Wednesday, April 21, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

कम्युनिष्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै पार्टी अघि बढाउन प्रवासी नेपाली एकता मञ्चद्वारा ध्यानाकर्षण

by पत्रपत्रिकाबाट
July 5, 2020
- समाचार
कम्युनिष्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै पार्टी अघि बढाउन प्रवासी नेपाली एकता मञ्चद्वारा ध्यानाकर्षण
Share on FacebookShare on TwitterEmail

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभिन्न मुलुकका प्रवासी नेपाली एकता मञ्चले एकता बलियो बनाएर पार्टीलाई विधि, विधान, पद्धति र प्रकृयाबाट सञ्चालन नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् । प्रवासी नेपाली एकता मञ्चले अपिलमार्फत कम्युनिष्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना बमोजिम पार्टी अघि बढाउनका नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।

प्रवासी नेपाली मञ्चले पछिल्लो समय अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको खटपट आपसी संवाद र छलफलबाट समाधान गर्नु सुभलाव दिएका छन् । ‘हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प छैन’ विभिन्न मंचका अध्यक्ष र सचिवहरुले संयुक्त रुपमा जारी गरेको अपिलमा उल्लेख छ , ‘पार्टीलाई विधि, विधान, पद्धति र प्रकृयाबाट अघि बढाउदै कम्युनिष्टि आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना बमोजिम अघि बढाउनका लागि पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकीकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मज़बूत बनाउदै सार्थक निष्कर्षमा पुर्याउने अठोटसाथ तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै सिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रित छलफल गर्न आग्रह गर्दछौँ ।’

प्रेस विज्ञप्ति
………………………………………………………..

मिति: असार २०, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आदरणीय कमरेड अध्यक्षद्वय
तथा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय कमिटी, धुम्बाराही, काठमाण्डौं, नेपाल।

नेपाली जनताको संघर्ष, बलिदान र समयक्रममा गठन-पुनर्गठन झेल्दै नेपाल र जनताको सुन्दर र न्यायपूर्ण भविष्य निर्माणका लागि स्थापित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे शीर्ष नेतृत्वबीच देखिएकाे विवाद र तीक्तताको अवस्थाप्रति विश्वभरका प्रवासी नेपाली एकता मंचहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प छैन । पार्टीलाई विधी, विधान, पद्धती र प्रकृयाबाट अघि बढाउनु आवश्यक छ। कम्युनिष्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना वमोजिम समस्याहरूलाई हल गर्नु आवश्यक छ।

पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकीकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मजबूत बनाउँदै सार्थक निष्कर्षमा पुर्‍याउनु अहिलेकाे आवश्यकता हाे। यस बखत तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै शिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रित छलफल गर्न आग्रह गर्दछौं । हामीले भुल्नुहुन्न-सरकार संचालनका लागि जनताले झन्डै दुई तिहाई जनमत दिएका छन् र साे जिम्मेवारीको जवाफदेहिता आम नेपाली जनताहरूले चाहेका पनि छन्।

शीर्ष नेता तथा दोस्रो पुस्ताका पार्टी नेताहरुलाई यस बेला जिम्मेवार र संयमित भई नेकपाको एकता कामय राख्नेतर्फ आ-आफ्नो क्षेत्रबाट सकारात्मक सन्देश प्रवाह गर्न पनि हामी हार्दिक अपील गर्दछौं । पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गर्दै नेतृत्वका कमरेडहरूबाट भए गरेका गल्ती कमजोरीहरूलाई कमिटी प्रणाली मार्फत सच्याउने प्रण गरी सबैले पार्टी निर्णयलाई पालना गर्नु जरुरी छ।

पार्टी एकताका बाँकी काम तत्काल टुंग्याई पार्टी र सरकार दुवैलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्दछ। दुई ठूला कम्युनिष्ट पार्टीबीचको ऐतिहासिक एकतालाई कायम राखी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने काम पनि बाँकी छ। यस सन्दर्भमा नेपाल र नेपालीको सुन्दर भविष्यका लागि सवै नेताहरुले सुझबुझपूर्ण काम गर्न हामी विनम्र अनरोध गर्दछौं ।

पार्टी जीवनमा फेरि यस्ता अन्याैल र संकटको अवस्था आउन नदिन “ऐतिहासिक एकता महाधिवेशन”को तयारीमा जुट्नु आवश्यक पनि देखिएकाे छ। अब सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित गरी युवा पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणको प्रकृया समेत अगाडि बढाउँदै बलियो पार्टी निर्माणको दिशामा एकवद्ध भई अघि बढ्न हार्दिक अनुरोध गर्दछौं ।

