Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालप्रति भारतको हेपाहा नीतिको अर्को उदाहरण: प्रतिबन्धित भारू भुटानको लिनु नेपालमा रहेको फिर्ता नलिनु

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २५, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतले तीन वर्षअघि प्रतिबन्ध लगाएका उसका नोटहरू नेपालबाट फिर्ता लिन नेपालले गरेको आग्रहहरू विफल हुँदै आएको छ। नेपाल राष्ट्र ब्याङ्कमा प्रतिबन्धित ५०० र १००० का पाँच करोड भारतीय रुपैयाँ रहेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताएका छन्। सर्वसाधारणले पनि आफूसँग रहेका त्यस्ता नोट साट्न पाइन्छ भन्ने आशा त्याग्न नसकेको बताउने गरेका छन्।

    तर पूर्व डेपुटी गभर्नर कृष्ण मानन्धरले भारतले आफ्ना प्रतिबन्धित नोट फिर्ता लिने सम्भावना अब शून्यमा पुगेको बताउँछन्।उनी भन्छन्स् ‘भारतका लागि त्यो ठूलो रकम होइन। तर पनि नेपालले बारम्बार आग्रह गर्दा त्यसलाई हेरौँला, छलफल गरौँला भन्नुले फिर्ता लिन नचाहेको देखिन्छ।’

    नेपाल र भुटानमा भारतीय नोट सजिलै प्रयोग गर्ने गरिन्छ। भुटानमा भएका आफ्ना नोट भारतले फिर्ता लिइसकेको छ।२०५१ सालअघि नेपालमा एक सय भारतीय रूपैयाँभन्दा ठूला भारु नचल्ने भएपनि अनौपचारिक रूपबाट यहाँ आएका पाँच सय रूपैयाँका झण्डै २८/२९ करोड भारू लगिदिएको थियो।तर यतिखेर नेपालमा औपचारिक रूपबाटै ल्याइएका पैसा भए पनि नेपालबाट ती नोट फिर्ता नलिनुले भारतीय नियत प्रष्ट हुने कतिपयको बुझाइ छ।

    कोसँग छ बाँकी नोट?
    नेपाल राष्ट्र ब्याङ्कसँग पाँच करोड भारतीय रुपैयाँ बराबरका नोटहरू रहेको छ।भारतमा हरेक वर्ष हजारौँ नेपालीहरू काम गर्न जान्छन्। नेपाली बजारमा भारतीय मुद्रा सहजै चल्ने हुनाले ती नेपालीहरूले आफूसँगै भारतीय मुद्रा बोकेर आएका हुन्छन्।भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय त्यस्ता कामदारका घरका परिवारका सदस्यहरूले आवश्यक परेका बेलामा खर्च गर्ने भनेर राखेका हुनसक्ने बताउँछन्।

    कैयौँ नेपालीहरू उपचार, अध्ययन वा भ्रमणका लागि भारत पुग्छन्। उपचार वा भ्रमणका क्रममा बाँकी रहेको रकम घर फिर्ता ल्याएर थन्क्याउने गर्छन्।त्यस्ता नेपालीहरूमध्ये कतिपयले विभिन्न पहुँचमार्फत् त कतिपयले नोटको मूल्यभन्दा सस्तोमा त्यतिबेलै प्रतिबन्धित नोट साटिसके।

    तर त्यस्तो प्रबन्ध मिलाउन नसकेका कैयौँसँग अझ पनि त्यस्ता नोट बाँकी छन्।पूर्वराजदूत उपाध्यायले त्यसबेला दिल्लीमा रहेकाले कैयौँ नेताहरूका त्यस्ता पैसा साट्ने प्रबन्ध मिलाइदिएका थिए।भारतले फिर्ता लगोस् भनेर बारम्बार नेपाली अधिकारीले गरेको आग्रह आलटाल गर्नुमा भारतभित्रै प्रणालीमा नफर्केको कालो धन तस्करमार्फत नेपाल आइपुग्ने र नेपालबाट त्यो रकम भारत पुग्ने त्रास भारतीयहरूमा रहेको बताइन्छ।

    पूर्वअर्थमन्त्री समेत रहेका भारतीय नेता अरुण जेट्लीले बारम्बार त्यस्तो त्रास आफूसँगको कुराकानीमा व्यक्त गरेको पूर्व राजदूत उपाध्याय बताउँछन्।उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्षले भारतमा नोट प्रतिबन्धित भएका बखत नेपालमा त्यस्तो रकम अरबौँ रहेको भन्ने अभिव्यक्ति दिएपछि भारत झस्केको जानकारहरूको भनाइ छ।पूर्व डेपुटी गभर्नर मानन्धर भन्छन्स् ‘भारतको केन्द्रीय ब्याङ्कले प्रतिबन्धित नोट ९७ प्रतिशत फिर्ता भइसकेको एक रिपोर्टमा जनाएको छ।’

    ‘त्यसैले तीन प्रतिशतमा नेपालबाट आउने रकम निकै न्यून हो। त्यसैले पनि नेपालबाट जाने नोट त्यति समस्याकारी नमान्नुपर्ने हो।’आर्थिक हिसाबले नेपालको अर्थतन्त्रलाई भारतीय नोटको कुरालै खासै समस्या नपर्ने जानकारहरू बताउँछन्। तर सर्वसाधारणले दुस्ख गरि कमाएको रकम गुमाउनुपर्दा भने उनीहरू मर्कामा पर्नेछन्। त्यससँगै नेपालमा भारतले गुमाउँदै गएको भनिएको साखमाथि झन धक्का लाग्न सक्छ।

    त्यसैपनि पछिल्लो नाकाबन्दीयता चुलिएको भारतविरोधी मनोभावमा उस्तै प्रकृतिको नोट भुटानबाट लग्ने नेपालबाट नलग्ने गरेकाले भारतको मिचाहा प्रवृति उजागर भएको कतिपयको भनाइ छ।पूर्वराजदूत उपाध्याय नेपालले भारतले उसका पैसा फिर्ता लगोस् भनेर प्रयत्न कायमै राख्नुपर्ने बताउँछन्। भारतीय अधिकारीहरूसँग बारम्बार कुराकानी गरेर पनि फिर्ता लग्न बाध्य बनाउनुपर्ने उनको तर्क छ।बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.