Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अफगानिस्तानमा अमेरिका: देखिने र नदेखिने पाटाहरु

सच्चिदानन्द जोशी सच्चिदानन्द जोशी
साउन ३२, २०७८
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तालिबान लडाकुहरुले अफगानिस्ताको सत्ताकव्जा गरेर इस्लामिक इमिरेट्स अफ अफगानिस्तान पुनःस्थापना गरेपछि एउटा रेटोरिक जोरजोरले सुनिदै छ कि अफगानिस्तानमा अमेरिका हार्‍यो। यो भनाइमा अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थितिका विरोधीहरु देखि अमेरिकी सेना फिर्ता ल्याउने जोसेफ वाइडेन प्रशासनको निर्णयका विरोधीहरु सम्मकाले हो मा हो मिलाईरहेको पाइन्छ। तर के वुझ्नु आवस्यक छ भने सशस्त्र संघर्षहरु हुन् या युद्ध, देखिने र नदेखिने पाटाहरु फरक हुन्छन्। अफगानिस्तानका ताजा घटनाक्रमले हामीलाई एकपटक फेरि “मोक व्याटल अफ मनिला वे“ को सम्झना गराएको छ।
    के हो “मोक व्याटल अफ मनिला वे“?

    सन् १८९८ को कुरा हो, अमेरिका र स्पेनका विच उपनिवेशहरुका लागि युद्ध चलिरहेको थियो। फिलिपिन्स स्पेनको कव्जामा थियो र अमेरिका त्यो हत्याउन चाहन्थ्यो। उता फिलिपिन्स भित्रै पनि क्रान्तिकारीहरु स्पेनको कव्जावाट फिलिपिन्सलाई मुक्ति दिलाउन चाहन्थे। युद्धको विजयको लागि यो त्रि-ध्रुवीय संघर्षलाई दुई-ध्रुवीय वनाउन आवश्यक थियो। अमेरेकीहरुले चलाकी पूर्वक काम गरे। यता स्पेनसँग गोप्य साँठगाठ गरे। जस अनुसार एउटा सन्धि नै भयो जसलाई “ट्रिटी अफ पेरिस” भनिन्छ। जस अनुसार स्पेनले २० मिलियन डलरमा अमेरिकालाई फिलिपिन्स विक्रि गर्‍यो। तर यता फिलिपिन्समा भने युद्ध जारी रहेको र अमेरिकीहरुले स्पेनिसहरुलाई धपाएको देखाउन एउटा नाटक रचियो। विहान एउटा निश्चित समयमा अमेरिकीहरुले वन्दुक पड्काउने, उता स्पेनिसहरुले पनि पड्काउने, अनि अमेरिकीहरुले आत्मसमर्पण गर्न आह्वान गर्ने र स्पेनले आत्म समर्पण गर्ने।

    यो सव गोप्य साँठगाठ र नाटकवाट वेखवर फिलिपिनो क्रान्तिकारीहरुले अमेरिकाले आफ्नो मुलुकवाट स्पेनिस आततायीहरुलाई खेद्न मद्दत गरेकोमा अमेरिकाको सह्राहना गरे र सहयोग गरे। यसरी विना ठुलो प्रयत्न फिलिपिन्समा अमेरिकी कव्जा भयो। तर जव क्रन्तिकारीहरुले अमेरिका

    – सच्चिदानन्द जोशी

    आफ्नो मुक्तिदाता नभएर स्पेनको ठाउँमा नयाँ मालिक वनेर आएको महसुस गर्न थाले, समय घर्किसकेको थियो। सन् १८९९ मा नै अमेरिकी सेनाले फिलिपिनो क्रान्तिकारीहरुको दमन सुरु गरिहाल्यो। प्यासिफिकमा यो नै अमेरिकाको पहिलो र जवर्जस्त उपस्थिति रह्यो।

