Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हरितगृह ग्याँस उत्सर्जनका लागि अर्बपतिहरू करोडौं गुणा बढी जिम्मेवार

यी अर्बपतिहरूको लगानीले वार्षिक औसत तीन लाख टन कार्बनडाईअक्साईड उत्पादन गर्दछ। जबकि अधिकांश वा सामान्य अवस्थाका ९० प्रतिशत औसत व्यक्तिले दुई दशमलव ७६ टन मात्रै उत्सर्जन गर्छन्।

जोसुवा आस्क्यु जोसुवा आस्क्यु
कार्तिक २३, २०७९
- समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सामान्य व्यक्तिको तुलनामा करोडौं गुणा बढी हरितगृह ग्याँस उत्सर्जनका लागि अरबपतिहरू जिम्मेवार रहेका छन। अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले गरेको अनुसन्धानले १२५ अर्बपतिहरूको मात्र लगानीले प्रत्येक वर्ष ३९ करोड ३० लाख टन कार्बनडाईअक्साईड उत्सर्जन गर्छ। त्यो भनेको आठ करोड ५० लाख कारहरूको वार्षिक उत्सर्जन बराबर हो।

    यो सामान्य अवस्थाका ९० प्रतिशत मानिसको तुलनामा १० लाख गुणा बढी हो। औसतमा एक लाख ७३ हजार युरोभन्दा कम कमाउने सबै यस समूहमा पर्छन्। कोप २७ मा जलवायु समस्याको आपतकालिन अवस्था सामना गर्नका लागि विश्वका अति धनीहरूले थप जिम्मेवारी लिनुपर्ने आवाज उठिरहेको छ। तिनको काँधमा थप वित्तीय जिम्मेवारी बोक्न लगाउनुपर्छ भन्ने आह्वानका बीचमा यो रिपोर्ट आएको हो।

    सोमबार इजिप्टमा भएको शिखर सम्मेलनमा अर्बपति अमेजनका संस्थापक जेफ बेजोसले स्थापना गरेको बेजोस अर्थ कोषले कार्बनको भण्डार र जैविक विविधतालाई जोगाउन २०३० सम्ममा एक अर्ब युरो दिने वाचा गरेको छ। यद्यपि बेजोसको परोपकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्ड्रयू स्टीयरले पहिले भनेका थिए ‘धनी देशहरूले छोडेको जलवायु वित्तिय खाडलहरू अरबपतिहरूले पूरा गर्ने अपेक्षा गर्नु हुँदैन।’

    केही मुठ्ठीभर अरबपतिद्वारा फ्रान्स वा इजिप्टले जति उत्सर्जन

    विश्वका धनी व्यक्तिहरूको उत्सर्जनसम्बन्धी प्रतिवेदन विश्वका धनी अर्बपतिहरूमध्ये १२५ जनाको लगानीको विस्तृत विश्लेषणमा आधारित थियो। सामूहिक रूपमा तिनीहरूसँग १८३ कम्पनीहरूमा २४ खर्ब युरो हिस्सेदारी छ।

    यी अर्बपतिहरूको लगानीले वार्षिक औसत तीन लाख टन कार्बनडाईअक्साईड उत्पादन गर्दछ। जबकि अधिकांश वा सामान्य अवस्थाका ९० प्रतिशत औसत व्यक्तिले दुई दशमलव ७६ टन मात्रै उत्सर्जन गर्छन्। कार्बन डाइअक्साइड त्यस्तो हरितगृह ग्याँस हो जसले वायुमण्डलमा तापलाई बढाएर र वातावरणमा विकिरण गरेर गोलार्धलाई तीव्ररुपमा तताउन प्रेरित गर्छ।

    “यी केही अर्बपतिहरूले मिलेर ‘उत्सर्जन लगानी’ गरिरहेका छन् जसले फ्रान्स, इजिप्ट वा अर्जेन्टिना जस्ता सम्पूर्ण देशहरूको कार्बन फुटप्रिन्ट बराबर उत्सर्जन गर्छ,” अक्सफामका जलवायु परिवर्तन प्रमुख नाफकोटे दाबीले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् । “समग्र उत्सर्जनका लागि धनी व्यक्तिहरूको प्रमुख र बढ्दो जिम्मेवारीलाई जलवायु नीति निर्माणमा विरलै छलफलमा ल्याउने गरिन्छ। यो परिवर्तन हुनुपर्छ” उनको भनाई छ।

    अर्बपतिहरूको वास्तविक कार्बन उत्सर्जन ठूलो हुनसक्ने

    विश्वका अति धनीहरूले सिर्जना गरेको प्रदूषक उत्सर्जनको वास्तविक मात्रा खासमा धेरै बढी हुने सम्भावना रहेको भन्दै अक्सफामको प्रतिवेदनले सचेत गराएको छ । कम्पनीहरूद्वारा प्रकाशित कार्बन उत्सर्जनको रिपोर्टले व्यवस्थित रूपमा तिनीहरूको वास्तविक कार्बन प्रभावलाई कम आँकलन देखाउने गरेको छ ।

