Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

युवा गाउँ फर्केपछि बाँझो जमिन हराभरा, मौलिक कृषिप्रणाली ब्युँतियो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २८, २०७७
- समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘नेपालमा हालको जन्मदरले चालु वर्ष २०२० मा प्रतिदिन ९ सय ७४ जना खाने मुखहरु थपिइरहेका छन्‌। विश्व बैंकले सन्‌ २०१८ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्छन्‌ भने २० प्रतिशत मानिसहरू सहरमा बस्छन्।

    वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा रहेका ५० लाख युवाहरुमध्ये ५० प्रतिशतमात्र अर्थात २५ लाख नेपालीहरु आफ्नो देशमा फर्केको अवस्थामा तीमध्ये पनि कम्तिमा २० लाख त गाउँमा नै फर्कने छन्।’ नेपाल कृषि अनुसन्धान परिषदका कृषि विज्ञ, अन्तरराष्ट्रिय कृषि वैज्ञानिक डा।टीकाबहादुर कार्कीको माथिको भनाइलाई आधार मान्ने हो भने विश्वमा कोरोना संक्रमणको अवस्था केही मत्थर हुन थालेपछि वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका करिव २० लाख युवाहरु गाउँमा फर्किने छन्। कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट जोगिन देशव्यापी लकडाउन ९बन्दाबन्दी० गरिएपछि शहरमा रहेका युवकहरु गाउँ फर्केका छन्।

    गाउँ फर्केका युवाहरुले मौलिक कृषि प्रणालीलाई ब्युँत्याउन थालेका छन्। अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरहरुको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमिन र खोरियाखर्कहरुमा परिश्रम गरिरहेका भेटिन्छन्। म्याग्दीको बेनी नगरपालिका, मालिका, मंगला, धौलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका खोरिया र बाँझो रहेका जमिनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाहरुले धमाधम केरा, फलफूल र तरकारी लगाएका छन्। कतिपय ठाउँहरुमा वर्षौदेखि बाँझिएर रहेका खोतीयोग्य जमिनमा अहिले मकैका विरुवा हरिया भएका छन्। काठमाडौैं बागबजार स्थित एक पुस्तक पसलमा काम गर्ने म्याग्दीको कुइनेका शुक्रराज रसाईली लकडाउनको कारण गाउँमा फर्किएर वर्षौंदेखि बाँझिएको बारीमा खनजोत गर्न व्यस्त छन्।

    काठमाडौैंको गोंगबुमा होटल व्यवसाय गर्ने बेनी नगरपालिका २ का गणेश थापा गाउँमा फर्किएको एक महिन भन्दा बढी भयो। यो अवधिमा उनले १४ रोपनी पाखो बारीमा दुई सयभन्दा बढी केराको बिरुवा लगाएका छन्‌। त्यसैगरी सानालेखको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक खिमबहादुर कार्कीले विद्यालय बन्द भएको अबसरलाई सदुपयोग गरी २० रोपनी भन्दा बढि क्षेत्रफलको खोरिया फाँडेर पाँच सयभन्दा बढि केराका बिरुवा लगाएका छन्। रसाईली, थापा र कार्की जस्तै म्याग्दीका धेरै युवाहरु अहिले कृषि कर्ममा खटिइरहेका छन्‌। कृषिकर्ममा लागेका अधिकांश युवाहरुले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन्। मिनिटेलर लगायतका आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरुमा पनि गोरु नारेर हलो जोत्न व्यस्त देखिन्छन्।