धन्यवाद सहित, सम्पूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट;

१. बेलायत
अध्यक्ष : राजेन्द्र पुडासैनी
सचिव : सुरेश गौतम

२. अमेरिका
अध्यक्ष : प्रभु थापा
सचिव : प्रकाश अधिकारी

३. बेल्जियम
अध्यक्ष : जीत लामा
सचिव : वोधराज पौडेल

४. अस्ट्रेलिया
अध्यक्ष : रमेश पाण्डे
सचिव : प्रवीण कंडेल

५. अष्ट्रिया
अध्यक्ष : धर्मराज खतिवडा
सचिव : किरण

६.मलेशिया
अध्यक्ष : रमेशप्रसाद तिवारी
सचिव : दयाराम कुमाल

७. आयरल्याण्ड
अध्यक्ष : सुकमान लामा
सचिव: चन्द्रकला निरौला

८. स्पेन
अध्यक्ष : हेम शेर्पा
सचिव : अशोक किरण न्यौपाने

९. साउदी अरब
अध्यक्ष : शिवराज जैसी
सचिव : राजु खनाल

१०. इटाली
अध्यक्ष : धर्मराज पाण्डे
सचिव : हरिभक्त काराखेती

११. चेक
अध्यक्ष : उत्तम आचार्य
सचिव : यदुराम पन्थी

१२. जर्मनी
अध्यक्ष : चन्द्रकान्त आचार्य
सचिव : शम्भुप्रसाद पोखरेल

१३. पोर्चुगल
अध्यक्ष : गोविन्द पौडेल
सचिव : डोलराज भण्डारी

१४.पोल्याण्ड
अध्यक्ष : टंकबहादुर कटुवाल
सचिव : विनोदकुमार आचार्य

१५. फिनल्याण्ड
अध्यक्ष : कोमल पौडेल
सचिव : मनोज भुषाल

१६. फ्रान्स
अध्यक्ष : भक्त वाग्ले
सचिव : मनोज पौडेल

१७. रुस
अध्यक्ष : डा. मनमूर्ति भुर्तेल
सचिव : इन्द्रप्रसाद भुषाल

१८. स्विट्जरल्याण्ड
अध्यक्ष : अच्युतप्रसाद फूयाल
सचिव : विक्रम केसी

१९. साइप्रस
अध्यक्ष : रमिला राई
सचिव : केशव ठकुरी

२०. नर्वे
अध्यक्ष : विश्वास बजगाई
सचिव : सन्तोष भण्डारी

२१. बहराईन
अध्यक्ष : शालिग्राम पन्त
सचिव : नारायण विक

२२. इजरायल
अध्यक्ष : तिर्थ गौतम
सचिव :अनिरुद्र जोशी

२३. कतार
अध्यक्ष : चानक पोखेरल
सचिव : मोहन कार्की

२४. दक्षिण कोरिया
अध्यक्ष : परशुराम सापकोटा
सचिव : दिलिप धिताल

२५. क्यानडा
अध्यक्ष : रमेश थापा
सचिव : अशोक खड्का

२६. डेनमार्क
अध्यक्ष : उदयराज गौतम
सचिव : कृष्ण धानुक

२७.स्वीडेन
अध्यक्ष : मदन ढकाल
सचिव : गंगाप्रसाद घिमिरे

२८. नेदरल्याण्ड्स
अध्यक्ष : प्रेमकाजी गुरुङ
सचिव : थानेश्वर गौतम

२९. कुवेत
अध्यक्ष : राजकुमार थापा
सचिव : मनु भुजेल मगर

३०. ओमन
अध्यक्ष : उमेश विक
सचिव : महेशप्रसाद न्यौपाने

३१. न्यूजिल्याण्ड
अध्यक्ष : आत्माराम खनाल
सचिव: मिलन जिसी

३२. मकाउ
अध्यक्ष : शीव थापा
सचिव : मनोज धामी

३३. हङकङ
अध्यक्ष : जे.वि.ओख्राबु
सचिव : भक्त गुरुङ

३४. जापान
अध्यक्ष : हवलचन्द्र लामा
सचिव :शालिकराम भण्डारी

३५. भारत
अध्यक्ष : लोकनाथ भण्डारी
सचिव : ईश्वरी भण्डारी

३६. संयुक्त अरब ईमिरेट्स
अध्यक्ष: बाबुराम बिश्वकर्मा
सचिव: श्याम पाठक

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago
बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.