Wednesday, March 22, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » हरितगृह ग्याँस उत्सर्जनका लागि अर्बपतिहरू करोडौं गुणा बढी जिम्मेवार

हरितगृह ग्याँस उत्सर्जनका लागि अर्बपतिहरू करोडौं गुणा बढी जिम्मेवार

यी अर्बपतिहरूको लगानीले वार्षिक औसत तीन लाख टन कार्बनडाईअक्साईड उत्पादन गर्दछ। जबकि अधिकांश वा सामान्य अवस्थाका ९० प्रतिशत औसत व्यक्तिले दुई दशमलव ७६ टन मात्रै उत्सर्जन गर्छन्।

जोसुवा आस्क्यु by जोसुवा आस्क्यु
November 9, 2022
- समाचार, सामयिक
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

सामान्य व्यक्तिको तुलनामा करोडौं गुणा बढी हरितगृह ग्याँस उत्सर्जनका लागि अरबपतिहरू जिम्मेवार रहेका छन। अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले गरेको अनुसन्धानले १२५ अर्बपतिहरूको मात्र लगानीले प्रत्येक वर्ष ३९ करोड ३० लाख टन कार्बनडाईअक्साईड उत्सर्जन गर्छ। त्यो भनेको आठ करोड ५० लाख कारहरूको वार्षिक उत्सर्जन बराबर हो।

यो सामान्य अवस्थाका ९० प्रतिशत मानिसको तुलनामा १० लाख गुणा बढी हो। औसतमा एक लाख ७३ हजार युरोभन्दा कम कमाउने सबै यस समूहमा पर्छन्। कोप २७ मा जलवायु समस्याको आपतकालिन अवस्था सामना गर्नका लागि विश्वका अति धनीहरूले थप जिम्मेवारी लिनुपर्ने आवाज उठिरहेको छ। तिनको काँधमा थप वित्तीय जिम्मेवारी बोक्न लगाउनुपर्छ भन्ने आह्वानका बीचमा यो रिपोर्ट आएको हो।

सोमबार इजिप्टमा भएको शिखर सम्मेलनमा अर्बपति अमेजनका संस्थापक जेफ बेजोसले स्थापना गरेको बेजोस अर्थ कोषले कार्बनको भण्डार र जैविक विविधतालाई जोगाउन २०३० सम्ममा एक अर्ब युरो दिने वाचा गरेको छ। यद्यपि बेजोसको परोपकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्ड्रयू स्टीयरले पहिले भनेका थिए ‘धनी देशहरूले छोडेको जलवायु वित्तिय खाडलहरू अरबपतिहरूले पूरा गर्ने अपेक्षा गर्नु हुँदैन।’

केही मुठ्ठीभर अरबपतिद्वारा फ्रान्स वा इजिप्टले जति उत्सर्जन

विश्वका धनी व्यक्तिहरूको उत्सर्जनसम्बन्धी प्रतिवेदन विश्वका धनी अर्बपतिहरूमध्ये १२५ जनाको लगानीको विस्तृत विश्लेषणमा आधारित थियो। सामूहिक रूपमा तिनीहरूसँग १८३ कम्पनीहरूमा २४ खर्ब युरो हिस्सेदारी छ।

यी अर्बपतिहरूको लगानीले वार्षिक औसत तीन लाख टन कार्बनडाईअक्साईड उत्पादन गर्दछ। जबकि अधिकांश वा सामान्य अवस्थाका ९० प्रतिशत औसत व्यक्तिले दुई दशमलव ७६ टन मात्रै उत्सर्जन गर्छन्। कार्बन डाइअक्साइड त्यस्तो हरितगृह ग्याँस हो जसले वायुमण्डलमा तापलाई बढाएर र वातावरणमा विकिरण गरेर गोलार्धलाई तीव्ररुपमा तताउन प्रेरित गर्छ।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

