Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भित्रिनै नदिने प्रयास: कर्णाली प्रदेश सरकार

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र २४, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ललित बसेल । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेशका हरेक टोलमा युनिफाइट टिम बनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका हरेक गाउँका टोलहरूमा युनिफाइट टिम गठन गरेर रोगविरुद्ध अभियान थालिएको बताउनुभएको छ ।

    सो टिममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक गरी बढीमा छ जनासम्म रहनेछन् । सो टिमले आआफ्नो टोलमा कोरोना भाइरस रोकथाम, नियन्त्रण लगायतका काम गर्नेछ । मुख्यमन्त्री शाहीले टोलदेखि नै सक्रिय भएपछि रोग नियन्त्रण र रोकथाममा मद्दत पुग्ने उद्देश्यले युनिफाइट टिम गठन गरिएको जानकारी दिनुभयो ।

    उहाँले कर्णालीमा अहिलेसम्म कोरोना भाइरसका कुनै पनि सङ्क्रमित नपाइएको हुँदा यस्तै अवस्था बनाउन प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको जानकारी दिनुभयो । कर्णालीबाट कतिपय मानिस काम गर्न भारत जाने र आउने हुँदा सबैभन्दा पहिला नाकामा स्वास्थ्यकर्मीसहितको टोली राखेर निगरानी गरिएको उहाँको भनाइ छ ।

    प्रत्येक जिल्लामा आइसोलेसन वार्ड
    प्रदेशमा रहेका ७९ वटा स्थानीय तहमा कोरोना भित्रिन नदिन विशेष सजग गराइएको मुख्यमन्त्री शाहीले स्पष्ट पार्नुभयो । त्यसका लागि प्रत्येक स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन वार्ड स्थापना गरिएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर र जुम्लामा तीन सय बेडको क्वारेन्टाइन बनाइएको जानकारी दिँदै उहाँले प्रत्येक जिल्लामा बढीमा ५० बेडको आइसोलेसन वार्ड बनाउन प्रदेश सरकारले बजेट दिइसकेको जानकारी दिनुभयो ।

    जनशक्ति र उपकरणको कमी
    कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास थालिएको छ तर केही चुनौती थपिएको उहाँ बताउनुहुन्छ । जनशक्ति अभाव र आवश्यक उपकरणको समस्याले काम गर्न केही कठिनाइ भए पनि प्रदेश सरकारले रोग नियन्त्रण र रोकथाममा कुनै कसर बाँकी नराखेको मुख्यमन्त्री शाहीको दाबी छ । यद्यपि प्रदेशमा जति जनशक्ति र उपकरण छ, त्यसको पूर्ण रूपमा उपयोग गर्दै कोरोना विरुद्धको अभियानमा सक्रिय भएको जानकारी उहाँले दिनुभयो ।

    स्वास्थ्य/सुरक्षाकर्मीलाई सुविधा थप
    सङ्कटको अवधिमा पहिलो तहमा सक्रिय रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र सुरक्षाकर्मीलाई ५० प्रतिशत सुविधा थप गरेर मनोबल बढाइएको उहाँले बताउनुभयो । लकडाउनको बेलामा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि प्रदेश सरकारले प्रोत्साहन दिन सुविधा थपेको भन्दै मुख्यमन्त्री शाहीले अहिलेलाई तीन महिनाका लागि यो सुविधा दिने निर्णय गरिएको जनाउनुभयो ।

    जहाँ छन् त्यहीँ बस्ने व्यवस्था
    लकडाउनको सुरुमा सीमामा अलपत्र परेका कर्णालीवासीलाई प्रदेश सरकारले सम्बन्धित जिल्ला तथा स्थानीय तहको क्वारेन्टाइनमा राख्ने सर्तमा पु¥याए पनि अहिले जहाँ छन् त्यहीँ बस्ने व्यवस्था मिलाइएको मुख्यमन्त्री शाहीको भनाइ छ । उहाँले भन्नुभयो, “अब यता आउँदा रोग भित्रिन सक्ने जोखिम बढी भएकाले जहाँ हो, त्यहीँ बस्ने व्यवस्था मिलाइएको छ । ” भारतसँगको सीमा नाकामा रहेका कर्णालीवासीको अवस्था बुझ्न प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई पठाएको बताउँदै उहाँले प्रदेशवासीको अवस्थाप्रति गम्भीर भएर प्रदेश सरकारले मन्त्री पठाएको जानकारी दिनुभयो ।

    विपन्नलाई राहत
    मुख्यमन्त्री शाहीले लकडाउनका कारण काम गरी खाने मजदुर वर्ग, विपन्न समुदायलाई मर्का परेको र त्यसका लागि स्थानीय तहसँग समन्वय गरेर राहत प्याकेज ल्याइएको बताउनुभयो । यकिन तथ्याङ्क नभएको हुँदा स्थानीय तहसँग समन्वय गरेर राहतको प्याकेज लैजाने तयारी भइरहेको उहाँको भनाइ छ ।

    खाद्यान्न अभाव हुँदैन
    मुख्यमन्त्री शाहीले तीन महिनासम्म प्रदेशका जिल्लाहरूमा खाद्यान्न अभाव नहुने बताउनुभएको छ । उहाँले हुम्लामा खाद्यान्न अपुग भएको जानकारी आएपछि अहिले धमाधम हेलिकप्टरबाट खाद्यान्न पु¥याउने काम भइरहेकाले अब समस्या नभएको दाबी गर्नुभयो ।

    परीक्षणले सहज
    कर्णाली प्रदेशको राजधानी सुर्खेतमै कोरोना भाइरस परीक्षणको कार्य थालिएकोमा मुख्यमन्त्री शाहीले खुसी व्यक्त गर्नुभएको छ । उहाँले कोरोना आशङ्का गरिएकाको थ्रोट स्वाब परीक्षणका लागि काठमाडाँैं पठाउनुपर्ने अवस्था नभएकाले सुर्खेतमै परीक्षण हुँदा यसले सहज बनाउने बताउनुभयो । – गोरखापत्र

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.