    बेनी नगरपालिका ४ सिंगाको फाँटमा गोरुद्धारा खेत जोतिरहेका नारायण पौडेलले मौलिक विधिद्वारा खनजोत गर्न आनन्द आउनुका साथै माटो पनि धुलौटो (मसिनो) हुने हुँदा हलोले जोतेको बताए। म्याग्दीका अधिकांश ठाउँमा पौडेलले जस्तै रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषि कर्म गरेको देखिन्छ। यसरी कृषि कर्ममा लागेका युवाहरुले अवसरलाई चिन्न सकेमा अहिले भइरहेको हाम्रो खाध्यान्नमाथिको परनिर्भरतालाई न्युनीकरण गर्न लकडाउन (बन्दाबन्दी) यो अवधि कोशेढुङ्गा सावित हुने बताएका छन्‌। ‘हिजो हाम्रा पूर्वजको माटो सुँहाउँदो कृषि प्रणाली र अन्न तथा तरकारीबालीका बीउविजन संचितीकरण गर्ने ज्ञान र प्रविधिलाई ब्युँत्याउन आवश्यक छ,‘ म्याग्दीको बिमस्थित कृषि प्राविधिक शिक्षालयमा आइएससी (एजी) तेस्रो सेमिष्टरमा अध्ययनरत विनिता शर्माले भनिन् ‘हरित क्रान्ति विकास र समृद्धि होइन, हाम्रो परम्परागत एवम् रैथाने ज्ञान र प्रविधिमा आधारित हाम्रो आफ्नै पर्यावरणीय विविधतालाई संरक्षण र पालनपोषण गर्ने किसिमको अर्गानीक वा प्रांगारिक कृषि प्रणालीलाई पुनः ब्युँत्याउनुपर्छ।’

    नेपाल कृषि अनुसन्धान परिषदका कृषि विज्ञ तथा अन्तराष्ट्रिय कृषि वैज्ञानिक कार्की भन्छन् ‘बढ्दो जनसंख्या र कोरोनाको महामारीपछिको खाध्य एवम्‌ पोषण सुरक्षालाई मध्यनजर गर्दा व्यक्ति, घरधुरी र समाज आत्मनिर्भर हुनु पर्ने देखिन्छ। तर उपलब्ध जमिन, जनशक्ति र पूँजीको आधारमा भन्ने हो भने मुलुकभरका सबै घरधुरीले आवश्यक बस्तुहरु उत्पादन र उपभोगमा आत्मनिर्भर बन्न र त्यसका लागि मौलिक कृषि प्रणाली अपनाउन आवश्यक छ।’ कृषि विज्ञ कार्कीका अनुसार हाम्रोे प्रति एकाइ जमिन, श्रम र लगानीको उत्पादकत्व त्यसै पनि अन्य मुलुकहरुको भन्दा न्यून छ।

    यसो हुनुमा नविनतम प्रविधिहरुको प्रयोग कम हुनुलाई पनि मान्न सकिन्छ। तर स्थान बिशेषमा मौलिक कृषिप्रणाली अर्थात परम्परागत ज्ञानमा आधारित र प्रांगारिक कृषिको सम्भावना उच्च रहेको छ। नेपाल सरकारको तथ्याङ्कले चालु आर्थिक वर्षको आठ महिनामै २० अर्वमाथिको खाध्यान्न आयात गरेको देखाउँछ। गत १० वर्षको तथ्याङ्कलाई हेर्दा यो पाँच गुणाले बढेको छ। हरेक वर्ष खाध्यवस्तुको आयात बढ्दो छ। आयातलाई कम गर्न र कृषिमा आत्मनिर्भर बन्न युवा जनशक्तिलाई कृषिमा लगाउन आवश्यक भएको कृषि विज्ञहरुको भनाइ छ।

    मुस्ताङ मनाङ, जुम्ला, हुम्ला, डोल्पा, मुगुमा लेकाली (शितोष्ण)फलफूलहरु, मध्य पहाडमा सुन्तला जातका फलफूलहरु, पुर्बी पहाडी जिल्लाहरु इलाम, पाँचथरमा चिया, अलैंची, अदुवा, गुल्मी र अर्घाखा“चीमा कफी, तराइमा बासमती धान उत्पादन बृद्धिका लागि मौलिक कृषि प्राणाली उपयुक्त हुने कृषि विज्ञ कार्कीले बताए।थाहाखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.