Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राजदूतहरु घर फर्कँदैं, जागिर खाने बाहेक अर्को उपलब्धि के त ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ २४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल सरकारले नियुक्त गरेकामध्ये युरोपेली मुलुकसहितका ५ जना राजदूतहरु अब एक महिनाभित्रमा घर फर्कदैंछन् । जर्मनी, फ्रान्स, बेल्जियम, बेलायत र पाकिस्तानबाट घर फर्कने यी राजदूतहरु सबैजना कूटनीतिक सेवाभित्रका हुन् ।
    फर्कनेमा जर्मनीका रमशेप्रसाद खनाल र फ्रान्सका दीपक अधिकारी सेवानिवृत्त भएर घर फर्कदैंछन् भने बेल्जियमका लोकबहादुर थापा, बेलायतका दुर्गाबहादुर सुवेदी र पाकिस्तानकी सेवा लम्साल फेरि परराष्ट्र मन्त्रालयकै नियमित काममा फर्कने छन् । यीमध्ये जर्मनीका लागि सहसचिव रामकाजी खड्का, बेल्जियममा गेहेन्द्र राजभण्डारी र पाकिस्तानमा तापस अधिकारीको राजदूत नियुक्ती सिफारिश समेत भैसकेको छ ।

    नेपाली राजनीति र कूटनीतिमा सबैभन्दा चर्चामा रहने भनेको बिभिन्न पद तथा ओहोदामा हुने गरेको ‘राजनीतिक नियुक्ती’ हो । संयोगले यसपटक एउटै समयमा ५ वटा मुलुकबाट फर्कन लागेका राजदूतहरु भने राजनीतिक भागबण्डाका नियुक्तिभन्दा परराष्ट्र सेवाकै प्रतिनिधि पात्रहरु हुन् । सेवाभित्रकै भएपछि स्वभावत ४ बर्षे राजदूत कार्यकालमा भएका उपलब्धिका कामहरुभन्दा बढि उनीहरुले बिताएका समयको सामान्य लेखाजोखा मात्रै हुने गरेको छ । यहि स्थानमा राजनीतिक नियुक्ति भैदिएको भए कि आलोचना कि कमिकमजोरी मात्रै केलाएर नेपाली मिडिया, समीक्षक र कुटनीतिक मामलाका बिज्ञहरुले उछितो काढिरहेका हुने थिए । उदाहरण दिएर भन्ने हो भने बिगतमा लण्डनको त्यही पदमा कांग्रेसका डा. सुरेशचन्द्र चालिशे हुँदा होस वा वासिङटन डीसीमा कांग्रेसकै डा. शंकर शर्माको कार्यकाल होस् । अथवा, बिगतमा नियुक्त बेल्जियममा माओवादीका राममणि पोखरेल हुन् अथवा श्रीलंकापाकिस्तानका लागि कांग्रेसका बलबहादुर कुवर । अनाहकको र पुष्टि हुन नसकेकै बिषयमा अष्ट्रेलियाकी राजनीतिक नियुक्तिकी लक्की शेर्पा फिर्ता बोलाइन्, बेइजिङबाट लिलामणि पौड्याल किन फिर्ता बोलाइएको हो ? स्वयं परराष्ट्र मन्त्रीलाई पनि थाहा छैन ।

    आशा : बेलायत र जर्मनीमा

    दुई शताब्दीअघि नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित भएको बेलायत र नेपाललाई सहयोग प्रदान गर्नेमध्येको अग्रणी मुलुक जर्मनीका मामलामा नियुक्त हुने राजदूतको भूमिका तथा जिम्मेवारीलाई निकै महत्वपूर्ण रुपमा लिने गरिएको छ । तर, यो सम्बन्धको आयाममा कूटनीतिक जिम्मेवारी निर्वाह गर्ने कुरासमेत सधैं चल्दै आएको र क्यालेन्डर अनुसार भानु जयन्ती वा शेक्सपियर र गोएथे स्मृति मनाउनेमा मात्रै सिमित रहेमा त्यसले राज्य तहमा के योगदान दिनसक्ला ?

