Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हो ईपिएस परिक्षाको विवाद ?

नेपाल रिडर्स नेपाल रिडर्स
पुस १४, २०८०
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पछिल्लो डेढ दशक यता नेपाली युवाहरुको प्रमुख रोजगार गन्तव्य मध्ये एक हो दक्षिण कोरिया। सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच श्रमका लागि नेपाली कामदार लाने विषयमा सहमति भएको थियो। त्यस यता रोजगारीका लागि करिब १ लाख १० हजार नेपाली युवाहरु दक्षिण कोरिया पुगिसकेका छन्। दक्षिण कोरियाले नेपालबाट कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रका लागि भनेर श्रमिकहरू लाने गरेको छ।

    रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत सन् २०२४ मा दक्षिण कोरिया जान एक लाख ४३ हजार ८ सय १२ जनाले आवेदन दिएका थिए। यससँगै यसै वर्षदेखि दक्षिण कोरियाले पानी जहाज निर्माणका लागि पनि कामदार माग गर्‍यो।

    पानी जहाज बनाउने कामका लागि ३५ हजार ७ सय ८ जनाले आवेदन दिएका थिए। १ असोजमा भएको यो परिक्षामा तीन हजार ९ सय ८९ जना उत्तीर्ण भए। ईपिएस शाखाले पानी जहाज निर्माणको परिक्षा दिएर अनुत्तिर्ण भएका ३१ हजार ८९ जनालाई रोजगार अनुमति प्रणाली (ईपिएस) परिक्षामा सहभागि नगराउने निर्णय गर्‍यो।

    आफूहरु पनि भाषा परिक्षामा सामेल हुन पाउनुपर्ने भन्दै १३ पुसमा लतिलपुरको बालकुमारी क्षेत्रमा प्रर्दशन गरेका युवाहरुले प्रर्दशनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरे।

    मन्त्री ज्वाला बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला युवाहरुले बालकुमारी पुलमा गाडी रोकेर मन्त्री तथा पीएसओ र चालकलाई निकालेर आगो लगाएका थिए। ‘हामी बालकुमारीबाट सातदोबाटोतर्फ जान लागेका थियौं। ईपीएसवालाको लफडा चलिरहेको रहेछ। तर, हामीलाई थाहा थिएन। हाम्रो गाडीलाई बीचमा पारेर घेरा हाले। उनीहरूले पहिले चक्काको हावा खुस्काए र गाडीमा आगजनी गरे,’ मन्त्री ज्वालाले भने।

    मन्त्री सवार गाडीमा आगजनी भएपछि ललितपुर र काठमाडौंबाट प्रहरी पुग्यो। प्रहरीले प्रर्दशनकारीलाई तितरवितर गर्न लाठी प्रहारसंगै पहिले अश्रु ग्याँस हान्यो र पछि गोली चलायो। गोली लागि विरेन्द्र शाहको मृत्यु भयो। अर्का मृतक सुजन राउतको मृत्युको कारण भने खुल्न सकेको छैन।

    बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेको समीति बनाएको छ।

    किन भयो प्रर्दशन ?
    ईपिएस शाखाले नेपालबाट दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा पठाउन भाषा परीक्षाका लागि २ पुषदेखि ६ पुषसम्म आवेदन भर्ने समय तोकेको थियो। यो परिक्षामा सामेल हुनका लागि १ लाख ४३ हजार ८ सय १२ जनाले आवेदन दिएको ईपिएस शाखाको तथ्यांकले देखाउँछ।

    ईपिएस शाखाले यो भाषा परिक्षामा पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा दिएर अनुत्तिर्ण भएकाहरु सामेल हुन नपाउने निर्णय गर्‍यो। पानी जहाज कम्पनीका लागि परिक्षा दिएका १८ जना युवाहरु ईपिएसको निर्णयका विरुद्ध उच्च अदालत पाटन पुगे।

    उच्च अदालत पाटनले ५ पुषमा उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा पानी जहाज निर्माणका लागि परिक्षा दिएका युवालाई पनि सहभागी गराउन आदेश दियो। अदालतको आदेश अनुसार ईपिएस कार्यालयले अदालतमा रिट दायर गर्ने १८ जनालाई १३ पुषमा आवेदन भर्न बोलायो।

    रिट दिने बाहेक अरुले फाराम भर्न नपाउने भएपछि फाराम भर्न नपाउने युवाहरुले प्रदर्शन गरे। प्रर्दशनले उग्र रुप लियो, मन्त्री सवार गाडीमा आगजनी भयो, दुई जना युवाले ज्यान गुमाउनुपर्‍यो।

    इपिएस शाखाका अनुसार सन् २०२३ को डिसेम्बरसम्म २० हजार नेपाली दक्षिण कोरिया पुगिसकेका छन्। २ लाख रुपैयाँ न्यूनतम तलब हुने, श्रम शोषण र ठगी नहुने र सीप सिक्न पाइने भएकाले नेपाली युवाहरुको रोजाइमा छ कोरिया।

    दक्षिण कोरियाले नेपाल सहितका १६ देशबाट सन् २०२४ मा एक लाख ६५ हजार आप्रवासी श्रमिकहरूको माग गरेको छ। ईपिएस कोरिया शाखाका अनुसार यस पटक पनि पानी जहाज बनाउने, उत्पादन, कृषि लगायत क्षेत्रमा २५ देखि ३० हजार नेपाली दक्षिण कोरिया जान सक्ने सम्भावना छ।

    रोजगारीको सपना साकार गर्न प्रर्दशनमा उत्रिएका युवाहरुले गरेको प्रर्दशन उग्र बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रयोग गरेको थियो। स्थिति साम्य हुने नदेखिएको भन्दै हवाई फायर गरेको थियो। सोही क्रममा एक युवालाई गोली लाग्यो भने अर्को एक युवाको छातीमा चोट लाग्यो। ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार ३ हजारको हाराहारीमा भेला भएका युवाहरुले मन्त्रीको सवारी साधान अगाजनी गरेपछि भीड तितरबितर पार्न प्रहरीले कारबाही गरेको हो।

    प्रहरीले गोली चलाएको विषयमा भने छानबिन गरिने उनले बताए। ‘भीड नियन्त्रणमा क्रममा गोली चलाइएको हुनसक्छ, यस विषयमा हामी छानबिन गर्छौं, मान्छेको मृत्यु नै भइसकेपछि छानबिन हुन्छ,’ उनले भने।

    यता गृह मन्त्रालयले छानबिन समिति नै बनाइसकेकाले उसैले यो घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई भन्छन्, ‘हामीले छानबिन समिति बनाएका छौं। उसलाई सात दिनको म्याद दिइएको छ। सात दिनमा सबै थाहा हुन्छ।’

    यो घटनापछि उच्च अदालत पाटनले पानी जहान निर्माण परिक्षामा अनुत्तीर्ण भएका सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ। न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो।

    ‘निवेदकहरूलाई आवेदन फाराम भर्नबाट वञ्चित गर्न मनासिव नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ,’ न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा उल्लेख छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.