जुम्लाका किसानहरुलाई यति बेला कालिमार्सी धान भित्र्याउन चटारो छ। दसैंले धान भित्र्याउन नसकेका जुम्लाका किसान दसैं सकिएलगतै धमाधम धान काटन थालेका हुन्।
यो वर्ष असोज महिनामा पानी परेका कारण आलु, मकै, कोदो र सिमी भने पाकेको छैन्। चाँडो तयार हुने कालीमार्सी र चन्दननाथ १ र २ लगायतका क्षेत्रमा पकेकोे किसानहरू बताउँछन् । दसैंअघि पानी परेकाले ज्युलोमा धान पाकेर दाना झर्ने अवस्था भइसकेकाले धान थन्क्याउन हतार भइसकेको सिंँजा गाउँपालिका–२ का राजन खत्रीले बताए। उनले भने ‘दसैं टीकाको दोस्रो दिनदेखि नै यहाँका किसानलाई धान काटन चटारो भएको छ।’ चन्दननाथ नगरपालिकाको डम्पिङ साइटले किसानको धानबाली नष्ट भएको किसानको गुनासो छ।
डम्पिङ वरिपरिको झण्डै दर्जन बढी किसानको धानबाली सखाप भएको चन्दनाथ नगरपालिकाका जनक रोकाया बताउँछन्।