Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

युवा गाउँ फर्केपछि बाँझो जमिन हराभरा, मौलिक कृषिप्रणाली ब्युँतियो

by पत्रपत्रिकाबाट
May 10, 2020
- समाचार, सामयिक
युवा गाउँ फर्केपछि बाँझो जमिन हराभरा, मौलिक कृषिप्रणाली ब्युँतियो
Share on FacebookShare on TwitterEmail

‘नेपालमा हालको जन्मदरले चालु वर्ष २०२० मा प्रतिदिन ९ सय ७४ जना खाने मुखहरु थपिइरहेका छन्‌। विश्व बैंकले सन्‌ २०१८ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्छन्‌ भने २० प्रतिशत मानिसहरू सहरमा बस्छन्।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा रहेका ५० लाख युवाहरुमध्ये ५० प्रतिशतमात्र अर्थात २५ लाख नेपालीहरु आफ्नो देशमा फर्केको अवस्थामा तीमध्ये पनि कम्तिमा २० लाख त गाउँमा नै फर्कने छन्।’ नेपाल कृषि अनुसन्धान परिषदका कृषि विज्ञ, अन्तरराष्ट्रिय कृषि वैज्ञानिक डा।टीकाबहादुर कार्कीको माथिको भनाइलाई आधार मान्ने हो भने विश्वमा कोरोना संक्रमणको अवस्था केही मत्थर हुन थालेपछि वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका करिव २० लाख युवाहरु गाउँमा फर्किने छन्। कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट जोगिन देशव्यापी लकडाउन ९बन्दाबन्दी० गरिएपछि शहरमा रहेका युवकहरु गाउँ फर्केका छन्।

गाउँ फर्केका युवाहरुले मौलिक कृषि प्रणालीलाई ब्युँत्याउन थालेका छन्। अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरहरुको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमिन र खोरियाखर्कहरुमा परिश्रम गरिरहेका भेटिन्छन्। म्याग्दीको बेनी नगरपालिका, मालिका, मंगला, धौलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका खोरिया र बाँझो रहेका जमिनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाहरुले धमाधम केरा, फलफूल र तरकारी लगाएका छन्। कतिपय ठाउँहरुमा वर्षौदेखि बाँझिएर रहेका खोतीयोग्य जमिनमा अहिले मकैका विरुवा हरिया भएका छन्। काठमाडौैं बागबजार स्थित एक पुस्तक पसलमा काम गर्ने म्याग्दीको कुइनेका शुक्रराज रसाईली लकडाउनको कारण गाउँमा फर्किएर वर्षौंदेखि बाँझिएको बारीमा खनजोत गर्न व्यस्त छन्।

काठमाडौैंको गोंगबुमा होटल व्यवसाय गर्ने बेनी नगरपालिका २ का गणेश थापा गाउँमा फर्किएको एक महिन भन्दा बढी भयो। यो अवधिमा उनले १४ रोपनी पाखो बारीमा दुई सयभन्दा बढी केराको बिरुवा लगाएका छन्‌। त्यसैगरी सानालेखको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक खिमबहादुर कार्कीले विद्यालय बन्द भएको अबसरलाई सदुपयोग गरी २० रोपनी भन्दा बढि क्षेत्रफलको खोरिया फाँडेर पाँच सयभन्दा बढि केराका बिरुवा लगाएका छन्। रसाईली, थापा र कार्की जस्तै म्याग्दीका धेरै युवाहरु अहिले कृषि कर्ममा खटिइरहेका छन्‌। कृषिकर्ममा लागेका अधिकांश युवाहरुले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन्। मिनिटेलर लगायतका आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरुमा पनि गोरु नारेर हलो जोत्न व्यस्त देखिन्छन्।

