Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

१२ दिनमै निको भएर घर फर्किए रुपन्देहीका पहिलो कोरोना संक्रमित

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ३१, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अस्पताल भर्ना भएको १२ दिनमै सञ्चो भएर घर फर्किएका छन् रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा । उनी छिट्टै घर फर्किएपछि १२ दिनदेखि सुनसान भएको मर्चवारको पुर्निहवा गाउँका मानिसहरु यतिबेला खुसी भएका छन् ।

    रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षिय युवामा कोरोना पोजेटिभ देखिएपछि वैशाख १९ गते बुटवलको धागो कारखानामा बनाइएको आइसोलेसन अस्पतालमा भर्ना भएका थिए ।

    १२ दिनसम्म आइसोलेसन अस्पतालमा बिताएका उनमा कोरानाको कुनै लक्षण देखिएको थिएन । उनको गत शुक्रबार र सोमबार दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार साँझ डिस्चार्ज गरिएको हो ।

    निको भएर डिस्चार्ज भएपछि युवाले चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै खुशी व्यक्त गरेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘उनले निकै खुशी भएर डाक्टरहरुलाई धन्यवाद दिए र आफूलाई कोरोना लागे जस्तो महसुस नै नभएको हामीसँग बताए,’ डा। थापाले भने, ‘रिपोर्ट पोजेटिभ आए पनि उनमा कुनै पीर–चिन्ता र डर हामीले पनि देखेनौं, उनको आत्मविश्वास देखेर हामी पनि छक्क पर्थ्यौँ।’

    गत वैशाख ५ गते भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई सीमा क्षेत्रसम्म लिन गएका उनका दाजु र साथी आएका थिए। उनीसँग सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

    उनी आइसोलेसन अस्पतालमा रहँदा स्वस्थ व्यक्ति सरह गीतमा नाचेर दिने बिताउने गरेका थिए । उनी नाचेको भिडियो भाइरल बनेको थियो । उनीसहित रुपन्देहीमा मंगलबारसम्म १६ जनामा कोरोना संक्रमित देखिएको छ । उनी निको भएपछि धागो कारखानाको आइसोलेसन बेडमा रुपन्देहीका १५ जनासहित २७ जना संक्रमित उपचाररत छन् ।

    बुटवलमा कोरोना अस्पताल बिस्तार गर्ने
    यसैबीच प्रदेश सरकारले बुटवल धागो कारखानमा रहेको कोरोना अस्पताललाई थप बिस्तार गर्ने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको उक्त अस्पताललाई बिस्तार गरेर २ सय शैय्या थप्ने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

    उक्त अस्पतालमा हाल ३६ सामान्य शैय्या र ८ शैय्याको आइसियु मात्र रहेको छ । रुपन्देही र कपिलबस्तुमा कोरोना संक्रमितहरु बढदै जादा कोरोना संक्रमित बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले २ सय शैय्या थप गर्ने निर्णय गरेको हो ।

    पछिल्ला तीन दिनमा रुपन्देही र कपिलबस्तुमा संक्रमित पुष्टि हुने क्रम बढेपछि उनीहरुको उपचारका लागि अस्पताललाई बिस्तार गर्न थालिएको हो ।

    लुम्बिनीका ९ जना संक्रमितको भैरहवामा उपचार शुरु
    मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका ९ जनामध्ये ४ जनालाई भैरहवास्थित भीम अस्पतालमा ल्याइएको छ ।

    भीम अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखेर उनीहरुको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । उपाध्यायका अनुसार उपचार गराइरहेको व्यक्तिहरुको स्वास्थ्य स्थिति सामान्य छ ।

    त्यस्तै संक्रमित ५ जनालाई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमितहरु १७ वर्षदेखि ५० वर्ष उमेरका पुरुषहरु हुन् ।

    कोरोना भाइरस संक्रमित पुष्टी हुनेमा लुम्बिनी सांस्कृतिक वडा नम्बर ११ का ३ जना, वडा नम्बर १२ का २ जना, वडा नम्बर ७ का २ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर ४ का १ जना हुन् । उनीहरु लकडाउनकै बीचमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए ।

    दशगजा क्षेत्रबाट उनीहरु सुरक्षाकर्मीको आँखा छलेर आठ दिनअघि लुकिछिपी नेपालतर्फ प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेका उनीहरुलाई लुम्बिनीस्थित श्रीलंकन गेष्ट हाउसमा बनाइएको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख मनमोहन चौधरीले बताए ।

    उनीहरुमध्ये वडा नम्बर ४ का एकजना क्वारेन्टाइनमा नगई घर गएर बसेका थिए । भोलिपल्ट मात्रै उनलाई क्वारेन्टाइनमा ल्याइएको थियो। नेपाल समय

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.