Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध, सबै पास रद्द

by पत्रपत्रिकाबाट
May 12, 2020
- समाचार
काठमाडौंमा उपत्यका छिर्न खोज्‍ने १४० सवारीसाधन फर्काइए

t:jL/ M jfxo lhNnf b]vL /fhwfgL k|j]z ug]{ ;jf/L ;fwgx? nfO{ z'qmjf/ b]lv lgM;+qmldt ug]{ 6g]n h8fg ul/Psf]5 . t:jL/ M xl/x/l;+x /f7f}/÷sflGtk'/

Share on FacebookShare on TwitterEmail

एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले मंगलबार एक निर्णय गर्दै जेठ १ गतेदेखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लाम जानका लागि यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेको छ।

‘कोरोना संक्रमित तीव्र गतिमा बढेपछि जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो’, गृहका सूचना अधिकारी एवम् उपचसचिव उमाकान्त अधिकारीले भने, ‘एक जिल्लाबाट अर्को जिल्लामा आवागमन रोक्न यसअघि जारी गरिएका ई(पाससहितका सम्पूर्ण पास रद्द गरिएको छ।’ गृहले एउटै जिल्लाभित्र आवतजावतका लागि पनि अनिवार्य सवारी पास चाहिने नियम लागू गर्ने निर्णय लिएको छ।

अधिकारी अनुसार अब परिचय पत्र मात्रै देखाएर सडकमा निस्कन पाइँदैन। सरकारले सातअघि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग र निर्माण क्षेत्रसहितका मानिसहरुले आफू कार्यरत कार्यालयको परिचय पत्रका आधारमा सवारीसाधन चलाइरहेका थिए। तर अब परिचयपत्र देखाएर सडकमा निस्कन पाइनेछैन। अधिकारीका अनुसार अनिवार्य स्थानीय प्रशासनबाट जारी गरिएको सवारी पास देखाउनै पर्ने हुन्छ।

नेपालमा एकै दिन मंगलबार ५७ जना कोरोना भाइरस संक्रमित थपिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका थिए। सोमबार २४ जना कोरोना संक्रमित थपिएका थिए। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९१ रहेको छ। थाहाखबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

जनवादी केन्द्रियता कि सर्वसम्मति?

3 months ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.