Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सहयोग नाटक गर्दै राजदूतहरु : ‘चीन, भारत, बेलायत, जापानका राजदूत भने बेखबर’

सहयोगीबाट सहयोगीबाट
बैशाख ३१, २०७८
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    खोप तथा अत्यावश्यक मेडिकल सामग्रीको सहयोग उपलब्ध गराउन परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत, भारत, चीन, जर्मनी, रुससहितका मुलुकलाई पत्राचार गरेकै दिन बिहिवार ओमानस्थित राजदूत शर्मिला पराजुली ढकालको वाहवाही जोडिएको खबर नेपाली समाचार संजालमा छायो ।

    ओमानस्थित गैर आवासीय नेपाली संघको पहलमा शनिबार आउन लागेको ६ सय अक्सिजन सिलिन्डरसँगै जोडिएर मस्कटस्थित राजदूत ढकाल छाएकी थिइन् । तर, आश्चर्य यो सहयोग योजनामा राजदूतको कुनै प्रकारको साइनो र सम्बन्धै थिएन । समाचारमा भने मानौं राजदूत स्वयमले खरिदारी गरेर र ढुवानी प्रबन्धसमेत आफैंले तय गरेर अक्सिजन पठाउन लागेकी छिन् जस्तो गरिएको छ । आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेपनि शक्तिकेन्द्रको आडमा हालै आफ्नो पदावधीमा ‘अनिश्चित अवधी’ थप गर्न सफल ओमानस्थित राजदूत ढकाल स्वयं म्यानपावर ब्यवसायीसमेत भएकाले उनको ‘लिंक’ हरतरहमा छाएको छ ।

    तर, नचाहिंदो बिज्ञापनसहितको समाचार छाएपछि ओमानमा रहेका नेपाली श्रमिक र आफ्नो भूमीमा आइपरेको बिपतमा सहयोग गर्न चाहने नेपाली साधारणजन रिसाउने नै भए । ओमानबाट सामाजिक कार्यकता बिद्या सापकोटाले ट्वीटरमा जवाफ दिएकी छिन्—‘पैसा हामीले उठाएका हौं, ढुवानीको लागि जहाजको व्यवस्थापन राजदूतले सरकारसँग समन्वय गर्नुभएको हो ।’

    यसरी समाचारमा छाएको केही घण्टामैं राजदूत शर्मिलाको नाटकको नौटंगी छ्यालब्याल भएको थियो ।

    बेलायतका राजदूत लोकदर्शन रेग्मी कहाँ छन् ? देश–दुनियाँलाई सहयोग गरिरहेको चीनमा रहेका राजदूत महेन्द्र पाण्डेको पहलकदमी केकता देखियो ? चाकडी र जिहजुरीका भरमा आफ्नो ४ वर्षे कार्यकालमा फेरि पदावधी थमौती गर्ने राजदूत प्रतिभा राणा (पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु) कुन ‘आइसोलेसन’मा छिन् ? अमेरिकाका लागि राजदूत रहेका डा. युवराज खतिवडाकै अग्रसरता पनि के छ ? यसबीचमा परराष्ट्र मन्त्रालयको समन्वय कता छ ? परराष्ट्रमा प्रवक्ताको भूमिका र अस्तित्व किन कहींकतै देखिन्न ? कतिसम्म भने अमेरिकी सिनेटमा नेपालमा देखिएको स्वास्थ्य संकट र आवश्यक सहयोगबारे बहस सुरु भएकै आधारमा वासिङटनमा रहेको नेपाली दूतावासले ‘हामीले बहस गराएको’ टाइपको क्रेडिट लिने काम सुरु भैसकेको छ ।

