Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

चिनियाँ राष्ट्रपति सी र नेपाल सरकारबीच २० बुँदामा सहमति

by नेपाल रिडर्स
October 13, 2019
- समाचार
चिनियाँ राष्ट्रपति सी र नेपाल सरकारबीच २० बुँदामा सहमति
Share on FacebookShare on TwitterEmail

दुई दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि चिनपिङ र नेपाल सरकारबीच २० बुँदामा सहमतिमा हस्ताक्षर भएको छ । आइतबार नेपाल सरकार र चिनियाँ सरकारबीच विभिन्न २० बुँदामा सहमतिपछि हस्ताक्षर भएको हो ।

सहमतिका बुँदामा सीमा व्यवस्थापन प्रणालीदेखि प्रशासन सुधार, आपराधिक गतिविधि रोकथामका लागि कानुनी सहकार्य गर्नेलगायतका विषय समावेश छन् ।यस्तै राष्ट्रिय योजना आयोगको क्षमता अभिवृद्धिमा लगानी र सहकार्य, छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्ने, रेलवे निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने लगायतका सहमति भएको छ ।

त्यस्तै काठमाडौं तथा वुटवलको चीनका शहरहरु नाम्जिङ र सियानसँग भगिनी सम्बन्ध कायम गर्नेलगायतका सहमति भएका छन्। यस्तो छ नेपाल–चीनबीच भएको सहमतिका बुँदाहरु

१) नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता भएको छ।

२) नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) भएको छ।

३) नेपाल र चीनबीच आपराधिक मामिलामा दुईपक्षीय कानुनी सहायताको सन्धि भएको छ।

४) नेपाल र चीनबीच सगरमाथारचोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने सहायता सम्बन्धी छलफल अगाडि बढाउन समझदारी भएको छ।

५) लगानीका मुख्य परियोजनालाई प्रवद्र्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ।

६) चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको छ।

७) नेपाल–चीन सिमापार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको छ।

८) काठमाडौं महानगरपालिका र चीनको नाञ्जिङ सहर बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ।

९) बुटवल उपमहानगरपालिका र चीनको जियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ।

१०) परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी भएको छ।

११) नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी भएको छ।

१२) चीनको सुप्रिम पिपुल्स प्रोसिक्युटर कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी भएको छ।

१३) नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युट हेडक्वार्टर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता भएको छ।

१४) नेपालको कृषि विभाग र चीनको भन्सार सामान्य प्रशासनबीच साइट्रस९अमिलो स्वादका० फलफूल चीन निर्यातका लागि बिरुवालाई स्वस्थ राख्नेसम्बन्धी मापदण्डको कार्य्विधि निर्माण गर्ने समझदारी भएको छ।

१५) नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारबारे छलफल गर्न दुवै देशका प्रतिनिधि सहभागी हुने संयुक्त संयन्त्र बनाउने समझदारी भएको छ।

१६) नेपालमा चीनले सहयोग गरेको भूकम्प सुपरिवेक्षण सञ्जाल परियोजनाका लागि वितरण र स्वीकृतिपत्रमा समझदारी भएको छ।

१७) नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानीमा सहकार्यका लागि दुवै देशको प्रतिनिधि सहभागी हुने गरी कार्यदल स्थापना गर्ने समझदारी भएको छ।

१८) नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य संस्थाबीच सुरुङ निर्माणमा सहकार्य गर्ने समझदारी भएको छ।

१९) नेपाल–चीन सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि सम्झौतापत्र आदानप्रदान भएको छ।

२०) चीनको सहयोगमा उपत्यकामा सञ्चालन हुने खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि बैठकको ‘माइन्युट’का लागि समझदारी भएको छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

12 months ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.