Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एआई : नियमन नगरे ‘पूँजीवादी राक्षस’, गरे सेवक

बजारिया शक्तिको नियन्त्रणमा एआई रहिररहने हो भने डाटा–अरबपतिहरूको एक अति–समृद्ध कुलीन वर्गको उदय हुनेछ (त्यो अहिले देखिइरहेको छ)। र, मानव श्रमलाई विस्थापन गर्ने रोबोटहरूमार्फत सिर्जित सम्पत्तिमा त्यस्ता कुलिन वर्गले एकलौटी ढलीमली गर्नेछन्।

फेङ सियाङ फेङ सियाङ
फाल्गुन ४, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सामाजिक–आर्थिक व्यवस्थाको आजको सबैभन्दा टड्कारो चुनौती हो, कृत्रिम बुद्धिमत्ता अर्थात् एआई। बजारिया शक्तिको नियन्त्रणमा एआई रहिररहने हो भने डाटा–अरबपतिहरूको एक अति–समृद्ध कुलीन वर्गको उदय हुनेछ (त्यो अहिले देखिइरहेको छ)। र, मानव श्रमलाई विस्थापन गर्ने रोबोटहरूमार्फत सिर्जित सम्पत्तिमा त्यस्ता कुलिन वर्गले एकलौटी ढलीमली गर्नेछन्। एआई प्रत्यारोपित रोबर्टहरूका कारण मानव श्रम विस्थापित भएपछि संसारभर अशंख्य मान्छेहरू बेरोजगार हुने खतरा छ।

    तर चीनको समाजवादी बजार अर्थव्यवस्थाले भने यस्तो समस्याको समाधान गर्न सक्छ। एआईले तर्कसंगत रूपबाट ठूला डाटा–विश्लेषणको माध्यमबाट संसाधनहरूको वितरण गर्न सक्दा, मजबूत फीडब्याक–लूपले ‘अदृश्य हात’को अपूर्णताहरूलाई समाप्त गर्दै एआइमार्फत निर्मित धेरै सम्पत्तिलाई निष्पक्ष रूपमा समावेशी रूपमा जनतालाई बाँड्न सक्छ। एक नियोजित र उत्पादक अर्थव्यवस्थाले वास्तवमै काम गर्छ, त्यसमार्फत नतिजा प्राप्त गर्न सम्भव छ।

    एआई दैनिक जीवनका प्रत्येक क्षेत्रलाई सहज बनाउने साधनका रूपमा जति विकसित हुँदै जान्छ, उति नै यो प्रविधिलाई निजि सम्पत्तिका रूपमा पूँजीपतिहरूका मातहत राख्नुहुन्न भन्ने तर्क बलशाली हुँदैजान्छ। किनभने प्रविधिको प्रयोगमार्फत बहुसंख्यक जनताको हितको साटो थोरै धनाढ््यहरूको हित गर्नु कदापि उचित होइन। र, सबैभन्दा महत्वपूर्ण कुरा, एआईको आगमनसँगै स्वभाविक रूपमा निम्तने बेरोजगारीसँगै विश्वव्यापी रूपमा सामाजिक सुरक्षाको पनि उठ्नेछ। र, यिनै कारणहरूले पनि एआईलाई सामाजिकीकरण गर्ने वा राष्ट्र्यिकरण गर्ने भन्ने सवाललाई झनै अघि बढाउनेछ।

    मार्क्सको उक्ति : ‘प्रत्येक मान्छेबाट उनको क्षमता अनुसार, प्रत्येक मान्छेलाई तिनको आवश्यकता अनुसार’ को मर्मलाई २१ औँ शताव्दि अनुकुल हुनेगरी यसरी अद्यावधिक गर्नुपर्ला, ‘एआई अर्थव्यवस्थाले सबैलाई रोजगारी र नियमित तलब पुर्याउन नसक्ने भएका कारण, प्रत्येकलाई उनीहरूको आवश्यकता अनुसार।’