March 5, 2023
लघुवित्तः साहूकारको पूँजीवादी अवतार

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

February 28, 2023
के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

February 22, 2023
राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनैपर्छ

राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनैपर्छ

February 15, 2023

“यी केही अर्बपतिहरूले मिलेर ‘उत्सर्जन लगानी’ गरिरहेका छन् जसले फ्रान्स, इजिप्ट वा अर्जेन्टिना जस्ता सम्पूर्ण देशहरूको कार्बन फुटप्रिन्ट बराबर उत्सर्जन गर्छ,” अक्सफामका जलवायु परिवर्तन प्रमुख नाफकोटे दाबीले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् । “समग्र उत्सर्जनका लागि धनी व्यक्तिहरूको प्रमुख र बढ्दो जिम्मेवारीलाई जलवायु नीति निर्माणमा विरलै छलफलमा ल्याउने गरिन्छ। यो परिवर्तन हुनुपर्छ” उनको भनाई छ।

अर्बपतिहरूको वास्तविक कार्बन उत्सर्जन ठूलो हुनसक्ने

विश्वका अति धनीहरूले सिर्जना गरेको प्रदूषक उत्सर्जनको वास्तविक मात्रा खासमा धेरै बढी हुने सम्भावना रहेको भन्दै अक्सफामको प्रतिवेदनले सचेत गराएको छ । कम्पनीहरूद्वारा प्रकाशित कार्बन उत्सर्जनको रिपोर्टले व्यवस्थित रूपमा तिनीहरूको वास्तविक कार्बन प्रभावलाई कम आँकलन देखाउने गरेको छ ।

ठोस तथ्याङ्कको अभावका कारण यी व्यक्तिहरूलाई अनुसन्धानमा समावेश गरिएको थिएन।“ग्रहलाई नष्ट गर्ने प्रदूषणकारी लगानीहरूबाट अति धनीहरूलाई टाढा राख्न र नियमन गर्न आवश्यक छ” अर्क्सफामले भनेको छ ।

विश्वका अर्बपतिहरूमा सम्पत्ति करले वार्षिक १४ खर्ब युरो उठाउन सक्ने उनीहरूले अनुमान गरे। त्यसले जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित विकासशील देशहरूलाई मद्दत गर्न सक्छ ।

अरबपतिहरूद्वारा स्वेच्छिक पहल

कोप २७ मा केही अर्बपतिहरूले जलवायु परिवर्तनको समस्या हल गर्न भन्दै आफ्नै स्वेच्छिक पहलहरूको घोषणा गरेका छन्। यद्यपि अरू धेरै ब्यक्तिले त्यसमा गुनासो गरेका छन् ।

बेजोसको अर्थ कोषले हालसम्म यसको १० अर्ब यूरो कोषको ३० प्रतिशत प्रकृति संरक्षण, पुनर्स्थापना र खाद्य-प्रणाली परिवर्तनका लागि प्रतिबद्धता गरेको छ।इजिप्टमा भैरहेको संयुक्त राष्ट्र संघको जलवायु शिखर सम्मेलन कोप २७ सम्मेलनमा अफ्रिकी र युरोपेली देशहरूसँग भूमि पुनर्स्थापनामा मद्दत गर्नको लागि गठबन्धन गर्न खोजिंदै छ।

सोमबार गार्डियनसँग कुरा गर्दै बेजोसको वातावरणीय कोष स्टीयरका प्रमुखले भनेका छन् “धनी राष्ट्रहरूले आफ्नो वित्तीय प्रतिज्ञाहरू पूरा गर्न असफल भएर छोडेको कोषको खाली ठाउँ परोपकारीहरूले भर्नु हुँदैन ।”

जलवायु परिवर्तनका कारण हुने क्षतिको जिम्मेवारी र त्यसलाई समाधान गर्न कसले तिर्ने भन्ने विषयहरू यस वर्षको कोप २७ मा मुख्य मुद्दा हुँदै छ।

