Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

थप ९० जनामा कोरोना संक्रमण संक्रमितको कुल संख्या ७ सय ७२ पुग्यो

by पत्रपत्रिकाबाट
May 26, 2020
- कोभिड–१९, समाचार
नेपालगञ्‍जका नौ संक्रमित धर्मगुरुलाई भेटेका स्थानीयबासी
Share on FacebookShare on TwitterEmail

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौता–१ को पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।यस्तै रौतहटमा २२ संक्रमित थपिएका छन् । सदरमुकाम गौरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

गौर नागरपालिकाका ७ पुरुष र एक महिलामा संक्रमण देखिएकोहो । उनीहरु ४ देखि ४० वर्ष उमेर समूहका छन् ।यस्तै यसैगरी देवाही गोनाही नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि १४ वर्षका छन् । यस्तै अरुणिया १ र ४ का ६ जना, जो २६ देखि ४८ वर्षका छन्, उनीहरुको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

राजदेवी नगरपालिकामा २२ वर्षीय पुरुष र गडुरा नगरपालिकाका एक २४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।यस्तै सिराहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष, भगवानपुर गाउँपालिकाको ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २५ देखि २९ वर्षका पुरुष छन् ।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनी कोरोना अस्पताल, जनकपुरमा उपचाररत छन् ।यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका १, २ र ८ का २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक दुई वर्षकी बालिकासमेत छिन् भने अरु १९ देखि ५५ वर्षका छन् । अनिरुद्र माविमा संकलन गरिएको उनीहरुको थ्रोट स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा परीक्षण गरिएको थियो ।बाँकेमा ८ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका(२ का २२ वर्षीय पुरुष, डडुवा–१ का २० वर्षीय पुरुष, डडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी–३ का ४६ वर्षीय पुरुष, , राप्ती सोनारी–९ का ३८ वर्षीय पुरुष र बैजनाथ–३ का ३० वर्षीष पुरुषमा संक्रमण देखिएको हो ।

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रादेशिक प्रयोगशालाले यसको जानकारी दिइसकेको थियो । कपिलवस्तु मायादेवी—७ का २२ र ५० वर्षीय पुरुष, अर्घाखाँचीको पाणिनी गाउँपालिकाका १९ र ४३ वर्ष, गुल्मी धुर्कोटका २ पुरुष र रुपन्देही अस्पतालका २२ वर्षीय पुरुष छन् ।

सेती प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।पोखरामा गरिएको परीक्षणमा स्याङ्जा बालिङका २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चार दिनअघिमा भारतबाट आएका थिए ।

यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।उनीहरु मध्ये वीरेन्द्रनगरका ८ जना छन् । उनीहरु ९ देखि ४६ वर्ष उमेर समूहका छन् । यस्तै भेरी गंगाका १६ र १७ वर्ष पुरुष तथा सिम्टाका ३५ र ४९ वर्षका पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालका कुल संक्रमितको संख्या ७७२ पुगेको छ । उनीहरु मध्ये ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएर घर फर्किएका छन् ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

जनवादी केन्द्रियता कि सर्वसम्मति?

4 months ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.