Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाभाइरसको मानवीय क्षतिपछि, विश्व राजनीतिमा उथलपुथल हुनसक्छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ३०, २०७६
- राजनीति, विचार, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यदि ट्रम्प प्रशासनले आफ्नो प्रविधि विशाल हुवाइलाई प्रतिबन्धित गर्न दबाब दिइरह्यो भने चीनले मास्क र अन्य मेडिकल उपकरण तथा सामग्रीहरु अमेरिकामा निर्यात गर्न रोक्न सक्छ।

    हजारौंको मृत्यु भएको छ, अमेरिकाको प्रतिक्रियाले युरोपेली सहयोगीहरुलाई बिच्क्यायो र चीनले एउटा आक्रामक प्रचार अभियान चलायो। नयाँ कोरोनाभाइरस विश्व राजनीतिमा यसका सुदूर परिणामहरू ल्याउने एक प्रलयकारी घटनाको रूपमा परिणत हुँदैछ।

    विश्वभर १ लाख ३० हजार भन्दा बढी व्यक्तिहरूलाई संक्रमित गरेको कोभिड १९ विश्व–महामारीले विश्वको शक्ति परिवर्तन हुने संकेत दिएको छ। “विश्व” शक्तिको नियमहरुलाई उपहास गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्ता राष्ट्रवादीहरूको उदयले समेत विश्वलाई यतैतिर डोहोर्‍याइरहेको थियो।

    “जब कोभिड–१९ ले उडाएको धुलो जमिनमा थिग्रिन्छ, त्यसबेला हामी केही हप्ता उभिएको जमिनमा हुनेछैनौ,” जोन अल्टरम्यानले भने, जो वाशिंगटनस्थीत सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेसनल स्टडीजका वरिष्ठ उपाध्यक्ष हुन्।

    “हामीलाई थाहा छ कि नागरिकहरूले आफ्ना चाहना/प्रतिक्रियाहरुलाई सकारात्मक रुपमा नलिएमा सरकारहरू धरमराउनेछन्। हामीलाई थाहा छ – अर्थव्यवस्था तहसनहस हुनेछ र केही अर्थव्यवस्थाहरूको पतन नै हुने सम्भावना छ,” उनले भने।

    ट्रम्पले सुरुमा कोभिड–१९ को जोखिमलाई मतलवै राखेनन्। तर गत बुधवार ट्रम्पले अचानक युरोपका मुख्य भागबाट गरिने अधिकांश उडानलाई ३० दिने प्रतिबन्ध लगाए र “विदेशी भाइरस” विरुद्ध सामना गर्ने वाचा गरे।

    युरोपियन युनियनका नेताहरूले एयरपोर्टमा अराजकता फैलाउने यस कदमका विरुद्ध आक्रोश व्यक्त गरे र भने कि उनीहरूसँग परामर्श गरिएको छैन – जुन कुरालाई ट्रम्पले स्वीकारे।

    ट्रम्पको यो कदमले वाशिंगटनको ऐतिहासिक नेतृत्वको भूमिकाकाबारे मात्र प्रश्न उठाउनेछ– काली म्याग्सामेनले भने। उनी लेफ्ट–लिनिङ्ग सेन्टर फर अमेरिकन प्रोग्रेसका राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय नीतिको उपाध्यक्ष हुन्।

    “मलाई लाग्छ अमेरिकाका धेरै साझेदार र सहयोगीहरूले भनिरहेका छन्, के अमेरिकामाथि ठूला विश्वव्यापी चुनौतिहरुमा नेतृत्व लिनका लागि भर पर्न सकिन्छ – चाहे यो विश्वमहामारी होस् वा यो जलवायु परिवर्तन होस् वा आणविक प्रसारको प्रतिवन्धको मामलामा होस्?” उनले भनिन्।

    “यसले हाम्रो सम्बन्धको अन्य आयामहरूमा असर पार्नेछ,” उनले अझ स्पष्ट गरिन्।

    कोभिड–१९ को एकैपटक चिनको वुहानमा देखा पर्‍यो जहाँ जङ्गली जनावरका मासु बेचिने गरिन्थ्यो। शुरुमा बेइजिङ्गले यसको सूचना दिने डाक्टरलाई पक्राउ गरेर यस समाचारलाई लुकाउन खोज्यो।

    तर, गत हप्तादेखि चीनले आफ्नो कोभिड–१९ मा आफूले चालेको अभियानलाई एउटा सफ्ट पावरमा परिणत गर्न खोजेको छ। त्यसैबेला राष्ट्रपति सी जिनपिंगले वुहानको भ्रमणमा भाइरस प्रसारण रोकिएको भन्दै सफलताको विगुल फुके।

