Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीन अमेरिकालाई हराउन चाहन्छ, पुँजीवादलाई होइन

फिलिप स्टिफन्स फिलिप स्टिफन्स
साउन १८, २०७७
- समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वर्तमानलाई बुझ्न हामी जहिले पनि अतीततर्फ नियाल्ने गर्छौँ। केही अघिसम्म अमेरिका र चीनबीचको प्रतिद्वन्द्वितालाई व्याख्या गर्न प्राचीन ग्रिसका एक विद्वानको सहारा लिने प्रचलन थियो। एथेन्सका ती इतिहासकार थुसाइडिडसले प्रभुत्वशाली शक्ति र उदाउँदो शक्तिबीच द्वन्द्व अवश्यंभावी हुने बताएका थिए। अहिले अमेरिका–चीन द्वन्द्वको तुलना सोभियत कम्युनिज्मसँग पश्चिमाहरुको लडाइँ, अर्थात् शीतयुद्धसँग हुने गरेको छ। हेर्दा उस्तै लागेपनि यो तुलना उतिसारो मेल खाँदैन।

    शीतयुद्धको ढोल सबैभन्दा चर्कोगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बजाइरहेको छ। त्यसको कारण बुझ्न सजिलो पनि छ। ट्रम्प सोच्छन्– यतिबेला बेइजिङविरुद्ध जति चर्को अडान लियो, नोभेम्बरको राष्ट्रपतीय निर्वाचनमा त्यति नै धेरै भोट आउँछ। केही समयअघि मात्रै उनी चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गरेको गुड्डी हाँकिरहेका थिए। अहिले ट्रम्पको ह्वाइट हाउस हरेक मोर्चामा बेइजिङको निन्दा गरिरहेको छ। किनभने अमेरिका आफ्ना मित्रराष्ट्रहरुलाई पनि चीनविरुद्ध उभ्याउन चाहन्छ। त्यसका लागि सोभियत कम्युनिज्मलाई हराउने पश्चिमको संकल्पसँग तुलना गर्नुभन्दा उत्तम उपाय अरु के हुन सक्छ र१ तर, यो तुलना इतिहासप्रति जति बेपरवाह छ, अहिलेको भूराजनीतिप्रति पनि उति नै बेखबर छ।

    अमेरिकी प्रशासनको अज्ञानताको तुलना कसैसँग हुन सक्दैन। त्यही अज्ञानता गत साता अमेरिकी विदेशमन्त्री माइक पम्पियोको भाषणमा झल्किन्थ्यो। स्पष्टतः उनी बेइजिङविरुद्ध समग्र पश्चिमी विश्वलाई एकठाउँमा उभ्याउन चाहन्थे। ‘कम्युनिस्ट चीन र स्वतन्त्र विश्वको भविष्य’ बारे अशुभ भविष्यवाणी गर्दै पम्पियोले राष्ट्रपति रिचर्ड निक्सनले चीनप्रति लिएको ‘खुलापन’ को नीति असफल भएको दाबी गरे।

    सन् १९४० को दशकमा जर्ज केननको सोभियत संघसम्बन्धी विस्तृत लेखनले ‘ट्रुम्यान डक्ट्रिन’ भनेर चिनिने अमेरिकी विदेश नीति तयार गर्न प्रेरित गरेको थियो। जसअनुसार सोभियत संघलाई ‘नियन्त्रण’ गर्ने नीति अमेरिकाले अपनाएको थियो। सायद आफूलाई वर्तमानको केनन ठानेर हुनसक्छ, पम्पियोले घोषणा गरे– ‘ चिनियाँ कम्युनिस्ट पार्टीबाट हाम्रो स्वतन्त्रको रक्षा गर्नु हाम्रो समयको मिसन हो।’

    निश्चय नै केननले अमेरिकाको शीतयुद्धकालीन विदेशनीतिको ढाँचा तयार गरेका थिए। तर, पम्पियोको भाषणबाट के स्पष्ट हुन्छ भने केननले मस्कोबाट लेखेको प्रसिद्ध ‘लङ टेलिग्राम’ उनले पढेकै छैनन्। त्यतिमात्र होइन, सन् १९७१ मा निक्सनले बेइजिङसँग सम्बन्ध बढाउन जिम्मेवार, कुनै समय गोप्य राखिएको नीति पत्र पनि उनले पढेका छैनन्।

    पम्पियोको बुझाइअनुसार निक्सनको उदेश्य माओ नेतृत्वको चीनलाई पश्चिमा लोकतान्त्रिक खेमामा ल्याउनु थियो। त्यही आधारमा उनले अहिले भने, ‘खुलापनको त्यो नीति असफल भयो भनेर सबैले स्वीकार्ने बेला यही हो।’

    तर, निक्सनका दूत हेनरी किसिन्जर र चिनियाँ प्रधानमन्त्री चाउ एनलाईबीचको वार्ताको अभिलेखले अर्कै कथा भन्छ। किसिन्जर अत्यन्त यथार्थवादी व्यक्ति थिए। कूटनीतिको बाटो मूल्यमान्यताले छेकेको उनी फिटिक्कै मन पराउँदैनथे। स्वतन्त्रताको मुद्दालाई अघि बढाउन किसिन्जरले कुनै प्रयास गरेनन्। उनको सीधा र स्पष्ट उदेश्य एउटा मात्रै थियो– मस्कोलाई एक्ल्याउनु।

