Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

अप्ठेरोमा परेपछि भारतीय अधिकारीले कुरा फेरे – दार्चुलाका सीडीओ

by पत्रपत्रिकाबाट
July 31, 2020
- समाचार
अप्ठेरोमा परेपछि भारतीय अधिकारीले कुरा फेरे – दार्चुलाका सीडीओ
Share on FacebookShare on TwitterEmail

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरदकुमार पोखरेलले भारतीयहरुले कालापानी क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाउनु भनी यसअघि पत्र पठाएको तर अहिले नेपालको जवाफपछि अप्ठेरोमा परेर उनीहरुले कुरा फेर्न थालेको बताएका छन्।

भारतको उत्तराखण्डस्थित धार्चुलाका सब(डिभिजनल मजिस्ट्रेट (एसडीएम) ले आफूले नेपाललाई कुनै पत्र नलेखेको भारतीय सञ्चारमाध्यमलाई बताएका बेला सीडीओ पोखरेलले सो दाबीलाई झूठो बताएका हुन्। पोखरेलले भारतीय पक्षले चिठी लेखेकै कारण दार्चुला जिल्लाले जवाफ पठाएको बताए।

‘उनीहरुले पत्राचार गरेकै हो। तर अहिले हामीले यताबाट जवाफ पठाएपछि उनीहरु अप्ठेरोमा परेर कुरा फेरेका हुन्,’ सीडीओ पोखरेलले नेपालखबरसँग भने।भारतले अतिक्रमण गरेको नेपाली भूमिमा प्रवेश गर्न नेपालीलाई प्रतिबन्ध गर्ने गरी पत्राचार गरेपछि दार्चुलाका सहायक सीडीओले भारतको धार्चुलाको इलाका प्रशासनलाई पत्र पठाउँदै नावी, कुटी र गुन्जी नेपालकै भएको र आफ्नो देशमा आफ्ना नागरिकलाई अवरोध नगर्न भनी जवाफ पठाएका थिए।

भारतको धार्चुलास्थित इलाका प्रशासन कार्यालयले नेपालको दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै त्यस भूभागमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको थियो। त्यस भूभागमा नेपालीहरु लूकिछिपि जाने गरेको र त्यस्ता गतिबिधिबारे सूचना दिन समेत दिन आग्रह गर्दै पत्राचार गरेपछि त्यसको जवाफमा नेपालले पत्र पठाएको थियो।

तर शुक्रबार भारतीय सञ्चारमाध्यमले भारतको उत्तराखण्डस्थित धार्चुलाका सब-डिभिजनल मजिस्ट्रेट (एसडीएम) लाई उद्धृत गर्दै नेपाललाई त्यस्तो पत्र नलेखेको जनाएका हुन्।भारतको धार्चुलाका एसडीएम अनिलकुमार शुक्लाले आफूले पत्र लखेको भन्दै आएको समाचारलाई फेक (झूठो) भएको दाबी गरेका छन्।

‘मैले नेपालका अधिकारीहरुलाई कुनै पनि पत्र लेखेको छैन। यस प्रकारको समाचारहरु फेक हुन,’ शुक्लाले भारतीय सञ्चार माध्यमलाई भनेका छन्।यता दार्चुलाका सीडीओले भने अहिले नेपालको जवाफपछि उनीहरु अप्ठेरोमा परी कुरा फेरेको बताएका छन्।

सामाजिक सञ्जालमा सेयर गरिएका भारतीय पक्षबाट पठाएको पत्र र नेपालले पठाएको जवाफ

 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago
इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.