    बेलायतका लागि नियुक्त भएका राजदूत दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका योग्य र प्रतिष्पर्धी उम्मेद्धार हुन् । आफ्नो प्रशासनिक कूटनीतिक नामभन्दा बढि साहित्यिक उपनाम ‘दूबसु क्षेत्री’का रुपमा बढि चिनिएका यी राजदूत सबैभन्दा बढि नेपाली भाषा–साहित्यप्रेमी कुटनीतिक पात्रका रुपमा स्थापित छन् । अरु बृहत्तर द्धैदेशीय आर्थिक र कूटनीतिक गतिबिधिभन्दा बढि कवि गोष्ठी, साहित्य–सेमिनारमा उनको उपस्थिती पछिल्लो ४ बर्षमा देखिएको थियो । बेलायतसँग गर्नुपर्ने आर्थिक कूटनीतिको साझेदारीका बुँदाहरु, गोर्खा सैनिकको समान सेवासुविधाका मागहरु र लण्डनस्थित नेपाली दुतावासकै बिक्रीमर्मतसम्भारको पुरानो मुद्धा समेत अझै सुल्झन (अघि बढ्न) सकिरहेको देखिन्न ।

    बरु लण्डनस्थित दूतावासका उपनियोग प्रमुख शरदराज आर्यनको ट्वीटर सामाजिक संजालमा लण्डन दूतावासका गतिबिधि भिन्न रुपमा झल्किएको देख्न सकिन्छ । आर्यन अहिले आफ्नो कार्यकाल पुरा गरेर काठमाडौं फिरेकै भएपनि दूतावास र राजदूतका गतिबिधि उनी ‘पोष्ट’ गरिरहेकै छन् । राजदूत सुवेदीको पछिल्ला उल्लेख्य काम देखिन्छन्—‘राजदूत डा. सुवेदीलाई ब्रेकनमा बिशेष सम्मान’, ‘राजदूतको शब्द, ढकालको गायनमा बेलायतमा बन्दै म्युजिक भीडीओ’, ‘राजदूत डा. दूबसु सम्पादक रहेको बेलायतमा नेपाली कथा सार्वजनिक’, ‘नेपाली साहित्य विकास परिषद् युकेको रजत बार्षिकोत्स्व’ आदि ।

    जर्मनीका हकमा पनि राजदूत रमेशप्रसाद खनाल परराष्ट्रका योग्य उम्मेद्धार हुन् जो उमेर आधारमा राजदूत जिम्मेवारी पुरा गरेर भदौ अन्त्यमा घर फर्कँदा सेवानिवृत्त भैसकेका हुनेछन् । पछिल्लो ६ महिनायता संसारलाई आक्रान्त बनाउनेगरि देखिएको कोभिड–१९ को संक्रमण र चुनौतीलाई देखाएरै अरु कूटनीतिक नियोगजस्तै जर्मनीले पनि ‘बहानाबाजी’ बनाउन पाएको छ । उमेर आधारमा अब घर फर्कने बेलासम्म सेवानिवृत्त भैसक्ने पेरिसस्थित राजदूत दीपक अधिकारी पनि केही उल्लेख्य काम र गतिबिधीभन्दा यही कोभिड–१९ को उस्तै ‘असहज कारण’ देखाउने स्थितिमा छन् । बेल्जियम, ब्रसेल्स आफैंमा बहुपक्षीय सम्बन्ध र सरोकारको केन्द्र भएपनि नियमित तरहका कामकारवाहीबाहेक यहाँको दुतावास–राजदूतले काम गर्न सकेको देखिन्न । बेल्जियमले पनि कोभिड–१९ को प्रभाव र असाधारण अवस्थालाई आफ्नो वेवसाइटमा स्पष्टगरि आवरण पेजमैं राखेको छ ।