    ठोस तथ्याङ्कको अभावका कारण यी व्यक्तिहरूलाई अनुसन्धानमा समावेश गरिएको थिएन।“ग्रहलाई नष्ट गर्ने प्रदूषणकारी लगानीहरूबाट अति धनीहरूलाई टाढा राख्न र नियमन गर्न आवश्यक छ” अर्क्सफामले भनेको छ ।

    विश्वका अर्बपतिहरूमा सम्पत्ति करले वार्षिक १४ खर्ब युरो उठाउन सक्ने उनीहरूले अनुमान गरे। त्यसले जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित विकासशील देशहरूलाई मद्दत गर्न सक्छ ।

    अरबपतिहरूद्वारा स्वेच्छिक पहल

    कोप २७ मा केही अर्बपतिहरूले जलवायु परिवर्तनको समस्या हल गर्न भन्दै आफ्नै स्वेच्छिक पहलहरूको घोषणा गरेका छन्। यद्यपि अरू धेरै ब्यक्तिले त्यसमा गुनासो गरेका छन् ।

    बेजोसको अर्थ कोषले हालसम्म यसको १० अर्ब यूरो कोषको ३० प्रतिशत प्रकृति संरक्षण, पुनर्स्थापना र खाद्य-प्रणाली परिवर्तनका लागि प्रतिबद्धता गरेको छ।इजिप्टमा भैरहेको संयुक्त राष्ट्र संघको जलवायु शिखर सम्मेलन कोप २७ सम्मेलनमा अफ्रिकी र युरोपेली देशहरूसँग भूमि पुनर्स्थापनामा मद्दत गर्नको लागि गठबन्धन गर्न खोजिंदै छ।

    सोमबार गार्डियनसँग कुरा गर्दै बेजोसको वातावरणीय कोष स्टीयरका प्रमुखले भनेका छन् “धनी राष्ट्रहरूले आफ्नो वित्तीय प्रतिज्ञाहरू पूरा गर्न असफल भएर छोडेको कोषको खाली ठाउँ परोपकारीहरूले भर्नु हुँदैन ।”

    जलवायु परिवर्तनका कारण हुने क्षतिको जिम्मेवारी र त्यसलाई समाधान गर्न कसले तिर्ने भन्ने विषयहरू यस वर्षको कोप २७ मा मुख्य मुद्दा हुँदै छ।

    “हामी केवल सरकारी पैसा तिर्ने, राज्य कोषद्वारा प्रतिस्थापन गर्न प्रतिरोध गर्न चाहन्छौं। त्यो राम्रो हुनेछैन” “स्टीयरले भने। उनले राज्य मात्र जिम्मेवार नरहेर धनाढ्यहरुपनि जिम्मेवार रहेकाले तिनलाईपनि उत्सर्जन बिरुद्द तिराउनुपर्ने र उत्सर्जन कम गराउने उपाय निकाल्नुपर्ने संकेत गर्न खोजेका हुन् ।

    “हामी कुनै न कुनै रूपमा सरकारको विकल्प हौं भन्ने बिचार हामीले नक्कल गर्ने वा त्यो बिचार किन्नु हुन्न भन्ने लाग्छ। किनकि सरकारहरूको दायित्व हुन्छ र उनीहरू त्यो हदसम्म बाँचिरहेका छैनन्।” उनले सरकारले मात्रै हालको कार्बन उत्सर्जन गराएका छैनन् र सरकार मात्रै दोषी वा जिम्मेवार छ भन्ने बिचार राखिरहनु उचित होइन भन्न खोजेका हुन्।

    निगमहरूले महत्वाकांक्षी र समयबद्ध जलवायु परिवर्तन कार्य योजनाहरू राख्नु पर्छ भन्नेमा अर्क्सफामले जोड दिएको छ। सरकारले पनि प्रदूषण गर्ने उद्योगहरूमा लगानी गर्ने विश्वव्यापी अभिजात वर्गलाई कर लगाउन आवश्यक छ।

    “ठूला निगमहरू र तिनीहरूका धनी लगानीकर्ताहरूले प्रदूषणबाट लाभ उठाएर जलवायु संकटलाई चलाउन खेलिरहेको भूमिकालाई उजागर गर्न र परिवर्तन गर्न आवश्यक छ” डाबीले भने “उनीहरूलाई तथ्य लुकाउन दिन वा त्यो उत्सर्जन गरेको पखाल्नका लागि हरियो बत्ती दिन सकिँदैन।”

    (नेपालप्लस डटकमबाट साभार)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जोसुवा आस्क्यु

      जोसुवा आस्क्यु

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.