    अब अफगानिस्तानमा “नयाँ ट्रिटी अफ पेरिस“
    अफगानिस्तान कै कुरा गर्ने हो भने पनि, सन् १९७९ मा व्रेझनेभ डक्ट्रीनको आलोकमा सोभियत संघले अफगानिस्तानमा सेना पठायो। अमेरिकीहरुले सोभियत संघका विरुद्ध मुजाहिद्दिनहरुलाई सकेसम्म सहयोग गरे। गोलावारुद, वन्दोवस्ती, सुचना र पाकिस्तानी सहयोग। त्यतिले नपुगेर ’अफगान अरव’ हरुको लर्काे लगाइदियो उसले। मुजाहिद्दिनहरुलाई विश्वभरीका ’अफगान अरव’ हरुको सप्लाइ गर्ने, हतियार सप्लाइ गर्ने र आफ्नै निर्माण कम्पनीका ह्याभि इक्वीपमेण्ट सप्लाइ गरेर टनेल र बाटो वनाइदिने काम गरे ओसामा विन लादेनले। सन् १९८८ अप्रिलमा प्रकटमा रुस, अफगानिस्तान, पाकिस्तान र अमेरिका विच सम्झौता भयो “नयाँ ट्रिटी अफ पेरिस“। रुस फिर्ता जाने भयो, अमेरिकाले रुस विरोधी गुरिल्लाहरुलाई सहयोग नगर्ने भयो। (कस्तो हाँसो उठ्दो शर्त अव रुस नै अफगानिस्तानमा नरहे पछि यस्तो शर्तको के अर्थ?) पाकिस्तान र अफगानिस्तानले आपसमा हस्तक्षेप नगर्ने भनियो। गोर्वाचेभले कुरा वुझे वा रुस कमजोर भयो, मुजाहिद्दिनहरु जिते, रुसले अफगानिस्तान छोड्यो। फर्केर गएको एकवर्ष मै सोभियत संघ विघटन हुनपुग्यो। यसो हुनुमा “नयाँ ट्रिटी अफ पेरिस“ को कमाल थिएन भन्न सकिन्न।

    अर्काको भरमा लडाइ जित्नु सहज छ तर सहयोगीहरुका व्यक्त अव्यक्त अभिलाशाहरु पुरा हुन्छन् की हुन्नन्‌ले नै दिर्घकालको सफलता निर्धारण गर्दछ।
    अब मुजाहिद्दिनको कुरा

    जसै मुजाहिद्दिन आन्दोलन सफल भयो र रुसीहरु फर्के, अमेरिकीहरु र सत्तारुढ मुजाहिद्दिनहरुसँग लादेनको खटपट सुरु भयो र उनी पनि आफ्ना लडाकु, हतियार तथा ह्याभि इक्वीपमेण्ट फिर्ता लिएर सुडान तिर लागे। सारा देशी विदेशी लागेर मुजाहिद्दिनहरुलाई त जिताए, तर लगत्तै सुरुभयो गृहयुद्ध। वास्तवमा गृहयुद्ध त देखावटी थियो, वरु त्यो एउटा प्रोक्सी वार थियो। अमेरिकाका अलावा इरान, साउदी अरेवीया, पाकिस्तान, उज्वेकिस्तान सवैले एउटा न एउटा युद्ध सरदारलाई पिठ्यूँमा धाप दिइरहेका थिए। अन्ततः पाकिस्तानको उत्पादन तालिबानहरुले वाजी मारे। किनभने पाकिस्तान अमेरिकाको आशिर्वाद प्राप्त थियो। आफ्ना लडाकु, हतियार तथा ह्याभि इक्वीपमेण्ट फिर्तालिएर सुडान तिर हिडेका भनिएका लादेनको ठुलो सहयोग तालिबानले पायो।

    भनिन्छ तालिबानीहरुले गरेका ठुला ठुला नरसंहारहरुमा पाकिस्तानी सेनाको सहयोग र लादेनका ’अफगान अरव’ हरुको संलग्नता मुख्य थियो। अवस्था कस्तो भने लोकतन्त्रको दुहाइ दिने अमेरिका तुलनात्मक रुपमा लोकतान्त्रिक मसुदको रक्षाका लागि अघि सरेन। मसुद एक्लै लडिरहे। तुर्केमेनिस्तानको तेल अफगानिस्तान हुँदै पाकिस्तान पुर्‍याएर अरव सागर ल्याउने र इरानलाई देखाइदिने रहरमा अमेरिकाले तालिबानलाई सहयोग गरिरह्यो। जव उनीहरु शक्तिमा आए र पनि आनाकानी गर्नथाले अमेरिकाको रिस पनि सतहमा आयो। अल-कायदाले गरेको भनिएको सेप्टेम्वर ११ को विवादास्पद घटनाले अमेरिकालाई आफ्नो रिस फेर्न वादरलाई लिस्नो वनाइदियो। अव त्यही अल-कायदा, त्यहि विन लादेन, त्यहि तालिबान अमेरिकाको शत्रु ठहरिए। उनीहरुलाई ध्वस्तै पारियो, सत्ताच्युत गरियो र ज्यानै लिइयो। विन लादेनलाई लुकाएको भन्दै यति ठुलो ध्वंश मच्चाइयो जसलाई इतिहासले कहिल्यै विर्सने छैन।
    अफगानिस्तानमा कार्जाइको सरकारबनेपछि हालसम्मका सन्दर्भ