    त्यसैगरी, सी नेतृत्वको चीनको महत्वाकांक्षा र सोभियतसंघको महत्वकांक्षाबीच समानता देखाउन खोज्नु पनि गलत हो। शीतयुद्ध दुई व्यवस्थाबीचको संघर्ष थियो। अहिले चीन र अमेरिकाबीचको प्रतिद्वन्द्विता दुई राज्यबीचको प्रतिस्पर्धा हो।

    चिनियाँ सत्तासँग ठुल्ठूला महत्वाकांक्षा छन्। चीन अमेरिकालाई पश्चिमी प्रशान्त महासागरभन्दा पर धकेल्न चाहन्छ। ऊ पूर्वी एसियामा प्रभुत्व स्थापित गर्न चाहन्छ। चीनको दीर्घकालीन उदेश्य संसारको सबैभन्दा शक्तिशाली मुलुकको स्थानबाट अमेरिकालाई विस्थापित गर्नु नै हो। तर, सोभियत संघको उदेश्यबारे केननको लेखलाई उधृत गर्नुपर्दा बेइजिङ पुँजीवादलाई संसारबाटै परास्त गर्ने प्रयासमा छैन।

    उतिबेला मस्कोले वैकल्पिक समाज व्यवस्था निर्माणको बाटो विश्वसामु प्रस्तुत गरेको थियो। सोभियत संघमा यात्रा गर्नेहरु, उसका मित्र शक्ति तथा एजेन्टले विश्वभर पार्टी स्थापना गरेका थिए। यो त्यस्तो प्रतिस्पर्धा थियो, जसमा एक पक्ष मात्रै बाँच्न सम्भव थियो। तर, बेइजिङ ‘आआफ्नो प्रभावक्षेत्र’ मा कायम रहने हिसाबले सोच्छ। पम्पियो ‘विश्वभर चिनियाँ साम्यवादको प्रभुत्व जमाउने प्रयास’ को कुरा गर्छन्। तर, सी चिनिफिङ त्यसो गर्न खोजिरहेका छैनन्।

    यसको अर्थ विचारहरुबीच टक्कर नै छैन भन्ने होइन। तथापि, पम्पियोको स्वतन्त्रता जोगाउने यो भाषणलाई ट्रम्पको भनाइ र गराइले नै सहयोग गरिरहेको छैन। किनभने उनी बारम्बार सीसहित अन्य निरंकुश शासन व्यवस्थाको खुलेर प्रशंसा गरिरहेका हुन्छन्। उनका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको भनाइ मान्ने हो भने सिन्जियाङ प्रान्तका उइगुर मुस्लिमविरुद्धको दमनमा ट्रम्पले सीलाई व्यक्तिगत तवरले नै साथ दिएका थिए।

    घरमा कम्युनिस्ट पार्टीको नियन्त्रणकै तरिकाले चिनियाँ विदेश नीति पनि आक्रामक रुपमा प्रस्तुत भएको देखिन्छ। चीनले दक्षिण चीन सागरमा सैन्य शक्ति विस्तार गरेको छ। आलोचना गर्ने मुलुकविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको छ र अन्य मुलुकविरुद्ध धाकधम्की पनि दिइरहेको देखिन्छ। तर, उसको गतिविधि २० औँ शताब्दीको सोभियत संघकोभन्दा १९औँ शताब्दीका महाशक्तिहरुको जस्तो देखिन्छ। चीनलाई पनि थाहा छ, आर्थिक मामिलामा पश्चिमा विश्वसँग अन्तरनिर्भर भएरै उसका दाबीहरुलाई पूरा गर्नुपर्छ।

    निश्चय नै अमेरिकाले मानवअधिकारका मुद्दाका विषयमा बोल्नुपर्छ, चिनियाँहरुले गर्ने आक्रामक व्यवहारको एउटा निश्चित सीमा कोर्नुपर्छ। र, सम्बन्धको ढाँचा निर्माण गर्दा आफ्ना मूल्य र हितको रक्षा गर्न तयार रहनुपर्छ।

    तथापि, केननले मस्कोबाट दिएको सल्लाहको सबैभन्दा महत्वपूर्ण पक्षप्रति चाहिँ ट्रम्प र पम्पिओ पूरै अनभिज्ञ देखिन्छन्। केननका अनुसार सोभियतको विस्तारको जवाफ उत्तेजना र युद्ध होइन, ‘हाम्रो आफ्नै समाजको स्वास्थ्य र शक्ति सुनिश्चित गर्नु’ थियो।

    केननको लेखको अन्तिम वाक्य पनि सायद ट्रम्पकै लागि लेखिएको थियो– ‘सोभियत कम्युनिज्मलाई रोक्ने क्रममा आइपर्ने सबैभन्दा ठूलो खतरा हो– हामी जसलाई रोक्न खोज्दैछौँ, आफू त्यस्तै बन्न सक्छौँ।’

    (फाइनान्सियल टाइम्सबाट। फिलिप स्टिफन्स लेखक तथा पत्रकार हुन्।) साभार – नेपालखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      फिलिप स्टिफन्स

      फिलिप स्टिफन्स

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.