    यो सुरुवाती चरणमा पनि, डिजिटल पूँजीवादले एक हदसम्म सामाजिक सुरक्षालाई प्राथमिकता देला नि त भन्ने अपेक्षा अब झुटको कथा प्रमाणित भइसकेको छ। गुगल र एप्पलका अर्बपतिहरूले कर छल्नकै लागि आफ्नो कम्पनीको नाफा अपतटीय–आश्रयहरूमा लगेर बचत गरेबाटै पनि यिनीहरूले सामाजिक जिम्मेवारीलाई कसरी छल्न चाहन्छन् भन्ने प्रष्ट हुन्छ। फेसबुकले नागरिकहरूको तथ्यांकको दुरुपयोग गरेको घट्ना सन् २०१८ मा बाहिरिएबाट यिनीहरूको व्यापार मोडल कस्तो हुन्छ भनेर बुझ्न हामीलाई सहयोग पुर्याउँछ। डिजिटल पूँजीवाद र प्राइभेट कम्पनीहरूले कसरी समाज हितको मूल्यमा आफ्नो स्वार्थलाई मात्रै हेर्छन् भन्ने तथ्य त्यस घट्नाबाट राम्ररी बुझ्न सकिन्छ।

    प्रविधिका कारण सिर्जित बेरोजगारी व्यापक भएपछि यो विषय कहाँसम्म पुग्ला भन्ने अनुमान अहिल्यै गर्न सकिन्छ। ‘हाम्रो जिम्मेवारी त हाम्रा शेयरधनीहरूप्रति मात्रै हो,’ त्यतिखेर एआईजडित रोबोर्टहरूका अति धनाढ्य मालिकहरूले भन्नेछन्, ‘हामी कुनै रोजगारदाता अथवा समाजसेवी कम्पनी होइनौँ।’

    यी कम्पनीहरूलाई आफ्नो सामाजिक जिम्मेवारीबाट भाग्न सजिलो छ किनभने पश्चिमी देशका कानुनी व्यवस्था तथा तिनमा भएका सजिला छिद्रहरूले व्यक्तिगत सम्पत्तिलाई नै सबैभन्दा बढी सुरक्षा प्रदान गर्छ। निश्चय नै, चीनमा पनि अलिबाबा र टेन्सेन्टजस्ता प्राइभेट कम्पनीहरू छन्। तर हाम्रोमा फरक व्यवस्था छ। यस्ता कम्पनीहरू राज्यबाट नियन्त्रित छन् र यी कम्पनीहरूले आफूलाई सामाजिक नियन्त्रणभन्दा बाहिर या माथि छु भन्ठान्दैनन्।

    अबका दिनमा एआई यति व्यापक हुनेवाला छ कि यसले बजारको प्रभुत्वलाई अन्त्य गरिदिनेछ। यदि उद्योगले अधिकांश मान्छेका लागि रोजगारीको अवसर पैदा गर्छ भने त्यस्तो अवस्थामा बजारले यथोचित रूपमा काम गर्न सक्छ। तर अत्यधिक मात्रामा रोबोटहरूले मान्छेको स्थान लिन थानेपछि उद्योगले केबल बेरोजÞगारी पैदा गर्छ। र, यस्तो अवस्थामा राज्यले कुनै गम्भीर कदम उठाउनुको अर्को विकल्प हुँदैन। जब एआईले आर्थिक तथा सामाजिक जीवनमाथि आक्रमण गर्न थाल्छ, सबै निजी कानूनसँग सम्बन्धित विषयहरू छिट्टै नै सार्वजनिक विषय हुनथाल्छन्। समाजमा निरन्तर आविस्कारहरू हुँदा, बाहिरबाट हेर्दा स्थायित्वजस्तो देखिन्छ तर अस्थिरता व्यापक भइसकेको हुन्छ। यस्तो अवस्थामा धेरैभन्दा धेरै प्राइभेट कम्पनीहरूलाई नियमन गर्नु आवश्यक भएर जान्छ।

    म यस ऐतिहासिक प्रक्रियालाई योजनाबद्ध बजार अर्थव्यवस्थाको एक निकट पाइला ठान्दछु। हामीले खुला बजार पूँजिवादका रूपमा बुझेको यस्तो व्यवस्थाले हामीलाई अन्त कहीँ लैजादैँन, बरु एआईमाथि कुलिनवर्गको निरंकुसतातर्फ लैजान्छ। यी कुलीन पूँजीपतिहरूले बौद्धिक सम्पत्ति(इन्टेलेक्चुअल प्रपर्टी)मा भाडा असुल्छन् किनभने यही बौद्धिक सम्पतिले नै उत्पादनको साधनलाई मुख्य रूपमा नियन्त्रण गरेको हुन्छ। वैश्विक स्तरमा, यस्तो खुला–डिजिटल–पूँजीवादको कल्पना गर्न सहज छ, किनकि त्यसले बजारको हिस्सेदारीका लागि रोबटहरूबीच (खासमा ठूला रोबर्ट निर्माता कम्पनीहरूबीच) द्वन्द् हुन्छ । र, त्यो निश्चित रूपमै विनाशकारी रूपमा समाप्त भएर जान्छ, जसरी पहिले साम्राज्यवादी युद्धहरूमा हुने गरेको थियो।

