Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जाजरकोटमा रासायनिक मल आयात र प्रयोगमा प्रतिबन्ध

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ २०, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने लक्ष्य सफल पार्न जाजरकोटका स्थानीयतहले रासायनिक मल आयात र प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन्‌। कुशे गाउँपालिकाले रासायनिक मल तथा विषादी आयातमा प्रतिबन्ध लगाएको छ।

    अर्गानिक गाउँपालिकाको रूपमा गत वर्षदेखि विभिन्‍न कार्यक्रम सञ्चालन गर्दै आएको कुशेले पुस अन्तिम साताको गाउँसभाबाट रासायनिक मल तथा विषादी आयातमा प्रतिबन्ध लगाएको हो। गाउँपालिकाको निर्णयअनुसार रासायनिक मल र विषादी भित्र्याउन नदिन सबै सीमा क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ। गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले प्रवेश क्षेत्रमा चेकजाँच सुरु भइसकेको जानकारी दिए।

    कर्णाली प्रदेश सरकारले गत वर्ष गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गरेको थियो। निर्णय कार्यान्वयनको क्रममा गाउँपालिकाले-९ नम्बर वडास्थित कृषि केन्द्रमा मौज्दात रहेको विषादी नष्ट गरिएको छ। गाउँपालिकाकाले यस वर्ष किसानलाई जैविक विषादी तयार गर्ने तालिम दिन थालेको छ। केही वडाका किसानलाई जैविक विषादी वितरण गर्ने कार्यक्रमसमेत छ। ‘आगामी वर्षदेखि कुशे पूर्ण अर्गानिक गाउँपालिका बन्नेछ,’ अध्यक्ष बस्‍नेतले भने, ‘कृषिउपज मार्फत मानवस्वास्थ्यमा प्रत्यक्ष फाइदा पुर्‍याउन विषादी प्रतिबन्धको निर्णय गरिएको हो।’ चिकित्सकका अनुसार कृषि उपजमा विषादी र रासायनिक मल प्रयोग गर्दा मानव स्वास्थ्यमा अल्सर, मुटु, नसासम्बन्धी रोग र क्यान्सरको जोखिम बढी हुन्छ। बालरोग विशेषज्ञ डा. मानबहादुर केसीका अनुसार विषादीको सेवनबाट अपांग बच्चा जन्मिने, अन्धो हुनेलगायत स्वास्थ्य समस्या देखा पर्छन। प्रांगारिक उत्पादन पोषिलो तथा गुणस्तरयुक्त हुने उनको भनाइ छ।

    कृषि प्राविधिकका अनुसार जैविक मल प्रयोगबाट खाद्यान्न उत्पादनमा वृद्धि हुने, माटोको उर्वराशक्ति बढ्ने, जमिनमा शुद्ध पानी पाइनेलगायत फाइदा पुग्छ। कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले अर्गानिक उत्पादनले जैविक विविधता संरक्षणमा टेवा पुग्ने जानकारी दिए। गोठेमल ब्यवस्थापन, ड्रम वितरण, मलमुत्र संकलन, भकारो सुधारलगायत अर्गानिक अन्नबाली तथा तरकारी बीऊ उत्पादनका कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताए। कृषि विकास कार्यालयले गत आर्थिक वर्ष कुशेमा ‘अर्गानिक मोडेल’ निर्माण कार्यक्रमका लागि ९५ लाख रुपैयाँ विनियोजन गरेको थियो। अर्गानिक प्रणालीले वातावरण तथा पर्यावरणमा सुधार ल्याई नागरिकलाई स्वस्थ जीवन जिउन मद्दत पुग्ने कार्यालय प्रमुख अधिकारीले बताए। उनका अनुसार कार्यालयले कुशेमा अर्गानिक भटमास खेतीमा जोड दिएको छ।

    प्रदेश सरकारले कुशेमा अर्गानिक कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक बर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको छ। अर्गानिक कृषि उत्पादन नीतिलाई कार्यान्वयनमा ल्याउन गत वर्षदेखि जुनीचाँदे गाउँपालिकामा पनि कोदो र फापरलगायत रैथाने बाली उत्पादनमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । जिल्लाको नलगाड नगरपालिकाले एक वर्षदेखि लसुनखेतीमा विशेष जोड दिँदै आएको छ। अहिले यहाँका स्थानीय कृषकहरले जिल्लाभन्दा बाहिर पनि लसुनको वीउ निर्यात गरिरहेको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। उनका अनुसार यो आर्थिक वर्षदेखि गाउँपालिकाले व्यावसायिक टिमुर खेतीका लागि पनि पकेट क्षेत्र घोषणा गरी खेतीको लागि काम थालेको छ।

    त्यस्तै महका लागि पकेट क्षेत्र बनाएर यसै वर्षदेखि काम शूरू गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। जिल्लाको भेरी नगरपालिकाले पनि तरकारी र वीउविजनका लागि पकेट क्षेत्र घोषणा गरी काम थालेको छ। तरकारीबाली र अन्‍नबालीको वीउका लागि भेरी नगरपालिकाले विभिन्‍न पकेट क्षेत्र घोषणा गरी कृषकमुखी कार्यक्रम सञ्चालन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीका अनुसार नगरपालिकाले गहुँ र धानको वीउका लागि कालेगाउँ , होलु तथा मकैको वीउका लागि कालाभुर र पोख्रालाई “पकेट क्षेत्र’ घोषणा गरिसकेको छ। यसैगरी, तरकारीको वीउका लागि मटेला भेरे र ईवरलाई र आँपका लागि कुदुलाई पकेट क्षेत्र तोकेको छ।थाहाखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.