‘बावुराम र हामी एउटै मोर्चामा छौ। मुद्दा एउटै भएकाले। हजारौ शहिदहरुले अलग हुन पनि दिदैनन्,’ प्रचण्डले भने, ‘इतिहासलाई समिक्षा गरेर मोर्चाका लागि संकल्प गर्ने रुपमा पनि बुझेका छौ।’
बाबुरामको बौद्धिक र भावनात्मक क्षमताबारे आफू जानकार रहेको उल्लेख गर्दै जिउँदा मानिसका लागि चिहानबाट कंकाल मानिसलाई निकालेर ल्याउनेसमेत बताए। उनले भने, ‘सामाजिक क्रान्तिका निम्ति शहीद हुन्छन् त्यसलाई राज्यले अवहेलना गर्छ। दमन गर्छ। तर बाँकी मानिसले कंकाल मानिसलाई निकालेर जिउँदा मानिसका लागि ल्याउने छौं।’
थुप्रै चिहानको उत्खनन् गरिनेसमेत उनले बताए। उनले भने, ‘थुप्रै चिहानको उत्खनन् गरेका छौं। फेरि पनि गर्ने छौं।’
संविधान पूर्ण नभएको उल्लेख गर्दै यसको दुईपटक संशोधन भइसकेको प्रचण्डको भनाई थियो। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानको मुल मर्ममाथि प्रहार गरेको आरोप लगाए।
‘संविधान हाम्रो पूर्ण छैन। हामीले जस्तो सोचेका थियौ। तर समावशी लोकतन्त्रको राम्रो प्रस्तुति छ। यो संविधानलाई संसोधन गर्नु पर्छ भनेर दुइपटक भइपनि सकेको छ,’ उनले भने, ‘तर अहिले संविधानको मूल मर्माथि प्रहार भएको छ।’ आजको दिन संविधानको रक्षाको लागि संकल्प गर्ने दिन पनि भएको प्रचण्डको भनाई थियो।-पहिलोपोस्ट