नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५५ जनामा संक्रमण देखिएको हो । आज थपिएका २५५ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा आज बुधबार थप २ सय ५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप २ सय ५३ जना कोरोना मुक्त भएको बताएका छन्।
योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।