Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘म मेरा सन्तान राम्रो देशमा हुर्किउन् भन्ने चाहन्छु’ – बग्दाद प्रहरी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ४, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आफ्ना बालबालिकाको लालनपालनका निम्ति इराक कहिले राम्रो देश बन्ला भनेर कल्पना गर्न गाह्रो छ। इराकको हालैका युद्ध, आक्रमण, अत्याचार र साम्प्रदायिक हिंसाको इतिहासले मानिसहरूमा गहिरो मनोवैज्ञानिक आघात पारेको छ।

    लापरवाही र प्रतिस्पर्धाको अभावका कारण इराकका सार्वजनिक निकायहरू यति गए गुज्रेको भएका छन् कि खत्तम हुने विन्दुमा पुगिसके।अर्थतन्त्र निकै खराब भएको छ, भोकमरी व्याप्त छ र देशका राजनीतिक नेताहरूले सबै सम्मान गुमाइसके।आर्थिक कठिनाइ र व्यापक भ्रष्टाचारका कारण हजारौँ मानिसहरूले सडकमा विरोध प्रदर्शन गरेका छन् र अराजकता व्याप्त छ।

    प्रदर्शनका कारण सयौँ मानिसहरूले ज्यान गुमाएका छन्।यस्तो अव्यवस्थाकामाझ एउटा आशाको किरण देखापरेको छ।र त्यो आशाको किरण बग्दादको प्रहरी मेजर अजिज नाशरको रूपमा आश्चर्यजनक रूपमा उदाएको छ।

    आफूलाई देशभक्तका रुपमा स्वयं स्वीकारेका मेजर काम गरिरहने खालका मानिस हुन्।उनी नयाँ पुस्ताका पुलिस कमान्डरमध्ये एक हुन् र देख्नमा आधुनिक देखिन्छन्, मिडियाको प्रयोग राम्रो सँग जानेका छन् र जनताको सेवा गर्न प्रतिवद्ध छन्।

    सार्वजनिक मामिलासम्बन्धी विभागका प्रमुख रहेका उनको सामाजिक सञ्जालमा राम्रै उपस्थिति छ।कहिलेकाहीँ उनलाई सहायता वा सुझावका लागि एकै दिनमा १० हजार अनुरोध पनि आउँछन्।उनको व्यक्तिगत उद्देश्य भनेको बग्दादको प्रहरीको कमजोर छवि उकास्नु हो।अस्तित्वमै नरहेका सार्वजनिक सेवाले उत्पन्न गराएका खाडललाई पुर्न उनी मानिससम्म पुग्न चाहन्छन्।मेजर अजिज जातीय हत्याको अनुसन्धान गर्छन् उनलाई धेरै कुरा हासिल गर्नुछ।

    सद्दामको पालामा बग्दादको प्रहरी फौजले त्यतिबेलाको दमनकारी शासनकाल इमानदारीपूर्वक सञ्चालन गरे।उक्त शासनकाल भ्रस्टाचार र असक्षमताको पर्याय बनेको थियो।अमेरिकाविरोधी विद्रोहको बेला बग्दादका प्रहरीमाथि कायरताको आरोप लाग्ने गर्थ्यो।

    खतराका बेला प्रहरी चौकी पछि हटेको र उद्धारका लागि अमेरिकी सेनाको भर परेको भन्ने आरोप लाग्ने गर्थ्यो।यसले गर्दा पहिल्यै बिग्रिएको प्रहरीको छविलाई थप असर पुर्‍याएको थियो।तर मेजर अजिज एक प्रतिवद्ध आशावादी व्यक्ति हुन्।प्रहरी फौजको समस्याहरू उनी स्वीकार्छन्।

    उनी त्यसलाई सच्च्याउनका लागि कडा मिहिनेत गर्न खोज्छन्। उनको त्यो दृढताको पहिचान कमाण्डिङ जेनेरलले गरेका छन् जसले उनलाई त्यस्ता घटना भएका ठाउँ वा जहाँ उनको आवश्यकता छ त्यहाँ जान अनुमति दिएका छन्।