बेनी नगरपालिका ४ सिंगाको फाँटमा गोरुद्धारा खेत जोतिरहेका नारायण पौडेलले मौलिक विधिद्वारा खनजोत गर्न आनन्द आउनुका साथै माटो पनि धुलौटो (मसिनो) हुने हुँदा हलोले जोतेको बताए। म्याग्दीका अधिकांश ठाउँमा पौडेलले जस्तै रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषि कर्म गरेको देखिन्छ। यसरी कृषि कर्ममा लागेका युवाहरुले अवसरलाई चिन्न सकेमा अहिले भइरहेको हाम्रो खाध्यान्नमाथिको परनिर्भरतालाई न्युनीकरण गर्न लकडाउन (बन्दाबन्दी) यो अवधि कोशेढुङ्गा सावित हुने बताएका छन्‌। ‘हिजो हाम्रा पूर्वजको माटो सुँहाउँदो कृषि प्रणाली र अन्न तथा तरकारीबालीका बीउविजन संचितीकरण गर्ने ज्ञान र प्रविधिलाई ब्युँत्याउन आवश्यक छ,‘ म्याग्दीको बिमस्थित कृषि प्राविधिक शिक्षालयमा आइएससी (एजी) तेस्रो सेमिष्टरमा अध्ययनरत विनिता शर्माले भनिन् ‘हरित क्रान्ति विकास र समृद्धि होइन, हाम्रो परम्परागत एवम् रैथाने ज्ञान र प्रविधिमा आधारित हाम्रो आफ्नै पर्यावरणीय विविधतालाई संरक्षण र पालनपोषण गर्ने किसिमको अर्गानीक वा प्रांगारिक कृषि प्रणालीलाई पुनः ब्युँत्याउनुपर्छ।’

नेपाल कृषि अनुसन्धान परिषदका कृषि विज्ञ तथा अन्तराष्ट्रिय कृषि वैज्ञानिक कार्की भन्छन् ‘बढ्दो जनसंख्या र कोरोनाको महामारीपछिको खाध्य एवम्‌ पोषण सुरक्षालाई मध्यनजर गर्दा व्यक्ति, घरधुरी र समाज आत्मनिर्भर हुनु पर्ने देखिन्छ। तर उपलब्ध जमिन, जनशक्ति र पूँजीको आधारमा भन्ने हो भने मुलुकभरका सबै घरधुरीले आवश्यक बस्तुहरु उत्पादन र उपभोगमा आत्मनिर्भर बन्न र त्यसका लागि मौलिक कृषि प्रणाली अपनाउन आवश्यक छ।’ कृषि विज्ञ कार्कीका अनुसार हाम्रोे प्रति एकाइ जमिन, श्रम र लगानीको उत्पादकत्व त्यसै पनि अन्य मुलुकहरुको भन्दा न्यून छ।

यसो हुनुमा नविनतम प्रविधिहरुको प्रयोग कम हुनुलाई पनि मान्न सकिन्छ। तर स्थान बिशेषमा मौलिक कृषिप्रणाली अर्थात परम्परागत ज्ञानमा आधारित र प्रांगारिक कृषिको सम्भावना उच्च रहेको छ। नेपाल सरकारको तथ्याङ्कले चालु आर्थिक वर्षको आठ महिनामै २० अर्वमाथिको खाध्यान्न आयात गरेको देखाउँछ। गत १० वर्षको तथ्याङ्कलाई हेर्दा यो पाँच गुणाले बढेको छ। हरेक वर्ष खाध्यवस्तुको आयात बढ्दो छ। आयातलाई कम गर्न र कृषिमा आत्मनिर्भर बन्न युवा जनशक्तिलाई कृषिमा लगाउन आवश्यक भएको कृषि विज्ञहरुको भनाइ छ।

मुस्ताङ मनाङ, जुम्ला, हुम्ला, डोल्पा, मुगुमा लेकाली (शितोष्ण)फलफूलहरु, मध्य पहाडमा सुन्तला जातका फलफूलहरु, पुर्बी पहाडी जिल्लाहरु इलाम, पाँचथरमा चिया, अलैंची, अदुवा, गुल्मी र अर्घाखा“चीमा कफी, तराइमा बासमती धान उत्पादन बृद्धिका लागि मौलिक कृषि प्राणाली उपयुक्त हुने कृषि विज्ञ कार्कीले बताए।थाहाखबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.