    जर्मनीका हकमा बोनमा ५५ बर्षदेखि रहेका नेपालको घरजग्गा र सम्पत्ति बिक्री गर्ने अख्तियारी राजदूत खनालले पाएपनि यही कोभिड–१९ का कारण तोकिएको काम पुरा हुन नसकेको स्थिती देखिन्छ । हरेक राजदूतको ४ बर्षे कार्यकालमा पछिल्लो ६ महिनाकै कारण सम्पूर्ण उपलब्धी हराएको हो कि झैं देखिन्छ । तर पछिल्लो कोभिड महामारीलाई देखाएर पुरै ४ बर्षे कार्यकाललाई मुछ्नु चाँही देशकै लागि उदेक लाग्दो छ । यसै महिनाभित्रमा परराष्ट्र फर्कन लागेकी पाकिस्तानको इश्लामाबादस्थित राजदूत सेवा लम्साल पनि कूटनीतिका अतिरिक्त क्रियाकलापभन्दा बढि कोभिड–१९ कै मारमा परेको देखिन्छ । बिग्रिएको भारत–पाकिस्तान सम्बन्ध, ४ बर्षदेखि अड्किएको सार्क सम्मेलन र यही कारणले क्षेत्रीय सम्बन्धमैं देखिएको असन्तुलनमाझ राजदूत सेवा लम्सालले धन्य सहजै आफ्नो कार्यअवधी पुरा गरेकी छिन् भनेर चित्त बुझाउने बाटो भने परराष्ट्र मन्त्रालयसँग छ ।

    यसैगरि, उमेर आधारमा अवकाश पाउन लागेका इजिप्टको कायरोस्थित राजदूत झविन्द्र अर्याल (कुटनीतिक), म्यानमारस्थित भीम उदास (राजनीतिक), युएइका कृष्णप्रसाद ढकाल (कुटनीतिक), बहराइनका पदम सुन्दास (राजनीतिक), कतारका नारद भारद्धाज (राजनीतिक) आदि के गरिरहेका छन् भन्ने थाहा पाउन पनि मुश्किल छ । कोरोना संक्रमणका कारण उद्धार नपाएर सिथिल बनिरहेका वा ज्यान गुमाइरहेकाहरुको तस्विर कहिले युएइमा आबुधावीस्थित नेपाली दूतावासको गेटैमा देख्न पाइएको छ भने कहिले साउदी अरेबियाका श्रमिक शिविरभित्र ‘घर फर्कन पाउँ’ भन्दै भैरहेको बिद्रोह पनि देख्नपाइएकै छ । यसकारण पनि अहिले सेवासुविधा र हैसियतसहित राजदूतमा नियुक्त गरिएका राजनीतिक वा कुटनीतिक बर्गका राजदूतहरुको कार्य उपलब्धी र उपादेयता नदेखिनु स्वभाविक हो, किनभने सबैसँग मिल्दो बहाना छ— कोविड १९ ।

    बरु यहि संकटको घडीमाझ पनि ओमानस्थित राजदूत शर्मिला ढकाल पराजुलीको भने केहि काम देखिएको छ । उनले मस्कटमा नेपाली दूतावास भवन बनाउनका लागि जमिनको प्रबन्ध गराएकी छिन् । सरकारले कूटनीतिक तहमा आफ्नै जमिनघर खरिद गर्नका लागि हरेक दुतावासलाई हरेक बर्ष केहि बजेट र आवश्यक निर्देशन दिंदै आएको छ । तर, २ बर्षअघि झण्डै १ अर्व रुपैंयामा अमेरिकाको डीसीमा राजदूत निवास किनिएको र योपटक ओमानमा जग्गा किनिएको बाहेक अरु चलअचल सम्पत्ति कूटनीतिक नियोगमार्फत जोडिएको सूचना बाहिर आएको छैन । – नेपाल प्लसबाट साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.