“हामी केवल सरकारी पैसा तिर्ने, राज्य कोषद्वारा प्रतिस्थापन गर्न प्रतिरोध गर्न चाहन्छौं। त्यो राम्रो हुनेछैन” “स्टीयरले भने। उनले राज्य मात्र जिम्मेवार नरहेर धनाढ्यहरुपनि जिम्मेवार रहेकाले तिनलाईपनि उत्सर्जन बिरुद्द तिराउनुपर्ने र उत्सर्जन कम गराउने उपाय निकाल्नुपर्ने संकेत गर्न खोजेका हुन् ।

“हामी कुनै न कुनै रूपमा सरकारको विकल्प हौं भन्ने बिचार हामीले नक्कल गर्ने वा त्यो बिचार किन्नु हुन्न भन्ने लाग्छ। किनकि सरकारहरूको दायित्व हुन्छ र उनीहरू त्यो हदसम्म बाँचिरहेका छैनन्।” उनले सरकारले मात्रै हालको कार्बन उत्सर्जन गराएका छैनन् र सरकार मात्रै दोषी वा जिम्मेवार छ भन्ने बिचार राखिरहनु उचित होइन भन्न खोजेका हुन्।

निगमहरूले महत्वाकांक्षी र समयबद्ध जलवायु परिवर्तन कार्य योजनाहरू राख्नु पर्छ भन्नेमा अर्क्सफामले जोड दिएको छ। सरकारले पनि प्रदूषण गर्ने उद्योगहरूमा लगानी गर्ने विश्वव्यापी अभिजात वर्गलाई कर लगाउन आवश्यक छ।

“ठूला निगमहरू र तिनीहरूका धनी लगानीकर्ताहरूले प्रदूषणबाट लाभ उठाएर जलवायु संकटलाई चलाउन खेलिरहेको भूमिकालाई उजागर गर्न र परिवर्तन गर्न आवश्यक छ” डाबीले भने “उनीहरूलाई तथ्य लुकाउन दिन वा त्यो उत्सर्जन गरेको पखाल्नका लागि हरियो बत्ती दिन सकिँदैन।”

(नेपालप्लस डटकमबाट साभार)

 

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
जोसुवा आस्क्यु

जोसुवा आस्क्यु

Related Posts

किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

by इमरान बुक्कुस
March 5, 2023

युक्रेन युद्ध सुरु भएको एक वर्ष भइसकेको छ। गत साल २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २ लाख सैनिकलाई युक्रेन...

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

by आनन्द
February 28, 2023

पछिल्ला केही महिनामा आन्ध्र प्रदेशमा गरीबहरूले आत्महत्या गरेका धेरै घटनाहरू सार्वजनिक भएका छन्। आत्महत्या गर्ने अधिकांश व्यक्ति कुनै न कुनै...

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

by जयती घोष
February 22, 2023

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साँठगाँठका कारण भारतीय अर्बपति गौतम अडानी एसियाकै धनी व्यक्ति बन्न पुगे। विश्वकै धनीहरू मध्येमा पर्ने अडानीको उदयले...

राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनैपर्छ

राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनैपर्छ

by केशव दाहाल
February 15, 2023

वैकल्पिक राजनीति वैकल्पिक राजनीति भनेको गतिशिल राजनीति हो। अग्रगामी राजनीति हो। भविष्य उन्मुख राजनीति हो। समय, समाज र सपनालाई एकाकार...

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन विशेष: अखिलको अबको बाटो

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन विशेष: अखिलको अबको बाटो

by मधुसुधन भुसाल
February 11, 2023

हामीले हाम्रो सँगठन अनेरास्ववियुलाई विद्यार्थी आन्दोलनको अगुवा नेता भन्ने गरेका छौ । विभिन्न अवसरमा विद्यार्थी साथीहरुले हामीलाई त्यस रुपमा अनुमोदन...

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

by शशि ढकाल
February 2, 2023

‘रवी लामिछानेबारे सर्बोच्च अदालतको फैसलाले लाखौं गैर आवासीय नेपालीलाइ झस्काएको छ ।’ ‘सर्वोच्चको फैसलाले एनआरएनए निरास ।’ यी दुइ भनाइ...

Leave Comment

सिफारिस

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

4 days ago
किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

2 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In