जनता समाजबादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबीचको सम्झौता स्वागतयोग्य रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सरकार र विप्लव समूहबीचको सम्झौता स्वागत योग्य रहेको बताएका हुन्।
पूर्वप्रधानमन्त्री भट्टराईको ट्वीटमा भनिएको छ, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ । यसरी नै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसँग सार्थक वाता गरोस्। उनीहरूका माग सम्वोधन गरोस् । संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है । नत्र जो होचो, उसको मुखमा घोचो हुनेछ ।’