कोरोना संकटबीच भारतमा २५ विपक्षी दलको संयुक्त बैठक बस्दै

महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संकटकाबीच शुक्रबार विपक्ष दलहरूको संयुक्त बैठक बस्दै छ ।विपक्षी कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको अध्यक्षतामा बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे, झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन, एनसीपी नेता शरद पवार, डीएमके नेता एमके स्टालिनसहित २५ राजनीतिक दलका नेता सहभागी हुनेछन् ।

कोरोना महामारी, प्रवासी मजदुरहरूको पलायन र अर्थ व्यवस्थाको बिग्रँदो परिस्थितिलाई लिएर नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारलाई घेराबन्दी गर्न रणनीति तय गर्न बैक बस्न लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here