नेकपा नेतृ अमृता थापा मगरले प्रतिनिधिसभा विघटनविरुद्ध डाडु पन्यू र चुलेसी लिएर उठ्न देशभरका महिलाहरूलाई उठ्न आह्वान गरेकी छन् । राजनीतिमा महिलाहरूको न्युनतम् ३३ प्रतिसत सहभागिता ग्यारेन्टी गरेको तथा राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र स्थानीय तहमा प्रमुख–उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको वर्तमान संविधान महिलाहरुका लागि प्राणभन्दा प्यारो भएको उनले उल्लेख गरिन् ।
खड्गप्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार गरेको भन्दै उनले प्रतिगमन नसच्चिएसम्म सेल्फ डिफेन्स तालिम लिन र डडु–पन्यौं–चुलेसी लिएर उठ्न महिलाहरुलाई आग्रह गरिन् ।
२३ माघमा सभा गर्दै केपी शर्मा ओलीले आँसु चुहाउँदै पार्टीले मलाई काम गर्न दिएन भनेको भन्दै उनले भनिन, ‘केन्द्रीय कमिटीको बैठक बोलाइसकेको अवस्थामा संसद हठात् किन विघटन गर्नुभयो ? संसदीय दलको बैठक राखेर म अप्ठ्यारोमा परेँ, मलाई सहयोग गर्नुस् भनेर किन भन्नु भएन ?’