Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बागलुङकी अंशु भन्छिन् – आत्मविश्वास दह्रो बनाए कोरोनालाई सजिलै जितिन्छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख १३, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी बागलुङकी अंशु सापकोटा डिस्चार्ज भएकी छिन् । बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आउँदा अंशुलाई कोरोना सङ्क्रमण भएको थियो ।

    चैत १२ स्बावको नमुना परीक्षण गर्दा कोरोना संक्रमित ठहर भएपछि उनी धवलागिरि प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । पछिल्लोपटक स्वाब जाँच गर्दा कोरोना नेगेटिभ देखिएपछि शुक्रबार राति डिस्चार्ज भएकी हुन् ।“सुरुमा कोरोना पोजेटिभ आउँदा डर पनि लागेको थियो । के हुने हो, कसो हुने हो भन्ने आशंका थियो । अहिले कोरोनालाई पूर्णरूपमा जितेको छु । शरीरमा कोरोनाको लक्षण नदेखिँदै मलाई केही पनि हुँदैन भन्ने लागेको थियो । अहिले नेगेटिभ नतिजा आएपछि धेरै खुसी लागेको छु,” अंशुले कुराकानीमा भनिन् ।

    हालसम्म कोरोनाको औषधि पत्ता नलागे पनि आत्मविश्वास नै सबैभन्दा ठूलो उपचार भएको बताइन् । “म सबै संक्रमितहरूलाई यही भन्न चाहन्छु, ‘‘कोरोना संक्रमण देखिँदैमा नआत्तिनुस् । धैर्य गर्नुस् । बलियो आत्मविश्वास बनाउनुस् । यो साधारण रोग हो भन्ने ठान्नुस् । कोरोनालाई सजिलै जित्नुहुन्छ ।”शरीरमा कुनै लक्षण नहुँदा पनि २८ दिन अस्पतालमा एक्लै बस्‍नुपरेको बताउँदै त्यो समय निकै पट्यारलाग्दो र पीडादायी भएको बताइन् । घर गएपछि पनि १४ दिन क्वारेन्टाइनमै बस्न र परिवारको सम्पर्कबाट टाढै रहन चिकित्सकले सुझाएका छन् । कोरोनाले धेरै कुरा सिकाएको उनले अनुभूति सुनाइन्।

    अंशुले उपचारमा संलग्न सबै चिकित्सक, नर्सहरूलाई पनि धन्यवाद दिन छुटाइनन् । “म धवलागिरि अस्पतालका सबै डाक्टर, नर्सलाई धन्यवाद भन्न चाहन्छु । राम्रो केयर गर्नुभयो । कुनै कमी हुन दिनुभएन । उहाँहरूको माया, आर्शीवचनले पनि औषधिको काम गर्‍यो । घर–परिवार, आफन्तले पनि माया गरेर हौसला दिइरहनुभयो,” उनले खुसी हुँदै सुनाइन् ।

    उनले कोरोना सङ्क्रमित, आशंकित कसैलाई पनि हेला नगर्न र रोगीको व्यवहार नगर्न अनुरोध गरिन् । “रोग जानीजानी कसैले बोकेर ल्याउने होइन, सार्ने पनि होइन, संक्रमण देखिएमा उसलाई केही नभन्नुहोला,” उनले अनुरोध गरिन् ।अंशु दोहाबार कतार एअरवेजको क्युआर–६५२ मार्फत् नेपाल आएकी थिइन् । आन्तरिक उडानमार्फत् पोखरा उत्रिएकी अंशु त्यही दिन बागलुङ नगरपालिका–४ कुँडुले घर गएकी थिइन् ।

    उनीसँगैको सिटमा बसेर आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया वृद्धामा पनि कोरोना सङ्क्रमण देखिएको थियो । २० गते सङ्क्रण पुष्टि भएकी हजुरआमा पनि १७ औं दिनका दिन, वैशाख ६ गते डिस्चार्ज भएर घर गइसकेकी छिन् । उनी पनि धवलागिरि अस्पतालकै आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । मुटु र दमरोगी उनले पनि सहजै कोरोनाबाट पार पाएकी थिइन् ।

    चैत ४ गते कतार एयरवेजको सोही उडानबाट नेपाल आएकी काठमाडौंकी प्रशिद्धी श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएपछि अंशुको पनि थ्रोट स्वाब परीक्षण गरिएको थियो । प्रशिद्धी पनि वैशाख ६ गते नै डिस्चार्ज भइसकेकी छिन् । उनी टेकुको आइसोलेसन वार्डमा थिइन् ।

    अंशुसँगै डिस्चार्ज हुनेको सङ्ख्या ११ पुगेको छ । नेपालमा हालसम्म ४९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । ३८ जना विभिन्न अस्पतालको आइसोलेसन वार्डमा चिकित्सकको निगरानीमा छन् । बाह्रखरी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.