महामारी नियन्त्रणका लागि सबैलाई खोप दिनु अनिवार्य छ...

      भाइरस शास्त्रीहरुले कुनै नयाँ संक्रमणको उद्भव कसरी पत्ता लगाउँछन्

      भाइरस शास्त्रीहरुले कुनै नयाँ संक्रमणको उद्भव कसरी पत्ता लगाउँछन्

      मेरलि जे रोगिनिक
      असार ३, २०७८

      हरेक समय जब कुनै ठूलो विनासकारी रोग देखा पर्छ तब वैज्ञानिकहरु तथा आम जनसमुदायको एउटै जिज्ञासा हुन्छ – ‘कहाँबाट आयो...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.