डोनाल्ड ट्रम्प महामारीको क्रममा कोभिड १९ बारे भ्रामक सूचना प्रवाह गर्ने विश्वका सबैभन्दा अगुवा थिए, कर्नेल युनिभर्सिटीले गरेको एक अध्ययनले बिहीबार बताएको छ।
यस अध्ययनलाई शुक्रबार बिहान ट्रम्पले ‘आफैं र प्रथम महिला मेलानिया ट्रम्पसमेत पोजिटिभ देखिएको’ बारे ट्वीट गर्नु अघि प्रसारित गरिएको थियो। समाचारमा भनिएको छ- यो अक्टोबर महिनाको पहिलो आश्चर्यजनक समाचार हो। तर यो नवम्वर ३ महिनाको चुनावी रणनीतिलाई ओझेल पार्न नभनेका हुनसक्छन्।
भ्रामक समाचार प्रवाहित गर्नेमा को को छन् भन्ने पत्ता लाउन कर्नेल एलायन्स फर साइन्सको एक टोलीले यस वर्षको जनवरी १ देखि मइ २६ बीचमा अङ्ग्रेजी भाषामा प्रकासित ३ करोड ८० लाख लेखहरुको अध्ययन गरेको थियो।
त्यो टोलीको डाटाबेसले संयुक्त राज्य अमेरिका, ब्रिटेन, भारत, आयरल्याण्ड, अष्ट्रेलिया, न्यूजील्याण्ड र अन्य अफ्रिकी र एशियाली राष्ट्रहरू जस्ता देशहरूबाट प्रकासित सबै सूचनालाई भण्डारण गरेको थियो।
उनीहरूले ५,२२,४७२ समाचार लेखहरू पहिचान गरेका थिए। जुन लेखहरु कोरोनाभाइरस महामारीसम्बन्धी गलत सूचना पुनप्रसारण वा बढाइचढाइ गरिएका, वा विश्व स्वास्थ्य संगठनले “इन्फोडेमिक” भनिएका थिए।
यिनीहरूलाई ११ मुख्य उप-विषयहरूमा वर्गीकृत गरिएको थियो जसमा षडयन्त्र सिद्धान्तदेखि लिएर शीर्ष वैज्ञानिक एन्थोनी फौसीमाथि आक्रमण गरिएका र चीनले भाइरसलाई जैविक हतियार बनाएका कुरा समेत थिए।
तर सबभन्दा लोकप्रिय विषय “रामवाण उपचारहरू” बारे थिए। यस्ता वाहियात कुरा २,९५,३५१ लेखमा देखा परेका थिए। यति संख्या त अन्य १० वटा शीर्षकहरूका लेखहरु जोड्दा पनि पुगेन।
अनुसन्धाताको ठम्याइ छ कि राष्ट्रपति ट्रम्पले दिएका टिप्पणीहरूमा “रामवाण उपचार” को विषयले प्रमुख स्थान ओगटेको थियो। उनको अप्रिल २ मा गरिएको प्रेस भेटघाटमा भनेका कुराले त विश्व नै चकित परेको थियो। त्यसबेला उनले भनेका थिए– कोरोनाभाइरसलाई निको पार्न शरीरभित्र कीटाणुनाशकहरूको प्रयोग गर्न सकिन्छ।
त्यस्तै सनसनीखेज भनाइ आएका थिए जब उनले हाइड्रोक्सीक्लोरोक्वाइन जस्तो अप्रमाणित उपचारलाई प्रबर्द्धन गरे।
“त्यसकारण संयुक्त राज्यका राष्ट्रपति सम्भवतः कोभिड १९ को भ्रामक सूचना प्रवाह गर्ने वा ‘इन्फोडेमिक’ को सबैभन्दा अगुवा हुन्–हामी निष्कर्षमा पुगेका छौं” कर्नेल विश्वविद्यालयका अनुसान्धाता टोलीले भनेको छ।
विभिन्न एजेन्सीको सहयोगमा।