Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रामग्राम स्तुप क्षेत्रमा रहेका संरचनाबारे भौगर्भिक अध्ययन सुरु

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक २२, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पुरुषोत्तम सुवेदी । भगवान गौतम बुद्धको अस्तुधातु रहेको स्थल पश्चिम नवलपरासीको रामग्राम-७, उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) सुरु भएको छ। रामग्राम नगरपालिका-७, उजौनीस्थित भगवान गौतम बुद्धको अस्तुधातु रहेका स्थल स्तुप क्षेत्रमा सर्भे सुरु भएकोे हो। यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुप हो, जसको लम्बाइ १० मिटर छ भने व्यास २३ दशमलव ५ मिटर रहेको छ।

    युनेस्कोमार्फत युके एलायन्सको आर्थिक सहयोग, बेलायतको डुरहाम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा भौगर्भिक अध्ययनको काम थालिएको हो। यसका लागि बेलायतबाट विज्ञहरुको टोली यहाँ आएर कामको सुरुवात गरेका हुन्। टोलीले आगामी मंसिर १ गतेसम्म भौगर्भिक अध्ययनको काम गर्नेछ।

    यहाँ रामग्राम स्तुप क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरु कुन क्षेत्रसम्म फैलिएका छन्, यसको बृहद् क्षेत्रमा जियोफिजिक्स सर्भे गरिँदैछ। जसको लक्ष्य आगामी दिनमा व्यापक रुपमा यस क्षेत्रको अनुसन्धान गर्नु रहेको पुरातत्व विभागका पुरातत्व अधिकृत रामबहादुर कुँवर बताउँछन्।

    नेपालका सरकारी निकायहरुमा भौगर्भिक अध्ययन गर्ने उच्च प्रविधि तथा मेसिनरी उपकरण र पर्याप्त विज्ञ जनशक्ति छैनन्। सो कार्यका लागि आवश्यक उपकरणसहित बेलायतको डुरहाम विश्वविद्यालयबाट विज्ञको टोलीले काम गरिरहेका छन्।

    भौगर्भिक अध्ययनअन्तर्गत प्रविधि तथा उपकरणमार्फत जमिनको सहतबाट करिब दुई मिटरभित्र सम्मको बनोटको अवस्थालाई तस्बिर वा एक्स(रे सरह कैद गर्न सकिन्छ। जसबाट सो रिपोर्टका आधारमा आवश्यक स्थानको पहिचान गरी उत्खनन कार्यलाई सघाउ पुर्‍याउन मद्दत पुग्दछ। सर्भेबाट जमिनलाई कुनै पनि खनजोत नगरी जमिनमुनि रहेको भग्नावशेष अवस्था पत्ता लगाउने गरिन्छ।

    कुन-कुन क्षेत्रमा कस्ता-कस्ता भग्नावशेष तथा पुरातात्विक वस्तुहरु रहेका छन्, सो पत्ता लगाउन सकिने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेती बताउँछन्। यसपटकको भौगर्भिक अध्ययनबाट अब आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन् तथा अन्वेषणमा सहज हुनेछ। यो सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ।

    यसअघि १९ वर्षअघि सन् १९९९ मा स्तुपाको पश्चिमतर्फ सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो। यस स्थानमा गौतमबुद्धसँग सम्बन्धित बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकुँडा लगायतका विभिन्न भग्नावशेष यस अगावै फेला परिसकेका छन्। रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल पुनः जियोफिजिक्स सर्भेको काम सुरु गरिएको हो। स्तुप वरपरको क्षेत्रमा बृहद् सर्भे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ। जसबाट अब रामग्राम स्तुपको विकास तीव्र गतिमा हुने आशा पलाएको छ।

    रामग्राम स्तुप युनेस्कोको विश्व सम्पदाको सम्भावित सूचीमा छ। भगवान गौतम बुद्धका ७ वटा अस्तुधातुमध्ये एउटा मात्र सिङ्गो अस्तुधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ। यस क्षेत्रमा पुरातात्विक अन्वेषण गर्ने चासो सन् १८९६ देखि सुरु भएको हो।

    चिनियाँयात्री फासियान ९पाँचौँ शताब्दी० र युवानचाङ (सातौँ शताब्दी)को यात्रा विवरणका आधारमा पुरातत्व विभागका बाबुकृष्ण रिजालले बुद्ध अस्तु राखी बनाइएका ८ वटा स्तुपमध्ये यो रामग्राम स्तुप हो भनी पहिचान गरिएको यसै क्षेत्रमा राखिएको जानकारीमूलक सूचना पाटीमा उल्लेख छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.