सन् २०२१ को नोबल शान्ति पुरस्कारका लागि ब्ल्याक लाइभ्स म्याटर्स (कालो जीवनको पनि अर्थ छ) नामक विश्वव्यापी आन्दोलनलाई सिफारिस गरिएको छ । नर्वेका सांसद पिटर इदले ब्ल्याक लाइभ्स म्याटर्स (बिएलएम)लाई पुरस्कारका लागि सिफारिस गरेका हुन् । बिएलएमले जातिवाद र जातियताका आधारमा हुने विभेदविरुद्ध गरेको संघर्षको सम्मान गर्दै आफूले पुरस्कारका लागि सिफारिस गरेको इदले बताएका छन् ।
गत मे महिनामा अमेरिकाको मिनिपोलिस राज्यमा अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले हत्या गरेपछि बिएलएम आन्दोलन विश्वव्यापी भएको थियो । यसअघि नै सन् २०१२ मा अमेरिकाकै फ्लोरिडामा अर्का अश्वेत नागरिक त्रेभोन मार्टिनलाई प्रहरीले गोली हानि हत्या गरेपछि अभियन्ताहरूले ब्ल्याक लाइभ्स म्याटर्स ( #blacklivesmatters ) को ह्यासट्यागमा अधिकारको यो आन्दोलन अघि बढेको थियो ।
प्रस्तावक इद नर्वेको वामपन्थी समाजवादी पार्टीका सदस्य हुन् ।