Sunday, March 7, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

१२ दिनमै निको भएर घर फर्किए रुपन्देहीका पहिलो कोरोना संक्रमित

by पत्रपत्रिकाबाट
May 13, 2020
- कोभिड–१९, समाचार
१२ दिनमै निको भएर घर फर्किए रुपन्देहीका पहिलो कोरोना संक्रमित
Share on FacebookShare on TwitterEmail

अस्पताल भर्ना भएको १२ दिनमै सञ्चो भएर घर फर्किएका छन् रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा । उनी छिट्टै घर फर्किएपछि १२ दिनदेखि सुनसान भएको मर्चवारको पुर्निहवा गाउँका मानिसहरु यतिबेला खुसी भएका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षिय युवामा कोरोना पोजेटिभ देखिएपछि वैशाख १९ गते बुटवलको धागो कारखानामा बनाइएको आइसोलेसन अस्पतालमा भर्ना भएका थिए ।

१२ दिनसम्म आइसोलेसन अस्पतालमा बिताएका उनमा कोरानाको कुनै लक्षण देखिएको थिएन । उनको गत शुक्रबार र सोमबार दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार साँझ डिस्चार्ज गरिएको हो ।

निको भएर डिस्चार्ज भएपछि युवाले चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै खुशी व्यक्त गरेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘उनले निकै खुशी भएर डाक्टरहरुलाई धन्यवाद दिए र आफूलाई कोरोना लागे जस्तो महसुस नै नभएको हामीसँग बताए,’ डा। थापाले भने, ‘रिपोर्ट पोजेटिभ आए पनि उनमा कुनै पीर–चिन्ता र डर हामीले पनि देखेनौं, उनको आत्मविश्वास देखेर हामी पनि छक्क पर्थ्यौँ।’

गत वैशाख ५ गते भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई सीमा क्षेत्रसम्म लिन गएका उनका दाजु र साथी आएका थिए। उनीसँग सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

उनी आइसोलेसन अस्पतालमा रहँदा स्वस्थ व्यक्ति सरह गीतमा नाचेर दिने बिताउने गरेका थिए । उनी नाचेको भिडियो भाइरल बनेको थियो । उनीसहित रुपन्देहीमा मंगलबारसम्म १६ जनामा कोरोना संक्रमित देखिएको छ । उनी निको भएपछि धागो कारखानाको आइसोलेसन बेडमा रुपन्देहीका १५ जनासहित २७ जना संक्रमित उपचाररत छन् ।

बुटवलमा कोरोना अस्पताल बिस्तार गर्ने
यसैबीच प्रदेश सरकारले बुटवल धागो कारखानमा रहेको कोरोना अस्पताललाई थप बिस्तार गर्ने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको उक्त अस्पताललाई बिस्तार गरेर २ सय शैय्या थप्ने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

उक्त अस्पतालमा हाल ३६ सामान्य शैय्या र ८ शैय्याको आइसियु मात्र रहेको छ । रुपन्देही र कपिलबस्तुमा कोरोना संक्रमितहरु बढदै जादा कोरोना संक्रमित बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले २ सय शैय्या थप गर्ने निर्णय गरेको हो ।

पछिल्ला तीन दिनमा रुपन्देही र कपिलबस्तुमा संक्रमित पुष्टि हुने क्रम बढेपछि उनीहरुको उपचारका लागि अस्पताललाई बिस्तार गर्न थालिएको हो ।

लुम्बिनीका ९ जना संक्रमितको भैरहवामा उपचार शुरु
मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका ९ जनामध्ये ४ जनालाई भैरहवास्थित भीम अस्पतालमा ल्याइएको छ ।

भीम अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखेर उनीहरुको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । उपाध्यायका अनुसार उपचार गराइरहेको व्यक्तिहरुको स्वास्थ्य स्थिति सामान्य छ ।

त्यस्तै संक्रमित ५ जनालाई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमितहरु १७ वर्षदेखि ५० वर्ष उमेरका पुरुषहरु हुन् ।

कोरोना भाइरस संक्रमित पुष्टी हुनेमा लुम्बिनी सांस्कृतिक वडा नम्बर ११ का ३ जना, वडा नम्बर १२ का २ जना, वडा नम्बर ७ का २ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर ४ का १ जना हुन् । उनीहरु लकडाउनकै बीचमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए ।

दशगजा क्षेत्रबाट उनीहरु सुरक्षाकर्मीको आँखा छलेर आठ दिनअघि लुकिछिपी नेपालतर्फ प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेका उनीहरुलाई लुम्बिनीस्थित श्रीलंकन गेष्ट हाउसमा बनाइएको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख मनमोहन चौधरीले बताए ।

उनीहरुमध्ये वडा नम्बर ४ का एकजना क्वारेन्टाइनमा नगई घर गएर बसेका थिए । भोलिपल्ट मात्रै उनलाई क्वारेन्टाइनमा ल्याइएको थियो। नेपाल समय

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

भारतमा वामपन्थी आन्दोलनको असफलता-रजनी कोठारी

भारतमा वामपन्थी आन्दोलनको असफलता-रजनी कोठारी

11 months ago

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.