    ड्यूटीमा भएका बेला उनको कामलाई पछ्याउनु भनेको बग्दादको अहिलेको दैनिक जीवनको अँध्यारो पक्षको यात्रा गर्नु हो।चार बच्चाकी आमाले गरेको आत्महत्याको प्रयासको घटनामा हिरासतबाट ती आमालाई छोड्नुअघि मेजर अजिजले ती महिलाका परिवारसँग उनको हत्या हुनसक्ला भन्ने आशङ्कामा कुराकानी गर्छन्।

    आत्महत्याको प्रयास त्यस्तो काम हो जसले महिलाका परिवारको अपमान हुने ठानिन्छ।त्यसको केही घण्टापछि अजिज मस्जिदमा नजिकै छोडिएका पाँच बालबालिका भएको ठाउँमा पुग्छन्।ती पाँच बालबालिकामध्ये सबैभन्दा कान्छा पाँच वर्षभन्दा कम उमेरका छन्।उनीहरूको काकीले उनीहरूलाई त्यहीँ बसिरहे मिठाई दिने भन्दै त्यहाँबाट गइन्।र, कहिल्यै फर्किनन्।

    आफ्नो बच्चामा सिकाइको समस्या भएका मेजर अजिजले ती पाँचजना बालबालिकाको भेट परिवारसँग नभए आफैँले उनीहरूलाई राख्ने घोषणा गरे।बालबालिका उपेक्षामा पर्नु र छोडिने जस्ता समस्या बढ्दो छ।धेरै परिवारहरू उनीहरूलाई पाल्न असमर्थ छन्।खानेकुराको जोहो गर्नेहरूकै मृत्यु हुने वा घाइते हुने कारणले पछिल्लो दुई दशकमा समस्या थप बढाएको छ।

    मेजर अजिज भने रोकिँदैनन्। उनका कमाण्डरले इराकको अदालतले मृत्युदण्ड दिएका एक हत्यारालाई सोधपुछ गर्न भनेका छन्।ती व्यक्तिले जर्मनीमा भएको विवाह कार्यक्रममा आफन्तको हत्या गरे र पक्राउमा पर्नुअघि नै इराक फर्किए।

    आफ्नो विवाह प्रस्ताव अस्वीकार गरेर ती महिलाले आफ्नो बेइज्जत गरेको दाबी ती हत्याराले गरेका छन्।ती हत्याराका परिवारले यदि उनलाई मृत्युदण्ड दिइए जातीय बदला लिने धम्की दिएका छन्।दुई परिवारबीचको वार्ता रोकिएको छ।मेजरको कामको गति अनवरत छ।सहरको केन्द्रमा एउटा सानो कार दुर्घटना हुँदा त्यसले ठूलो ट्राफिक जाम गराएको छ।

    दुवै चालकले गल्ती स्वीकारी रहेका छैनन्।उक्त समस्यालाई छिटो समाधान गर्नका लागि अजिज त्यहाँ पुगेका छन्।उनले क्षतिका लागि आफ्नै खल्तीबाट पैसा झिकेर दिए। त्यो उपायले काम गर्‍यो।त्यस्तो अवस्थामा पैसा लिनु शोभनीय हुँदैन थियो र दुवै चालकले आफ्नो अडान छोडे।ट्राफिक जाम केहीबेरमै खुल्यो।

    प्रत्येक साता मेजर अजिजले दुई घण्टा खुला कार्यक्रम गर्छन् जहाँ नागरिकहरू आएर मद्दत माग्न सक्छन्।मानिसप्रतिको त्यो लगन र त्यो सँगै आउने लोकप्रियताले मेजरका केही शत्रु पनि बनेका छन्।कम प्रतिस्पर्धी प्रहरीहरू उनको ख्यातिको डाहा गर्छन्।गत वर्षको सेप्टेम्बरमा उनलाई जागिरबाट निकालियो। उक्त घटनाले उनलाई दुखी बनायो र उनी रोए। तर उनका सहयोगीहरूले हस्तक्षेप गरे र उनी पुनस् काममा फर्किए।बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.