    चीनले आफ्नो अधिनायकवादी मोडेल नै निर्णायक भएको प्रकाश पार्दै दोस्रो सबैभन्दा खराबरुपमा प्रभावित इटाली र स्पेनमा मेडिकल उपकरण पठाएको छ।

    यसले सबै क्षेत्रमा बेइजिङ्‍को प्रभावलाई रोक्न खोजिरहेको अमेरिकाको बिरुद्ध पनि कोभिड–१९ संकटलाई एक अवशरका रुपमा प्रयोग गरेको छ।

    चिनिया सरकारद्वारा संचालित ग्लोबल टाइम्सको एक लेखले स्पष्ट संकेत गरेको छ – यदि ट्रम्प प्रशासनले आफ्नो प्रविधि विशाल हुवाइलाई प्रतिबन्धित गर्न दबाब दिइरह्यो भने चीनले मास्क र अन्य मेडिकल उपकरण तथा सामग्रीहरु अमेरिकामा निर्यात गर्न रोक्न सक्छ।

    चीनका साथै रूसले अमेरिकालाई विवादित बनाउन तुकविनाको षडयन्त्रात्मक सिद्धान्तहरुलाई उछालेका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले ट्विटरमा लेखे कि अमेरिकी सेनाले वुहानमा नयाँ कोरोनाभिरस ल्याएको हुन सक्छ।

    चीनसँग कोभिड–१९ सँग सहकार्य गर्न ज्यादै वेवास्ता गरेको ट्रम्प प्रशासनले विश्वभरि महामारीको सामना गर्न अन्य देशहरूलाई सहयोग पुर्‍याउन विश्वव्यापी १० करोड डलरको प्रस्ताव राखेकोछ।

    विदेश सचिव माइक पोम्पीओले यस रोगलाई “वुवान भाइरस”  भन्दै प्रचार गर्दैछन् भने रिपब्लिकन सेनेटर टम कटनले अमेरिकाले “विश्वमा यसलाई प्रसार गर्नेहरुलाई उत्तरदायी बनाउनेछ” भनेर गर्जेका छन्। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशका एसियाका शीर्ष सल्लाहकार माइकल ग्रीनले चीनले “प्रजातन्त्रको असफलताको पक्षमा” अन्तिममा खरीददारहरू भेट्टाउनेमा शंका गरे । तर उनले थपे: “यसको मतलब यो होइन कि अमेरिकाले यस सूचनाको लडाईमा जित्नेछ।”

    “एसियाका जापानी र अन्य मुलुकहरुले यस संकटको उपचार नपाइरहेको बेला रातारात युरोपेलीहरूले पाए। यसले अमेरिकी नेतृत्वमाथि प्रश्न उठ्ने प्रबल सम्भावना छ,” सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेसनल स्टडीजका वरिष्ठ उपाध्यक्ष ग्रीनले भने।

    एउटा उदाहरणमा,  ज्यादै क्षतिपूर्ति माग गरेको भन्दै आफ्नै सहयोगीलाई चिढ्याएर ट्रम्पले अमेरिकी अड्डाहरूमा दक्षिण कोरियाको योगदानको बारेमा वार्ताको गतिरोध भएको कुरा ग्रीनले औंल्याए।

    एउटा व्यापक प्रभाव, यो एउटा परिवर्तनकारी राजनीतिक कथन हुन सक्छ-ग्रीनले भने।

    एक समयमा चिनमा अछुत जस्तो ठानिने सि ले इन्टरनेट प्रयोगकर्ताहरुले डाक्टरहरुलाई स्यावासी दिइरहँदा आलोचनाको सामना गर्नुपर्‍यो- पार्टी लाइन भन्दा अलग्ग अमेरिकीहरुले जस्तै ७९ वर्षीय राष्ट्रिय एलर्जी तथा संक्रामक रोग संस्थाका प्रमुखको प्रशंसा गरे।

    सन् २००० को दशकको महान मन्दी र इराक युद्धपछि गत २०१६ मा ट्रम्पको चित्त नबुझ्दो जीत, बेलायतको यूरोपियन यूनियनबाट बहिर्गमन तथा अरु रङ्गविरङका पपुलिस्टहरुको जीतलाई “टेक्नोक्र्याटहरू असफल भएको” प्रमाणको रूपमा हेरिएको थियो, ग्रीनले भने।

    “म यस्तो सम्भावना देख्दैछु –यस पटक बृहतस्तरको नतीजा राजनीतिक पपुलिस्टहरुको असफलता हुन सक्छ र टेक्नोक्रेटहरु भने नायकको रुपमा देखा पर्नेछन्,” ग्रीनले भने।

    ” अब हेर्दै जाउँ। तर यस अध्यायमा राजनीतिक बाटोले कसरी कुन मार्ग पकडेला।”

    साभारः भारतको द क्‍वीन्टमा १३ मार्च २०२० मा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.