Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026
Monday, September 7, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

तीन वर्षपछि सार्वजनिक हुँदै विप्लव, ‘एकीकृत जनक्रान्ति’ मा के के भयो, कतिको गयो ज्यान?

सहयोगीबाट सहयोगीबाट
फाल्गुन २०, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    माओवादीबाट छुट्टिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरी भूमिगत भएका सो पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) तीन वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुने भएका छन्। एकीकृत जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि जनसंघर्ष सुरु गरेको बताउने विप्लव २०७४ सालदेखि खुलारुपमा देखिएका थिएनन्।

    विप्लव स्वयं २०७४ देखि नै अर्धभूमिगत थिए। सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि २०७५ साल फागुन अन्तिम सातादेखि उनका सबै नेता तथा कार्यकर्ता भूमिगत भए।सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको टोलीबीच वार्ता भई बिहीबार तीन–बुँदे सहमति भएपछि उनी सार्वजनिक हुने वातावरण बनेको हो।

    शुक्रबार एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने सहमति भएको छ।ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयमा गराइएको बम विष्फोट र देशका विभिन्न स्थानमा रहेका भौतिक संरचनामा आक्रमण गरेपछि सरकारले ठीक दुईवर्षअघि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। विप्लव स्वयं भने त्यसको एक वर्षअघिदेखि नै भूमिगतरुपमा संगठन निर्माणमा थिए।

    उनको पार्टीले एकीकृत जनक्रान्तिको अवधारणा घोषणा गर्दै भूमिगत भएको हो। तर, उनको पार्टीले भौतिक संरचनामा आगजनी तथा आक्रमण जस्ता गतिबिधि जारी राखेपछि केपी ओली नेतृत्वकै सरकारले उनको पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाएको थियो।भूमिगत रहेका विप्लव समूह र सरकारबीच बुधबार र बिहीबार तीन चरणसम्म भएको वार्ता सहमतिमा पुगेपछि विप्लव पनि भोलि शुक्रबारबाट सार्वजनिक हुने तय भएको हो।

    विप्लवको विगत
    तत्कालीन माओवादीले २०५२ फागुन १ बाट ‘जनयुद्ध’ सुरु गरेको थियो। ‘जनयुद्ध’ सुरु गर्दा विप्लवले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका थिए। २०५४ सालतिर विप्लवलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएको थियो।

    २०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बनेका हुन्। २०५९ सालमा माओवादीको पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रुकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए।जनयुद्धका बेला प्रचण्डका एक विश्वास पात्र थिए उनी।तर, शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र विप्लवको सम्बन्ध चिसिँदै गयो। पार्टीभित्र छलफल नगरी जनयुद्ध रोकेको र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेकोप्रति दाहालसँग विप्लव रुष्ट बनेका थिए।

    दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि नै विप्लवको अन्तरविरोध चर्किँदै गएको थियो।२०६४ साउन १८ देखि २२ सम्म काठमाडौंको बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले पार्टी नेतृत्वसँग असहमति राख्दै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान राखे। त्यसबेला माओवादी मन्त्रीले राजीनामा दिए पनि कोइरालाले अस्वीकृत गरिदिए।

    यो पनि पढ्नुहोस् –

    २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा पुष्पकमल दाहाल(प्रचण्ड), मोहन वैद्य, डा। बाबुराम भट्टराई, रामहादुर थापा (बादल) लगायतका वरिष्ठ नेताहरूसँग निर्वाचन सफल बनाउन खटिएका विप्लव २०७० सालको दोस्रो संविधान सभाको चुनावमा वैद्य र बादलसँगै निर्वाचन बहिस्कारको रणनीति तयार गर्न तल्लिन थिए। उनले चुनावमा कहिल्यै भाग लिएनन् भने सरकारमा पनि गएका छैनन्।

    विप्लवले एकीकृत माओवादी पार्टीमा रहँदा नेतृत्वले लिएको नीतिप्रति पटक पटक आफ्ना असहमति दर्ज गर्दै आउने गरेका थिए। उनले मोहन वैद्य तथा सीपी गजुरेललगायतको साथमा २०६५ मा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राखेका थिए।२०६९ भदौमा बौद्धमा राष्ट्रिय भेलाको आयोजना गरेर मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन गर्दाका प्रमुख योजनाकारमध्ये विप्लव एक हुन्। वैद्य नेतृत्वको पार्टीमा उनी करिब २ वर्ष सचिव बने।

    प्रचण्ड नेतृत्वको एकीकृत पार्टी र वैद्य नेतृत्वको पार्टीमा पनि विद्रोही चरित्र देखाइरहेका उनले अन्ततः २०७१ मंसिर ८ मा आफ्नै नेतृत्वमा नेकपा (माओवादी) बनाए।२०७३ फागुनमा रोल्पामा भएको पार्टीको आठौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी राखेको घोषणा गरे।

    हजारौंलाई मुद्दा
    तर यसबीचमा उनका कार्यकर्ताहरुमाथि भने प्रहरी तथा प्रशासनको भने कडा निगरानी रह्यो।सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि विप्लवका २ हजार बढी नेतामाथि मुद्दा लाग्यो।डेढसय अहिले पनि थुनामा छन्।२०७५ चैतमा पोलिटब्युरो सदस्य मोहन कार्की पक्राउ परे भने त्यसको एक सातापछि स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीसहित ८ जना काभ्रेबाट पक्राउ परे।

    पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य नवीन विश्वकर्मा, मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द, राप्ती ब्युरो इन्चार्ज सुवास बाठा, माइला लामा, बन्धु चन्दलगायत पनि पक्राउ परे।पोलिटब्युरो सदस्य पदम राईसहित करिब १२ सयले पार्टी छाडे।प्रहरीका अनुसार प्रतिबन्ध लागेपछि विप्लवका ८ जना कार्यकर्ता मारिएका छन्। त्यसबाहेक केन्द्रीय तहका नेताहरु तीर्थराज घिमिरे, कुमार पौडेल र नीरकुमार राई पनि प्रहरी कारबाहीमा मारिए। आफैँले बोकेको बम विस्फोट हुँदा काठमाडौंमा चार र कैलालीमा एक जनाको मृत्यु भयो।

    विप्लव २०४५ र २०५० सालमा पटकपटक जेल परेका थिए। तर, त्यसयता उनी जेल परेका छैनन्।शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी पटक पटक सत्तामा गए पनि विप्लवले कुनै लाभको पदमा लिएका छैनन।माओवादीभित्रै आन्तरिक विद्रोह गर्दै आएका उनी आफ्नै नेतृत्वमा नयाँ पार्टी खोले। तीन वर्षअघि केपी ओली नेतृत्वको सरकारले पार्टीमै प्रतिबन्ध लगाएपछि भूमिगत संघर्ष गर्न बाध्य भएका विप्लव भोलि शुक्रबार उनै ओलीसँग एउटै मञ्चबाट सम्बोधन गर्दै सार्वजनिक हुने भएका छन्। – नेपालखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.