    अफगानिस्तानमा कार्जाइको सरकार वन्यो, अमेरिकी फौज वस्न थाल्यो। तर तालिबानलाई पूर्णरुपमा ध्वस्त पारिएन। आवस्यक परेका वेला चाहिन्छ भनेरै। जस्तो कि म्याडलिन अलव्राइट भन्दथिन् “हामी ‘सकेसम्म’ शैन्य हस्तक्षेप गर्छाैं र ‘आवस्यक भए’ मा गैरशैन्य।”

    पाकिस्तानले तालिबानलाई सहयोग दिइरह्यो तर अमेरिका इरानसँग लडिरह्यो, पाकिस्तानलाई सहयोग गरिरह्यो। वेला यस्तो आयो कि फेरि तालिबानहरुलाई अफगानिस्तान भित्रै एक राजनीतिक समुहले अर्काे समुहका विरुद्ध प्रयोग गर्ने, एउटाले गरेको वार्तालाई अर्काेले नमान्ने आदि। जसले तालिबान विस्तारै स्पेस वनाउदै गयो, अर्थात् यसो भनौं उसलाई स्पेस दिइदैगयो।

    उता कण्डोलिजा राइसले “अव अमेरिकाले पहिले जस्तो अफगानिस्तानको साथ छोड्ने छैन, जो ठुलो गल्ति थियो” भनेर कार्जाइसँग प्रतिवद्धता गर्न भ्याइन्। अर्काेतिर तालिबानले विदेशी फौज मुलुकमा वसिरहेसम्म आफु कुनै वार्ता नगर्ने वताइरह्यो। तर आफैले आतंकवादी मानेको तालिबानसँग अमेरिकाले गोप्य र खुल्ला वार्ता र सम्झौता गरिरह्यो, सन् २०१० देखि त खुलेरै र अन्तत जति नाटक गरेपनि सन् २०२० को सुरुमा दोहा सम्झौतामा हस्ताक्षरै गर्‍यो। तालिबानले अल-कायदालाई सहयोग नगर्ने र घानी सरकारसँग वार्ता गर्ने अनि ती सर्त पुरा गरेमा अमेरिकी र नाटो फौजले अफगानिस्तान छोड्ने। देखिनमा भएको यो सम्झौताको लुकेको पाटो अव देखिदै छ। न तालिबानले अल-कायदालाई सहयोग गर्न छोडेको कुनै प्रमाण चाहियो न उसले घानी सरकारसँग वार्ता नै गर्‍यो वरु यता त्यसै सम्झौताको आडमा अमेरिकाले फौज फिर्ता गर्दै गयो उता तालिबानले आक्रमणलाई तेज पार्दैगयो।

    उक्त सम्झौता तालिबानलाई शक्तिमा ल्याउन अमेरिकीहरुलाई सेना फिर्ता लग्ने एउटा उपाय मात्रै थियो र त्यसै वहानामा घानी सरकारलाई कमजोर वनाउने र तालिबानलाई सत्तारुढ गराउने योजना थियो भन्ने प्रष्ट भयो। घानीले कैदि आदानप्रदानमा असहमति जनाएर आफ्नो असन्तुष्टि त जाहेर गरे तर त्यो लाचार अभिव्यक्ति मात्र थियो। हुँदाहुँदा कैयौं आक्रमणहरुलाई घानी सरकारले तालिबानले गरेको भन्ने तर अमेरिकाले आइएसआइएको हो भन्ने समेत भयो। अहिले हेरौं त अमेरिकीहरु हट्न पाएको छैन तालिबानहरुले अफगानिस्तान कव्जा गरे। रमाइलो त के भयो भने ९ सेप्टेम्वरको घटना पछि लादेन परिवारलाई भाग्न दिएर अमेरिकाले एयरपोर्ट वन्द गरेजस्तै अमेरिकी कुटनीतिकहरुलाई भाग्न दिएर मात्र तालिबान कावुलमा प्रवेश गर्‍यो।

    घटनाक्रमले हामीलाई “मोक व्याटल अफ मनिला वे“ एकपटक फेरि सम्झाएको छ। तालिबानसँग “नयाँ ट्रिटी अफ पेरिस“ के भएको छ त्यो त समयले वताउला। जे भएपनि चल्तिको रेटोरिकमा भनिने गरेजस्तो यो अमेरिकाको हार नहुनसक्छ। वरु अनेक सशस्त्र संघर्षहरु या युद्धहरुमा देखिने र नदेखिने फरक पाटाहरु जस्तै रणनीतिक चाल मात्र हुनसक्छ। अर्काे कुनै “नयाँ ट्रिटी अफ पेरिस“ को करामत।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सच्चिदानन्द जोशी

      सच्चिदानन्द जोशी

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.