    सामाजिक कल्याण या सामाजिक सुरक्षाकै लागि पनि व्यक्ति तथा निजी कम्पनीहरूलाई जुनसुकै विशिष्ट र अत्याधुनिक प्रविधि या कोर–एआई–प्लेटफर्महरू राख्ने अनुमति दिनुहुँदैन। परमाणु तथा जैबिक रसायनिक हतियारलाई जसरी व्यवहार गरिन्छ, यिनीहरूमाथि पनि त्यस्तै व्यवहार गरिनुपर्छ, किनकि यिनीहरू रहेसम्म एक मजबुत र स्थिर राज्यबाहेक अरु कसैले पनि सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सक्दैन। हामीले एआईलाई राष्ट्रियकरण नगरेसम्म औद्योगीकिरणको शुरुआतीमा देखिएका दुखान्त घट्नामा जस्तै फस्न सक्छौँ, जहाँ ठूला र डरलाग्दा फ्याक्ट्रीहरूमा काम गर्ने मजदुरहरूका कलिला छोराछोरीहरूले एक टुक्रो पाउरोटीकै लागि पनि पुकारा गरिरहेका हुन्थे।

    साम्यवादको सपना शारिरीक–श्रमको उन्मूलन हो। यदि सिमित पूँजीपतिहरूको सट्टामा एआईलाई समाजको सेवा गर्न बाध्यकारी बनाइन्छ भने, यसले सबैलाई समृद्धिको जीवन दिँदै कठोर परिश्रम गर्न वाध्य रहेको आजका धेरैजसो मजदुर र श्रमिकहरूलाई मुक्ति पनि दिनसक्छ । यदि राज्यले बजारलाई नियन्त्रण गर्ने हो भने त्यस्तो अवस्थामा राज्यलाई नै नियन्त्रित गर्ने डिजिटल–पूँजीवादको सट्टा ‘वास्तविक कम्युनिस्ट आकांक्षा’लाई प्राप्त गर्न सकिन्छ। अत्यधिक परिणामका सूचनाहरूलाई प्रसोधन गरेर जटिल–प्रणाली–व्यवस्थापनलाई तिब्र रूपमा सक्षम बनाउने भएकाले यसले पहिलो पटक बजारका संकेतहरूको लागि एउटा वास्तविक विकल्प प्रस्तुत गर्न सक्छ। बजार संकेतले खुला बजार अर्थतन्त्रलाई लामो समयदेखि जायज ठहरायो, र ख्याल गर्नुपर्ने कुरा यो छ कि धेरै खालका समस्याहरू पनि त्यही खुला बजार अर्थतन्त्रकै कारण निम्तिएका हुन्।

    अझै भन्नुपर्दा, चीनको समाजवादी बजार अर्थव्यवस्थाको उद्देश्य देशभरका जनताको लागि उत्पादनको फल टिप्ने खालको हो, न कि यो केबल आफ्नो निजि स्वार्थी हितमा काम गर्ने कुलीन वर्गको लागि हो। चीनको यस्तो खालको समाजवादी अर्थ व्यवस्थाले मानव विकासलाई नयाँ चरणतर्फ लैजान सक्छ।

    यसरी राज्यले नियमन गरेर अघि बढेमा, एआइको आगमनमा कुनै डर मान्नुपर्देन। बरु एआइले जीवनलाई झनै सहज बनाउने हुनाले त्यसमा हामीले हर्ष मान्नुपर्छ। यदि एआइलाई सामाजिक नियन्त्रणमा ल्याउन सकियो भने यसले अंततः श्रमिकको समय वर्वाद हुनबाट जोगाउँछ। र, केबल माथिमाथि रहेका मालिकहरूलाई झनै उकास्नका लागि अरुले पसिना बगाउनुपर्ने छैन। र, यस्तो अवस्थामा भविष्यको साम्यवादले अर्को नयाँ नारा ल्याउन पनि सक्छः ‘दुनियाका रोबर्टहरू एकजुट होउँ।’

    चीनको सिंघुआ विश्वविद्यालयमा कानूनका प्राध्यापक रहेका फेङ जियाङ चीनको सबैभन्दा प्रमुख कानूनी विद्वानहरूमध्ये एक हुन्। वासिङ्टन पोस्टबाट नेपाल रिडर्सका लागि प्रकाश अजातको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      फेङ सियाङ

      फेङ सियाङ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.