    बिहिवारै पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले कोरोना संक्रमणको अत्यासमाझ ‘मानवीय संकट’ घोषणा गर्दै मित्र राष्ट्रहरुबाट चाहिएको सहयोगको सूची उतारेर आफ्ना राजदूतहरु परिचालन गर्न सुझाव दिएलगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘सुझावमा भनेअनुसार काम थालिएको’ प्रतिक्रिया दिए । ‘खोप, उपकरण तथा स्वास्थ्य सामग्रीको सूची तयार गरी मित्रराष्ट्र र विकास साझेदारहरुलाई दिइनुका साथै उच्च कुटनीतिक तहमा पत्राचार भएको छ । सो प्राप्तीका लागि यहाँस्थित कुटनीतिक नियोगहरुसँग निरन्तर समन्य गर्दै विदेशस्थित नियोगहरु परिचालन गरिएको छ’,मन्त्री ज्ञवालीले भनेका छन् । तर, यो पनि मुखैको मीठो मात्रै हो ।

    विदेशका बिभिन्न नियोगले यस्ता सहयोग सामग्री नेपाल पठाउँदा भन्सार छुट गराइपाउन अनुरोध गर्दै आएपनि परराष्ट्र र अर्थ मन्त्रालयले कुनै निर्णय लिन सकेको छैन । किनभने राजनीतिक भागबन्डा र एमाले सत्तारुढभित्रको भागदौडका माझ परराष्ट्र मन्त्री ज्ञवाली तथा अर्थ मन्त्री बिष्णु पौडेल दुबै मन्त्रालयका काममा नदेखिएको एक महिनाभन्दा बढी भैसकेको छ ।

    परराष्ट्रले मन्त्रीसरहको हैसियतमा रहेका चीन, भारत, बेलायत र अमेरिकामा रहेका नेपाली राजदूतलाई सामान्य सोधपुछ वा स्पष्टीकरण लिनसम्म पनि आँट गरेको देखिन्न । त्यसमाथि अहिले चीन, भारत र अमेरिकामा बिगतमा शक्तिशाली मन्त्री भैसकेका पात्र राजदूतका रुपमा नियुक्त छन् भने बेलायतमा मुख्य सचिव भैसकेका रेग्मी पदीय ‘बार्गेनिङ’ का भरमा राजदूत बनेर गएका हुन् । तर, लण्डनमा आवासीय राजदूत बनेको ६ महिना नाघिसक्दा पनि यी राजदूत रेग्मीसँग स्थानीय नेपालीले चिनापर्ची वा दोहोरो संवादसम्म गर्न पाएका छैनन् ।

    अर्को उदाहरण छ— भारतस्थित राजदूत निलाम्बर आचार्यको । कोरोना महामारीको अघिल्लो चरण जारी रहेकै बेला गत वर्ष डिसेम्बरमा भारत सरकारको विदेश मन्त्रालयले दिल्लीमा रहेका ८० भन्दा बढी देशका राजदूतहरुलाई हैदराबाद भ्रमणमा लगेको थियो । कोरोना प्रतिरोधमा बनिरहेको भ्याक्सिन र यसबारेको बिस्तृत जानकारी दिलाउन राजदूतहरुलाई लगिएकोमा नेपालका राजदूत आचार्य मात्रै त्यहाँ उपस्थित भएनन् । आफू त्यहाँ नगएको बारेमा न उनले परराष्ट्र मन्त्रालयमा जानकारी गराए, न उनी किन नगएका हुन् भनेर परराष्ट्रले नै सोधेको थियो ।

    ‘त्यसबेला भ्रमणमा गएका र कोरोना भ्याक्सिनको आवश्यकतामा चासो राख्ने केही एशियाली मुलुक तथा अफ्रिकी मुलुकलाई समेत यसपटक भारतले प्राथमिकताका साथ भ्याक्सिन उपलब्ध गराएको छ । जबकि नेपालका हकमा खरिद गर्ने भनेर प्रकृया अघि बढाएपनि अनेक कारणले ढिलाइ भएको स्थिती छ’दिल्ली पोष्टिङमा रहेका परराष्ट्रका एक अधिकृतले भने । तर, यसबारेमा पनि राजदूत आचार्यसग परराष्ट्र मन्त्री वा सचिवले ‘के–कति कारणले ढिलाइ भैरहेको हो’ भनेर सोधपुछ गर्न सकेको छैन । – नेपालप्लस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.