Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

कोरोना भित्रिनै नदिने प्रयास: कर्णाली प्रदेश सरकार

by पत्रपत्रिकाबाट
April 6, 2020
- समाचार
कोरोना भित्रिनै नदिने प्रयास: कर्णाली प्रदेश सरकार
Share on FacebookShare on TwitterEmail

ललित बसेल । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेशका हरेक टोलमा युनिफाइट टिम बनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका हरेक गाउँका टोलहरूमा युनिफाइट टिम गठन गरेर रोगविरुद्ध अभियान थालिएको बताउनुभएको छ ।

सो टिममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक गरी बढीमा छ जनासम्म रहनेछन् । सो टिमले आआफ्नो टोलमा कोरोना भाइरस रोकथाम, नियन्त्रण लगायतका काम गर्नेछ । मुख्यमन्त्री शाहीले टोलदेखि नै सक्रिय भएपछि रोग नियन्त्रण र रोकथाममा मद्दत पुग्ने उद्देश्यले युनिफाइट टिम गठन गरिएको जानकारी दिनुभयो ।

उहाँले कर्णालीमा अहिलेसम्म कोरोना भाइरसका कुनै पनि सङ्क्रमित नपाइएको हुँदा यस्तै अवस्था बनाउन प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको जानकारी दिनुभयो । कर्णालीबाट कतिपय मानिस काम गर्न भारत जाने र आउने हुँदा सबैभन्दा पहिला नाकामा स्वास्थ्यकर्मीसहितको टोली राखेर निगरानी गरिएको उहाँको भनाइ छ ।

प्रत्येक जिल्लामा आइसोलेसन वार्ड
प्रदेशमा रहेका ७९ वटा स्थानीय तहमा कोरोना भित्रिन नदिन विशेष सजग गराइएको मुख्यमन्त्री शाहीले स्पष्ट पार्नुभयो । त्यसका लागि प्रत्येक स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन वार्ड स्थापना गरिएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर र जुम्लामा तीन सय बेडको क्वारेन्टाइन बनाइएको जानकारी दिँदै उहाँले प्रत्येक जिल्लामा बढीमा ५० बेडको आइसोलेसन वार्ड बनाउन प्रदेश सरकारले बजेट दिइसकेको जानकारी दिनुभयो ।

जनशक्ति र उपकरणको कमी
कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास थालिएको छ तर केही चुनौती थपिएको उहाँ बताउनुहुन्छ । जनशक्ति अभाव र आवश्यक उपकरणको समस्याले काम गर्न केही कठिनाइ भए पनि प्रदेश सरकारले रोग नियन्त्रण र रोकथाममा कुनै कसर बाँकी नराखेको मुख्यमन्त्री शाहीको दाबी छ । यद्यपि प्रदेशमा जति जनशक्ति र उपकरण छ, त्यसको पूर्ण रूपमा उपयोग गर्दै कोरोना विरुद्धको अभियानमा सक्रिय भएको जानकारी उहाँले दिनुभयो ।

स्वास्थ्य/सुरक्षाकर्मीलाई सुविधा थप
सङ्कटको अवधिमा पहिलो तहमा सक्रिय रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र सुरक्षाकर्मीलाई ५० प्रतिशत सुविधा थप गरेर मनोबल बढाइएको उहाँले बताउनुभयो । लकडाउनको बेलामा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि प्रदेश सरकारले प्रोत्साहन दिन सुविधा थपेको भन्दै मुख्यमन्त्री शाहीले अहिलेलाई तीन महिनाका लागि यो सुविधा दिने निर्णय गरिएको जनाउनुभयो ।

जहाँ छन् त्यहीँ बस्ने व्यवस्था
लकडाउनको सुरुमा सीमामा अलपत्र परेका कर्णालीवासीलाई प्रदेश सरकारले सम्बन्धित जिल्ला तथा स्थानीय तहको क्वारेन्टाइनमा राख्ने सर्तमा पु¥याए पनि अहिले जहाँ छन् त्यहीँ बस्ने व्यवस्था मिलाइएको मुख्यमन्त्री शाहीको भनाइ छ । उहाँले भन्नुभयो, “अब यता आउँदा रोग भित्रिन सक्ने जोखिम बढी भएकाले जहाँ हो, त्यहीँ बस्ने व्यवस्था मिलाइएको छ । ” भारतसँगको सीमा नाकामा रहेका कर्णालीवासीको अवस्था बुझ्न प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई पठाएको बताउँदै उहाँले प्रदेशवासीको अवस्थाप्रति गम्भीर भएर प्रदेश सरकारले मन्त्री पठाएको जानकारी दिनुभयो ।

विपन्नलाई राहत
मुख्यमन्त्री शाहीले लकडाउनका कारण काम गरी खाने मजदुर वर्ग, विपन्न समुदायलाई मर्का परेको र त्यसका लागि स्थानीय तहसँग समन्वय गरेर राहत प्याकेज ल्याइएको बताउनुभयो । यकिन तथ्याङ्क नभएको हुँदा स्थानीय तहसँग समन्वय गरेर राहतको प्याकेज लैजाने तयारी भइरहेको उहाँको भनाइ छ ।

खाद्यान्न अभाव हुँदैन
मुख्यमन्त्री शाहीले तीन महिनासम्म प्रदेशका जिल्लाहरूमा खाद्यान्न अभाव नहुने बताउनुभएको छ । उहाँले हुम्लामा खाद्यान्न अपुग भएको जानकारी आएपछि अहिले धमाधम हेलिकप्टरबाट खाद्यान्न पु¥याउने काम भइरहेकाले अब समस्या नभएको दाबी गर्नुभयो ।

परीक्षणले सहज
कर्णाली प्रदेशको राजधानी सुर्खेतमै कोरोना भाइरस परीक्षणको कार्य थालिएकोमा मुख्यमन्त्री शाहीले खुसी व्यक्त गर्नुभएको छ । उहाँले कोरोना आशङ्का गरिएकाको थ्रोट स्वाब परीक्षणका लागि काठमाडाँैं पठाउनुपर्ने अवस्था नभएकाले सुर्खेतमै परीक्षण हुँदा यसले सहज बनाउने बताउनुभयो । – गोरखापत्र

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

1 year ago
कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.