कोभिड १९ को लक्षण देखिएका युवकको बुटवलमा मृत्यु, परीक्षणका लागि पठाइएको थियो नमूना

कोरोना भाइरस (कोभिड–१९)को संक्रण भएको आशंकामा कोरोना विशेष अस्पताल बुटबलमा भर्ना भएका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाका अनुसार उनी बिहीबार अस्पताल भर्ना भएका थिए।चैत ८ गते दुबईबाट नेपाल आएका उनको ‘थ्रोट स्वाब’को नमूना परीक्षाका लागि आइतबार बिहान मात्रै काठमाडौँ पठाइएको छ। उनको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको केहीबेरमै उनको मृत्यु भएको हो।

रुपन्देही सैनामैना नगरपालिकाका ती युवक दुबईमा ट्याक्सी चलाउँथे।ज्वरो, श्वासप्रश्वासमा समस्या, घाँटी दुख्नेलगायत समस्या देखिएपछि उनी बिहीबार अस्पताल भर्ना भएका थिए। यद्यपि अस्पतालले चार दिनपछिमात्र उनको नमूना परीक्षणका लागि टेकु पठाएको छ। देश सञ्चार

फेसबुकबाट तपाईको प्रतिक्रिया