Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाविरुद्ध सत्तारुढ नेकपाद्वारा कार्यकर्तालाई विशेष परिपत्र जारी,यस्तो छ परिपत्र

नेपाल रिडर्स नेपाल रिडर्स
चैत्र १५, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले आफ्ना नेता तथा कार्यकर्तालाई विशेष परिपत्र जारी गरेका छन् ।अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको नाममा जारी रहेको परिपत्रमा विश्वव्यापी महामारीको विरुद्ध जनस्तरमा परिचालित हुन र सरकारलाई सघाउन निर्देशन दिइएको छ ।

    शुक्रबार जारी ७ बुँदे विशेष परिपत्रमा कोरोना नियन्त्रण गर्न सरकार युद्धस्तरमा सम्पूर्ण क्षमताका साथ लागि परेको भन्दै नेता कार्यकर्तालाई पनि तदनुरुप स्थानीय स्तरमा खट्न र सचेत हुन निर्देशित गरिएको छ ।यस्तो छ ओली-प्रचण्डको नेकपा कार्यकर्तालाई जारी गरिएको बिशेष परिपत्र –

    मिति – २०७६ चैत १४

    विशेष परिपत्र

    यतिबेला कोविड – १९ ९कोरोना भाईरस०को महामारीले विश्व समुदायलाई नै गम्भीररुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको प्रकोपबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य हुन गएको छ । आजको मितिसम्म दुनियाँका कपितय मुलुकहरुको तुलनामा हाम्रो मुलुकमा यसको प्रकोप कम देखिएको छ तापनि नेपाल कोरोना भाईरसको उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठनको ठहरले हामीलाई सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न प्रेरित गरेको छ ।

    सरकारले नेपालमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ महत्वपूर्ण कदम चालेको यथार्थ सबैमा बिदितै छ । सरकारले अपनाएको सतर्कता र प्रयासको कारणले नै अहिलेसम्म नेपालमा कोरोना भाईरसले महामारीको रुप लिइहाल्नसकेको छैन । सरकारका यी कमदहरुलाई स्वागत, समर्थन गर्नु र साथ दिनु हरेक नेपालीको जिम्मेवारी हो । कोरोना भाईरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्नेमा सङ्किर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सीमित साधन स्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामहरुलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रबृतिहरु कतैबाट पनि प्रकट हुनु बाञ्छनीय हुँदैन ।

    विश्वस्तरमा झन् पछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरिहालेमा पनि सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयम्सेवी भूमिकाका साथ सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ । यसनिम्ति समस्त पार्टीपङ्क्ति एवम् पार्टी निकटका जनवर्गीय संगठनहरुलाई निम्नानुसार परिचालित हुन निर्देशित गरिएको छ –
    १. अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनहरुका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रमहरु स्थगित गर्ने ।

    २. कोरोना भाईरसको संक्रमणबाट जोगिन नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायहरुबाट गरिएका लक डाउनलगायतका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई आफूले पूर्णरुपमा पालना गर्ने र पालना गर्नका लागि आमजनसमुदायमा सन्देश प्रवाह गर्ने । स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्व तयारी र सहयोगका लागि स्वयम्सेवकको भूमिकामा परिचालित हुने ।

    ३. कोरोना भाईरसको संक्रमणबाट जोगिन आफूले नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय सेनिटाईजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भीडभाडमा नजाने, खोकी वा हाछ्युँ लागेमा कुईना वा टिस्यूपेपरले मुख ढाक्ने, अन्य व्यक्तिसँग कम्तीमा तीन फिटको दुरीमा रहनेलगायतका सतर्कताका तरिकाहरु अपनाउने । परिवार, छरछिमेकी तथा आमजनसमुदायलाई पनि तदनुरुप नै सतर्कता अपनाउन प्रेरित गर्ने, सघाउने ।

    ४. हवाईमार्ग वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आईसोलेशन वा क्वारेन्टाईनमा रहन प्रेरित गर्ने, सघाउने ।

    ५. कोरोना भाईरसको लक्षण देखिएको व्यक्ति वा लक्षण देखिएको व्यक्तिसँगको सम्पर्कमा आएको व्यक्तिका बारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिने । त्यस्ता व्यक्तिको यात्रा अभिलेख र कन्ट्याक्ट ट्रेसिङ तयार गर्ने र राज्यका अधिकार प्राप्त निकाय वा नजिकको स्वास्थ्य संस्थालाई उपलब्ध गराउने । त्यस्ता व्यक्तिको स्वास्थ्य परिक्षण र उपचार कार्यमा सघाउने ।

    ६. सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाईन लगायतका पूर्वाधार निर्माण गर्न र तिनका लागि आवश्यक सामाग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्ने।

    ७. कोरोना भाईरसको भयावह सङ्क्रमणबाट जोगिन नेपाल सरकारले एक हप्तासम्म लक डाउन गर्ने निर्णय गरेको छ । समस्या फैलिन नदिन सरकारले यसलाई अपरिहार्य उपायका रुपमा अवलम्बन गरेको छ । अनेक कठिनाईका बाबजूद सरकारको यो निर्णय तथा आह्वानलाई साथ दिनु र सफल तुल्याउनु प्रत्येक नेपालीको कर्तव्य हुन आएको छ । तसर्थ सरकारको यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सक्रिय भूमिका निर्वाह गर्ने ।

    नेपालमा कोरोना भाईरसको सङ्क्रमण नियन्त्रण गर्न र फैलिन नदिन नेपाल सरकार, सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरु, राज्यका सम्पूर्ण निकायहरु, राजनीतिक दलहरु, सामाजिक जीवनका प्रबुद्ध व्यक्तिहरु र सम्पूर्ण नेपालीले आजैदेखि, अहिल्यैदेखि सचेतना, सतर्कता र नियन्त्रण कार्यमा जुट्न जरुरी छ । हामी आफू कोरोना भाईरसको सङ्क्रमणबाट जोगिएर र आफ्नो देशलाई जोगाएर मात्र विश्वस्तरबाट यस महामारीलाई नियन्त्रण गर्नका लागि योगदान दिन सक्नेछौं । त्यसर्थ, हाम्रो पार्टी कोरोना भाईरसद्वारा सीर्जित विश्वव्यापी महामारीको यस समस्यालाई र यसको प्रकृतिलाई यही गम्भीरताका साथ लिन र यथेष्ट सतर्कता एवम् सक्रियताका साथ परिचालिन हुन समस्त पार्टीपङ्क्तिलाई निर्देशित गर्दछ । त्यसैगरी अभूतपूर्व एवं असाधारण राष्ट्रिय एकताका साथ सम्भावित बढ्दो खतराको सामना गर्न सम्पूर्ण देशवासी दाजुभाई तथा दिदी–बहिनीहरुमा हार्दिक आग्रह गर्दछ ।

    क्रान्तिकारी अभिवादन सहित,

    केपी शर्मा ओली
    पुष्पकमल दाहाल, प्रचण्ड

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.